विपन्न वर्गको व्याज पनि वढ्यो

सुदर्शन सापकोटा
काठमाडौं वैशाख २०
वाणिज्य बैंक तथा वित्तीय कम्पनीले विपन्न वर्गमा प्रवाह गर्ने कर्जाको व्याजदर वढाएका छन् । एक वर्षभित्र प्रवाह गर्नु पर्ने कर्जा लक्ष्य ९ महिनामा नै पुरा भएको तथा लगानी योग्य पुँजी तरलता अभावले व्याजदर वढाएका हुन् । ुपछिल्लो ६ महिनाको अवधिमा व्याजदर दुई पटकसम्म वढाइ सकेका छन्ु ग्रामिण लघुवित्त विकास केन्द्रका वरिष्ठ व्यवस्थापक मेघराज गजुरेलले सोमवार नागरिकसँग भने ।
बैंक तथा वित्तीय कम्पनीले विपन्न कर्जाको व्याजदर पछिल्लो ६ महिनाको अवधिमा ४ प्रतिशत विन्दुसम्मले वढाएका छन् । ५ प्रतिशत सम्ममा कर्जा उपलब्ध गराउँदै आएका कम्पनीले व्याजदर साढे नौ प्रतिशतसम्म पुर् याएका हुन् । प्राथमिकता प्राप्त यो क्षेत्रको कर्जामा बैंक तथा वित्तीय कम्पनीको व्याजदरमा एकरुपता पनि छैन । चालु वर्षको पहिलो ९ महिनामा नै विपन्न वर्ग कर्जा प्रवाहको उद्देश्य प्राप्त भइसकेकाले पनि कम्पनीहरुले व्याजदर असमान राखेका हुन् ।
राष्ट्र बैंकले विपन्न वर्गका लागि कर्जा प्रवाह गर्नैपर्ने वाध्यात्मक व्यवस्था गरेकाले मात्र बैंक तथा वित्तीय कम्पनीले कर्जा लगानी गरेको निर्धन उत्थान बैंकका प्रमुख कार्यकारी अधिकृत हरिहरदेव पन्तले जानकारी दिए । ुबैंकहरुले रकम चै दिन्छन्ु उनले भने ुतर व्याजदर आफ्नै तरिकाले राख्छन् ।ु
पछिल्लो अवधिमा लघुवित्त क्षेत्रमा काम गर्ने संस्था वृद्धि हुँदा कर्जाको माग वढेकाले पनि व्याजदर वढाएको उनले जनकारी दिए । ुपहिले थोरै कर्जाको माग हुन्थ्यो जसले गर्दा कर्जा लक्ष्य पुरा नहुने भएकाले सस्तो व्याजमा लगानी गर्थेु उनले भने ुअहिले संस्था वढेको छ र ९ महिनामै लक्ष्य पुरा भएकाले व्याजदर वढाएका हुन् ।ु कर्जा लक्ष्य पुरा नहुँदा बैंक तथा वित्तीय कम्पनीले सजाय स्वरुप शुल्क तिर्नु पर्छ ।
राष्ट्र बैंकले चालु वर्षको मौदि्रक नीतिमार्फत विपन्न वर्गमा वाणिज्य बैंकले कुल कर्जाको ३ प्रतिशत प्रवाह गर्नु पर्ने व्यवस्था गरेको छ । विकास बैंकले २ र वित्तीय कम्पनीले डेढ प्रतिशत विपन्न वर्गका लागि कर्जा प्रवाह गर्नु पर्छ ।
तरलता अभावले बैंक तथा वित्तीय कम्पनीको कुल कर्जा पनि वढेको छैन । विपन्न वर्ग कर्जा लक्ष्य पहिले नै पुरा भएकाले कुल कर्जा नवढेपछि यस क्षेत्रमा थप लगानी गर्नु पर्ने वाध्यता पनि बैंक तथा वित्तीय कम्पनीलाई नभएकाले व्याजदर वढाएका हुन् । अहिले बैंक तथा वित्तीय कम्पनीले ुवढेको दरमा लानेभए लानोस् नत्र दिन्नु भन्ने गरेको गजुरेलले जानकारी दिए ।
बैंक तथा वित्तीय कम्पनीबाट साढे ९ प्रतिशतसम्म व्याजदरमा कर्जा लिएका लघुवित्त बैंकले यो रकम २० देखि २४ प्रतिशत व्याजदरसम्ममा लगानी गर्ने गरेको निर्धन उत्थानका पन्तले जानकारी दिए । साचालन तथा पुँजीको लागत खर्च वढी हुने गरेकाले लघुवित्त बंैंकको व्याजदर महंगो हुने गरेको उनले दावी गरे । ुवाणिज्य बैंकको भन्दा हाम्रो व्याजदर केही वढी नै महंगो हुन्छु उनले भने । आहिले लघुवित्तको कारोवार गर्ने १८ बैंक छन् । यीमध्ये केन्द्र र साना किसान विकास बैंक होलसेल कर्जा प्रवाह गर्ने कम्पनी हुन् । यसवाहेक केन्द्रिय बैंकबाट स्वीकृति प्राप्त सहकारी संस्थाले पनि लघुवित्तको कार्य गर्दै आएका छन् ।

No comments:

Post a Comment

thanks for comment