चिलिमेको सेयर कात्तिक २४ बाट


काठमाडौं कात्तिक ८
चिलिमे जलविद्युत कम्पनीले २३ लाख ४ हजार साधारण सेयर निस्कासन गर्ने भएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित दरका यि सेयरमा २ सय २३ रुपैयाँ ७० पैसा पि्रमियम थप गरेर सर्वसाधारणलाई विक्री गर्न लागेको हो ।

आगामी २४ गतेबाट सर्वसाधारणका लागि विक्री खुला हुन लागेको कुल सेयरमध्ये आयोजना प्रभावित क्षेत्र रसुवा जिल्लावासीका लागि ९ लाख ६० हजार किक्ता छुट्याइएको छ ।
यसमा पनि आयोजनाको संरचना रहेका गाविस चिलिमे स्याप्रु र गोल्झुङवासिलाई ३ लाख ३६ हजार किक्ता र वाँकी ६ लाख २४ हजार कित्ता गतलाङ थुमन हाकु यासा्र सरमथली धैबुङ भोर्ले राम्चे लहरेपौवा डाँडागाउँ ठूलोगाउँ टिमुरे बुद्धिम लाङटाङ र धुन्चे गाविसका वासिन्दालाई छुट्याइएको छ ।

७२ करोड ९६ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीले साधारण सेयर निस्कासन गरेपछि पुँजी ९६ करोड रुपैयाँ पुग्ने छ । नेपाल विद्युत प्राधिकरणले निर्माण गरेको २० मेगावाट क्षमताको यो आयोजनामा उसको ५१ प्रतिशत सेयर स्वामित्व छ । आयोजनामा प्राधिकरण कर्मचारीको २५ प्रतिशत स्वामित्व छ । सेयर निस्कासनपछि आयोजनामा सर्वसाधारणको २४ प्रतिशत हिस्सा हुनेछ ।
निस्कासन तथा विक्री प्रबन्धक एनआइडिसी क्यापिटल मार्केट र नागरिक लगानी कोष रहेको सेयर निस्कास सुरु भएदेखि १ महिनासम्म भर्न सकिने छ । सेयरका लागि न्युनतम १० र वढीमा २ सय किक्तासम्मका लागि आवेदन दिन सकिने छ ।
जलविद्युत कम्पनीका सेयर दीर्घकालिन लगानीका लागि उपयुक्त भएपनि तत्काल प्रतिफल खोज्नेका लागि भने उपयुक्त छैन । दोस्रो बजारमा समेत खासै कारोवार नहुने जलविद्युत कम्पनीको सेयर पि्रमियममा वढी मूल्य थपेर किन्नुभन्दा सम्पूर्ण वित्तीय अवस्था वुझ्न जरुरी हुन्छ । 
यसअघि पनि देशकै ठूलो कम्पनी नेपाल टेलिकमले पि्रमियममा सेयर विक्री गरेकोमा त्यसको मूल्य दोस्रो बजारमा घटेर हालेको मूल्यभन्दा पनि कममा आएको छ । लगानीकर्ताले हतारमा निर्णय गरेर सेयर खरिद गर्नुभन्दा पहिले विचार गर्न आवश्यक छ ।

No comments:

Post a Comment

thanks for comment