उपभोक्ताले बढी ब्याज पाउने

सुदर्शन सापकोटा, काठमाडौं, कात्तिक २३- बैंक तथा वित्त कम्पनीमा बचत खाता खोलेका उपभोक्ताले अबदेखि बढी ब्याज पाउने भएका छन्।

कात्तिक १ बाट लागू हुने गरी राष्ट्र बैंकले बैंक तथा वित्त कम्पनीलाई दैनिक बचतमा निक्षेपकर्तालाई ब्याज दिन परिपत्र गरेको छ। दैनिक बचतमा व्याज गणना गर्दा बचतकर्ताले अहिले पाइरहेको भन्दा केही बढी व्याज पाउने छन्। 'दैनिक बचतमा ब्याज गणना गर्न निर्देशन दिएका छौं,' राष्ट्र बैंकका एक अधिकारीले भने।

बैंक तथा वित्तीय कम्पनीले बचतकर्तालाई साप्ताहिक, मासिक, त्रैमासिक वा बार्षिक बचतको औसत रकममा ब्याज उपलब्ध गराउँदै आइरहेका थिए। निश्चित समयाअवधिको औसतमा व्याज गणना गर्दा बचतकर्ताले कम व्याज पाइरहेका छन्। बचतकर्ताको हितलाई ध्यान दिँदै राष्ट्र बैंकले दैनिक मौज्दातमा ब्याज दिन बैंक तथा वित्तीय कम्पनीलाई निर्देशन दिएको हो। कात्तिकपछि दैनिक बचतमा व्याज उपलब्ध हुँदा बचतकर्ताले करिव १ अर्ब रुपैयाँ अतिरिक्त व्याज पाउने राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकले बैंक तथा वित्त कम्पनीलाई गरेको परिपत्रमा 'कर्जा तथा सापटको बक्यौता रकममा व्याज गणना गर्ने अहिलेको विधि अवलम्वन ग व्याज गणना गर्न' भनेको छ। कर्जाको व्याज जस नै निक्षेपको पनि गणना गर्दा बचतकर्ताले बढी व्याज पाउने राष्ट्र बैंकका एक अधिकाले बताए। कर्जा जस्तै बचतमा व्याज गणना नगर्दा लगानीकर्ता आफूले पाउनु पर्ने अधिकारबाट बञ्चित भएको भन्दै राष्ट्र बैंकले परिपत्र गरेको हो।

बैंकहरुले अहिले बचत खातामा दुईदेखि ९ दशमलव ५ प्रतिशतसम्म व्याज उपलब्ध गराउँदै आएका छन्। बैक तथा वित्तीय कम्पनीले यो व्याजदर साप्ताहिक, मासिक, त्रैमासिक वा बार्षिक न्युनतम बचतको औसतमा गणना ग उपलब्ध गराउँदै आएका छन्। राष्ट्र बैंकका एक अधिकाका अनुसार, न्युनतम बचतमा व्याज गणना गरिँदा बचतकर्ताले बैंकमा जम्मा गरेको अधिकतम निक्षेपबाट पाउनु पर्ने व्याजबाट बञ्चित हुँदै आएका छन्। 'दैनिक मौज्दातमा व्याज गणना गरिने भएपछि बचतकर्ताले आफ्नो बचतमा पाउनु पर्ने सम्पूर्ण व्याज पाउँछन्,' एक अधिकारीले भने।

गत वर्ष मात्र २६ बैंकले ५ खर्व ५५ अर्ब रुपैयाँ विभिन्न खातामार्फत बचत संकलन गरेका थिए। बैंकले बचत संकलन गरे बापत निक्षेपकर्तालाई १७ अर्ब ८६ करोड रुपैयाँ व्याज उपलब्ध गराएका थिए। गत बर्ष बाणिज्य बैंकहरुले कर्जा प्रंवाह गरेर ३९ अर्ब ३४ करोड रुपैयाँ व्याज असुल गरेका थिए।

No comments:

Post a Comment

thanks for comment