संविधानसभाको म्याद थप ः व्यवसायी

सहमतिका लागि दवावका कार्यक्रम निरन्तर
कर नतिर्ने भनेका छैनौं
नागरिक संवाददाता
काठमाडौं जेठ ३
उद्योग वाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशीले संविधानसभाको समयावधि थप्न दलहरुलाई आग्रह गरेका छन् । ुजेठ १४ भित्र म्याद थप्नै पर्छु सोमवार महासंघ कार्यालयमा अकस्मिक पत्रकार सम्मेलन गर्दै उनले भने ुम्याद थप्नका लागि सहमति नभइन्जेल दवावका थप कार्यक्रम ल्याउन वाध्य हुनेछौं ।ु
संवाद र सहमतिको विकल्प नभएको भन्दै उनले जेठ १४ अगाडि नै संविधानसभाको म्याद थपेर मुलुकलाई संकटबाट जोगाउन पनि आग्रह गरे । ुजेठ १४ पछि शडकबाटै संविधान ल्याउँछौं भन्ने कुरा आइरहेको छु जोशीले भने ुत्यसो भएमा हामी कसरी बाँच्ने कहाँ जाने त्यो अवस्था आउनु अगावै म्याद थपिसक्नु पर्छ ।ु
उद्योगी व्यवसायी पनि नागरिक नै भएको उल्लेख गर्दै उनले राजनीतिक नेताले जनताको पक्षमा राजनीति गरेका हुन् भने तत्तकाल सहमतिमा आउनु पर्ने बताए । उनले संविधानसभाको समय छोटिदै गएकाले सवै सरोकारवाला र सर्वसाधारण मिलेर दवाव दिन आग्रहसमेत गरे । ुजेठ १४ पछिको तरवार उद्योगी तथा व्यवसायीको टाउकोमा लड्किरहेको छु उनले भने ुसहमति गराउनका लागि सवै मिलेर दवावको तरवार राजनीतिक नेताको टाउको पनि लड्काइरहन आवश्यक छ ।ु
जोशीले ४८ घण्टे अल्टिमेटम सकिए पनि सहमतिका लागि दवावमूलक कार्यक्रमलाई निरन्तरता दिने बताए । ुहामी डराएका थाकेका छैनौं पक्ष विपक्षमा लागेर पनि दवाव दिएका होइनौंु उनले भने ुमूलुकका लागि चिन्ता गर्ने कार्यकर्ता वाहेक पनि धेरै जनता छन् तिनीहरुको पक्षबाट दवाव दिएका हौं ।ु
उनले दवावमूलक कार्यक्रमबाट पछाडि नहटेको उल्लेख गर्दै भने ुहामी राजनीतिक दल होइन सवै जनताको पक्षबाट संविधानसभाको म्याद थप्नु पर्छ भनेर दवाव मात्र दिएको हो । ु दवावमूलक कार्यक्रम जिल्ला जिल्लामा साचालन गर्न स्थानीय व्यवसायी पर्खिरहेको उनले जानकारी दिए । व्यवसायीले गत ३० गते ४८ घण्टे अल्टिमेटम दिँदै सहमति नभए दवावमूलक आन्दोलन कडा पार्ने बताएका थिए ।
जोशीले दलहरुमा अहिले असहमतिभन्दा पनि विश्वासको संकट भएको बताए । ुअसहमतिको वुँदा त्यस्तो छैन । विश्वासको संकट मात्र हो । सहमति गरेको बुँदा पुरा नहोला भन्ने अविश्वास छु उनले भने ुविश्वासको संकट भए जनताको सामुन्ने सहमति गरे भइहाल्यो नि ।ु
राजनीतिक गतिरोध जारी रहे अन्तत देश र जनतामाथि ठूलो संकट आइपर्ने उल्लेख गर्दै जोशीले देश र जनताप्रति राजनीतिक दल साँच्चै उत्तरदायी भए चाँडोभन्दा चाँडो सहमतिमा पुगेर निकास दिन आग्रह गरे । ुसबै समस्याको समाधान विधि सम्मत किसिमले छलफल र सहमतिबाटै निकालिनु पर्छु उनले भने ुजेठ १४ पछि के हुन्छ भनेर सर्वसाधारण त्यसपछिका दिनमा चाहिने सामानको जोहोमा लागिसकेका छन् । हामी मूलुक यस्तो दुर्घटनामा परेको हेर्न चाहँदैनौं त्यसैले हामीलाई चाँडो निकास चाहिएको छ ।ु
राजनीतिक अन्यौलका बिचमा असुरक्षा वढ्दै गएकाले औद्योगिक वातावरण पनि खल्वलिएको भन्दै उनले एक दिन देश ठप्प हुँदा उद्योगी व्यवसायीले सभा दुई अर्व रुपैयाँ नोक्सान सहनु परेको बताए । ुहामीले खेपेको नोक्सान न सरकारले तिर्छ न राजनीतिक दलले नैु उनले भने ुयस्तो विषम परिस्थितिमा मुक्त गरे आर्थिक क्रान्तितर्फ लाग्ने वेलामा अझै राजनीतिक गतिरोध नै समाप्त भएको छैन ।ु
जोशीले उद्योगी व्यवसायी राज्यकै एउटा अंग भएकाले कर तिर्नु उसको दायित्व भएको बताए । ुहामीले कर नतिर्ने भनेका छैनौंु उनले भने ुराजनीतिक गतिरोधका कारण असुरक्षा वढ्दै गए व्यवसायी कर तिर्ने अवस्थामा नहुने भनेका हौं ।ु जोशीले जवरजस्ती चन्दा भने नदिने जानकारी दिए । ुसुरक्षा नहुँदा उद्योग व्यवसाय नै बन्द गर्नु पर्ने परिस्थिति बन्दछु उनले भने ुयस्तो अवस्थामा कर तिर्ने÷नतिर्ने कुरा गर्नु नै अर्थहिन हुन आउँछ ।ु उनले आफ्ना सदस्य व्यवसायीलाई त्यस्तो परिस्थितिमा कठोर निर्णयका लागि तयार हुन भनिसकेको जानकारी दिए ।
पत्रकार सम्मेलनमा वोल्दै चेम्वर अफ कमस्रका अध्यक्ष सुरेन्द्रवीर मालाकारले सहमति गरेर चाँडो संविधानसभाको म्याद थप्न दलहरुसँग आग्रह गरे । ुम्याद नथपे देश संवैधानिक सुन्यतामा जान्छु उनले भने ।

No comments:

Post a Comment

thanks for comment