निक्षेप नबढ्दा थप कर्जा प्रवाह हुन सकेन

सुदर्शन सापकोटा
काठमाडौं जेठ १६
वाणिज्य बैंकहरुले पहिले नै कर्जा-निक्षेप अनुपातको अधिकतम सीमासम्म कर्जा प्रवाह गरिसकेकाले ६ महिनायता थप कर्जा लगानी गर्न सकेका छैनन् । विगतमा जस्तै निक्षेप वढ्ने अनुमानमा पहिले नै कर्जा लगानी गरेका बैंकले निक्षेप वढ्न नसकेपछि थप लगानी गर्न नसकेका हुन् । यद्यपी चुक्ता भएको पुरानो कर्जाको रकम वरावर मात्र अहिले कर्जा प्रवाह भइरहेको केन्द्रिय बैंकको तथ्यांकबाट देखिन्छ ।
ुआज बैंकसँग पैसा भएपनि कर्जा लगानी गर्ने अवस्था छैनु राष्ट्र बैंकका गभर्नर युवराज खतिवडाले नागरिकसँग भने ुकिनभने कर्जाले सीमा छोइसकेकाले निक्षेप नवढेसम्म थप कर्जा प्रवाह गर्ने अवस्थामा उनीहरु छैनन् ।ु अहिले बैंकहरुको कर्जा-निक्षेप अनुपात औषत ८९ प्रतिशतमा छ । एक दर्जनभन्दा वढी बैंकको यो अनुपात केन्द्रिय बैंकले तोकेको सीमा ९५ प्रतिशतको हाराहारीमा देखिन्छ ।
केन्द्रिय बैंकका अनुसार गत पुस मसान्तमा बैंकिङ क्षेत्रले ५ खर्ब ८७ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको थियो । बैंकहरुले प्रकाशित गरेको चैतसम्मको वित्तीय विवरणमा कुल निक्षेप पुसकोभन्दा दुई अर्व रुपैयाँले घटेर ५ खर्ब ८५ अर्ब रुपैयाँमा झरेको छ । जेठ पहिलो सातासम्म पनि निक्षेप चैत मसान्तकै जति छ ।
ुयस्तो अवस्थामा केन्द्रिय बैंकले पनि केही गर्न सक्दैनु गभर्नरले भने ुर बैंकहरु पनि केही गर्न सक्ने अवस्थामा छैनन् ।ु उनले कर्जा-निक्षेप अनुपात औषत ८९ प्रतिशतसम्म पुगेको अवस्थामा यसको सिमामा पुर्नविचार गर्न नसकिने जानकारी दिए ।
बैंंकरले पनि नयाँ कर्जा प्रवाह रोकिएको बताएका छन् । सनराइज बैंकका महाप्रबन्धक सुमन न्यौपानेले निक्षेप नवढ्दा नयाँ लगानी गर्न नसकिएको बताउँदै अहिले कर्जाको माग पनि नरहॆको जानकारी दिए । ुनिक्षेप वढ्न नसकेकाले थप लगानी गर्न नसकिएको होु उनले भने ुएउटा स्रोतमा मात्र निर्भर भएर अर्को स्रोत नखोज्दा यस्तो भएको हो ।ु उनले अझै पनि बैंकहरुले निक्षेप आपुर्तिको स्रोत के हो भनेर खोज्न नसकेको बताए ।
बैंकहरुले चुक्ता भएको पुरानो कर्जाको रकमबाट नयाँ कर्जा लगानी गरिरहेका छन् । राष्ट्र बैंकका अनुसार गत पुस मसान्तसम्म बैंकले ४ खर्ब ६४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । चैत मसान्तसम्म यो रकम ४ खर्ब ६६ अर्ब रुपैयाँ पुग्यो । जेठ पहिलो सातासम्म बैंकले थप २ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । ुपुरानो कर्जा असुली भएको रकमबाट नयाँ कर्जा गएको छु गभर्नर खतिवडाले भने ुनत्र नयाँ कर्जा विस्तार भएको छैन ।ु
बैंंकस्र संघका उपाध्यक्ष तथा सिटिजन्स् बैंक इन्टरनेसनलका प्रमुख कार्यकारी अधिकृत राजनिसंह भण्डारीले कर्जा प्रवाह पहिलेभन्दा धेरै घटेको जानकारी दिए । ुकर्जा लगानी शुन्यमा नै झरेको अवस्था भने छैनु उनले भने ।
राष्ट्र बैंकका अनुसार अघिल्लो वर्ष निक्षेपको वृद्धिदर १५ प्रतिशत थियो । गत वर्ष घटेर १० प्रतिशतमा आयो भने यो वर्ष वृद्धिदर ५ प्रतिशतभन्दा तल छ । ुनिक्षेपको वृद्वि घटेपछि कर्जामा सिमा लगायौंु गभर्नरले भने ुयसले गर्दा कर्जा वृद्धि हुन सकेन ।ु
उनले कर्जा-निक्षेप अनुपातको सीमाले गर्दा बैंकहरु पुनर्कर्जामा पनि आउन नसकेको बताए । ुपुनकर्जाको रकम पनि लगानी नै गर्नु पर्ने हुन्छु उनले भने ुपहिले नै बैंकले कर्जा-निक्षेप अनुपातको सीमालाई छोइसकेकाले पुनर्कर्जा लिन नआएका हुन् ।ु
खतिवडाले थप कर्जा लगानी गर्नका लागि बैंकहरुले निक्षेप वढाउनु वाहेक विकल्प नरहेको जानकारी दिए । उनले निक्षेप आकर्षित गर्न बैंक तथा वित्तीय कम्पनीले व्याजदर बढाएकाले यसको असर केही समयपछि देखिने दावी गरे । ुव्याजदर बढेकाले निक्षेप संकलन पनि केही समयपछि वढ्छु उनले भने ।
राजनीतिक अनिष्चितताले केही समययता कर्जाको मागसमेत नरहेको बैंकरहरुले बताएका छन् । संविधान सभाको म्याद एक वर्ष थपिएकाले अब कर्जाको माग वढ्ने सनराइजका न्यौपानेले जानकारी दिए । ुअब बजारले गति लिन्छु उनले भने ुयसो हुँदा कर्जाको माग पनि वढ्छ ।ु

No comments:

Post a Comment

thanks for comment