बैंकको कर्जा निक्षेप र नाफाको वृद्धिदर घट्यो

राजनीतिक अस्थिरता र पुँजी पलायन प्रमुख कारण


सुदर्शन सापकोटा
काठमाडौं जेठ १०

तीन वर्षको अवधिमा वाणिज्य बैंकहरुको निक्षेप संकलन कर्जा लगानी र नाफाको वृद्धि दर घटेको छ । ुराजनीतितर्फ मात्र केन्द्रित भएर अर्थतन्त्रलाई वेवास्ता गर्दा निस्किएको प्रतिफल हो योु डिसिबिएल बैंकका प्रमुख कार्यकारी अधिकृत सुधिर खत्रीले नागरिकसँग भने ुयस्तो अवस्थामा वृद्धिदर घट्नु स्वभाविक हो ।ु

राजनीतिक गतिरोध र असुरक्षाले उद्योग व्यवसाय धरासायी भएको पुँजी लागत वढेको तथा सस्तोमा लिएको निक्षेप अवधि पुगेपछि महंगो व्याजमा नविकरण गर्नु परेकाले वृद्धिदर घटेको विभिन्न वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुले बताए । ुराजनीति अस्थिरताले गर्दा सर्वसाधारणले बैंकमा पैसा राख्न छाडे रेमिट्यान्सको वृद्धिदर घट्यो र पुँजी पलायन हुने क्रम वढ्योु अधिकांस बैंकरको भनाइ थियो ुयसको असर बैंकहरुको वासलात हिसाब खाता मा परेको हो ।ु

बैंकहरुको आर्थिक वर्ष २०६४÷६५ २०६५÷६६ र २०६६÷६६ चैतसम्मको वित्तीय विवरण अनुसार निक्षेप संकलन वृद्धि दर १३ प्रतिशत बिन्दुले घटेको छ । यस्तै कर्जा लगानी ३ र खुद मुनाफा ५० प्रतिशत विन्दुले घटेको छ । यद्यपी खुद व्याज आम्दानी भने वढेको छ । यो आम्दानी १८ प्रतिशत बिन्दुले वढेको छ ।

बैंकहरुको वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०६४÷६५ को चैत मसान्तसम्म ३ खर्व ९४ अर्ब ६२ करोड रुपैयाँ निक्षेप संकलन गरेकोमा गत बर्षको चैतसम्म ५ खर्व ८ अर्ब २० करोड रुपैयाँ संकलन गरेका थिए । दुई बर्षको अधिमा निक्षेप वृद्धि २८।७८ प्रतिशतले भएको थियो । तर चालु वर्षको चैतसम्म ५ खर्व ८५ अर्व ९८ करोड निक्षेप संकलन गरेका बैंकको वृद्धिदर १५।३ प्रतिशतमा झरेको हो । ुबैंकप्रति सर्वसाधारणको विश्वास कम हुँदै जाँदा निक्षेप वढ्न नसकेको होु सनराइज् बैंकका महाप्रबन्धक सुमन न्यौपानेले भने ुअविश्वासको कारण राजनीतिक अस्थिरता नै हो ।ु

गत दशैंमा नोट अभाव हुँदा सर्वसाधारणले बैंकमा निक्षेप राख्न कम गरेपछि चालु वर्षको चैतसम्म आइपुग्दा निक्षेप वृद्धिदर घटेको हो । साथै यो अवधिमा थप तीन बैंक र एक दर्जनभन्दा वढी विकास बैंक र फाइनान्स कम्पनी थपिएकाले पनि निक्षेप बाँडिएर वृद्धिदर घटेको विश्लेषण बैंकरको छ ।

गएको ८ महिनायता लगानी योग्य पुँजी तरलता अभावले बैंकहरुले कर्जा लगानी गर्न नसक्दा यसको वृद्धिदर घटेको छ । आर्थिक बर्ष २०६४÷६५ को चैतसम्म २ अर्ब ८० अर्व ८० करोड रुपैयाँ बैंकहरुले कर्जा लगानी गरेका थिए । गत वर्षको यसै अवधिमा यो ३ खर्व ६६ अर्ब ३६ करोड रुपैयाँ पुगेको थियो । यो वृद्धिदर साढे ३० प्रतिशत हुन आउँछ । चालु वर्षको चैतसम्म ४ खर्व ६६ अर्ब ७६ करोड रुपैयाँ कर्जा लगानी गरेपनि तरलता अभावले वृद्धिदर २७।४ प्रतिशतमा झरेको छ ।

तरलता अभावले कर्जा लगानी हुन नसक्नु तथा ८ महिनायता निक्षेपको व्याजदर वढेर पुँजी लागत वृद्धि हुनुले खुद मुनाफाको वृद्धिदर पनि घटेको छ । आर्थिक वर्ष २०६४÷६५ को चैतसम्म बैंकहरुले ६ अर्व २१ करोड रुपैयाँ खुद नाफा कमाएका थिए । गत वर्ष यसै अवधिमा यो नाफा ९ अर्ब २१ करोड रुपैयाँ पुगेकेा थियो । यो वृद्धिदर ५५।८ प्रतिशत हुन आउँछ । चालु वर्षको चैतसम्म बैंकहरुले १० अर्ब २४ करोड रुपैयाँ खुद मुनाफा कमाएपनि गत वर्षको यसै अवधिको तुलनामा यो वृद्धिदर ५० प्रतिशत विन्दुले घटेको देखिन्छ ।

गत आर्थिक वर्षको चैतको भन्दा पनि कम चालु वर्षको यसै अवधिमा ६ बाणिज्य बैंकले निक्षेप संकलन गरेका छन् । लुम्बिनी नेपाल बंगलादेश एनबी एनआइसी स्ट्यान्डर्ड चार्टर्ड कृषि विकास र नेपाल बैंकले कम निक्षेप संकलन गरेका हुन्् । यसमध्ये कृषि विकासको अघिल्लो वर्ष चैतसम्मको अवधिमा पनि निक्षेप घटेको थियो । अघिल्लो वर्ष नयाँ आएको बैंक अफ एसिया नेपालले पनि कम निक्षेप संकलन गरेकेा थियो ।

गत आर्थिक बर्षको चैतको तुलनामा चालु वर्षको यसै अवधिमा सबै बैंकको कर्जा प्रवाह वढेको छ । कर्जा प्रवाह २७ प्रतिशतले वृद्धि हुँदा बैंकको खुद व्याज आम्दानी पनि वढेको वित्तीय विवरणमा देखिन्छ । व्याज आम्दानी १८ प्रतिशत विन्दुले वढेको छ ।

आर्थिक बर्ष २०६४÷६५ को चैत मसान्त सम्म बैंकहरुले ११ अर्ब २३ करोड रुपैयाँ खुद व्याज आम्दानी गरेका थिए । गत वर्षको यसै अवधिमा साढे २१ प्रतिशतको वृद्धिसँगै यो १३ अर्ब ६५ करोड रुपैयाँ पुगेको थियो । चालु बर्षको चैतसम्म खुद व्याज आम्दानी १९ अर्ब ८ करोड रुपैयाँ पुगेको छ । यो ३९।७४ प्रतिशतको वृद्धि हो । यो आम्दानी नेपाल क्रेडिट एण्ड कमस्र बैंकको मात्र घटेको छ । यो बैंक आम्दानी ३।५६ प्रतिशतले घटेको हो ।

खुद व्याज आम्दानीको वृद्धिले नाफा वढेपनि वृद्धिदर घटेको छ । नाफा ५ प्रतिशतले वढेको छ भने वृद्धिदर ५० प्रतिशत विन्दुले घटेको छ । गत आर्थिक वर्षको चैतसम्म बैंकहरुले ९ अर्ब ६८ करोड रुपैयाँ नाफा कमाएकामा यो बर्षको यसै अवधिमा नाफा १० अर्ब करोड रुपैयाँ पुगेको छ । समग्र बैंकको औषत नाफा बढे पनि ६ बैंकको नाफा घटेको छ । सरकारी स्वामित्वका राष्ट्रिय बाणिज्य नेपाल बैंक र कृषि विकास बैंक तथा निजी क्षेको लुम्बिनी एनबी र हिमालयन बैंकको नाफा घटेको हो । अघिल्लो वर्ष सवै सरकारी बैंकको नाफा वढेको थियो । गत बर्ष लुम्बिनी एनसिसी सनराइज र माछापुच्छे्र बैंकको नाफा घटेको थियो ।

ुअहिलेसम्म वलियो रहेको बैंकिङ क्षेत्र राजनीतिक अस्थिरताले कमजोर बन्दै गएको छु न्यौपानेले भने ुवादल पछाडि सूर्य हुन्छ । अहिले वादल कहिले हट्छ भनेर पर्खिरहेका छौं ।ु

No comments:

Post a Comment

thanks for comment