तीन महिनाभित्र तीन बैंकले कारोवार थाल्ने


काठमाडौं मंसिर ५
राष्ट्र बैंकबाट संचालन स्वीकृति पाएका तीन बाणिज्य बैंकले आगामी तीन महिनाभित्र कारोवार थाल्ने भएका छन् । जनता बैंक नेपाल मेघा र कमर्श एण्ड ट्रष्ट बैंकले तीन महिनाभित्र कारोवार सुरु गर्ने भएका हुन् । तीन बैंक साचालनमा आएपछि बाणिज्य बैंकको संख्या २९ पुग्ने छ ।
कारोवार साचालनका लागि बैंकिङ सफ्टवेयर खरिद गरिसकेका छौं- जनता बैंक नेपालका अध्यक्ष गुरुप्रसाद न्यौपानेले नागरिकसँग भने । उनले आगामी २० दिनभित्र बैंकले आन्तरिक कारोवार सुरु गरिसक्ने बताए । आन्तरिक कारोवार सुरु भएको केही समयमा नै हामी औपचारिक कारोवार सुरु गछौं-उनले भने । २ अर्व रुपैयाँ चुक्ता पुँजीसहित साचालनमा आउन लागेको बैंकले प्रमुख कार्यकारीमा विजय पन्तलाई नियुक्त गरिसकेको छ । पन्त नेपाल इन्भेष्टमेन्ट बैंकबाट आएका हुन् । न्यौपानेले बैंकमा आठ सय ९८ जना संस्थापक सेयरधनी रहेको बताए । बैंकको केन्द्रीय कार्यालय नयाँवानेश्वरमा रहेको छ । साचालनमा आएलगत्तै पोखराको न्युरोडमा शाखा विस्तार गरिने उनले जानकारी दिए ।
मेगा बैंकले ऋषी पाचमीका दिन माघ ६ गते देखि कारोवार थाल्ने भएको छ । बैंक समन्वय समितिका सदस्य मदन आचार्यले प्रमुख कार्यकारीका लागि केहीसँग कुरा भइरहेको बताए । साचालनमा रहेका बैंकका प्रमुख कार्यकारीसँग कुरा भइरहेको छ- उनले भने -सोमवारसम्म कार्यकारीको टुङ्गो लाग्ने छ त्यसपछि बैंकले अन्य कारवाहीलाई अघि बढाउने छ । उनले कार्यकारी नियुक्तपछि बैंकिङ सफ्टवेयर खरिद गर्ने जानकारी दिए । मदनकुमार दाहाल अध्यक्ष रहेको बैंकको चुक्ता पुँजी २ अर्ब ३३ करोड रुपैयाँ छ । बैंकको अधिकृत पुँजी ४ अर्ब रुपैयाँ छ ।
केन्द्रीय कार्यालय काठमाडौंको कान्तिपथमा रहने जानकारी दिँदै आचार्यले बैंकको सम्पुर्ण पुर्वाधार तयार भइसकेको बताए । बैंकमा ६२ जिल्लाका १ हजार २ सय २८ जना संस्थापक सेयरधनी छन् ।
दुई अर्ब रुपैयाँको चुक्ता पुँजीसहित साचालनको तयारीमा रहेको कमस्र एण्ड ट्रष्ट बैंकलाई दुर्गाप्रसाद न्यौपाने र सोभा न्यौपाने नेतृत्व गरेका छन् । यो बैंक आगामी तीन महिनाभित्र साचालनमा आउने छ । तीन महिनाभित्र साचालनमा ल्याउने तयारीमा जुटेका छौं-बैंकका एक संस्थापकले भने । उनका अनुसार बैंक अहिले प्रमुख कार्यकारीको खोजिमा रहेको छ । केही बैंकमा प्रमुख कार्यकारीहरुसँग कुराकानी भइरहेको छु-उनले भने -तर टुङो लागिसकेको छैन । बैंकलाई एकैचोटी ुफुलफ्लेजु मा ल्याउने उनले जानकारी दिए ।
प्रमुख कार्यकारी नियुक्त गरेपछि सफ्टवेयर जनशक्ति र अन्य बैंकिङ सेवाका बारेमा टुङो लाग्ने बैंकका एक संस्थापकले नागरिकलाई बताए । उनले राष्ट्र बैंकले मागेको कुल चुक्ता पुँजीको ४५ प्रतिशत रकम जम्मा गरिसकेको जानकारी दिए । सबै कागजी प्रकृया सकिसकेको छ- उनले भने -बैंकको केही आन्तरिक काम नसकिएकाले साचालनमा आउन तीन महिना लाग्ने भएको हो ।
अन्य तीन बैंक पनि राष्ट्र बैंकसँग साचालन अनुमति पर्खेर बसेका छन् । केन्द्रीय बैंकका अनुसार सिभिल स्टेट बैंक अफ नेपाल र सन्चुरी बैंक साचालन अनुमति पर्खेर बसेका हुन् । तीनै बैंकले कुल चुक्ता पुँजीको ५ प्रतिशत रकम राष्ट्र बैंकमा जम्मा गरिसकेका छन् । साचालन अनुमति पाएपछि बैंकले थप ४० प्रतिशत रकम राष्ट्र बैंकमा जम्मा गर्नु पर्छ ।
हाउजिङ निर्माता कम्पनी सिभिल होम्सका प्रमुख इच्छाराज तामाङ सिभिल बैंकका अध्यक्ष हुन् । बैंकले प्रमुख कार्यकारीमा सनराइज बैंकका पूर्व प्रमुख कार्यकारी किशोर महर्जनलाई नियुक्त गरिसकेको छ । महर्जनले व्यवस्थापनले असहयोग गरेको भन्दै एक महिनाअघि सनराइज बैंक छाडेका थिए ।


No comments:

Post a Comment

thanks for comment