कमोडिटी मस्यौदा अर्थ मन्त्रालयमा

नागरिक संवाददाता
काठमाडौं वैशाख २७
कमोडिटी तथा डेरिभेटिभ बजार सम्वन्धि नियमावलीको मस्यौदा बनाउन गठित समितिले त्यसको मस्यौदा सोमवार अर्थमन्त्रालयलाई वुझाएको छ । मस्यौदा अर्थ सचिव रामेश्वर खनाललाई वुझाइएको हो ।
कमोडिटी कारोवार गर्ने कम्पनी कमोडिटी एण्ड मेटल एक्सचेन्ज कोमेन मर्कन्टायल एक्सचेन्ज मेक्स र नेपाल डेरिभेटिभ एक्सचेन्ज एनडेक्स का अधिकारी तथा अर्थमन्त्रालयका उपसचिव जनकराज पन्त र धितोपत्र वोर्डका उपनिर्देशक मुक्तिनाथ श्रेष्ठ रहेको समितिले मस्यौदा तयार पारेको हो ।
धितोपत्र ऐनमा शंशोधन गर्ने गरी तयार पारिएको मस्यौदा वुझ्दै खनालले नियमनका लागि आवश्यक कारवाही थालिने बताएको समितिका सदस्य तथा कोमेनका प्रमुख कार्यकारी अधिकृत विजय पन्तले नागरिकलाई जानकारी दिए । धितोपत्र ऐनमा ुकमोडिटी करारलाई पनि धितोपत्रको मान्यता दिनु पर्नेु गरी शंसोधन गर्न समितिले भनेको छ ।
कमोडिटी बजार सुरु भएको साढे तीन वर्ष नाघिसक्दा पनि कुनै नियमन निकाय गठन हुन सकेको छैन । यो बजारलाई वैधानिकता दिनका लागि सरकारले नियमावलीको मस्यौदा बनाउन समिति गठन गरेको थियो ।
अर्थमन्त्रालयले सोमवार समितिबाट वुझेको मस्यौदा कानुन मन्त्रालयमा पठाउने छ । ुअर्थ र कानुन मन्त्रालय मिलेर सवै सरोकार पक्षसँग विस्तृत छलफल गर्ने छौंु खनालको भनाइ उदृत गर्दै एक सदस्यले भने ुसवैको सुझाव लिएपछि मस्यौदालाई अन्तिम रुप दिइने छ ।ु उनले नियमावली तीन-चार महिनाभित्र ल्याइने बताए ।
अन्तर्राष्ट्रिय बजार मूल्य अनुसार कारोवार हुने बस्तु तथा सेवामा नेपाली लगानीकर्ताको आकर्षण पछिल्लो अवधिमा वढिरहेको छ । लगानीकर्ताको आकर्षण वढेपनि सरकारले अहिलेसम्म पनि कुनै निकाय गठन गरेर नियमनको जिम्मा दिएको छैन । कमोडिटी करोवार गर्ने कम्पनी आफैले नियमन निकाय गठन र यस सम्वन्धि ऐनको माग गरेपछि समिति गठन गरिएको हो ।
सरकारले चालु बजेटबाट यो बजारलाई करको दायरमा समेटिसकेको छ । चालु वर्षभित्र मात्रै यो बजारबाट सरकारले साढे ७ करोड रुपैयाँ कर संकलन गरिसकेको छ । ऐन र नियामक निकाय गठन नभएको अवस्थामा साचालनमा रहेका एक्सचेन्ज कम्पनी तथा तीनका दलाल कम्पनीमार्फत सर्वसाधारणको लगानी असुरक्षित हुने शंका वढेको छ । ुनियमावली आएपछि धेरै समस्या समाधान हुन्छु एक कमोडिटी दलालले नागरिकसँग भने ।
नेपाली लगानीकर्ताले अहिले सुन चाँदी तामा पित्तल कच्चा तेल लगायतका वस्तुको अन्तर्राष्ट्रिय बजार मू्ल्य अनुसार कारोवार गरिरहेका छन् । सेयर मूल्य निरन्तर ओरालो लागेपछि पछिल्लो अवधिमा त्यतातिरको लगानी कमोडिटी बजारतर्फ पनि आकर्षित भएको छ ।
ऐन र नियमन निकाय हुँदा एक्सचेन्ज तथा दलाल कम्पनीले गर्नसक्ने मूल्य मेनुपुलेसनबाट पनि लगानीकर्ता जोगिन सक्छन् । कम्पनीले अन्तर्राष्ट्रिय बजारभन्दा केही तलमाथि गरेर सर्वसाधारणको लगानी प्रभावित गर्न सक्ने सम्भावना पनि कम हुने ती दलालले बताए ।
ुकुनै कम्पनी सर्वसाधारणबाट रकम उठाएर भाग्न सक्ने सम्भावना पनि कम हुनेछु उनले भने ुनियमावली स्वीकृत भएपछि एक्सचेन्ज कम्पनीहरु पारदर्शी र व्यवस्थित हुनेछन् ।ु

No comments:

Post a Comment

thanks for comment