लगानीकर्ता सेयरबाट कमोटिजतर्फ

सुदर्शन सापकोटा
काठमाडौं, मंसिर १०-
सामाखुशीका दीर्घमान श्रेष्ठ अहिले कमोडिटिज मार्केटसेयर जस्तै कुनै पनि वस्तु र सेवाको कारोबारमार्फत सुनमा लगानी गर्न थालेका छन्। सेयरमा निरन्तर घाटा खाएपछि श्रेष्ठ कमोडिटिजतर्फ लागेका हुन्।
‘सेयर मूल्य घटेपछि धेरै घाटा लाग्यो' पद्मश्री सहकारी संस्था बागबजारका प्रमुख कार्यकारी समेत रहेका उनले भने ‘अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढिरहेकाले नाफा लिन कमोडिटिजमा कारोबार केन्द्रित गरेको छु।' उनले आठ महिनादेखि फ्युचर मार्केटबाट सुन खरिद-बिक्री गरिरहेका छन्।

सेयर बजार खस्किएको र नेपालको सन्दर्भमा नौलो भएकाले पनि कमोडिटिज मार्केटमा ‘लगानी गरी हेरुँ न' भन्नेको संख्या अहिले बढेको छ।

सेयर जस्तै कारोबार हुने कमोडिटिज मार्केटमा जुनसुकै समयमा कारोबार गर्न सकिन्छ। तुरुन्तै खरिद तथा विक्री गर्न सकिने यो बजारबाट ८१ हजार रुपैयाँमा एक केजी सुन किन्न सकिने भएकाले पनि यसतर्फ आकर्षण बढेको हो।

सेयर बजारभन्दा जटिल भएकाले नबुझि यो बजारमा लगानी गर्दा नोक्सानीको संभावना पनि उत्तिकै रहेको विश्लेषक बताउँछन्। ‘नबुझि यो बजारमा आउनु हुदैन' डेरिभेटिभ्स फ्युचर मार्केट ब्रोकर मर्निङस्टार इन्भेष्टमेन्ट सर्भिसेजका विश्लेषक दिपेन्द्र बास्कोटाले भने। यसमा लगानीकर्ता श्रेष्ठ पनि सहमत छन्। ‘यसमा नाफा कमाउन आक्रमक भएर हुँदैन यससम्बन्धी समाचार विश्लेषणका बारेमा एकदमै चनाखो हुनुपर्छ'- श्रेष्ठले भने। कमोडिटिज मार्केट नेपालमा नयाँ भएकाले पनि लगानीकर्ता आकर्षित भएका हुन्।

नेपालको कमोडिटिज मार्केटमा अहिले सुन, चाँदी र कच्चा तेलमा बढी आकर्षण छ। सन् २००८ को अक्टोवरबाट बढ्न थालेको सुनको मूल्य त्यसयता घटेको छैन । ६ सय अमेरिकी डलर प्रति औंस ३१ ग्राम बाट निरन्तर बढिरहेको सुन मंगलवार ११ सय ६८ डलर पुगेको छ।

सेयरको बजार मूल्यका आधारमा निर्धारण हुने नेप्से सुचकांक भने मंगलबार २९ महिनायताकै न्यून विन्दु ५ सय ४३ मा झरेको छ। ‘सुनको मूल्य बढेर लगानीकर्तालाई फाइदा हुने सम्भावनालाई बलियो बनाइदिएको छ भने सेयर मूल्य घटेर लगानी संकटमा परेको छ' बास्कोटाले भने ‘यसले गर्दा सेयरका लगानीकर्तालाई कमोडिटिज मार्केटले तानेको हो।' अन्तर्राष्ट्रिय विश्लेषकले २००९ को अन्त्यसम्ममा सुनको मूल्य प्रतिऔंस १३ सय ५० डलरसम्म पुग्ने अनुमान गरेका छन्।

लगानीकर्तालाई डेरिभेटिभ फ्युचर मार्केटले तानेको तथ्यलाई दुई एक्सचेन्ज कम्पनीमा हुने दैनिक कारोबारले पनि पुष्टी गर्छ। ‘पछिल्लो समयमा दैनिक तीन सय किलोग्रामसम्म सुनको कारोबार हुने गरेको छ'- कमोडिटी एण्ड मेटल एक्सचेन्जका प्रमुख कार्यका विजय सत्यालले भने। पहिले यो कम्पनीको कारोबार दैनिक ४०÷५० किलोग्राम थियो। अर्को कम्पनी मर्कन्टायल एक्सचेन्ज नेपालले दैनिक ५ सय किलोग्रामभन्दा बढी सुनको कारोबार गरिरहेको छ। दुवै एक्सचेन्ज कम्पनीमा दैनिक १० देखि २० जना नयाँ लगानीकर्ताको थपिएको दाबी सम्बद्ध अधिका गर्छन्।

सेयर बजारमा भने आपुर्ति बढेपनि माग नबढेकाले मूल्य घटिरहेको छ। उनले डेरिभेटिभ फ्युचर मार्केटमा छिर्दाको समयमा केही नोक्सानी व्यहोरे पनि अहिले नाफामा गएको जानका दिए। ‘बजार बुझै गएपछि नाफा हुन थालेको छ'- उनले भने।

कारोवार कसरी हुन्छ ?
कमोडिटिज मार्केटबाट एक केजी सुन खरिद गर्न सबैभन्दा पहिले यसको कारोवार गर्ने कम्पनीमा ८१ हजार रुपैयाँ जम्मा गर्नुपर्छ। रकम जम्मा गरेपछि कम्पनीले एक केजी सुन खरिद गरेको कागजात उपलब्ध गराउँछ। यसअघि लगानीकर्ताले कम्पनीको व्रोकरसँग सुन खरिद गर्ने सम्वन्धि सम्झौता गर्नुपर्ने हुन्छ। सम्झौतापछि व्रोकरले कम्पनीको सुन तथा अन्य कमोडिटी मौज्दात राख्ने क्लियरिङ हाउसमा लगानीकर्ताले खरिद गर्न चाहेको सुनको परिमाणका बारेमा जानका गराउँछ। क्लियरिङ हाउसले कसैले सुन बेच्न चाहेको भए त्यो सुनको परिमाण र खरिद गर्न चाहेको सुनको परिमाणलाई मिलाउँछ। यदि विक्री गर्न कुनै लगानीकर्ता नभेटिए क्लियरिङ हाउसले नै खरिद गर्न चाहेको सुनको परिमाण ब्रोकरलाई उपलब्ध गराउन सक्ने जानका गराउँछ। यसपछि ब्रोकरले सुन खरिदको आदेश दिन्छ। आदेश पाएको क्लियरिङ हाउसले कारोवार गर्ने कम्पनीमार्फत व्रोकर हुँदै लगानीकर्तालाई सुन खरिद गदिन्छ। यहि प्रक्रिया अन्तर्गत लगानीकर्ताले सुन विक्री गर्न पनि सक्छ।
कमोडिटीज बजारका जोखिम
प्रत्येक सेकेन्डमा मूल्य परिवर्तन भइरहने भएकाले लगानी जोखिमको संभावना
अन्तर्राष्ट्रिय बजार अनुसार मूल्य निर्धारण हुने
बजारसम्वन्धि धेरै जानका भए मात्र नाफा आर्जन गर्न सकिनॆ
http://www.nagariknews.com/economy/share-market/7472-2009-11-25-04-58-34.html

२ खर्ब गुमाए सेयर लगानीकर्ताले

काठमाडौं, मंसिर १० नागरिक- पछिल्लो १५ महिनामा सेयर बजारका लगानीकर्ताले २ खर्ब १४ अर्ब रुपैयाँ गुमाएका छन् । १५ महिनाअघि बजार पुँजीकरण ६ खर्व १२ अर्ब रुपैयाँ रहेकोमा अहिले घटेर ३ खर्व ९७ अर्ब रुपैयाँमा पुगेको छ।
गत वर्षको भदौमा नेप्से परिसुचक १ हजार १ सय ७५ दशमलब ३८ विन्दुमा पुगेको थियो। मंगलबार नेप्से परिसुचक घटेर ५ सय ४३ दशमलब ४१ विन्दुमा कायम भएको छ। यो २९ महिनायताकै न्युन विन्दु हो । नेप्सेको अधिकतम अंक र मंगलबारको अंकलाई आधार मान्दा सेयर लगानीकर्ताले यति धेरै रकम गुमाएका हुन्। सेयर बजार घटेपछि बजार पुँजिकरण पनि क्रमशः घटिरहेको छ। मंगलबार बजारमा ५ करोड २७ लाख रुपैयाँ वरावरको सेयर कारोवार भएको छ। बजार बढेका बेला दैनिक १० करोड रुपैयाँभन्दा बढीको कारोवार हुने गरेको थियो ।
‘संस्थापक सेयर दोस्रो बजारमा आउने ÷नआउने द्धिविधाले बजार घटिरहेको छ'- सेयर दलाल संघका अध्यक्ष नन्दकिशोर मुन्दडाले नागरिकसँग भने । माओवादी सरकारले पुँजीगत लाभकर बढाएको र तत्कालिन अर्थमन्त्री बाबुराम भट्टराईले सेयर बजार प्रति गरेको नकारात्मक टिप्पणीले सेयर बजार लगातर घटेको थियो ।

भट्टराईले पुँजीगत लाभकर १० बाट १५ प्रतिशतमा पुर् याएपछि बजार घटेको थियो । नयाँ सरकार गठनपछि पुँजीगत लाभकर पहिलेकै अवस्थामा झारिए पनि बजार उकालो लागेको छैन । नयाँ सरकार बनेपछि केही समय उकालो लागको बजार परिसूचक ४ महिनादेखि लगातार घटिरहेको छ।
http://www.nagariknews.com/economy/share-market/7470-2009-11-25-04-38-33.html

1 comment:

  1. dear freiend,
    Sudarshan jee!

    First of all congrats!!! you're upgrading very informative blog related to the economy, I want to thank you first and appreciate to your work.

    But....... Here i hv some comments hope you'll take them positively, i m not bios...u can't be bios as well.

    1st comment-------
    ६ सय अमेरिकी डलर प्रति औंस ३१ ग्राम बाट निरन्तर बढिरहेको सुन -----
    here the gold comes up to $ 680 per ounce, not to the 600 level.

    2nd comment-------
    कारोवार कसरी हुन्छ ?
    कमोडिटिज मार्केटबाट एक केजी सुन खरिद गर्न सबैभन्दा पहिले यसको कारोवार गर्ने कम्पनीमा ८१ हजार रुपैयाँ जम्मा गर्नुपर्छ । here, it is the only process for Mercentile Exchange (MEX), in our commodity and future market of Nepal we have other two more exchanges the Commodities and Metal Exchange Nepal (COMEN) and Nepal Derivative Exchange (NDEX) in there case, COMEN takes Rs. 50,000 as initial margin to take 1 kg gold for buy and sell. and the NDEX takes 60,000 as initial margin to take 1kg gold for buy or sell, in this way they have their own way to take the initial margin. Though it seems the advertising of MEX. only.

    Yo article ko lagi yetti matrai comment, hope you'll never mind...maile naramro vayo vaneko hoina..it is appreiciative work, but purna bhayena vanna khojeko ho.

    thank you

    Krishna Giri

    ReplyDelete

thanks for comment