सेयर बजार सम्वन्धि सफ्टवेयर


नागरिक संवाददाता
काठमाडौं मंसिर १०
ज्याम टेक्नोलोजिज्ले सेयर लगानीकर्तालाई आफ्नो सेयरको वास्तविक अवस्था थाहापाउन सजिलो हुने अनलाइन सफ्टवेयर ज्याम्ब् पोर्टफोलीयो ट्याकर बजारमा ल्याएको छ । ज्यामले नेपाल सेयर मार्केट डट कमको माध्यमबाट ज्याम् पोर्टफोलियोको ट्याकर सप्टवेयरको विकास गरेको हो । अनलाइनमा आधाररित भएकाले सफ्टवेयर सन्सारको जुनसुकै कुनाबाट पनि चलाउन सकिने ज्यामका प्रमुख कार्यकारी अशोक महर्जनले बताए ।
यसको प्रयोगकर्ता दुई हजारको हाराहारीमा पुगिसकेका छन् । विद्यार्थीका लागि सहुलियत दरमा उपलब्ध हुने ट्याकर नेपालका सेयर लगानीकर्ताका लागि नौलो भएको उनले बताए । आफूले लगानी गरेको कम्पनीको सेयरका बारेमा सम्पुर्ण जानकारी पाउन सकिन्छ-उनले भने -चाँडै यसलाई अझ परिस्कृत गर्ने तयारीमा छौं ।

आफ्नो लगानीको कुल बजार मुल्य तुरुन्तै थाहा पाउन सकिने ट्याकरबाट दैनिक कारोबारबाट लगानीमा भएको परिवर्तका बारे तुरुन्त जानकारी लिनसकिने महर्जनले बताए । यसबाट लगानीकर्तालाई सेयरको स्थिति बारे ताजा जानकारी र विश्लेशण पनि उपलब्ध हुने छ । सफ्टवेयरको माध्यमबाट प्राविधिक विश्लेशण गन सकिने भएकाले लगानीकर्ताले कस्तो अवस्थामा सेयर खरिद-विकि्र गर्ने भनेर निर्णय गर्न सक्छन्-उनले भने । सफ्टवेयर सवैले बुझ्ने गरी विकास गरिएकालॆ सजिलै चलाउनल सकिने उनले दावी गरे ।
कारोबार समयमा तथा बजार बन्द भएपछि आफ्नो लगानी पोर्टफोलियोकॊ कुल मुल्य तथा कर पछिको खुद आम्दानी थाहा पाउना सकिन्छ । यसबाट सेयर खरिद गर्दा पुँजीगत लाभकर धितोपत्र वोर्ड तथा सेयर दलाल कमिसनपछिको आम्दानी पनि निकाल्न सकिन्छ । सेयर खरिद-विकि्र सम्बन्धि सम्पुर्ण रेकर्ड राख्न सकिने ट्याकरमा कारोबार नंबर सेयर संख्या खरिद मूल्य प्रमाणपत्र नम्बर सेयरहोल्डर नंबरलगायतका तथ्यांक राख्न सकिने महर्जनले बताए । यसले गर्दा हकप्रद सेयर भर्दा प्रमाणपत्र बोक्ने झण्झट हुँदैन ।
प्रत्येक दिन कुन-कुन कम्पनिले नाफा गर् यो र कुन-कुन कम्पनीले घाटा गर् यो भनेर पनि ट्याकरबाट थाहापाउन सकिने छ । ट्याकरबाट कुल मुनाफा तथा घाटामा कुन कम्पनीले कति फरक पार् यो भन्ने जानकारी पनि पाउन सकिने उनले जानकारी दिए ।
आफुसँग भएका कम्पनीको वित्तीय अवस्थाहरुको बारे आधारभुत र प्राविधिक विश्लेषणका साथै चार्टहरु पनि पाउन सकिन्छ । यसले कुन समयमा खरिद-विक्री गर्ने भनेर लगानीकर्तालाई निर्णया लिन सजिलो हुन्छ-उनले भने । क्षेत्रगत आधारमा सेयरको स्थिति कस्तो छ भन्ने जानकारीको तथ्यांक उपलब्ध हुने ज्यामले जनाएको छ । यसबाट एक भन्दा वढी पोर्टफोलियो बनाएर तुलनात्मक विश्लेषण पनि गर्न सकिन्छ ।
सेयर मार्केट अध्ययनको लागि आफ्नो पैसा लगानी नगरी भर्चुअल रुपमा पोर्टफोलियो बनाएर अध्ययन गर्न सकिन्छ । यसले पुँजी बजारमा प्रवेश गर्न चाहनेलाई कम्पनी छुट्याउन सजिलो हुन्छ । आफुसँग भएका कम्पनीको बारे नयाँ सुचना प्राप्त गर्न सकिन्छ । यसले गर्दा विभिन्न पत्रिका तथा अन्य माध्यमबाट संम्वन्धित कम्पनीको सुचना खोजिरहनु पदैन- महर्जनले भने । हकप्रद सेयर भरे÷नभरेको बोनस सेयर तथा लाभांस लिए÷नलिएको लगायतका जानकारी पनि सम्बन्धित सेयरको साथमा राख्न सकिन्छ । यसो हुँदा हकप्रद सेयर भर्न बिस्रने सम्भावना कम हुन्छ ।

No comments:

Post a Comment

thanks for comment