अन्तरबैंक व्याजदर बर्षकै उच्च

नगद अभावको अवस्था अझै केही दिन कायम रहे बैंकहरु निक्षेपको
यथावत राखी कर्जाको व्याजदर
बढाउन बाध्य हुने

सुदर्शन सापकोटा
काठमाडौं कात्तिक १६
बैंकहरुले एक अपसमा लिने सापटीको अन्तरबैंक व्याजदर चालु आर्थिक बर्षकै उच्च भएको छ । बैंकसँग नगद अभाव भएकाले बैंकदर बढेको हो । अनुमान गरिएविपरित दसैं-तिहारमा वाहिरिएको नगद नफर्किएपछि सापटीको व्याजदर ९ दशमलव ९६ प्रतिशत पुगेको राष्ट्र बैंकले जनाएको छ । गत साउनदेखि बैंकहरुलाई नगद अभाव हुन थालेकाले १ दशमलव ४१ प्रतिशतमा रहेको सापटीको व्याजदर त्यसयता बढिरहेको छ ।
दसै-तिहारमा बाहिरिएको नगद चाडपर्ब सकिएपछि पुनः बजारमा फर्किने अनुमान गरिएको थियो-राष्ट्र बैंकका एक उच्च अधिकारीले भने -तर नगद नफर्किएकाले बैंकदर बढेको हो ।उनले बढ्दो बैंकदरले बचारमा चरम तरलताको अभाव भएको पुष्टि गरेको बताए ।
आर्थिक बर्षको समाप्तिसँगै दशैं-तिहार परेकाले बजारमा नगद अभाव भएको लक्ष्मी बैंकका प्रमुख कार्यकारी सुमन जोशीले बताए । माग अनुसार नगदको आपुर्ति नभएकाले व्याजदर वढ्नु स्वभाविक हो- उनले भने । दशैं-तिहारमा नगद वढी चाहिने नेपाल टेलिकमलगायत सरकारी संस्थाले सरकारलाई आम्दानी बुझाउनु पर्नेजस्ता कारणले नगद अभाव भएर बैंकदरमा असर परेको जोशीले बताए ।
राष्ट्र बैंकले पनि दशैंअघि बजारमा नगद अभाव भएकाले बैंकदर वढेको जनाउँदै आएको छ । केही महिनादेखि बैंकहरुमा नगद अभाव छ- राष्ट्र बैंकका एक अधिकारीले नागरिकसँग भने -नगद अभावको अवस्था केही साता अझै कायम रहे बैंकहरु निक्षेपको यथावत राखी कर्जाको व्याजदर बढाउन वाध्य हुनेछन् ।चलनचल्तीमा अन्तरबैंक कारोवार अवधि वढीमा ७ दिनसम्म छ ।
गत आर्थिक बर्षको अन्त्यमा यो व्याजदर १ दशमलव १९ प्रतिशत थियो । दशैं-तिहारमा बैंकलाई वढी नगद आवश्यक पर्ने भएकाले यो अवधिमा अन्तरबैंक दर बढेको जोशीले बताए । ठूला चाडपर्व सकिसक्दा पनि बैंकदर उच्च हुनुले बजारमा एकदमै कम नगद प्रवाह भएको जनाउने एक बैंकस्रले जानकारी दिए । उनका अनुसार राष्ट्र बैंकले मौदि्रक नीतिमा अनिवार्य नगद अनुपात सीआरआर लाई निरन्तरता दिनुले बजारमा नगद अभाव भएको हो । सीआरआर बापत कुल निक्षेपको ५ दशमलव ५ प्रतिशत राष्ट्र बैंकमा जम्मा गर्नु पर्ने व्यवस्था छ । राष्ट्र बैंकले आफ्नो कमजोरी ढाक्न चाडपर्वलाई दोष दिएर सर्बसाधारणले आफूसँग नगद राखेको आरोप लगाइरहेको छ-एक बैंकरले भने ।
गत चैत ११ गते बैंक व्याजदर २ बर्ष यताकै उच्च भएको थियो । बैंकदर ११ दशमलव ०६ प्रतिशतसम्म पुगेको थियो । त्यसयता घटिरहेको बैंकदर १ दशमलव ३३ प्रतिशतसम्म झरेको थियो । गत साउनदेखि मात्र बैंकदर वढ्न थालेको हो । कलकत्ताबाट नयाँ नोट नआएकाले नगद अभाव हुँदा सर्बसाधारणले बैंकमा पैसा जम्मा नगर्ने तथा भएको पैसा पनि झिकेकाले बैंकदर वढेको राष्ट्र बैंक अधिकारीले बताए । उनले अर्थतन्त्रप्रति सर्बसाधारणले विश्वास गुमाएकाले संाचय गरेको रकम बैंकमा नवुझाएको दावी गरे ।
असोज तेस्रो सातासम्म ९ अर्ब वढीको अन्तरबैंक कारोवार भएको राष्ट्र बैंकले जनाएको छ । दशैंताका एकै दिनमा ९५ करोड रुपैयाँभन्दा वढीको अन्तरबैंक कारोवार भएको थियो । साउनपछि टे्रजरी विल्सको धितोमा पाइने ऋण रिपो को व्याजदर वढेकाले अन्तरबैंक कारोवार पनि वढेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले जारी गर्ने टे्रजरी विल्स तरलता व्यवस्थापन गर्ने मौदि्रक औजार हो । यसको धितोमा राष्ट्र बैंकले बैंकहरुलाई नगद उपलब्ध गराउँछ ।

राष्ट्र बैंकका अनुसार सोमवार ९१ दिने टे्रजरी विल्समार्फत ५० करोड रुपैयाँ बजारमा छाडिएको छ । औषत व्याजदर ५ दशमवल ३६ प्रतिशत निर्धारण भएको ९१ दिने यसका लागि १३ कम्पनीले १ अर्ब १५ करोड रुपैयाँको वोलकवोल गरेका थिए । १ अर्ब रुपैयाँको ३ सय ६४ दिने यसका लागि ३ अर्ब ७७ करोड रुपैयाँको वोलकवोल गरेको राष्ट्र बैंकले जनाएको छ । यसमा १७ कम्पनीले लिलाम वढावढ गरेका थिए ।

No comments:

Post a Comment

thanks for comment