घुम्ति बैंकिङ कारोवार नेपाली रुपैयाँमा


सुदर्शन सापकोटा
काठमाडौं कात्तिक २८
घुम्ति बैंकिङ सेवा साचालन गर्न चाहने बैंक तथा वित्तीय संस्थाले नेपाली रुपैयाँमा मात्र कारोवार गर्नु पर्ने भएको छ । राष्ट्र बैंकले घुम्ति सेवा साचालन गर्दा निक्षेप संकलन तथा भुक्तानी नेपाली रुपैयाँमा नै गर्नु पर्ने व्यवस्थासहितको निर्देशन एक साताअघि बैंक तथा वित्तीय संस्थालाई दिएको छ । घुम्ति सेवामार्फत निक्षेप कारोवार र रेमिट्यान्स सेवा वाहेक अन्य सुविधा उपलब्ध गराउन नपाउने राष्ट्र बैंकले जनाएको छ ।
बैंक तथा वित्तीय संस्थाले आफ्ना शाखामा मात्र कारोवार केन्द्रीत नराखेर यसलाई वढाउन घुम्ति सेवाको माग गरेपछि राष्ट्र बैंकले यसका लागि बाटो खुला गरिदिएको हो । केन्द्रीय बैंकले १७ बुँदे लिखित निर्देशन दिँदै बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकबाट स्वीकृति लिएर मात्र सेवा साचालन निर्देशन दिएको छ । यो सेवा हाल एभरेष्ट सिटिजन्स बैंक इन्टरनेसनल लगायत केही बैंकले सुरु गरिसकेका छन् ।
घुम्ति बैंकिङ सेवा उपलब्ध गराए बापत कम्पनीले अहिले भइरहेको व्यवस्था वाहेक अन्य कुनै पनि सेवा शुल्क उपभोक्तासँग लिन नपाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ । कारोवारको विवरण तत्काल ग्राहकको खातामा हेर्न सकिने व्यवस्था गर्न पनि निर्देशन दिएको छ ।
घुम्ति सेवा राजधानी वाहेकका स्थानमा बैंक तथा वित्तीय संस्थाको नजिकको शाखालाई संम्पर्क तथा नियन्त्रण कार्यालय तोकेर साचालन गर्नु पर्ने राष्ट्र बैंकका एक अधिकारीले बताए । उनले घुम्ति सेवामा प्रयोग हुने नगद मार्गस्थ नगद ट्रन्जिट सवारी साधन कर्मचारी र अन्य सम्पतिको बिमा अनिवार्य गरेको हुनु पर्ने जानकारी दिए । यो सेवा साचालन गर्दा आइपर्ने सुरक्षा प्रणालीको संम्वन्धित बैंक तथा वित्तीय संस्था आँफैले व्यवस्था गर्नु पर्ने छ ।
बैंक तथा वित्तीय संस्थाले घुम्ति सेवा उपलब्ध गराउने स्थानका बारेमा सरकारी अधिकारीको स्वीकृति लिनु पर्ने व्यवस्थालाई अनिवार्य गरिएको छ । कम्पनीले यसका लागि आवश्यकता अनुसार स्थानीय प्रहरी प्रशासनसँग तुरुन्त सम्पर्क गर्न सकिने आधुनिक साचार साधनको व्यवस्था हुनु पर्ने राष्ट्र बैंक अधिकारीले बताए । सुरक्षा स्थिति तथा स्थान हेरी कम्पनीले कारोवार रकमको सीमा आफै निर्धारण गर्नसक्ने छुट राष्ट्र बैंकले दिएको छ । घुम्ति सेवा उपलब्ध हुने स्थानमा सुरक्षा दिन कम्पनीको तर्फबाट हतियार सहितको सुरक्षा गार्डको व्यवस्था हुनु पर्ने छ ।
घुम्ति बैंकिङलाई सुरक्षित बनाउन बैंक तथा वित्तीय संस्थाको आन्तरिक लेखापरीक्षण विभागले निष्चित मापदण्ड बनाएर आन्तरिक लेखापरीक्षणमा यो सम्वन्धि कारोवारलाई पनि समेट्नु पर्ने राष्ट्र बैंकले निर्देशन दिएको एक अधिकारीले बताए । उनका अनुसार यो सेवा साचालन गर्ने कम्पनीले सेवा दिने सवारी साधनमा आवश्यक पुर्वाधार र सुचना प्रणाली जडान गरिएको हुनु पर्ने सर्त राष्ट्र बैंकले राखेको छ । घुम्ति सेवामा जाने कर्मचारीले स्वीकृति प्राप्त भौगोलिक क्षेत्रमा मात्र गएको प्रमाणित हुने सवारी साधनको लग बुक तथा अन्य कागजात तयार गरेको हुनु पर्ने छ ।
बैंक तथा वित्तीय संस्थाको साचालक समितिले निर्णय गरेपछि मात्र सुरु गर्न सकिने घुम्ति सेवामा नेटवर्क र डाटावेस पूर्ण सुरक्षित हुनु पर्ने राष्ट्र बैंकले जनाएको छ । प्रविधिमा समस्या आएर निक्षेप तथा भुक्तानी कारोवार प्रभावित भएर डाटावेस क्षति भएमा यसको जवाफदेही संम्वन्धित कम्पनी हुनु पर्ने छ । राष्ट्र बैंकले सफ्टवेयर डाटालाई कम्पनीको केन्द्रीय सुचना प्रणालीमा तत्कालै प्रवाह हुने गरी व्यववस्था मिलाउन पनि निर्देशन दिएको छ ।

No comments:

Post a Comment

thanks for comment