कमोडिटिज बजारमा कच्चा तेलको पनि कारोवार


सुदर्शन सापकोटा
काठमाडौं मंसिर ११
कमोडिटिज बजारमा सुनसँगै कच्चा तेलको कारोवार गर्ने लगानीकर्ता बढेका छन् । तेलको मूल्य उकालो लागेको तथा यसको जानकारी सजिलै पाउन सकिने भएकाले लगानीकर्ताको आकर्षण तेलतर्फ बढेको हो ।
एक महिनाअघिसम्म सुनको कारोवार गर्दै आएकी बानेश्वर शान्तिनगरकी श्रृजना तिवारीले अहिले कच्चा तेलमा हात हालेकी छन् । सुनजस्तो कच्चा तेलको मूल्यमा ठूलो मात्राले उतार-चढाव नआउने भएकाले जोखिम केही कम हुन्छ- दिल्ली युनिभसर्िटीबाट मास्टस्र इन कम्प्युटर एप्लिकेसन सकेकी उनले भनिन -यसमा नोक्सानी भइहाले पनि लगानी संकटमा नपर्ने भएकाले तेल कारोवार थालेकी हुँ ।
तेलको कारोवार गरेयता घाटा नभएको उनले बताइन् । तिवारीले अहिले सुनका लगानीकर्ता कच्चा तेलतर्फ तानिएको जानकारी दिइन् । सेयरजस्तै कारोवार हुने कमोडिटिज मार्केटमा जुनसुकै समयमा तेलको खरिद-विक्री गर्न सकिने र थोरै रकमबाट कारोवार गर्न सकिन्छ । यसले गर्दा पनि लगानीकर्ता कच्चा तेलको कारोवारतर्फ आकर्षित भएका हुन् ।
सेयरजस्तै बस्तु तथा सेवाको कारोवार गर्न सकिने कमोडिटिज बजारमा केही समयदेखि कच्चा तेलमा लगानी गर्ने बढेका हुन् ।
सुचनाको पहँच सुनको जसरी सजिलै पाउन सकिने भएकालॆ कच्चा तेलको कारोवार गर्ने बढेका हुन्-कमोडिटिजको कारोवार गर्ने मर्कन्टाइल एक्सचेन्ज नेपालकी ग्राहक सेवा व्यवस्थापक तेजश्वी शर्माले भनिन् । कम्पनीमार्फत एक हजारभन्दा वढीले कमोडिटिजमा कारोवार गरिरहेका छन् ।
सुन-चाँदी तेललगायत ११ वटा वस्तुको कारोवार गर्ने कम्पनीमा सुनपछि कच्चा तेलको कारोवार हुने गरेको छ । शर्माले तेलपछि चाँदी र तामाको कारोवार वढी हुने जानकारी दिइन् । नेपालको कमोडिटिज बजारमा तेलको कारोवार नयाँ भएकाले पनि लगानीकर्ता बढेको उनले बताइन् ।
सुन-चाँदीको सम्वन्ध नेपालमा भएपनि कच्चा तेलको सम्वन्ध केही छैन । नाफा कमाउने हिसाबले मात्र तेलको कारोवार भएको हो-उनले भनिन् -तेलको मूल्य केही समयदेखि उकालो लागेकाले नाफा बनाउन सकिन्छ भन्ने मनोविज्ञानले गर्दा लगानीकर्ता बढेका हुन् ।

सुनजस्तै कच्चा तेलका बारेमा पनि अन्तर्राष्ट्रिय बजारको टे्रन थाहापाउन सकिने तथा यसका बारेमा विभिन्न विश्लेषण र सुचनाहरु आइरहने भएकाले नेपाली लगानीकर्ताले बजार के हुन्छ भनेर अनुमान गर्न सक्ने हँुदा कारोवार गर्नेको संख्या बढेको हो ।
सुनका लगानीकर्ताका साथै नयाँ लगानीकर्ता पनि तेल कारोवार गर्न थपिइरहेका छन्-शर्माले भनिन् ।
सानो-ठूलो दुबै परिमाणमा तेलको कारोवार गर्न सकिन्छ । नेपालमा कमोडिटिजको कारोवार गर्ने दुई कम्पनी साचालनमा रहेपनि मर्कन्टाइलले मात्र कच्चा तेलको खरिद-बिक्री गर्छ । कम्पनीका अनुसार दैनिक ५ सय लट कच्चा तेल कारोवार हुने गरेको छ ।
मेजर र मिनी दुई परिमाणमा कारोवार गर्ने कम्पनीले मेजर एक लटमा २ सय ५० ब्यारेल तेल हुन्छ । यस्तै मिनीको एक लटमा ५० ब्यारेल तेल हुन्छ । लगानीकर्ताले मेजर परिमाणमा कारोवार गर्दा एक लटका लागि ७० हजार रुपैयाँ कम्पनीमा बुझाउनु पर्ने शर्माले बताइन् । उनले मिनी परिमाणमा कारोवार गर्दा एक लटका लागि २५ हजार रुपैयाँ जम्मा गर्नु पर्ने जानकारी दिइन् ।
अन्तर्राष्ट्रिय बजारमा मूख्य रुपमा सुनपछि तेलको कारोवार हुने गरेको छ । केही समयदेखि कच्चा तेलको मूल्य बढेकाले नाफा कमाउन सकिन्छ भन्ने सोचेर लगानीकर्ता यसतर्फ आकर्षित भएको उलने बताइन् । सुरुमा मेजर परिमाण सुरु गरेको कम्पनीले ५ महिनादेखि मिनी परिमाणको कारोवार पनि सुरु गर्न थालेको हो । मिनी परिमाण सुरु भएपछि साना लगानीकर्ता पनि कच्चा तेलको कारोवार गर्न सक्ने भएको उनले जानकारी दिइन् । अहिले मेजर र मिनी दुबै परिमाणमा बराबर कारोवार हुने गरेको छ ।



2 comments:

  1. this article also very good and informative for nepalese derivative and commodity market to the investers...but it is also uncomplete, only taken the source related to Mercentile Exchange (MEX). Here, in the MEX the 2nd largest trading volumes comes from Crude oil after the Gold but in the Commodities and Metal Exchange Nepal (COMEN) the 2nd largest volumes comes from Silver. As well, here in Nepal, the another one Exchange also comming soon, that company aslo included the Crude oil, you didn't try to search the source..so, Sudarsan jee, i m not commenting you...juss sharing the information hai..

    hope you never mind it.

    thank you
    ur fren
    Krishna Giri

    ReplyDelete
  2. good comment from krishna giri, thank u.

    ReplyDelete

thanks for comment