फेरी ब्याज बढाउँदै बैंक

सुदर्शन सापकोटा
काठमाडौं, कात्तिक १४- 
दसैं -तिहारका लागि सर्वसाधारणले पैसा झिकेपछि केही तरलता अभाव झेलेका बैंकहरुले आगामी सातादेखि निक्षेपको ब्याज बढाउने भएका छन्। तरलता अभाव भएर अन्तर बैंक ब्याज दरमा ११ प्रतिशतसम्म तिर्नुपर्ने भएपछि बैंकहरु निक्षेप आकर्षित गर्न ब्याज बढाउन लागेका हुन्। 

स्टान्डर्ड चार्टड बैंकले शुक्रबार मात्र सूचना प्रकाशित गरी निक्षेपको ब्याज बढाएको छ।
'आगामी साता हामी निक्षेपको ब्याज दर बढाउँदैछौं,' प्राइम कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धरले शनिबार नागरिकसँग भने, 'सुरुमा कल डिपोजिटको ब्याज बढाउँछौं।' एक प्रतिशत विन्दुसम्म ब्याज दर बढाउने तयारी गरेको उनले जानकारी दिए।
निक्षेपको ब्याज दर बढ्दा बचतकर्तालाई फाइदा हुन्छ। निक्षेपको ब्याज बढेको एक डेढ महिनापछि बैंक तथा वित्तीय संस्थाले कर्जाको समेत ब्याज बढाउँदै आएकाले कर्जा लिनेलाई भने यसले फाइदा गर्नेछैन।
जेठ दोस्रो सातादेखि साउन दोस्रो सातासम्म करिव ४० अर्ब रुपैयाँ निक्षेप संकलन गरेपछि सहज अनुभव गरेका बैंकहरुले निक्षेपको ब्याज घटाएका थिए। खासगरी प्राइम, लक्ष्मी, सिटिजन्स्, हिमालय, नबिल, राष्ट्रिय वाणिज्यलगायत दर्जन बैंकले निक्षेपको ब्याज घटाएका थिए। त्यसबेला ब्याज घटाएकामध्ये केहीले अहिले बढाउन लागेका हुन्।

उत्पादनमूलक क्षेत्रमा जग्गा व्यवसायीको लगानी


सुदर्शन सापकोटा
काठमाडौं कात्तिक ९
राष्ट्र बैंकले रियलस्टेट कर्जामा गरेको कडाइले व्यवसाय खुम्चिएपछि जग्गा व्यवसायीले उत्पादनमूलक क्षेत्रमा लगानी गर्न सुरु गरेका छन् । यसका लागि उनीहरुले प्लटिङ गर्न किनेको जग्गा धितो राखेका छन् ।
बैंकरहरुका अनुसार अहिले जग्गा व्यवसायीले बैंक तथा वित्तीय संस्थामा कर्जा माग गरेका छन् । खासगरी आयात निर्यात व्यापार स्टिल उद्योग जलविद्युत कृषि खाद्य उद्योग खाना पकाउने ग्यास कलेज स्कुल पेट्रोल पम्पलगायत क्षेत्रमा लगानीका गर्न उनीहरुले बैंकमा कर्जा मागेका छन् ।

'रियलस्टेट व्यवसायीबाट अहिले उत्पादनमूलक क्षेत्रमा लगानीका लागि कर्जा माग भइरहेको छ,' नबिल बैंकका कामु प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठले नागरिकसँग भने, 'ठूलो उद्योगभन्दा मध्यमस्तरका व्यवसाय साचालनका लागि कर्जा माग भएको छ ।'
केन्द्रीय बैंकले रियलस्टेट कर्जामा सीमा तोक्दै कुल कर्जाको २५ प्रतिशत सावाँ ब्याज बुझाए एक वर्षका लागि नवीकरण गर्न पाउने व्यवस्था गरेपछि जग्गा व्यवसायमा शिथिलता आएको छ । 
 

दसैंले तरलता अभाव वढायो


- रिपो दर १०.३७ र अन्तरबैंक दर ११ प्रतिशतको हाराहारीमा
- अभाव लम्बिए कर्जा लगानी प्रभावित


सुदर्शन सापकोटा
काठमाडौं कात्तिक १०
दसैताका ठूलो रकम बराबरको निक्षेप बाहिरिएपछि बैंकिङ क्षेत्रमा तरलता लगानी योग्य पुँजी अभाव देखिएको छ । बैंकिङ क्षेत्रबाट करिव १८ अर्ब रुपैयाँ निक्षेप सर्वसाधारणले झिकेकाले तरलता अभाव देखिएको हो ।
'दसैंले गर्दा तरलता अभाव भएको छ,' इन्टरनेसनल डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत राजाराम खड्काले नागरिकसँग भने, 'निक्षेप फर्किन समय लाग्ने भएकाले अभाव अझ केही साता कायम रहन्छ ।'

तरलता अभाव हुन थालेपछि बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकबाट महंगो ब्याजमा कर्जा लिन थालेका छन् । सरकारी ऋणपत्रको धितो रिपो मार्फत राष्ट्र बैंकबाट दसैअघि तीन अर्ब र गत मंगलबार दुई अर्ब रुपैयाँ लगिसकेका छन् । नयाँ आर्थिक बर्ष सुरुभएपछि तरलता अभाव नखेपेका उनीहरुले यो आर्थिक बर्षमा दुई पटक रिपोमार्फत १०.३७ प्रतिशतको ब्याजमा ऋण लगेका हुन् ।
वढीमा ४५ दिनसम्मका लागि लिन सकिने यो कर्जा बैंक तथा वित्तीय संस्थाले दसैंअघि असोज २७ मा ९.७४ प्रतिशत ब्याज तिरेर लगेका थिए । 'महंगो ब्याज तिरेर दुई पटकमा पाँच अर्व रुपैयाँ बैंकिङ क्षेत्रले लगिसकेको छ,'  राष्ट्र बैंकका एक अधिकारीले भने, 'यसले तरलता अभाव वढ्दै गएको देखाउँछ ।'

चिलिमेको सेयर कात्तिक २४ बाट


काठमाडौं कात्तिक ८
चिलिमे जलविद्युत कम्पनीले २३ लाख ४ हजार साधारण सेयर निस्कासन गर्ने भएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित दरका यि सेयरमा २ सय २३ रुपैयाँ ७० पैसा पि्रमियम थप गरेर सर्वसाधारणलाई विक्री गर्न लागेको हो ।

आगामी २४ गतेबाट सर्वसाधारणका लागि विक्री खुला हुन लागेको कुल सेयरमध्ये आयोजना प्रभावित क्षेत्र रसुवा जिल्लावासीका लागि ९ लाख ६० हजार किक्ता छुट्याइएको छ ।
यसमा पनि आयोजनाको संरचना रहेका गाविस चिलिमे स्याप्रु र गोल्झुङवासिलाई ३ लाख ३६ हजार किक्ता र वाँकी ६ लाख २४ हजार कित्ता गतलाङ थुमन हाकु यासा्र सरमथली धैबुङ भोर्ले राम्चे लहरेपौवा डाँडागाउँ ठूलोगाउँ टिमुरे बुद्धिम लाङटाङ र धुन्चे गाविसका वासिन्दालाई छुट्याइएको छ ।

रुपैयाँ बलियो हुँदा व्यापार घाटा बढ्ने

काठमाडौ, कार्तिक ९ 
निरन्तर नेपाली रुपैयाँ बलियो हुँदै जाँदा व्यापार घाटा बढ्नुका साथै राष्ट्र बैंकको नाफा समेत प्रभावित हुने भएको छ । पछिल्लो ३ महिनामा नेपाली रुपैयाँ करिब साढे ४ रुपैयाँले बलियो भएको छ । 

भारतीय रुपैयाँ बलियो भएका कारण नेपाली रुपैयाँ पनि बलियो हुँदा निर्यात निरुत्साहित भएर आयात बढ्ने हुँदा व्यापार घाटा थप विस्तार हुने देखिएको छ । भारुसँग नेपाली मुद्राको स्थिर विनिमयको व्यवस्था छ । नेपाली बजारमा एक वर्षअघि एक डलर बराबर करिब ७५ रुपैयाँ १२ पैसा रहेको विनिमयदर आइतबार ७१ रुपैयाँ ४ पैसामा झरेको छ । ३ महिनाअघि विनिमय दर ७५ रुपैयाँ ७५ पैसा थियो ।
पछिल्लो ३ महिनामा विकासोन्मुख देशका मुद्रा निरन्तर बलियो हुँदै गइरहेको छन् । विज्ञहरूका अनुसार यो दरमा अर्थतन्त्र बलियो भएका देशको मुद्रा मात्रै बलियो हुन्छ ।

एनबी र श्रीलंका मर्चेन्ट बैकलाई राष्ट्र बैंकले स्पस्टिकरण माग्यो


सुदर्शन सापकोटा
काठमाडौं, कात्तिक ८ 
नेपाल बंगलादेश बैंक (एनबी) र नेपाल श्रीलंका मर्चेन्ट बैंक कानुनी प्रक्रिया पूरा नगरी गाभिएको भन्दै राष्ट्र बैंकले दुवै कम्पनीलाई स्पष्टीकरण मागेको छ। केन्द्रीय बैंकले 'कुन कानुनी व्यवस्था अन्तर्गत मर्जर भएको' भन्दै दुबै बैंकलाई स्पष्टीकरण सोधेको हो। सात दिनको म्याद दिँदै स्पष्टीकण सोधेको हो।


दसैंको बिदा हुनु एक दिनअघि असोज २७ गते मर्जरको सूचना प्रकाशित गरेका दुवै कम्पनीले दसै बिदा सकिएर कार्यालय खुलेको पहिलो दिन कात्तिक ३ गते मर्जर भइसकेको सूचना निकालेका थिए।

पाँच महिनाभित्र राजाको तस्बिर भएका नोट राष्ट्र बैंकमा बुझाउन निर्देशन




 सुदर्शन सापकोटा
काठमाडौं, कात्तिक ८ 
राष्ट्र बैंकले राजाको तस्बिर अंकित र अन्य झुत्रा नोटको प्रचलन हटाउन आगामी पाँच महिनाभित्र यस्ता नोटलाई केन्द्रिय बैकमा पठाउन बैंक तथा वित्तिय संस्थालाई निर्देशन दिएको छ। चल्तीमा रहेका नेपाली रुपैयाँको सुरक्षार्थ सफा नोट नीति कार्यान्वयनका लागि राष्ट्र बैंकले राजाको तस्बिर अंकित नोट र अन्य झुत्रा नोट फागुनसम्ममा बैंकमा जम्मा गर्ने निर्देशन दिएको हो। 

नेपालमा ५ सय र हजार भारु चलाउन भारत सकारात्मक

काठमाडौं, कात्तिक ४
नेपालमा ५ सय र १ हजार दरका भारु चलाउन भारतीय अधिकारीहरू सकारात्मक देखिएका छन्। राष्ट्र बैंकका सञ्चालक विश्वम्भर प्याकुर्‍याल र पार्थिवेश्वर तिमिल्सिनासँगको छलफलमा रिजर्भ बैंक अफ इन्डियाका उच्च अधिकारीहरू सकारात्मक देखिएका हुन्। रिजर्भ बैंकका डेपुटी गभर्नरलगायत अधिकारीसँग छलफल भएको हो।

'पाँच सय र हजार भारु प्रचलनमा ल्याउने विषयमा भारतीय पक्ष सकारात्मक देखिएको छ,' प्याकुर्‍यालले बुधबार नागरिकसँग भने।
यसका लागि औचित्य प्रमाणित गर्ने प्रस्ताव नेपाली पक्षले पठाउनुपर्नेछ। 'ठूला भारु नेपालमा चलाउन उनीहरू जति नकारात्मक छन् भन्ने सुनिएको थियो, छलफलमा त्यस्तो पाइएन,' उनले भने।
ठूला नोट प्रचलनमा नरहँदा नेपालीलाई मात्र नभई सीमा क्षेत्रमा भारतीयलाई समेत असजिलो भएको धारणा प्याकुर्‍यालले राखेका थिए। नेपालीसँगै भारतीय उद्योगी र व्यापारीलाई समेत साना नोट प्रयोगबाट असजिलो भएको छ। यहाँ घुम्न आउने भारतीय पर्यटक अझ असजिलोमा पर्ने गरेका छन्।

बैंक वित्तीय सस्था प्रतिफल घोषणा गर्दै


प्रतिफल आस गरे अनुसार नपाउँदा बजार घट्दो
सुदर्शन सापकोटा
काठमाडौं असोज २१
वाणिज्य बैंकहरुले गत बर्ष कमाएको नाफाबाट वोनस सेयर तथा नगद लाभांस दिन थालेपछि सेयर बजार उकालो लाग्न सकेको छैन । बैंकिङ समुहबाट वढी प्रभावित हुने नेपाल स्टक एक्सचेन्ज नेप्से परिसुचक बैंकले प्रतिफल घोषणा गरेपछि थप घट्ने गरेको छ ।

नेप्सेमा सुचिकृत २४ वाणिज्य बैंकमध्ये आधाजतिले प्रतिफल घोषणा गरिसकेका छन् ।  'लगानीकर्ताले आसा गरेजति प्रतिफल बैंकहरुले दिन नसकेका कारण लगानीकर्ता निरास भएका छन्,' ज्याम्ब टेक्नोलोजिज्का प्रमुख कार्यकारी अधिकृत अशोक महर्जनले नागरिकसँग भने, 'यही कारण बजारमा सुधार देखिएको छैन ।'
अहिलेसम्म एभरेष्ट एनएमबी एनआइसी नेपाल इन्भेस्टमेन्ट नबिल स्ट्यान्डर्ड चार्टर्ड बैंक अफ काठमाण्डू बिओके किस्ट लक्ष्मी डिसिबिएल सिटिजन्स् बैंक इन्टरनेसनल र बैंक अफ एसिया नेपालले वोनस तथा लाभांस घोषणा गरिसकेका छन् । यसमध्ये केही बैंकले वितरण गर्न थालिसकेका छन् ।

दसैँले गति दिन्छ अर्थतन्त्रलाई

काठमाडौं, असोज २९
दसैंको किनमेलले व्यावसायिक कारोबारसँगै देशको आर्थिक गतिविधि पनि ह्वात्तै बढेर जान्छ। 'मुद्रा विस्तारले आर्थिक गतिविधि बढाउँछ,' अर्थशास्त्री चिरञ्जीवी नेपाल भन्छन्, 'दसैंको गतिविधि उपभोक्तामुखी हुने भएकाले खाद्यन्न र उपभोगका सामग्री बजारको आकार बढ्छ।'


'आक्रमक रणनीति लिने छौं'


- अबको दिनमा कारोवार विस्तार गर्ने हो भने मर्जरको विकल्प छैन । सम्भव भएसम्म हामी मर्जरमा जान्छौं ।
- हाम्रो कम्पनीको सेयर २२ सयको हाराहारीमा पुग्दा पनि कसरी वढ्यो भनेर वुझ्न सकेको थिइन र आज २५० को हाराहारीमा हुँदा पनि किन घट्यो भनेर वुझ्न सकेको छैन ।


सुधिर खत्री
प्रमुख कार्यकारी अधिकृत, डिसिबिएल बैंक




बैंकले नाम परिवर्तन गर्न लागेको रहेछ नि  ?

दुई बर्षअघि विकास बैंकबाट वाणिज्य बैंकमा स्तरोन्नति भएपछि हामीले अहिलेसम्म बैंकको परिचय दिने हिसावले मात्र काम गर् र्यों । दुई बर्षको वाणिज्य बैंकिङ र योभन्दा अगाडिको ८ बर्षको विकास बैंकिङ अनुभवले हामीलाई विस्तारित रुपमा जानु पर्छ भन्ने लागेको छ । यही भएर हामी अहिलेको परम्परागत बैंकिङबाट एक फड्को अगाडि वढेर आक्रमक रुपमा बैंकिङ कारोवार गर्ने भएका छौं । दसैंसम्म हाम्रो परिचयात्मक चरण सकिन्छ । आक्रमक बैंकिङको सुरुवात बैंकको नाम परिवर्तनसँगै गर्ने भन्ने लागेर बैंक अफ नेपाल राख्न लागिएको हो । राष्ट्र बैंकले नाम परिवर्तनको स्वीकृति दिएमा आगामी साधारण सभाबाट यसलाई पारित गरी कारोवार सुरु गर्छौं ।

बैंकले बढेको ब्याज दिँदैनन्

सुदर्शन सापकोटा,  
काठमाडौं, भदौ १० - 
बैंक तथा वित्तीय संस्थामा आज १० प्रतिशत ब्याजदरमा बचत खाता खोल्नुभएको छ र भोलि नै ब्याजदर बढेर ११ प्रतिशत पुग्यो भने तपाईंले बढेको ब्याज पाउनुहुन्न। बढेको ब्याजदर पाउन तपाईंले अघिल्लो दिन खोलेको खाता बन्द गरेर नयाँ खाता खोल्नुपर्छ।
यसका लागि आफूले खाता खोलेको बैंकको हरेक दिनको गतिविधि नजिकबाट नियाल्नुपर्छ। बैंकले अर्को खातामा पैसा जम्मा गर्नुस्, ब्याज बढी आउँछ भन्दैन।

तपाईंले बैंक तथा वित्तीय कम्पनीबाट कर्जा लिनुभएको छ भने चाहिँ ब्याज बढ्नेबित्तिकै उनीहरूले रातारात एसएमएस र फोन गर्छन्। कतिपयले त कर्जाको ब्याज बढेको सूचना दिनु आवश्यक पनि ठान्दैनन्। उस्तै परे ब्याज तिर्न गएको दिनमात्र तपाईंले बढेको ब्याजदर थाहा पाउनुहुन्छ।

खातामा लाख रुपैयाँ राख्नुभएको छ र एक प्रतिशत ब्याजदर बढ्यो भने बैंक तथा वित्तीय संस्थाको चलाखीका कारण पाउनुपर्नेभन्दा हजार रुपैयाँ कम पाउनुहुन्छ।

राष्ट्र बैंकले सय किलो सुन बेच्यो


प्रति १० ग्राम ३१ हजार ९ सय ८० मा बिक्री
नागरिक संवाददाता
काठमाडौं असोज १९
राष्ट्र बैंकले मंगलबार बिक्री गर्न राखेको १ सय किलो सुन सबैं बिक्री भएको छ । बोलकबोल प्रकि्रयामा सुधार गरेपछि जम्मै सुन बिक्री भएको हो । गत साता पौने ९ किलो मात्र बिक्री भएको थियो ।

एक सय किलो सुनका खरिदका लागि ३९ जना व्यवसायीले आवेदन हालेका थिए । यसमध्ये २६ जना व्यवसायीले सुन पाएका छन् । सबैको आवेदन जोड्दा एक सय ५० किलोका लागि माग भएको थियो ।
केन्द्रीय बैंकले बोलकबोलका लागि प्रारम्भिक मूल्य प्रति दस ग्राम ३१ हजार ९ सय ६९ रुपैयाँ तोकेको थियो । तोलामा यो मूल्य ३६ हजार २ सय ७५ पर्छ । गत साताभन्दा प्रति तोला १३ रुपैयाँ कम प्रारम्भिक मूल्य राखेको सुनका लागि साचालनमा रहेका चार वटै व्यवसायी संघका सदस्य बोलकबोलमा सहभागी भएका थिए ।

डिसिबिएल 'बैंक अफ नेपाल' बन्ने


काठमाडौं असोज १८ नागरिक
दुई बर्षअघि विकास बैंकबाट वाणिज्य बैंकमा स्तरोन्नति भएको डिसिबिएल बैंकले नाम परिवर्तन गरेर बैंक अफ नेपाल राख्ने भएको छ । अहिलेसम्म परम्परागत बैंकिङ गर्दै आएको डिसिबिएलले पुँजी वृद्धि गर्दै आक्रमक बैंकिङ कारोवारको सुरुवात नाम परिवर्तनसँगै गर्न लागेको हो ।

'आक्रमक बैंकिङका लागि हामी पूर्ण रुपमा तयार भइसकेका छौं,' बैंकका प्रमुख कार्यकारी अधिकृत सुधिर खत्रीले नागरिकसँग भने, 'यसको सुरुवात बैंकको नाम परिवर्तनसँगै गर्ने छौं ।'

इन्डोनेसियालाई कागजी नोट छाप्ने जिम्मा


काठमाडौं असोज १८ (नागरिक)
नेपालले ८५ करोड ५० लाख रुपैयाँ वरावरको कागजी नोट छाप्ने जिम्मा इन्डोनेसियाको पेरुरी कम्पनीलाई दिएको छ । केन्ििद्रय बैंकले ५० १०० र ५०० रुपैयाँको नोट छाप्ने जिम्मा दिएको हो ।

'नेपालले दर्जनभन्दा वढी कम्पनीसँग प्रतिस्पर्धा गराएर पेरुरीले नोट छाप्न दिइएको हो,' केन्द्रिय बैंकका एक वरिस्ठ अधिकारीले सोमबार नागरिकसँग भने, 'तीन पटक गरेर यो नोट नेपाल आउँछ ।' केही समयअघि छाप्न दिएको १००० रुपैयाँ वरावरको नोट भने नेपालले पाइसकेको छ ।
नेपालले इन्डोनेसियावाहेक वेलायत प्रुान्स इन्डिया अस्टे्रलियालगायतका देशमा समेत नोट छाप्न दिने गरेको छ । 'हाम्रो लिस्टमा विश्वभरी सुचिकृत १५ वटा जति नोट छाप्ने कम्पनी छन्,' ती अधिकारीले भने 'जसले सस्तोमा नोट छाप्छ उसैलाई दिने गरेका छौं ।'

साँगि्रला र वागेश्वरी गाभिने


क्षेत्रीयस्तरका विकास बैंक गाभिएर राष्ट्रियस्तरको बन्ने

नागरिक संवाददाता
काठमाडौं असोज १४
साँगि्रला र वागेश्वरी दुइ क्षेत्रीयस्तरका विकास बैंक गाभिएर राष्ट्रिय स्तरको बन्ने भएका छन् । नेपालगाजको वागेश्वरी र पोखराको साँगि्रला गाभिन लागेका हुन् ।

गाभिनका लागि यी बैंकले आ-आफ्नो साचालक समितिबाट निर्णय गराइ राष्ट्र बैंकलाई गत साता लिखित जानकारी गराएका छन् । ुगाभिने स्वीकृति माग गर्दै राष्ट्र बैंकमा निवेदन दिईएको छु साँगि्रला विकास बैंकका प्रमुख कार्यकारी अधिकृत हरिप्रसाद गुरुङले बिहीबार नागरिकसँग भने ुदुवै बैंकले पुँजी वृद्धि गरेपछि स्तरोन्नतिको प्रकि्रया अगाडि बढ्छ ।ु गाभिने र स्तरोन्नतिको स्वीकृतिको प्रकि्रया सँगसँगै हुनॆ उनले जानकारी दिए ।

राष्ट्र बैंकले तरलता जाँच गर्ने



नागरिक संवाददाता
काठमाडौं असोज १३
बजारमा तरलता लगानी योग्य पुँजी अभाव भए÷नभएको जानकारी लिन राष्ट्र बैंकले आगामी साता आउट राइट सेल गर्ने भएको छ । बजारमा अधिक तरलता भएका बेला तत्काल त्यसलाई िखंच्न प्रयोग गर्ने यो मौदि्रक औजारबाट केन्द्रीय बंैंकले २ अर्ब रुपैयाँ वरावरको जारी गर्ने भएको हो ।

'बैंकहरुसँग पर्याप्त तरलता छ/छैन भनेर जाँच गर्न आउट राइट सेल गर्न लागिएको हो,' केन्द्रीय बैंक स्रोतले भन्यो, 'निक्षेप वृद्धिले पर्याप्त तरलता भएकाले यसको यथार्त अवस्था के छ भनेर आउट राइट सेलबाट पत्ता लाग्छ ।'
राष्ट्र बैंकसँग सरकारी ऋणपत्र वन्डलगायत करिव ३१ अर्ब रुपैयाँ वरावरको मौदि्रक औजार छ । त्यहीमध्ये उसले अहिलेलाई २ अर्बको आउट राइट सेल गर्न लागेको हो । दीर्घकालिन प्रकृतिको यो मौदि्रक औजार केन्द्रीय बैंकले करिव तीन महिनाअघि प्रयोग गरेको थियो ।
वढी भएको तरलता िखंच्न केन्द्रीय बैंकले छोटो अवधिको मौदि्रक औजार रिभस्र रिपो दुई महिनायता पाँच पटक प्रयोगमा ल्याइसकेको छ । यसबाट उसले २ अर्ब रुपैयाँ बजारबाट िखंचेको थियो । लामो अवधिको आपट राइट सेल खरिद गर्दा बैंक तथा वित्तीय कम्पनीले वट्टादरको आधारमा खरिद गर्नु पर्छ ।
उदाहरणका लागि सय रुपैयाँ मूल्यको यो औजार खरिद गर्दा कम्पनीहरुले सय रुपैयाँभन्दा कम मूल्य वोलकवोलमा हाल्नु पर्छ । जसले सयको नजिकमा वोलकवोल गर्छ उसले यो औजार खरीद गर्न पाउँछ । यो औजारको अवधि पुगेपछि कम्पनीहरुले पुरै सय रुपैयाँ पाउँछन् ।