मर्चेन्ट बैंक परिपत्र

काठमाडौं कात्तिक २२
चालु आर्थिक बर्षको पहिलो तीन महिनामा निष्कृय कर्जा ५ प्रतिशतभन्दा कम भएको बैंक तथा वित्तीय कम्पनीले माात्र मर्चेन्ट बैंक खोल्न पाउने भएका छन् । बैंक तथा वित्तीय कम्पनीले मर्चे्रन्ट बैंकको काम गर्ने गरी खोलेको सहायक कम्पनी पब्लिक लिमिटेड हुनु पर्ने राष्ट्र बैंकले आइतवार जनाएको छ ।
यसरी स्थापना गरिएको कम्पनीले कम्तिमा ३० प्रतिशत साधारण सेयर जारी गर्नु पर्ने राष्ट्र बैंकले जारी गरेको मर्चेन्ट बैंकिङको काम गर्ने सहायक कम्पनी स्थापना सम्वन्धि परिपत्रमा उल्लेख छ । सहायक कम्पनीमा मुख्य कम्पनीको अधिकतम ७० प्रतिशत संस्थापक सेयर स्वामित्व हुनु पर्ने छ । राष्ट्र बैंकले यसमा मूख्य कम्पनीको ५० प्रतिशत न्युनतम संस्थापक सेयर स्वामित्व निष्चित गरिएको छ ।
राष्ट्र बैंकको नीतिगत व्यवस्था तथा निर्देशनले तोके अनुसार न्युनतम चुक्ता पुँजी पुरा भएपछि मात्र सहायक कम्पनीले मर्चेन्ट बैंकको कार्य गर्न सक्ने छन् । सहायक कम्पनीले धितोपत्र निष्कासनका लागि विवरणपत्र विक्री सम्वन्धि प्रस्ताव तथा अन्य विवरण तयार गर्नेलगायत धितोपत्र निष्कासन र विक्री प्रबन्ध सम्वन्धि आवश्यक सबै कार्य गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ । सहायक कम्पनीका रुपमा स्थापित मर्चेन्ट बैंकले संगठित संस्थाले निष्कासन गरेको सेयर विक्री नभएमा आफूले खरिद गर्ने प्रत्याभूति अन्डरराइटिङ दिन सक्ने छ । कम्पनीले ग्राहकसँग सम्झौता गरेर उनीहरुका लागि लगानी व्यवस्थापनको समेत कार्य गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ ।
सेयर जारी गर्ने संस्थाको तर्फबाट सेयरधनीको अभिलेख राख्ने तथा सेयरको नामसारी लगायत सेयर रजिष्टे्रसन सम्वन्धि सेवा प्रदान गर्न सक्ने राष्ट्र बैंकले जारी गरेको परिपत्रमा उल्लेख छ । मर्चेन्ट बैंकले सेयर खरिद तथा विक्री मूल्य अंकित गरी त्यस्तो धितोपत्र आफ्नो नामबाट कारोवार गरी बजार निर्माताको समेत कार्य गर्न सक्ने छ ।
सहायक कम्पनीका रुपमा स्थापित मर्चेन्ट बैंकले वित्तीय स्रोत संकलन गर्ने उदेश्यले निष्कासन गरिने कुनै पनि सुरक्षणपत्रमा मूख्य कम्पनीले लगानी गर्न नपाउने राष्ट्र बैंकले जनाएको छ । कम्पनीले सुरक्षणपत्रको धितोमा कर्जा प्रवाह समेत गर्न पाउँदैन । सहायक कम्पनीले नियमन निरिक्षण सुपरिवेक्षण र अन्य व्यवस्थाहरु धितोपत्र वोर्डले तोकेको नियमअनुसार हुने राष्ट्र बैंकले जनाएको छ । धितोपत्र वोर्ड सेयर जारी गर्ने तथा कारोवार गर्ने पब्लिक लिमिटेड कम्पनीहरुको नियामक निकाय हो ।
राष्ट्र बैंकका अनुसार मूख्य कम्पनीले आफ्नो वित्तीय विवरण पेस गर्दा सहायक कम्पनीको पनि सँगै पेस गर्नु पर्ने छ । सहायक कम्पनीको लेखा सुचना प्रविधि तथा अन्य नीति प्रणालीहरु मूख्य कम्पनीसँग सामन्जस्यता कायम हुने गरी व्यवस्था गर्नु पर्ने राष्ट्र बैंकले जनाएको छ ।
मूख्य तथा सहायक कम्पनीबीच हुने कारोवारलाई पारदर्शी बनाउन राष्ट्र बैंकले दुवै कम्पनीबीच हुने कारोवारलाई सम्वन्धित शिर्षकअनुसार खुलाउनु पर्ने व्यवस्था गरेको छ । यस्तो कारोवार भएपछि नियमित रुपमा प्रकासित गर्नु पर्ने वित्तीय विवरणमा सो कारोवार बारे विस्तृत जानकारी राष्ट्र बैंकलाई दिनु पर्ने छ । सहायक कम्पनीको लेखा परिक्षण राष्ट्र बैंकमा सुचिकृत लेखापक्षिकबाट मात्र गराउनु पर्ने व्यवस्था केन्द्रीय बैंकले गरेको छ ।
मर्चेन्ट बैंकले अन्य संगठित संंस्थाको सेयर तथा ऋणपात्र जारी गर्दा लगानी हुने संस्थाको चुक्ता पुँजीको १० प्रतिशत ननाघ्ने गरी लगानी गर्नु पर्ने व्यवस्था परिपत्रमा गरिएको छ ।


No comments:

Post a Comment

thanks for comment