लक्ष्मी इन्टरकन्टिनेन्टल हुन्डाइको एक्लो विक्रेता

काठमाडौं कात्तिक २८
कोरियाको हुन्डाइ कम्पनीले लक्ष्मी इन्टरकन्टिनेन्टललाई नेपालको एक मात्र आधिकारिक विक्रेता नियुक्त गरेको छ । लामो समयदेखि यो जिम्मेवारीमा रहेको एभ्को इन्टरनेसनललाई हटाएर लक्ष्मीलाई ल्याएको हो ।

आधिकारिक विक्रेतामा भएको हेरफेर बारे सोमबार औपचारिक घोषणा गर्न हुन्डाइ कम्पनीबाट एक उच्चस्तरीय टोली नेपाल आइसकेको छ । टोलीले औपचारिक रुपमा लक्ष्मीलाई एक मात्र विक्रेता नियुक्त गर्दै एभ्कोलाई यो जिम्मेवारीमा हटाउँदै छ । लक्ष्मी इन्टरकन्टिनेन्टल हुन्डाइको कार विक्री गर्ने आधिकारिक विक्रेताको परिक्षण कालमा थियो । हुन्डाइले दुई महिनाअघि लक्ष्मीलाई आधिकारिक विक्रेताको अधिकार दिएको थियो ।

'हामी सोमबारबाट एक मात्र आधिकारिक विक्रेता हुँदैछौं,' लक्ष्मी कन्टिनेन्टलका वरिष्ठ प्रबन्धक रुपेश शर्मा भट्टले आइतबार नागरिकसँग भने, 'घोषणा भएपछि एक मात्र विक्रेता भएको नारासमेत प्रयोगमा ल्याउँछौं ।'
हुन्डाइको सोनाटा सान्ट्रो आइटेन र आइ ट्वान्टि कारको विक्री गर्दै आएको एभ्को इन्टरनेसनलले ग्राहकलाई भुक्याएको पुस्टी भएपछि हुन्डाइ कम्पनीले उसलाई आधिकारिक विक्रेताबाट हटाएको हो । यसको सोमबार आधिकारिक घोषणा भएपछि लक्ष्मीले मात्र हुन्डाइका गाडी विक्री गर्नेछ ।
नेपाली कार बजारमा हुन्डाइका गाडीले ४५ प्रतिशतसम्म हिस्सा ओगटेको छ । मारुती-८०० को उत्पादन बन्द भएपछि सस्तो र साना कार रुचाउनेलाई हुन्डाइका कारले आकर्षित गरेको हो । हुन्डाइका गाडि कम्तिमा १४ लाख रुपैयाँमा नै पाइन्छ ।
एभ्कोले ग्राहकसँग गाडीको अर्डर लिएर डेलिभरी गर्न नसकेपछि उसका बारेमा प्रहरीमा उजुरुसमेत परेको थियो । कम्पनीले १६७ जना ग्राहकसँग गाडी दिनेभन्दै पैसा उठाएर त्यही पैसाले प्रतितपत्र खोल्ने गरेको थियो । समयमा गाडी नआएपछि ग्राहकले प्रहरीमा उजुरु गरेका थिए । यस बारेमा साचार माध्यममा समाचार आएपछि हुन्डाइ कम्पनीबाट यथार्थ जाँचबुझ गर्न एक टोली नेपाल आएको थियो । एभ्कोले ग्राहक भुक्याएको पुष्टी भएपछि हुन्डाइ कम्पनीले उसँग आधिकारिक विक्रेताको अधिकार खोसेको हो ।
हुन्डाइको गाडी अरु गाडीभन्दा वढी विक्री हुने गरेकाले यसको डिलर लिन केही ठूला कर्पोरेट हाउसबीच प्रतिस्पर्धा चलेको थियो । सानो र आकर्षक हुन्डाइका कार सस्तैमा पाइने भएकाले प्रतिस्पर्धा चलेको हो ।
लक्ष्मी इन्टरकन्टिनेन्टलले एक मात्र विक्रेता भएको घोषणा भएको दिन सोमबार आइटेनको नयाँ कार बजारमा ल्याउँदैछ । कम्पनीले नेक्स्ट जेनेरेसन आइटेन गाडी ल्याउन लागेको हो ।

No comments:

Post a Comment

thanks for comment