एनबी र श्रीलंका मर्चेन्ट बैकलाई राष्ट्र बैंकले स्पस्टिकरण माग्यो


सुदर्शन सापकोटा
काठमाडौं, कात्तिक ८ 
नेपाल बंगलादेश बैंक (एनबी) र नेपाल श्रीलंका मर्चेन्ट बैंक कानुनी प्रक्रिया पूरा नगरी गाभिएको भन्दै राष्ट्र बैंकले दुवै कम्पनीलाई स्पष्टीकरण मागेको छ। केन्द्रीय बैंकले 'कुन कानुनी व्यवस्था अन्तर्गत मर्जर भएको' भन्दै दुबै बैंकलाई स्पष्टीकरण सोधेको हो। सात दिनको म्याद दिँदै स्पष्टीकण सोधेको हो।


दसैंको बिदा हुनु एक दिनअघि असोज २७ गते मर्जरको सूचना प्रकाशित गरेका दुवै कम्पनीले दसै बिदा सकिएर कार्यालय खुलेको पहिलो दिन कात्तिक ३ गते मर्जर भइसकेको सूचना निकालेका थिए।



'मर्जरमा नियत राम्रो देखिँदैन,' केन्द्रीय बैंकका एक अधिकारीले भने, 'हामीले नियतभन्दा पनि प्रक्रिया हेर्ने भएकाले मर्जरमा कानुनी प्रश्न गरेका हौं।'

दुवै कम्पनीले मर्जरका लागि २०६३ सालमा केन्द्रीय बैंकबाट स्वीकृति लिएका थिए। यसैपछि दुवै कम्पनीले मर्जरमा नजाने प्रस्ताव साधारणसभाबाट पारित गरेको थियो। यसैको आधारमा राष्ट्र बैंकले दुवै कम्पनीलाई कानुनी प्रश्न गरेको हो। 'हामी मर्जरको विपक्षमा छैनौं,' ती अधिकारीले भने, 'प्रक्रिया नपुराइ गाभिएकाले प्रष्टीकरण सोध्नु परेको हो।'

बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दबाबु तिवारीले मर्जर प्रक्रियामा राष्ट्र बैंकले स्पष्टिकरण सोधेको स्वीकारे। उनले गत भदौ १ मा मर्जरमा जाने बारेमा राष्ट्र बैंकलाई औपचारिक पत्रमार्फत जानकारी गराएको बताए।

No comments:

Post a Comment

thanks for comment