उत्पादनमूलक क्षेत्रमा जग्गा व्यवसायीको लगानी


सुदर्शन सापकोटा
काठमाडौं कात्तिक ९
राष्ट्र बैंकले रियलस्टेट कर्जामा गरेको कडाइले व्यवसाय खुम्चिएपछि जग्गा व्यवसायीले उत्पादनमूलक क्षेत्रमा लगानी गर्न सुरु गरेका छन् । यसका लागि उनीहरुले प्लटिङ गर्न किनेको जग्गा धितो राखेका छन् ।
बैंकरहरुका अनुसार अहिले जग्गा व्यवसायीले बैंक तथा वित्तीय संस्थामा कर्जा माग गरेका छन् । खासगरी आयात निर्यात व्यापार स्टिल उद्योग जलविद्युत कृषि खाद्य उद्योग खाना पकाउने ग्यास कलेज स्कुल पेट्रोल पम्पलगायत क्षेत्रमा लगानीका गर्न उनीहरुले बैंकमा कर्जा मागेका छन् ।

'रियलस्टेट व्यवसायीबाट अहिले उत्पादनमूलक क्षेत्रमा लगानीका लागि कर्जा माग भइरहेको छ,' नबिल बैंकका कामु प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठले नागरिकसँग भने, 'ठूलो उद्योगभन्दा मध्यमस्तरका व्यवसाय साचालनका लागि कर्जा माग भएको छ ।'
केन्द्रीय बैंकले रियलस्टेट कर्जामा सीमा तोक्दै कुल कर्जाको २५ प्रतिशत सावाँ ब्याज बुझाए एक वर्षका लागि नवीकरण गर्न पाउने व्यवस्था गरेपछि जग्गा व्यवसायमा शिथिलता आएको छ । 
 
जग्गा व्यवसायमा आएको मन्दी र बैंक कर्जा तिर्नुपर्ने बाध्यताले उनीहरु भएको जग्गा धितो राख्दै लगानी विविधीकरणतर्फ लागेका हुन् ।
  • ATV News Online
    The ATV Enthusiasts Magazine of Choice!
    ATVMagOnline.com
  • Global NepaliPatra
    Nepali news from the globe. Updated from around the globe.
    www.nepalipatra.com
Ads by Google

राष्ट्र बैंकले रियलस्टेट र हाउजिङ कर्जालाई छुट्याउँदै हाउजिङलाई उत्पादनमूलक क्षेत्रको दर्जा दिएपछि केही व्यवसायी समूह नै बनाएर यतातिर पनि लाग्न थालेका छन् । 'प्लटिङ गर्न किनेको जग्गामा अब हाउजिङ निर्माण गर्ने कुरा भएको छ,' जग्गा व्यवसायी कालु गुरुङले भने, 'हाउजिङ उत्पादनमूलक क्षेत्र भएकाले यसमा एउटा समूह जाने भएको हो ।'
मन्दी छाएका बेला जग्गा बिक्री गर्दा राम्रो मूल्य नपाइने भएकाले वैकल्पिक बाटो रोज्दै जग्गा व्यवसायी उत्पादनमूलक क्षेत्रमा आकर्षित भएका हुन् । भदौदेखि कर्जा माग गर्न थालेका व्यवसायीलाई बैंक तथा वित्तीय संस्थाले दसैको केहीअघि र दसैपछिदेखि कर्जा दिन थालेका छन् ।
'उत्पादनमूलक क्षेत्रमा जान्छु भनेर कर्जा लिन आउनेलाई ऋण दिइरहेका छौं,' एस डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सिद्धान्तराज पाण्डेले भने, 'खासगरी स्टिल तथा कृषि खाद्यान्न उद्योग चलाउनेलाई लगानी गरेका छौं ।'
वाणिज्य बैंकको तुलनामा विकास बैंक र फाइनान्स कम्पनीसँग बढीजसो व्यवसायीले ऋण माग्ने गरेका छन् । 'जग्गा व्यवसायीहरुबाट यति बेला कर्जाको माग बढिरहेको छ,' इन्टरनेसनल डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत राजाराम खड्काले भने, 'उनीहरु प्लटिङ गर्न किनेको जग्गा धितो राख्दै उत्पादनमूलक क्षेत्रमा लगानी गर्न कर्जा माग गर्दैछन् ।'
बैंकरका अनुसार, दसंै सुरु हुनुअघि केहीअघि र दसैंपछि गरेर वाणिज्य बैंकले पाँच अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । 'तीन साताको अवधिमा गएको कर्जामध्ये पचास प्रतिशतभन्दा बढी रियलस्टेटका व्यवसायीले लगेका हुन्,' एक बैंकका प्रमुख कार्यकारी अधिकृतले दाबी गरे । उनले दसैंमा बाहिरिएको निक्षेप फिर्ता हुन थालेपछि थप कर्जा जाने जानकारी दिए ।
'करिब १५ अर्ब रुपैयाँ निक्षेप बाहिरिएकाले कर्जा दिन केही समस्या छ,' ती बैंकरले भने, 'एक डेढ महिनापछि बाहिरिएको फर्किने र थप निक्षेप आउने भएकाले कर्जा दिन सहज हुन्छ ।' निक्षेप केही घटेको र कर्जा बढ्दा कर्जा-निक्षेप अनुपात बढ्ने भएकाले केही समयलाई ठूलो रकम कर्जा दिन रोकिएको उनले जानकारी दिए ।

No comments:

Post a Comment

thanks for comment