साँगि्रला र वागेश्वरी गाभिने


क्षेत्रीयस्तरका विकास बैंक गाभिएर राष्ट्रियस्तरको बन्ने

नागरिक संवाददाता
काठमाडौं असोज १४
साँगि्रला र वागेश्वरी दुइ क्षेत्रीयस्तरका विकास बैंक गाभिएर राष्ट्रिय स्तरको बन्ने भएका छन् । नेपालगाजको वागेश्वरी र पोखराको साँगि्रला गाभिन लागेका हुन् ।

गाभिनका लागि यी बैंकले आ-आफ्नो साचालक समितिबाट निर्णय गराइ राष्ट्र बैंकलाई गत साता लिखित जानकारी गराएका छन् । ुगाभिने स्वीकृति माग गर्दै राष्ट्र बैंकमा निवेदन दिईएको छु साँगि्रला विकास बैंकका प्रमुख कार्यकारी अधिकृत हरिप्रसाद गुरुङले बिहीबार नागरिकसँग भने ुदुवै बैंकले पुँजी वृद्धि गरेपछि स्तरोन्नतिको प्रकि्रया अगाडि बढ्छ ।ु गाभिने र स्तरोन्नतिको स्वीकृतिको प्रकि्रया सँगसँगै हुनॆ उनले जानकारी दिए ।

६ वर्ष अघि साचालनमा आएको वागेश्वरी विकास बैंकले सर्वसाधारणलाई सेयर बिक्री गरिसकेको छ । यो बैंकको कार्यक्षेत्र अहिले १० जिल्लामा छ । यसकॊ शाखा ९ छन् ।
तीन वर्षअघि साचालनमा आएको साँगि्रलाले सर्वसाधारणलाई सेयर बिक्री गर्न बाँकी छ । उसको चुक्ता पुँजी ८ करोड छ । साँगि्रलाको १२ शाखा छन् । यसले सर्वसाधारणलाई सेयर बिक्री गरेपछि दुवै एकिकरणमा जानेछन् । यो वर्षभित्र ५२ करोड चुक्ता पुँजी हुने गरी दुवै संस्थाले काम गर्ने जानकारी गुरुङले दिए ।
नाम के राख्ने भन्ने टुङ्गो लागिसकेको छैन । दुबै बैंकले आपसी समझदारीमा नाम टुङ्गो लगाउने सहमति भएको उनले बताए । साचालक समितिको नेतृत्व कसले गर्ने र को-को समितिमा बस्ने भन्ने टुङ्गो पनि लागिसकेको छैन । साँगि्रलाको साचालक समिति अध्यक्षमा अहिले विश्वास गौचन छन् । प्रमुख कार्यकारी अधिकृत अच्युत प्रसाई छन् । गौचन वागेश्वरीका पूर्व साचालक समिति अध्यक्ष पनि थिए ।
वागेश्वरीको अध्यक्षमा राजेन्द्रप्रसाद पौडेल छन् । ुगाभिनलाई अप्ठ्यारो पर्ने गरेको यो विषयमा दुवै बैंकको संयुक्त साचालक समितिको वैठकले निर्णय गर्ने टुङ्गो लागेको छु गुरुङले भने ुअहिले वाहालवाला साचालकहरु सहमतिको पक्षमा छन् । ु
ुलगभग एकै समूहको लगानी दुवै बैंकमा भएकाले गाभिनमा समस्या पर्दैनु स्रोतले भन्यो । दुवै बैंकको वित्तीय अवस्था लगभग एकै छ । चुक्ता पुँजी वागेश्वरीको ६ करोड ९७ लाख छ भने साँगि्रलाको ७ करोड ९८ लाख रुपैयाँ छ । यी कम्पनीले गत आर्थिक वर्षमा क्रमशः १ करोड ७५ लाख र १ करोड ४२ लाख रुपैयाँ खुद नाफा कमाएका छन् ।
यसअघि एउटा मर्जर सफल भएको थियो भने दुइटा असफल भएका छन् । नेसनल फाइनान्स र नारायणी फाइनान्स एक अर्कामा गाभिएर नारायणीनेसनल फाइनान्स भएको थियो । महालक्ष्मीसहितका पाँच वित्तीय कम्पनी र पश्चिमााचल फाइनान्ससहितको तीन वित्तीय संस्था गाभिने प्रकि्रया अगाडि बढेपनि सहमति भङग भएको थियो । पछिल्लो समयमा एभरेष्ट बैंक र नेपाल इन्भेस्टमेन्ट बैंक गाभिने प्रकि्रया अगाडि बढेपनि बैंकहरुको साचालक समितिमा विवाद भएपछि अवरुद्ध भएको थियो ।

No comments:

Post a Comment

thanks for comment