डिसिबिएल 'बैंक अफ नेपाल' बन्ने


काठमाडौं असोज १८ नागरिक
दुई बर्षअघि विकास बैंकबाट वाणिज्य बैंकमा स्तरोन्नति भएको डिसिबिएल बैंकले नाम परिवर्तन गरेर बैंक अफ नेपाल राख्ने भएको छ । अहिलेसम्म परम्परागत बैंकिङ गर्दै आएको डिसिबिएलले पुँजी वृद्धि गर्दै आक्रमक बैंकिङ कारोवारको सुरुवात नाम परिवर्तनसँगै गर्न लागेको हो ।

'आक्रमक बैंकिङका लागि हामी पूर्ण रुपमा तयार भइसकेका छौं,' बैंकका प्रमुख कार्यकारी अधिकृत सुधिर खत्रीले नागरिकसँग भने, 'यसको सुरुवात बैंकको नाम परिवर्तनसँगै गर्ने छौं ।'

उनले नाम परिवर्तनको स्वीकृति राष्ट्र बैंकले दिएमा आगामी साधारणसभाबाट यसलाई पारित गरी कारोवार थाल्ने जानकारी दिए ।
  • Video Release
    Promote your biz and get results! Sign up and see your traffic grow
    www.MyPRGenie.com
  • Live Premier League
    Live scores, goals, substitutions, fouls, injuries & match statistics
    www.my11.com/livepremierleague
  • Find Katrina Kaif Sexy?
    Get All News, Pics, Bios & More Of Beautiful Katrina. Tune In Here!
    www.DesiHits.com/KatrinaKaif
  • Nepal News
    Latest Nepal News for Political Researchers & Analysts
    EINnews.com/Nepal

'दुई बर्षसम्म हामी परिचयको अवस्थामा थियौं,' उनले भने, 'अब एक फड्को उक्लिएर अगाडि वढ्छौं ।' नयाँ नाम स्वीकृतिका लागि दुई साताअघि केन्द्रिय बैंकमा आवेदन दिएको उनले जानकारी दिए ।

No comments:

Post a Comment

thanks for comment