रेसुङगा विकासको सेयर


विश्लेषण
काठमाडौं मंसिर १३
रेसुङगा विकास बैंकले मंगलवारबाट सर्वसाधारण सेयर निष्कासन गर्ने भएको छ । बैंकले ९१ हजार ८ सय किक्ता साधारण सेयर निष्कासन गर्ने भएको छ । २ करोड १४ लाख रुपैयाँ चुक्ता पुँजी रहेको क्षेत्रीय स्तरको बैंकको सेयर निष्कासनपछि ३ करोड ६ लाख रुपैयाँ चुक्ता पुँजी पुग्ने छ ।
राष्ट्र बैंकका पुर्व कर्मचारी राजेन्द्रप्रसाद श्रेष्ठ अध्यक्ष रहेका बैंकमा खुद्रा व्यवशायीहरु साचालक रहेका छन् । लामो बैंकिङ अनुभव नभएका व्यक्तिद्वारा प्रवद्धित बैंक भएकाले यसले भविस्यमा लगानीकर्तालाई कस्तो प्रतिफल दिनसक्छ भनेर अहिले नै विश्लेषण भने गर्न सकिन्न । बैंकका अनुसार यसको माथिल्लो तहमा ८ बर्ष अनुभव सँगालेका सार्जन भट्टराई नायव महाप्रबन्धक छन् । अन्य दुई प्रबन्धक व्यवस्थापन र बैंकिङ क्षेत्रमा दुई बर्षको अनुभव भएका छन् ।
साधारण सेयर निष्कासनमा लगानीकर्ताको आकर्षण वढिरहेको अवस्थामा रेसुङगाको सेयर पनि लगानीका लागि आकर्षक हुनसक्छ । तर बैंकमा लामो बैंकिङ अनुभव र बजारमा साख भएका व्यक्ति नभएकाले यसको सेयरमा भने विश्वस्त भने हुन सकिन्दैन । गत बर्ष ४२ लाख १८ हजार रुपैयाँ नाफा कमाएको कम्पनीको प्रति सेयर आम्दानी करिव २० रुपैयाँ छ । केही बाणिज्य बैंकको जति नै प्रतिसेयर आम्दनी भएको यस बैंकले चालु आर्थिक बर्षभित्र जगेडा कोष ६५ लाख रुपैयाँ पुर् याउने आफ्नो योजना सार्वजनिक गरेको छ ।
गुल्मी जिल्लामा मात्र कारोवार गर्ने अनुमति पाएको बैंकले देशभरीका सर्वसाधारणका लागि सेयर निष्कासन गरेको हो । जिल्लाको दुई स्थानमा शाखा खोलिसकेको बैंकले मुलुकमा छरिएर रहेको पुँजीलाई एकिकृत गरेर संस्थागत लगानी गर्ने तथा वित्तीय मध्यस्थताको सेवा उपलब्ध गराउने उद्देश्य लिएको छ ।
सेयरको दोस्रो बजारमा विशेष गरी विकास बैंकहरुको सेयर मूल्य घटिरहेको अवस्थामा कम्पनीको सेयर निष्कासन भएको छ । अधिकांस विकास बैंकले लगानीकर्तालाई अकर्षक प्रतिफल वोनस सेयर तथा नगद लाभांस नदिइरहेको अवस्थामा रेसुङगा बैंकको सेयरमा लगानी गर्नु त्यति आकर्षक भने छैन ।
बैंकको वित्तीय अवस्था विश्लेषण गर्दा एकै जिल्लामा सिमित भएपनि बैंकले निक्षेप भने राम्रो संकलन गरेको छ । बैंकले गत बर्ष २१ करोड १४ लाख रुपैयाँ बचत संकलन गरेको छ । यस बापत बैंकले ५२ लाख ५३ हजार रुपैयाँ व्याज रकम भुक्तानी गरेको छ । बैंकले गत बर्ष १५ करोड २४ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकसँग ७० करोड रुपैयाँ नगद सिाचति छ ।


No comments:

Post a Comment

thanks for comment