राष्ट्र बैंकले सय किलो सुन बेच्यो


प्रति १० ग्राम ३१ हजार ९ सय ८० मा बिक्री
नागरिक संवाददाता
काठमाडौं असोज १९
राष्ट्र बैंकले मंगलबार बिक्री गर्न राखेको १ सय किलो सुन सबैं बिक्री भएको छ । बोलकबोल प्रकि्रयामा सुधार गरेपछि जम्मै सुन बिक्री भएको हो । गत साता पौने ९ किलो मात्र बिक्री भएको थियो ।

एक सय किलो सुनका खरिदका लागि ३९ जना व्यवसायीले आवेदन हालेका थिए । यसमध्ये २६ जना व्यवसायीले सुन पाएका छन् । सबैको आवेदन जोड्दा एक सय ५० किलोका लागि माग भएको थियो ।
केन्द्रीय बैंकले बोलकबोलका लागि प्रारम्भिक मूल्य प्रति दस ग्राम ३१ हजार ९ सय ६९ रुपैयाँ तोकेको थियो । तोलामा यो मूल्य ३६ हजार २ सय ७५ पर्छ । गत साताभन्दा प्रति तोला १३ रुपैयाँ कम प्रारम्भिक मूल्य राखेको सुनका लागि साचालनमा रहेका चार वटै व्यवसायी संघका सदस्य बोलकबोलमा सहभागी भएका थिए ।

एक किलो सुनका लागि व्यवसायीले उच्चतम ३१ लाख ९८ हजार रुपैयाँसम्म बोलकबोलमा मूल्य हालेका केन्द्रीय बैंकका प्रवक्ता गोपाल काफ्लेले जानकारी दिए । 'यही मूल्यमा २६ जनाले सुन लगेका छन्,' उनले भने , 'उच्चतम मूल्यभन्दा क्रमशः कम मूल्य बोलकबोल गर्नेलाई सुन बिक्री गरिएको हो ।'
  • Free Downloadable Movies
    Download The Most Viewed End Time Bible Prophecy Videos Online Today!
    www.WorldsLastChance.com/Videos
  • Nepal Scholarships
    Scholarships for NEPALI students bachelor,master,phd,training,jobs
    www.nepalscholarships.com
Ads by Google

गत साता बोलकबोलमा जसले बढी मूल्य हाल्छ उसलाई मात्र बिवक्री गर्ने नीति लिइएको थियो ।  'यसपाली यसमा सुधार गरिएको तथा बैंक ग्यारेन्टीलाई पनि स्वीकृति दिइएकाले सबै सुन बिक्री भयो,' काफ्लेले भने ।
सुनका लागि सबैभन्दा बढी मूल्य विशाल बजारको रिद्धिसिद्धी ज्वेलस्रले हालेको उनले जानकारी दिए । बोलकबोलमा सहभागी भएकामध्ये २० जनाले चाँदी उठाएका छन् । प्रति किलो ५६ हजार १ सय १४ रुपैयाँ मूल्य तोकेर बोलकबोल सुरु भएको चाँदीका लागि व्यवसायीले ५६ हजार १ सय ५५ रुपैयाँ हालेका छन् । विशेष गरी चाँदी मोफसलका व्यवसायीले उठाएका छन् ।
केन्द्रीय बैंकले बोलकबोलका लागि सुनको प्रारम्भिक मूल्य प्रति दश ग्राम अन्तर्राष्ट्रिय बजारकोभन्दा एक हजार रुपैयब बढी राखेर तोकेको हो । चाँदीको मूल्य प्रति किलोमा २४ सय रुपैयाँ थपेर तोकिएको काफ्लेले जानकारी दिए ।
गत साता प्रतिस्पर्धिका लागि ७५ किलो र अप्रतिस्पर्धिका लागि २५ किलो सुन छुट्याएको राष्ट्र बैंकले यो पटक अप्रतिस्पर्धि प्रकि्रया हटाएर सवै सुन प्रतिस्पर्धिका लागि छुट्याएको उनले बताए । व्यवसायीले सुन र चाँदी २४ घण्टाभित्र राष्ट्र बैंकबाट लिन सक्ने छन् । गत साता तत्कालै सुन खरिद गर्नु पर्ने व्यवस्था थियो ।
उनले व्यवसायीले सुन वोलकवोल प्रकि्रयालाई वुझ्न थालेकाले एकै दिन सय किलो सुन विक्री भएको दावी गरे । 'एकै दिन एक सय किलो सुन विक्री भएकाले बजारमा सहज आपुर्ति हुन्छ,' उनले भने ।
व्यवसायीहरुले पनि बजारमा सहज आपुर्ति हुने बताएका छन् । 'बजारमा अब सुन सहजै पाइन्छ,' सुनचाँदी व्यवसायी संघका अध्यक्ष तेजरत्न शाक्यले भने । उनले सुनको मूल्य नघटे पनि सहज आपुर्ति भएर कालोबजारी नियन्त्रण हुने जानकारी दिए ।

गुणस्तर राम्रो छ

राष्ट्र बैंकले विक्री गरेको सुन गुणस्तरीय भएको व्यवसायीले बताएका छन् । 'सुनको गुणस्तरमा कुनै शंका छैन,' शाक्यले भने, 'हामीले २४ क्यारेटको सुन नै पाएका छौं ।' प्रबक्ता काफ्लेले सुनका गुणस्तरमा शंका गर्नु पर्ने ठाउँ नरहेको भन्दै सुन ९९.५५ प्रतिशत शुद्ध भएको बताए । राष्ट्र बैंकले विक्री गरेको सुन गुणस्तरीय नभएको चर्चा चलेको थियो ।

No comments:

Post a Comment

thanks for comment