बाणिज्य बैंकको नाफा अनुपात घट्यो

प्राथमिक पुँजीको अनुपातमा नाफा १६।५ प्रतिशतले घटेको हो

सुदर्शन सापकोटा
काठमाडौं जेठ १०
दशैंपछि देखिएको तरलता अभावका कारण वाणिज्य बैंकहरुको मुनाफा अनुपात घटेको छ । चुक्ता पुँजी र जगेडा कोषको अनुपातमा गत वर्ष चैतको तुलनामा चालु वर्षको यसै अवधिमा बैंकको मुनाफा साढे १६ प्रतिशत विन्दुले घटेको हो । चुक्ता पुँजी र जगेडा कोष भने साढे ८४ प्रतिशतले वढेको छ ।
चुक्ता पुँजी र जगेडा कोषको अनुपातमा गत वर्ष बैंकले साढे ३८ प्रतिशत नाफा कमाएकोमा यो वर्ष २२ प्रतिशतमा झरेको छ । ुचार महिनाको अवधिमा तरलता अभावले बैंकहरुको पुँजी लागत वढेकाले नाफाको दर घटेको होु डिसिबिएल बैंकका प्रमुख कार्यकारी अधिकृत सुधिर खत्रीले विहीबार नागरिकसँग भने ।
गत वर्ष चैतको तुलनामा चालु वर्षको यसै अवधिसम्म आइपुग्दा तरलता अभावको मारमा परेका बैंकको पुँजी र जगेडा कोष वृद्धिको अनुपातमा यो नाफा घटेको हो । नाफा मात्रै गणाना गर्दा भने यो साढे सात प्रतिशतले वढेको देखिन्छ । गत वर्ष चैतमा बैंकले ९ अर्व ६८ करोड रुपैयाँ नाफा गरेका थिए । यो बर्षको चैतमा नाफा १० अर्व २४ करोड रुपैयाँ पुगेको छ ।
सरकारी स्वामित्वका राष्ट्रिय वाणिज्य र नेपाल बैंकको जगेडा कोष ऋणात्मक भएकाले प्राथमिक पुँजीको अनुपातमा यी कम्पनीको नाफा पनि ऋणात्मक नै देखिन्छ । तर दुई वर्षको नाफालाई मात्र गणाना गर्दा यो क्रमशः १९ र ३२ प्रतिशतले घटेको छ ।
सस्तोमा लिएको निक्षेप अवधि पुगेपछि महंगो व्याजमा नविकरण गर्नु परेको राजनीतिक गतिरोध र असुरक्षाले उद्योग व्यवसाय धरासयी भएको र पुँजी लागत वढेकाले नाफाको दर घटेको खत्रीले जानकारी दिए । ुराजनीतितर्फ मात्र केन्द्रित भएर अर्थतन्त्रलाई वेवास्ता गर्दा निस्किएको प्रतिफल हो योु उनले भने ुयस्तो अवस्थामा नाफाको वृद्धिदर घट्नु स्वभाविक हो ।ु
चुक्ता पुँजी र जगेडा कोषको अनुपातमा बैंक अफ काठमाण्डू ग्लोबल लुम्बिनी नेपाल क्रेडिट एण्ड कमस्र एनसिसी नेपाल एसबिआइ सिद्धार्थ स्ट्यान्डर्ड चार्टर्ड कृषि विकास र हिमालयन बैंकको नाफाको वृद्धिदर घटेको छ । यि बैंकले एक वर्षको अवधिमा पुँजी तथा जगेडा कोष वृछि गरेपनि दशैंपछि देखिएको तरलता अभावले थप लगानी गर्न नसक्दा बैंकको नाफाको वृद्धिदर घटेको हो ।
तरलता अभावले गर्दा गएको चार महिनादेखि बैंकहरुले नयाँ कर्ज प्रवाह बन्द गरेका छन् । साथै बैंकका लागि भरपर्दो रियलस्टेट तथा हाउजिङ कर्जामा पनि केन्द्रिय बैंकले सिमा तोकेपछि लगानी विविधीकरण गर्न नसक्दा नाफाको अनुपात घटेको हो ।
यद्यपी बैंकको नाफा मात्रै भने वढेको छ । एक वर्षको अवधि पुरा गर्ने २६ वाणिज्य बैंकमध्ये ६ बैंकको नाफा मात्रै घटेको छ । जनता बैंक नेपाले गत चैत २३ गतेदेखि कारोवार गरेकाले यो बैंकको विवरण उल्लेख गरिएको छैन । नाफा घट्नेमा हिमालयन नेपाल बंगलादेश नेपाल बैंक राष्ट्रिय वाणिज्य कृषि विकास र लुम्बिनी बैंक छन् । यि बैंकको नाफा ३३ देखि ६ प्रतिशतसम्मले घटेको उनीहरुले प्रकाशित गरेको वित्तीय विवरणमा उल्लेख छ ।
चैतसम्म आइपुग्दा सबैभन्दा वढी नाफा बैंक अफ काठमाडौं नेपालले कमाएको छ । बैंकको नाफा गत वर्षको चैतको तुलनामा यो वर्षको यसै अवधिमा ३ सय ४० प्रतिशतले वढेको छ । माछापुच्छे्र प्राइम सिटिजन्स र सनराइज बैंकको नाफा १ सय प्रतिशतभन्दा माथि छ । यो अवधिमा आधा दर्जन वाणिज्य बैंकले गैरबैंकिङ सम्पति विक्री गरेर नाफा वढाएका छन् ।

No comments:

Post a Comment

thanks for comment