तरलता अभाव सहज

सुदर्शन सापकोटा
काठमाडौं जेठ १९

बैंकिङ क्षेत्रमा लगानी योग्य पुँजी तरलता अभावको समस्या केही कम भएको छ । गत कात्तिकदेखि निरन्तर उकालो लागेको बैंकहरुले आपसमा लिने सापटी अन्तर बैंक को व्याजदर भदौअघिकै अवस्थामा आएको छ । ुहिजोको दिनभन्दा अहिले तरलता सहज छु राष्ट्र बैंकका गभर्नर युवराज खतिवडाले नागरिकसँग भने ।
चरम तरलता अभाव हुँदा अन्तर बैंक व्याजदर साढे १५ प्रतिशतसम्म पुगॆको थियो । केही सातादेखि यो घटेर ७ प्रतिशतको हाराहारीमा छ । ुसंस्थागत निक्षेपकर्तालाई १२-१३ प्रतिशत ब्याज दिन तयार बैंक अहिले त्यति दिन चाहँदैनन्ु उनले भने ुअन्तरबैंक पनि १०-११ प्रतिशतभन्दा धेरै तल आइसकेको छ ।ु उनले यि तथ्यले बैंकिङ क्षेत्रमा तरलता अभाव कम भएर गएको देखाउने बताए ।
राष्ट्र बैंकले सरकारी ऋणपत्रको धितो रिपो मार्फत उपलब्ध गराउने कर्जाको समयावधि थप गर्नुका साथै असल कर्जाको धितोमा पुनर्कर्जा उपलब्ध गराउन थालेपछि तरलता अभाव कम भएको हो । केन्द्रिय बैंकले २८ दिने रिपोको अवधि मौदि्रक नीतिको मध्यावधि समिक्षाबाट ४५ दिन पुर् याएको छ ।
प्राथमिक पुँजीको ४० प्रतिशत र असल कर्जाको ८० प्रतिशतभित्र रही पुनर्कर्जा दिन थालेको छ । यसले तरलता अभाव केही मत्थर भएर अन्तरबैंक व्याजदर घटेको हो । केही महिना अघिसम्म स्थाई तरलता सुविधा प्रयोग गर्दै आएका बैंकले अहिले यो सुविधा लिन छाडेका छन् । अन्तर बैंक रिपो र टे्रजरीको वट्टादरभन्दा ३ प्रतिशत वढी तिरेर प्रयोग गर्न सकिने यो सुविधा तरलता अभाव एकदमै चर्किदा मात्र बैंक तथा वित्तीय कम्पनीले प्रयोग गर्छन ।
विहीवार केन्द्रिय बैंकले ४ अर्ब रुपैयाँ रिपोमार्फत बैंकिङ क्षेत्रमा रकम प्रवाह गर्दैछ । गत साता पनि ५ अर्ब रुपैयाँ रिपोमार्फत नगद प्रवाह गरेको थियो । विहीबारपछि अन्तर बैंक व्याजदर अझ घट्ने एक बैंकका टे्रजरी विभाग प्रमुखले नागरिकलाई जानकारी दिए । वुधवार अन्तर बैंक व्याजदर साढे ६ प्रतिशत छ । सिटिजन्स बैंक इन्टरनेसनल क्लिन इनर्जि डेभलपमेन्ट बैंकलगायत केही वित्तीय संस्थाले पुनर्कर्जा मार्फत रकम लिएकाले अन्तर बैंक व्याजदर १० प्रतिशतबाट ७ प्रतिशतको हाराहारीमा झरेको उनले बताए ।
पुनर्कर्जा मार्फत केन्द्रिय बैंकबाट बैंक तथा वित्तीय कम्पनीले २५ अर्ब रुपैयाँ लिएपछि अन्तर बैंक व्याज दर अझ घट्ने अनुमान बैंकरको छ । बैंकरहरुले केही साता अघि तरलता अवस्था सहज गर्न एकैचोटी पुनर्कर्जा माग गर्ने सहमति गरेका थिए । ुसबैले कर्जा पाएपछि तरलता सहज भइ बैंकहरु कर्जा दिन पन सक्षम हुनेछन्ु एक बैंकका प्रमुख कार्यकारी अधिकृतले भने ।
तरलता अभाव हुनुको मूख्य कारण बैंकहरुले संकलन गर्ने निक्षेपमा आएको कमी नै हो । केन्द्रिय बैंकका अनुसार गत पुस मसान्तमा वाणिज्य बैंकहरुले ५ खर्ब ८७ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए । बैंकहरुले प्रकाशित गरेको चैतसम्मको वित्तीय विवरणमा कुल निक्षेप पुसकोभन्दा दुई अर्व रुपैयाँले घटेर ५ खर्ब ८५ अर्ब रुपैयाँमा झरेको छ । जेठ पहिलो सातासम्म पनि निक्षेप चैत मसान्तकै जति छ ।
दशैताका भएको नोट अभावले बैंकले चाहेको बेला पैसा दिनसक्दैन भन्ने गलत सन्देश सर्वसाधारणमा गएकाले निक्षेप वढ्न नसकेको एक बैंकरले जानकारी दिए । ुनोट अभावपछि नै निक्षेप वढ्न सकेको छैनु ती बैंकरले भने ु१० लाख रुपैयाँभन्दा वढी बैंकमा राख्दा त्यसको स्रोत खुलाउनु पर्ने व्यवस्थाबाट पनि बैंकमा पैसा राख्ने घटे ।ु

No comments:

Post a Comment

thanks for comment