सेयर मूल्य घटे पनि लगानीकर्ता नाफामा

सुदर्शन सापकोटा, काठमाडौं, कात्तिक २८- चार महिनादेखि सेयर मूल्य घटे पनि नगद लाभांश, बोनस र हकप्रद सेयरका कारण वाणिज्य बैंकका लगानीकर्ता फाइदामा छन्।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचिकृत २३ वाणिज्य बैंकमध्ये १९ को सेयर मूल्य घटिरहेको छ। अरु बैंकको मूल्य चार महिनामा खासै परिवर्तन भएको छैन।


नेप्से परिसूचक बढेर ७ सय १५ को वप रहँदा सेयर खरिद गरेका लगानीकर्ता यसबीचमा सेयर मूल्यका आधारमा घाटामा छन्। तर बैंकहरुले आर्थिक वर्र्ष समाप्तिपछि दिने नगद लाभांश, बोनस र हकप्रद सेयरका कारण नाफामा छन्। 'तुलनात्मक रुपमा लगानीकर्ताले कमाएको अवस्था छैन,' एक लगानीकर्ताले भने। उनले बैंकले घोषणा गरेको बोनस तथा लाभांसले लगानीकर्तालाई राहत दिएको बताए।


नेपाल बंगलादेश, नेपाल क्रेडिट एन्ड कमर्स र माछापुच्छे्र बैंकका लगानीकर्ताबाहेक अन्य बैंकका लगानीकर्तालाई मूल्य घटे पनि आर्थिक रुपमा नोक्सानी परेको छैन। आर्थिक वर्र्ष सकिएको चार महिना बितिसक्दा पनि यी बैंकले लगानीकर्ताका लागि लाभांंश, बोनस र हकप्रद सेयर दिने बारे निर्णय गरेका छैनन्।


नबिल बैंकका सेयरधनीले सेयर मूल्यमा ठूलो नोक्सानी ब्यहोरे पनि कम्पनीले ३५ प्रतिशत नगद लाभांश र सित्तैमा उपलब्ध हुने दुई बराबर एक बोनस सेयरले गर्दा लगानी गुमाएका छैनन्। सेयर विश्लेषक कम्पनी ज्याम टेक्नोलोजिका प्रमुख कार्यका अशोक महर्जनले लगानीकर्ताले मूल्यका आधारमा रकम गुमाए पनि बोनस र लाभांसले लगानी डुब्नबाट जोगिएको बताए। 'लगानीकर्ता नोक्सानीमा गएको अवस्था छैन,' उनले भने- 'बजार अझै घटेमा बोनस र लाभांशले मूल्य घटेर भएको नोक्सानीलाई पुर्ति गर्न सक्दैन।'
नेपाल इन्भेस्टमेन्ट बैंकले घटिरहेको सेयर मूल्यले निरास भएका लगानीकर्तालाई २० प्रतिशत नगद लाभांश दिएर उत्साहित बनाएको छ। कम्पनीको चुक्त पुँजी २ अर्ब रुपैयाँ नाघेकाले पुँजी बढाउनुपर्ने बाध्यताबाट मुक्त भएकाले बोनस र हकप्रद नदिएको हो। स्टान्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्र्षको नाफाबाट ५० प्रतिशत नगद लाभांश र २ बराबर १ हकप्रद सेयर दिएको छ।


हिमालयन, नेपाल एसबीआइ र एभरेस्ट बैंकले पनि लगानीकर्तालाई गत वर्र्षको नाफाबाट लाभांश तथा बोनस सेयर उपलब्ध गराउने भएको छ। बैंक अफ काठमान्डू, नेपाल इन्ड्रष्ट्रियल एन्ड कमर्सियल (एनआइसी) बैंक, कुमारी बैंक र लक्ष्मी बैंकले पनि बोनस सेयर तथा नगद लाभांश दिने भएका छन्। नयाँ आएका बैंकले पनि घटिरहेको बजारबाट निरास लगानीकर्तालाई राहत दिएका छन्। सेयर बजार घटिरहेपनि ग्लोबल, सिटिजन्स बैंक इन्टरनेसनल, प्राइम, बैंक अफ एसिया नेपाल र सनराइज बैंकले लगानीकर्तालाई लाभांश, बोनस वा हकप्रद दिने भएपछि लगानीकर्ता ठूलो घाटाबाट जोगिएका छन्।

http://www.nagariknews.com/economy/share-market/7020-2009-11-14-06-06-42.html


No comments:

Post a Comment

thanks for comment