सनराइज विवाद मिल्यो

काठमाडौं साउन ६
राष्ट्र बैंकले व्यवस्थापन हस्तक्षेप गर्ने चेतावनी दिएपछि सनराइज बैंकको साचालक विवाद बिहीवार मिलेको छ । विशेषज्ञ साचालक कसलाई नियुक्त गर्ने विषयमा ८ सदस्यीय साचालक समितिमा विवाद भएको थियो ।Kindle DX Wireless Reading Device, Free 3G, 9.7" Display, Graphite, 3G Works Globally – Latest Generation

ुसबै विवाद मिलिसकेको छु बैंकका अध्यक्ष तोलाराम दुगडले बिहीवार नागरिकसँग भने ुअबदेखि जनुसुकै निर्णय सर्वसम्मतिले गर्ने सहमति भएको छ ।ु विशेषज्ञ साचालक नियुक्ति केही समयलाई स्थगित गरिएको उनले जानकारी दिए । विवाद मिलेलगत्तै बैंकका सात सदस्यले संयुक्त रुपमा पत्रकार सम्मेलनसमेत गरेका थिए । साचालक श्रीनिवास सारडा विराटनगरमा भएकाले अनुपस्थित थिए ।

बैंकको विवाद सार्वजनिक भएपछि १५ करोड रुपैयाँ निक्षेप सर्वसाधारणले फिर्ता लगिसकेका छन् । ुअलिकति पैसा फिर्ता गएको छु दुगडले भने ुविवाद मिलिसक्यो अब बैंकको निक्षेप बढ्छ ।ु बैंकले गत आर्थिक बर्षसम्म १५ अर्बभन्दा वढी निक्षेप संकलन गरेको थियो । ुबैंकका मध्यम स्तरका ग्राहकले निक्षेप झिकेका हुन्ु बैंकका डेपुटी महाप्रबन्धक वलराम श्रेष्ठले भने ुविवाद सार्वजनिक भएर वा अन्य कारणले पनि निक्षेप झिकिएको हुनसक्छ ।ु

निक्षेप वाहिरिन थालेपछि बैंकले बिहीवार एक सार्वजनिक सुचना जारी गर्दै बैंकको आर्थिक अवस्था अत्यन्त सवल भएको र व्यवस्थापन बैंकलाई अविछिन्न साचालन गर्न सक्षम रहेको जनाएको थियो ।

विवाद मिलेलगत्तै राष्ट्र बैंकलाई जानकारी गराइसकिएको दुगडले बताए । ुसबैको मत मिलिसकेको छु बैंकका महाप्रबन्धक सुमन न्यौपानेले नागरिकसँग भने ुअब राष्ट्र बैंकले व्यवस्थापन लिँदैन ।ु उनले विशेषज्ञ साचालक निष्चित मापदण्ड तोकेर नियुक्त गरिने निर्णय भएको जानकारी दिए । राष्ट्र बैंकले विवाद नमिले व्यवस्थापनमा हस्तक्षेप गर्ने जनाएको थियो ।

विवादले गर्दा साचालकको वैठक हुन नसक्दा बैंक कर्मचारीको वोनस वढुवा तलव वृद्धिजस्ता विषयमा निर्णय हुन सकेको थिएन । ुअब एक दुई दिनमा बैठक बस्छु श्रेष्ठले भने ुवैठकमा यि विषयका बारेमा पनि टुङ्गो लाग्छ ।ु

केही सयमदेखि बैंकको रिक्त रहेको विशेषज्ञ साचालकमा शंकरप्रसाद दाहाल वा महेन्द्रनाथ कर्माचार्यलाई नियुक्त गर्ने विषयमा विवाद भएको थियो । साचालक समितिका अध्यक्ष तोलाराम दुगड बच्छराज तातेड मोतीलाल दुगड र श्रीनिवास सारडा साचालकमा दाहाललाई नियुक्त गर्नु पर्ने पक्षमा थिए । बाँकी सदस्य श्रवण गोयल भोगेन्द्र गुरागाई हिक्मत माली र सुरेशकुमार बस्नेत कर्माचार्यलाई नियुक्त गर्ने पक्षमा थिए । दाहाल र कर्माचार्य दुवै राष्ट्रिय वाणिज्य बैंकका पूर्वकर्मचारी हुन् ।

केही समयअघिको विवादमा अध्यक्ष दुगडले आफ्नो पदबाट राजिनामासमेत गरेका थिए । पछि साचालकहरुले राजिनामा अस्वीकार गरेपछि उनी त्यसबाट पछिहटेका थिए । ३३ महिनाअघि साचालनमा आएको बैंकमा यसअघि विवाद हुँदा तत्कालिन प्रमुख कार्यकारी अधिकृत किशोर महर्जनले बैंक नै छाडेका थिए ।

पुनर्बिमाका लागि ९० करोड विदेशमा

सुदर्शन सापकोटा
काठमाडौं साउन ४

नेपालमा पुनर्बिमा कम्पनी नहुँदा यसका लागि बार्षिक करिव ९० करोड रुपैयाँ विदेशीने गरेको छ । ुजीवन र गैरजीवन गरेर बार्षिक ९० करोड रुपैयाँ पुनर्बिमाका लागि वाहिरिने गरेको छु एसियन लाइफ इन्स्योरेन्स कम्पनीका प्रबन्ध निर्देशक तथा बिमक संघका उपाध्यक्ष रमेशकुमार भट्टराईले वुधवार नागरिकसँग भने ।
बिमा कम्पनीले आफूले धारण गर्ने जोखिमभन्दा वढी भएमा यसको पुनर्बिमा गराउनु पर्ने हुन्छ । साचालनमा रहेका २५ बिमा कम्पनीहरुले पि्रमियमका रुपमा यो रकम वाहिर पठाउने गरेका हुन् ।
देशमै पुनर्बिमा कम्पनी साचालनमा आए वाहिर जाने रकममध्ये ६० प्रतिशत रोकिने बिमा क्षेत्रका विज्ञहरुले बताएका छन्् । ुपुनर्बिमाका लागि वाहिरिने ६० प्रतिशत रकम रोकिन्छु राष्ट्रिय बिमा संस्थानका मूख्य प्रशासक विनोद अर्यालले नागरिकसँग भने ।
पुनर्बिमाका लागि ठूलो रकम वाहिरिन थालेकाले नयाँ बिमा ऐनको मस्यौदामा पनि पुनर्बिमाको व्यवस्था गरिएको छ । सरकारी स्वामित्वको राष्ट्रिय बिमा संस्थानले पुनर्बिमा कम्पनी खोल्न सकिने जनाइसकेको छ ।
ुदेशमा नै पुनर्बिमा कम्पनी खोल्ने बेला भइसक्योु बिमा समितिका अध्यक्ष फत्तवहादुर केसीले नागरिकसँग भने ।
राष्ट्रिय बिमा संस्थानका अर्यालले पुनर्बिमाका लागि आवश्यक रकम कम्पनीसँग भएकाले खोल्न सकिने जानकारी दिए । ुयसका लागि कम्पनीको सम्पति पर्याप्त छु उनले भने ुपुनर्बिमा कम्पनीमा जान सकिन्छ ।ु
पुनर्बिमाका लागि गैरजीवन बिमा कम्पनीबाट कुल पि्रमियम संकलनको ९८ प्रतिशत रकम वाहिरिने गरेको छ । जीवन बिमा कम्पनीको पनि २० प्रतिशतको हाराहारीमा पैसा वाहिर जानेगरेको छ । ुपुनर्बिमा कम्पनी देशभित्रै खुलेपनि वाहिर जाने सबै रकम रोकिन्छ भन्ने होइनु केसीले भने ुवाहिर जाने रकममा धेरै कमी आउँछ ।ु
छलफलका लागि अर्थमन्त्रालय पुगेको नयाँ बिमा ऐन लागू भएमा नेपालमा पनि पुनर्बिमा कम्पनी स्थापना गर्न सकिन्छ । ुसम्पतिका हिसावले पुनर्बिमा कम्पनीमा जान सक्ने अवस्था छु अर्यालले भने ुयस्तो कम्पनी खोल्न सकिएमा पुनर्बिमाका लागि वाहिर जाने पैसा मध्ये ६० प्रतिशत रोकिन्छ ।ु पुनर्बिमा कम्पनी हालसम्म नभएकाले ६० प्रतिशत रोक्नसक्नु पनि सफलता हुने उनले बताए । संस्थानको कुल सम्पति १२ अर्ब ४८ करोड रुपैयाँ छ । नेटवर्थ १० अर्ब ६० करोड रुपैयाँ रहेको अर्यालले जानकारी दिए ।
ुसानो आकारमा भएपनि कम्पनी खुलेमा देशभित्रै पुनर्बिमाको थालनी हुन्छु केसीले भने ुदेशभित्रै खुल्नु भनेको पुनर्बिमा विदेशमा गर्नु हुन्न भन्ने पनि होइन ।ु अहिलेसम्म पुनर्बिमा कम्पनी देशभित्र खुल्न नसक्दा भअधिकांसले जोखिम बहनका लागि भारतमा आफ्नो दायित्वको बिमा गराउँदै आएका छन् ।
पुनर्बिमा कम्पनीले जीवन तथा गैरजीवन दुबै किसिमको बिमा गर्न सक्छन् । पुर्निर्बमा गर्ने कम्पनीले अन्य मुलुकमा दर्ता भएका साधारण बिमा कम्पनीको पनि बिमा गर्न सक्छन् । यस्तो बिमा गर्नेले आफ्नो नेट वर्थको आधारमा जोखिम स्वीकार गर्नु पर्ने हुन्छ ।
ुपुनर्बिमा कम्पनी देशभित्रै खुल्नु आवश्यक भइसकेको छु गुँरास लाइफ इन्स्योरेन्स कम्पनीका डेपुटी महाप्रबन्धक रमेश लम्सालले मंगलवार नागरिकसँग भने ुयसका लागि एक्लै दुक्लै जानुभन्दा साझेदारीमा जाँदा ठूलो दायित्व पनि वहन गर्न सकिन्छ ।ु उनले पुनर्बिमा कम्पनी खुलेमा देसबाट वाहिरिने ठूलो रकम रोकिने जानकारी दिँदै यसबाट नेपाली अर्थतन्त्रलाई नै फाइदा पुग्ने बताए ।
एसियन लाइफ इन्स्योरेन्स कम्पनीका प्रबन्ध निर्देशक तथा नेपाल बिमक संघका उपाध्यक्ष रमेशकुमार भट्टराईले ९० करोडका लागि मात्र पुनर्बिमा कम्पनी खोलिए त्यसले दीर्घकालिन व्यवसाय गर्न नसक्ने बताए । उनले बिमा कम्पनी सरकार बैंक तथा वित्तीय कम्पनी र विदेशी साझेदारको संयुक्त लगानीमा कम्पनी खोलेमा स्वदेशी र विदेशी दुवैको पुनर्बिमा गर्न सकिने बताए । ुदेशभित्रको मात्र पुनर्बिमा गरेर कम्पनी अघि वढ्न कठिन हुन्छु उनले भने ुविदेशी कम्पनीको पनि पुनर्बिमा गर्न सकिने गरी कम्पनी खोल्नु पर्छ ।ु
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार भट्टराईले अहिलेकै अवस्थामा पुनर्बिमा कम्पनीमा जान नसकिने बताए । ुसबै कम्पनीको जोखिमभार नेपाली कम्पनीले वहन गर्न सक्दैनन्ु उनले भने ुयसमा सरकारी सहयोग पनि आवश्यक हुन्छ ।ु
पुनर्बिमा सम्वन्धि व्यवस्था जस्ताको त्यस्तै पास भएपनि ठूलो पुँजीमा कम्पनी खोल्नु पर्ने हुँदा निजी क्षेत्र यसका लागि तयार हुन नसक्ने उनले बताए । ुठूलो पुँजी भएका पुनर्बिमा कम्पनी टाँट पल्टेका धेरै उदाहरण छन्ु उनले भने ुथोरै पुँजीमा खुलेको कम्पनीमा एकैचोटी ठूलो दावी भुक्तानी परेमा त्यो राफसाफ गर्न सक्ने अवस्था रहँदैन ।ु

निक्षेप संकलन ६ खर्ब नाघ्यो

काठमाडौं, साउन ४ -
सात वर्षदेखि लेखा परीक्षण हुन सकेको छैन। २२ वर्षदेखि एकै पुस्ताका कर्मचारी, जसले चाँडै अवकास पाउँदैछन्।
बजार प्रबर्द्धन शून्य। राष्ट्रिय बिमा संस्थानका विशेषता हुन्।
करिब एक महिनाअघि कम्पनीको मुख्य प्रशासकमा नियुक्त भएका विनोद अर्यालका अगाडि यी समस्यालाई चिरेर जानु पर्ने चुनौती छन्। उनले कार्यालय छिरेको एक सातामा नै कर्मचारीको हाजिर विद्युतीय प्रणालीबाट हुने व्यवस्था मिलाए। सात वर्षदेखि हुन नसकेको लेखा परीक्षण धमाधम गराउन थालेका छन्।
'लेखा परीक्षण नभएकाले कति पैसा कहाँ छ भन्ने पनि थाहा छैन,' उनले भने। लेखा परीक्षणका लागि मात्र २२ जना कर्मचारी काममा लगाइसकेका उनले २०६०/६१ को लेखा परीक्षण् तयार पारिसके। २०६१/६२ को साउनमा सक्दैछन्। २०६२/६३ को दसैसम्म सक्ने गरी काम गरिरहेका छन्। 'लेखा परीक्षण सकेपछि वार्षिक साधारणसभा गराउने सोचाइ छ,' उनले नागरिकसँग भने।
लेखा परीक्षणका लागि तीन चार्टर्ड एकाउन्टेट (सिए) नियुक्त गर्ने तयारी गरिरहेको उनले जानकारी दिए। 'हामीले पारदर्शी हुन जरुरी छ,' अर्यालले भने, 'साधन स्रोतलाई सही ढंगले परिचालन गर्नका लागि पनि यो आवश्यक छ।' उनले कम्पनीको ६५ करोड रुपैयाँ चल्ती खाता र नगदकै रुपमा रहेको बताए। यो रकमबाट कम्पनीले कुनै प्रतिफल पाउन सक्दैन।
२०४५ सालबाट नयाँ कर्मचारी नियुक्त नभएका कारण अधिकांश कर्मचारी अवकास योग्य भइसकेका छन्। 'जागिरे मानसिकता' बाट संस्थान छिरेका कर्मचारी प्रविधिमैत्री पनि छैनन्। भएका कर्मचारीलाई सूचना-प्रविधिसँग अभ्यस्त बनाउँदै नयाँ कर्मचारीलाई संस्थान छिराउनु उनका लागि अर्को चुनौती हो। 'कर्मचारी नियुक्त नहुँदा नयाँले स्थान पाउन सकेका छैनन्,' अर्यालले भने, 'यसका लागि २६ जना अधिकृत दशैंअघि नियुक्त गरिसक्ने योजना छ।' ३० कर्मचारी करारमा नियुक्त गरिसकेको उनले बताए।
कर्मचारीलाई साधान स्रोत सम्पन्न गराउन कम्पनीसँग आवश्यक सम्पति भएको बताउँदै उनले कम्प्युटर तालिम दिन थालेको जानकारी दिए। गैर-जीवन बिमाका लागि तलिम आयोजना गरिसकेको जानकारी दिँदै उनले जीवन बिमा सम्बन्धि तालिम चाँडै दिने बताए।
सञ्चालनमा रहेका अन्य नौं बिमा कम्पनीमध्ये ग्राहकलाई अधिकतम ६५ प्रतिशत बोनस उपलब्ध गराउँदै आएको कम्पनीले प्रतिस्पर्धि बिमा योजना ल्याउन सकेको छैन। परम्परागत सेवाबाट नै व्यवसाय चलाउँदैछ। 'अब हामी नयाँ बिमा योजनासहित बजार प्रबर्द्धनमा पनि जाँदैछौं,' अर्यालले भने,'योजना बिमा समितिबाट पारित गराएर ल्याउनु पर्ने भएकाले ढिला भएको हो।'
अर्यालले कृषि र शैक्षिक बिमा योजनाको तयारी भइरहको बताए। भएका र नयाँ सेवाको बजार प्रबर्द्धन गर्न सञ्चार माध्यममार्फत प्रचारप्रसारमा जाने तयारी भइरहेको पनि उनले जानकारी दिए।
सरकारी बिमा कम्पनी भएर मात्र अहिलेसम्म बजारमा टिक्न सकेको उनले बताए। 'यही बललाई प्रयोग गरेर कम्पनी अगाडि बढाउँछु,' उनले भने, 'जीवन बिमामा ३ लाख ५ हजार ग्राहक हाम्रो बजार प्रबर्द्धनले होइन, सरकारी 'फ्लेवर' ले गर्दा ग्राहकले भएका हुन्।'
उनले बिमा दाबी राफसाफलाई चुस्त बनाएर लैजाने बताए। 'वार्षिक ९८ करोड रुपैयाँ बराबरको बिमा दावी राफसाफ गर्न सकियो भने पनि यो हाम्रो लागि राम्रो बजार प्रबर्द्धन हुन्छ,' अर्यालले भने। उनले बिमा विस्तारका लागि यो वर्ष १ हजार अभिकर्ता थप्ने जानकारी दिए। कम्पनीको व्यवसाय विस्तार १२ देखि १५ प्रतिशतको हाराहारीमा भइरहेको उनले जानकारी दिए। यसमा जीवनको ७५ र गैरजीवन बिमाको २५ प्रतिशत हिस्सा छ। 'बिमा बजारमा हाम्रो हिस्सा ४० प्रतिशत छ,' उनले भने।
उनले विराटनगर, वीरगन्ज र भैरहवामा क्षेत्रीय कार्यालय खोलेर व्यापार विस्तार गर्ने योजना सुनाए। अहिलेसम्म संस्थान बजार प्रवर्द्धनले गरेर होइन ग्राहकले माया गरेर यहाँसम्म आइपुगेको हो। 'अहिले हाम्रो ४० प्रतिशत बजार हिस्सा छ। दुई वर्ष यहाँ बसे भने यसलाई ७० प्रतिशत पुर्‍याउँछु, ' उनले भने।
बिमा समितिले त्रैमासिक रुपमा सार्वजनिक गर्नु भनेको वित्तीय विवरण प्रकाशित नगरेर अटेरी गर्दै आएको संस्थानले समितिका निर्देशन मानेर अगाडि बढ्ने जनाएको छ। 'समितिभन्दा संस्थान पहिले स्थापना भएकाले किन मान्नु पर्‍यो र' भन्ने केही कर्मचारी मानसिकता हाबी हुँदा अटेरी बनेको संस्थान नियमन निकायलाई मानेर जाने वातावरण बनाउने पक्षमा पनि अर्याल छन्। 'नियमन निकाय भनेको अभिभावक हो,' उनले भने, 'समितिलाई मानेर अगाडि जानुपर्छ।'
बिमा ऐन अनुसार एकै कम्पनीले जीवन र गैरजीवन बिमा कारोवार गर्न पाउँदैन। तर संस्थानले यो छुट पाउँदै आएको छ। दुवै व्यवसाय गर्दै आएका केही कम्पनीलाई समितिले ऐन अनुसार छुट्याइ पनि सकेको छ। तर संस्थानलाई चलाउन सकेको छैन। 'जीवन र गैरजीवन दुवै बिमा गर्दै आएकाले यसलाई छुट्याएर लैजाने योजना छ,' अर्यालले भने, 'लेखा परीक्षण सकेपछि यो काममा हात हाल्छु।'
माथिल्लो तामाकोशीमा २ अर्ब लगानी गर्ने प्रतिबद्धता जनाएको संस्थानको कुल सम्पति १२ अर्ब ४८ करोड रुपैयाँ छ। नेटवर्थ १० अर्ब ६० करोड छ।
उनले थोरै कर्मचारीबाट ग्राहकलाई छिटो छरितो सेवा दिन सरकारी बैंकसँग मिलेर प्रिमियम उठाउने ब्यवस्था मिलाउने तयारी गरिरहेको जानकारी दिए। कम्पनीले अहिले कृषि विकास बैंकसँग मिलेर काठमाडौंको प्रिमियम संकलन गरिरहेको छ। अरु ठाउँमा पनि बैंकको माध्यमबाट प्रिमियम संकलन गर्ने तयारी भइरहेको उनले बताए। 'यसो हुँदा बैंकका कर्मचारी प्रयोग गरेर काम लिन सकिन्छ,' उनले भने, 'हाम्रा कर्मचारीले कागज झिकेर दिए पुग्छ।'

निक्षेप संकलन ६ खर्ब नाघ्यो

नागरिक संवाददाता
काठमाडौं साउन २
वाणिज्य बैंकको निक्षेप संकलन वढेको छ । गत असार २५ सम्मको तथ्यांक अनुसार बैंकहरुले ६ खर्ब ४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । बैंकहरुको नपरिस्कृत वित्तीय विवरण आउँदासम्म निक्षेप थप बढ्ने बैंकस्रले बताए ।
असार १८ सम्मको तुलनामा निक्षेप ९ अर्बले बढेको छ । दुई महिनाअघि निक्षेप ५ खर्ब ८५ अर्ब रुपैयाँ संकलन भएको थियो । ुब्याज दर बृद्धिको असर निक्षेप संकलमा परेको होु राष्ट्र बैंकका गभर्नर युवराज खतिवडाले भने ।
ुन्युन दरले मात्र निक्षेप बढेको छु एक बैंकका प्रमुख कार्यकारी अधिकृतले भने ुग्राहकको आत्मविश्वास बैंकप्रति वढेर वृद्धि भएको हो ।ु उनले सरकारी खर्चमा भएको वृद्धिले पनि बैंकको निक्षेप वढेको जानकारी दिए ।
राष्ट्र बैंकका अनुसार असार २५ सम्म संकलन भएको निक्षेप हेर्दा व्याज वढी दिने बैंकको बचत वढेको छ । अहिले सिटिजन्स बैंक अफ एसिया नेपाल बैंक अफ काठमाण्डू सिद्धार्थ एनएमबीलगायतका बैंकले वढी व्याज दिइरहेका छन् । यी बैंकको तुलनामा कम व्याज भएका ठूला र पुराना बैंकको निक्षेप संकलनमा भने सुधार आउन नसकेको राष्ट्र बैंकका एक अधिकारीले जानकारी दिए ।
राष्ट्र बैंकका प्रबक्ता गोपाल काफ्लेले बैंकभन्दा गैरबैंकिङ कारोवार बढेर निक्षेप संकलनको वृद्धिदर घटेको जानकारी दिए । उनले पहिलेको तुलनामा अहिले निक्षेप झिक्ने क्रम घटेको बताए । ुबैंकिङ क्षेत्रमा विश्वासको वातावरण वढाउनु आवश्यक छु उनले भने ुव्याजदर वृद्धिले मात्र निक्षेप वढ्दैन ।ु
बैंकहरुले तरलता अभाव सुरु भएयता तीन पटकसम्म निक्षेपको व्याजदर वढाइसकेका छन् । व्याजदरमा परम्परागत देखिएका नेपाल बैंक स्ट्यान्डर्ड चार्टर्ड राष्ट्रिय वाणिज्य नेपाल इन्भेष्टमेन्ट बैंकले पनि नयाँ आएका बैंकको हाराहारीमा नै व्याज दिन थालेका छन् । तर पनि व्याजदर बृद्धिको हिसावमा निक्षेप बढ्न सकेको छैन ।
दशैं तिहारमा भएको नोट अभावपछि बैंकहरुले सर्वसाधारणको विश्वास गुमाएको तथा १० लाख रुपैयाँभन्दा वढीको बैंक कारोवारमा स्रोत खुलाउनु पर्ने व्यवस्थाले निक्षेप घटेको बैंकरहरुको भनाइ छ । सर्वसाधारणमा पैसा आफैसँग राख्ने प्रवृति दशैमा भएको नोट अभावपछि वढेकाले जति व्याज वढाउँदा पनि त्यसको अनुपातमा निक्षेप वढ्न नसकेको एक बैंकका प्रमुख कार्यकारी अधिकृतले बताए ।
अहिले कर्जा प्रवाहमा सामान्य सुधार आएको छ । चैतसम्म प्रवाह भएको कर्जा असार पहिलो सातासम्म आइपुग्दा १० अर्बले कर्जा वढेको छ । चैतमा बैंकले ४ खर्ब ६६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । पुसको तुलनामा यो २ अर्बले मात्र वढी हो ।
ुनिक्षेप नवढी कर्जा प्रवाहमा सुधार आउँदैनु लक्ष्मी बैंकका जोशीले भने । अहिले कर्जाको माग नभएको सनराइज बैंकका महाप्रबन्धक सुमन न्यौपानेले बताए ।
असार तेस्रो सातासम्म बैंकहरुले ४ खर्ब ६६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यसको एक साताअघिको तुलनामा कर्जा प्रवाह २ अर्बले बढेको हो । बैंकहरुको कर्जा-निक्षेप अनुपात वढेकाले कर्जा अपेक्षकृत रुपमा बढ्न नसकेको हो । दुई महिनाअघिको तुलनामा भने कर्जा प्रवाह ४ अर्ब रुपैयाँले घटेको छ । आर्थिक बर्ष समाप्ति हुँदा बैंकले नयाँ कर्जा प्रवाह बन्द गरेर पुरानो पनि उठाउने भएकाले घटेको हो ।

खाताबन्दी

सुदर्शन सापकोटा,
काठमाडौं, साउन १ -
शुक्रबारको दिन भएर पनि डिसिबिएल बैंककी सहायक व्यवस्थापक डिना चित्रकार अफिसबाट छिट्टै फुत्किन पाइनन्। वाणिज्य बैंकहरूले बैंकिङ कारोबार पनि बन्दै गरेका थिए। तैपनि उनी अरू दिनभन्दा व्यस्त हुनुपर्‍यो।

शुक्रबार, असार मसान्त। नेपालको आर्थिक पात्रोअनुसार वर्षको यो अन्तिम दिन सबैं बैंक, वित्तीय संस्था र सार्वजनिक तथा निजी कम्पनीहरूले आफ्नो हरहिसाब मिलान गर्ने दिन हो। आज शनिबारदेखि आर्थिक पात्रो नयाँ वर्षमा प्रवेश गर्छ। व्यवसायीहरू त्यही भएर अघिल्लो दिनै बितेको वर्षका सबै लिनेदिने हिसाब फरफारक गरेर नयाँ खाता तयार पार्छन्। डिनाको व्यस्तताको कारण यही हो।

'असार मसान्तको दिन सधैं यस्तै हो,' १० वर्षदेखि यही कम्पनीमा काम गरिरहेकी उनी भन्छिन्, 'अरू बेला भइदिएको भए शुक्रबार तीन बजे बैंक बन्द भइसक्थ्यो। असार मसान्त परेकाले वर्षभरिको हिसाब मिलान नगरी छुट्टी पाइन्न। कम्तिमा ८ बज्छ।'

सबैं बैंकका शाखामा शुक्रबार यसैगरी बित्यो। नेपाल बंगलादेश बैंकले सन्ध्याकालीन काउन्टर बन्द गरेको सूचना प्रकाशित गरेको थियो। अधिकांशले यस्तो सूचना नदिए पनि सामान्य बैंकिङ कारोबारबाहेक ग्राहकसँग प्रत्यक्ष कारोबार गरेनन्। कर्जा प्रवाहको काम त एक महिनादेखि नै बन्द भइसक्यो।

मसान्तको दिन सहजै हिसाब मिलान भए उनीहरूले समयमै छुट्टी पाउँछन्। नभए एक पैसाको हिसाब नमिल्दा पनि रातभर जाग्राम बसेर मिलाएकै हुनुपर्छ। खासगरी यसले बैंकको कर्जा विभाग, लेखा, सञ्चालन, सूचना प्रविधि र प्रतीतपत्र विभागमा बढी चाप पर्छ। शुक्रबार पुतलीसडकको काठमाडौं प्लाजास्थित डिसिबिएलको प्रधान कार्यालय पुग्दा त्यहाँका कर्मचारी यो वर्षभित्र उठाइसक्नुपर्ने कर्जा र त्यसको ब्याजका लागि ताकेता गर्दै ग्राहकलाई फोन गर्न व्यस्त थिए। कोही घडी हेर्दै कर्जा तिर्न आउने ग्राहकको बाटो कुरेर बसेका थिए।

'आउँछु भनेका ऋणी नआउन्जेल पर्खनैपर्छ,' बैंकका सुपरिवेक्षक चारु प्रधान भन्छिन्, 'उनीहरूले तिरेर गएपछि पनि हामी हिसाब मिलान नगरी घर फर्कन पाउँनौं।'

डिसिबिएलका प्रमुख कार्यकारी सुधिर खत्रीका अनुसार तोकिएको कर्जा र ब्याज नउठे त्यो रकम अर्को वर्ष बक्यौताका रूपमा सर्छ। त्यो रकम बराबर सम्भावित नोक्सानीको व्यवस्था गर्नुपर्ने हुन्छ। 'यसले बैंकको नाफामा सोझै असर पार्ने हुँदा हामी भरसक मसान्तभित्रै तोकिएको हद पूरा गर्न कुनै कसर छोड्दैनौं,' खत्रीले भने, 'आज बैंकको कर्जा उठे वासलात राम्रो देखिन्छ।'

आफ्नो अफिस कोठामा झन्डै आधा घन्टा नागरिकसँग कुराकानी गर्दा उनलाई दर्जनौं फाइल सही गर्न चापाचाप थियो। उनका अनुसार बैंकका लागि असार मसान्त एकदमै गाह्रो र व्यस्त दिन हो।

कतिपय संस्थामा त नयाँ वर्षको उत्सव मनाएजस्तै आर्थिक वर्ष सुरु भएको खुसीमा भोज खाने चलन पनि छ।

सिंहदरबार प्लाजास्थित नेपालको एकमात्र पुँजी बजार स्टक एक्स्चेन्जमा त्यस्तै भयो। एक्सचेन्जले शुक्रबार ३ बजेतिर हिसाबमिलान सकेपछि कर्मचारीलाई क्याटरिङसहितको भोज खुवाएको थियो।

आर्थिक वर्षको मैझारो निजी क्षेत्रका उद्योगधन्दामा पनि देखियो। गोल्छा समूहका अध्यक्ष दिवाकर गोल्छाले वर्षको अन्तिम दिन भएकाले हिसाब मिलानमा व्यस्त रहनुपरेको बताए। 'यो वर्ष कुनै काम रोकिए अर्को वर्षको नयाँ खातामा हिसाब पेन्डिङ देखिने हुँदा जसरी भए पनि आजै भ्याउँछौं,' उनले भने।

उद्योग वाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशीको नेपाल इकरात इन्जिनियरिङमा पनि शुक्रबार असार मसान्तको चटारो थियो। 'वर्षभरिको ग्राहक इन्क्वाइरी, भुक्तानी, माग र वितरणसम्बन्धी हिसाब मिलान गर्नुपर्छ,' विद्युतीय ट्रान्सफर्मर उत्पादन गर्ने कम्पनी इकरातकी बजार प्रमुख शर्मिला सुब्बाले भनिन्।

चलन थरिथरिका

विधिवत् खाताबन्दी असार मसान्तमा हुने भए पनि कतिपय व्यापारिक समुदायले लक्ष्मीपूजालाई पनि हिसाबकिताब फरफारक गर्ने दिनका रूपमा लिन्छन्।

खेतान समूहका अध्यक्ष राजेन्द्र खेतानका अनुसार मारवाडी समुदायले लक्ष्मीपूजालाई हिसाब मिलान गर्ने दिनका रूपमा लिँदै आएका थिए। मारवाडी समुदायमा रोकड प्रणालीअनुसार हिसाब राख्ने चलन छ। जसमा सबै किसिमका हिसाब एउटै रजिष्टर्डमा राखिन्छ। तर, पछिल्लो समय यो परम्परा हराउँदै गएको खेतान बताउँछन्।

'रोकड प्रणाली भएको बेला लक्ष्मीपूजाको दिन पुर्ख्यौली घरमा भेला भएर पुरानो खाता बन्द गरी नयाँ सुरु गर्ने चलन थियो,' उनले भने, 'अहिले यो प्रणाली छैन। तैपनि, हामी लक्ष्मीपूजामा पुर्ख्यौली घरमा भेला हुन्छौं। पुरानो रजिष्टर्ड, पैसा राख्ने सन्दुक, कपडा काट्ने कैंची, कपडा नाप्ने फित्ताको पूजा गर्छौं।'

पहिले प्रोप्राइटरसिपमा चलेका निजी उद्योग व्यवसाय आर्थिक उदारीकरणसँगै पब्लिक लिमिटेड र प्राइभेट लिमिटेड कम्पनीका रूपमा परिणत भएकाले रोकड प्रणाली हराएको हो। त्यससँगै खाताबन्दीको तिथि लक्ष्मीपूजाबाट असार मसान्तमै सरिसकेको छ। भारतका मारवाडी समुदायले भने अझै लक्ष्मीपूजाकै दिन नयाँ खाता सुरु गर्छन्।

'उदारीकरणको लहरलाई त मान्नैपर्‍यो,' खेतानले भने, 'अब हामी पनि असार मसान्तमै पुरानो खाता 'क्लोज' गरेर नयाँ सुरु गर्छौ। असार १५ गतेतिर नयाँ आर्थिक वर्षका लागि आन्तरिक बजेट ल्याउने चलन पनि छ।'

थकालीहरू भने आज पनि श्रीपञ्चमीको दिनलाई नयाँ आर्थिक वर्षको सुरुवातका रूपमा लिन्छन्। गाउँघरतिर अझै यही दिनबाट नयाँ आर्थिक कारोबार सुरु गर्ने चलन छ। धेरैजसोले ऋण दिँदा श्रीपञ्चमीकै भाखा राखेका हुन्छन्। कायस्थ समुदायमा भने कागतिहारको दिनलाई आर्थिक वर्षको सुरुवात मानिन्छ।


उदारीकरणको असर
आर्थिक उदारीकरणसँगै नेपाली कम्पनीहरू विभिन्न बहुराष्ट्रिय कम्पनीसँग आबद्ध हुँदै गएका छन्। र, त्यससँगै नेपालको असार मसान्तको महत्व पहिलेभन्दा कम हुँदै गएको छ।

वाणिज्य बैंकहरूकै कुरा गर्दा विधिवत् खाताबन्दी असार मसान्तमा भए पनि कतिपय हिसाबकिताब अंग्रेजी पात्रोअनुसार डिसेम्बर अन्तमै हुन्छ। अधिकांश वाणिज्य बैंकको कुनै न कुनै बहुराष्ट्रिय बैंकसँग सम्बन्ध रहेकाले उनीहरूसँग तालमेल मिलाउन यसो गर्नुपरेको हो। संयुक्त राष्ट्र संघले नयाँ आर्थिक वर्ष सुरु हुने दिन जनवरी १ लाई मान्छ।

भारतीय कम्पनीसँग आबद्ध कतिपय क्षेत्रमा भने मार्च अन्तिममा खाता बन्द गर्नुपर्ने अवस्था छ। यसको उदाहरण बिमा कम्पनी हो। यहाँका अधिकांश बिमा कम्पनीले भारतको जनरल इन्स्योरेन्स कर्पोरेसन (जिआइसी) मा पुनर्बिमा गराउने हुँदा उताको आर्थिक वर्षसँग सामञ्जस्य राख्न मार्च अन्तिममै हिसाब फरफारक गर्नुपर्ने खेतानले बताए।


आर्थिक वर्षको थालनी
नेपालमा नीति तथा कार्यक्रमसहित आर्थिक वर्षको बजेट ल्याउने चलन २००७ सालबाट सुरु भएको हो। यस आधारमा नेपालको पहिलो आर्थिक वर्ष २००७/८ हुन आउँछ। तत्कालीन राणा प्रधानमन्त्री मोहनशमशेरले सुरु गरेको यही आर्थिक वर्षलाई आजसम्म आधिकारिक मनिँदै आएको छ। त्यो बजेट पनि साउन १ देखि नै लागू हुनेगरी आएको थियो।

साउन १ देखि असार मसान्तसम्मलाई आर्थिक वर्षका रूपमा गणना गर्ने परम्परा कसरी चल्यो भन्ने यकिन जानकारी कसैसँग छैन।

अर्थशास्त्री विश्वम्भर प्याकुरेलले कृषिमा आधारित अर्थतन्त्र भएकाले नेपालमा साउनबाट आर्थिक वर्ष सुरु भएको हुनसक्ने बताए। उनका अनुसार बर्खा लागेपछि खेतीपातीको काम सुरु हुन्छ। यसको चक्र असारसम्म चल्ने भएकाले साउन १ बाट आर्थिक वर्ष मान्न थालिएको हो। यसमा कुनै वैज्ञानिक आधार भने नभएको उनले जानकारी दिए।

अर्का अर्थशास्त्री भोला चालिसे धार्मिक आधारमा आर्थिक वर्षको तिथि तोकिएको हुनसक्ने बताउँछन्। उनका अनुसार साउन १ देखि सूर्य उत्तर दिशाबाट दक्षिणतिर लाग्छ। त्यो दिनदेखि हिन्दु धर्ममा दक्षिरायाण सुरु भएको मानिन्छ।

संयोगै भए पनि साउन १ देखि आर्थिक वर्ष सुरु हुने चलनले नेपाललाई सीमावर्ति भारतका आर्थिक नीतिको असर मूल्यांकन गरेर त्यसैअनुसार कार्यक्रम ल्याउन भने सजिलो बनाएको छ। खुला सीमा भएकाले बजार मूल्य वृद्धिदेखि अर्थतन्त्रका धेरै आधार भारतीय नीतिसँग गाँसिएका छन्। भारतको आर्थिक वर्ष नेपालको भन्दा साढे तीन महिनाअघि अप्रिल १ बाट सुरु हुन्छ।

लगानीकर्ताका लागि निरासाजनक बर्ष

सुदर्शन सापकोटा
काठमाडौं असार ३१

लगानीकर्ताका लागि यो बर्ष सेयर बजारले निरास बनाएको छ । ुलगानीकर्ताका लागि यो बर्ष निराशाजनक रह्योु सेयर बजार विश्लेषक कम्पनी ज्याम्ब टेक्नोलोजिज्का प्रमुख कार्यकारी अधिकृत अशोक महर्जनले भने ।
नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचकलाई आधारमान्दा गत आर्थिक बर्षको तुलनामा चालु बर्षमा नेप्से ३७ प्रतिशतले घटेको छ । कारोवारका हिसाबले लगानीकर्ताले करिब ४० प्रतिशतले गुमाएका छन् ।
गत बर्ष ९ सय ८२ अंकबाट सुरु भएको नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक हालसम्मकै उच्च ११ सय ७५ अंकसम्म पुगेको थियो । त्यसयता लगातार घटेर गत बर्ष ७४९ अंकमा बजार बन्द भएको थियो । यो बर्ष ७३५ अंकबाट सुरु भएको नेप्से त्यसको दुई दिनपछि बर्षकै उच्च अंक ७३९ मा पुगेर निरन्तर घट्यो । यो बर्ष नेप्से न्युनतम ४०५ अंकसम्म तल झर् यो । बर्षको अन्त्य बिहीबार परिसूचकमा सामन्य सुधार भएर ४ सय ७७ अंकमा बन्द भएको छ ।
यो बर्ष पुँजीगत लाभकर १५ बाट दश प्रतिशतमा झरेको लगानीकर्ताको आन्दोलनबाट केही माग संवोधन भएको तथा उपत्यका बाहिर सेयर दलाल गएका कारण बढ्ने अपेक्षा गरिएको थियो । ुयसबाट बजार वढ्ने अपेक्षा हुँदा हँुदै पनि सेयर बजारलाई हेरिने कडा नीति र राजनीतिक अस्थिरताले घटाउन सहयोग पुर् यायोु सेयर विश्लेषक कम्पनी बिड इन्भेष्टमेन्टकी अनुसन्धान प्रमुख अदिती श्रेष्ठले बिहीबार नागरिकसँग भनिन् ।
उदाहरणका लागि उच्चतम प्रतिफल दिएको नबिल बैंकको सेयरलाई हेर्न सकिन्छ । बैंकको सेयर ५ हजार २ सय ४० रुपैयाँ पुगेका बेला दुई किक्ता किनेका लगानीकर्ताले ३५ प्रतिशत नगद लाभांस र ५० प्रतिशत वोनस सेयर पाए । यसको अर्थ लगानीकर्ताले भएकोमा थप एक सेयर र ७० रुपैयाँ नगद पायो । यसले उसको आम्दानी ६ हजार ७ सय ३९ रुपैयाँले बढ्यो । तर बजार ओरालो लाग्दा नबिलको सेयर २३ सय ८४ सम्म आएको छ । करसहित लगानीकर्ताले पाएको वोनस सेयर र नगद लाभांससमेतलाई जोड्दा आजको दिनमा उसले करिब ३५ प्रतिशत नोक्सानी व्यहोर्नु परेको छ । यो हिसावले अधिकांस कम्पनीले गुमाएका छन् ।
धितोपत्र दलाल संघका अध्यक्ष नन्दकिशोर मुन्दडाले मागभन्दा आपुर्ति वढी संस्थपकको १९ प्रतिशत साधारणमा परिवर्तन गर्नु पर्ने विषयले सेयर बजार घटाउनमा सहयोग पुगेको बताए । सेयर धितो व्याजको बृद्धि हुँदा पनि ठूला लगानीकर्तामा सेयरको माग नभएकाले बजार घटेको उनले जानकारी दिए ।
बजार निरन्तर ओरालो लागेपछि आन्दोलन थालेका लगानीकर्ताले सेयर धितो कर्जामा केही सहुलियत पाए । कुल कर्जाको २५ प्रतिशत सावाँ र ब्याज भुक्तानी गर्ने लगानीकर्ताले बाँकी ७५ प्रतिशत सेयर कर्जा नविकरण गर्न पाए । बजार घटेको १० दिनमा आउने ुमार्जिन कलु २१ दिनमा सर् यो । सेयरको माग बढाउन व्रोकर जिल्ला पठाइयो । बजार बढाउन गरिएको अरसम्भव प्रयास गर्दा पनि उकालो लाग्न सकेन । ुराजनीतिक अस्थिरताले गर्दा बजार बढ्न नसकेको होु महर्जनले भने ुर तत्काल बढ्ने अवस्था पनि छैन ।ु
उनले सेयर बजारलाई स्वभाविक अवस्थामा फर्काउन नियामक निकायको ुसर्पोटिङु भूमिका राजनीतिक स्थिरता केन्द्रिय निक्षेप प्रणाली सिडिएस लागू र म्युचुअल फण्डको सुरुवात गर्नु पर्ने बताए । १० लाखभन्दा वढीको कारोवार गर्ने लगानीकर्ताले अनिवार्य रुपमा लिनु पर्ने ुप्यानु को व्यवस्थाले पनि बजार घट्नमा सघाउ पुगेको जानकारी दिए ।

स्वीकृत क्षेत्रभित्र आउने सीमा थप

काठमाडौं असार २९ नागरिक
कारोवार स्वीकृती पाएको क्षेत्रभन्दा वाहिर गएर अचल सम्पति धितोमा कर्जा प्रवाह गर्ने क्षेत्रीयस्तरका विकास बैंक तथा फाइनान्स कम्पनीले आफ्नो क्षेत्रभित्र आउने समय केन्द्रिय बैंकले मंगलवार थप गरिदिएको छ ।
आगामी मसान्तसम्म मात्र रहेको यस्तो सीमा बैंक तथा फाइनान्स कम्पनीको आग्रह आएपछि एक बर्षका लागि बढाइएको हो । क्षेत्रभन्दा वाहिरका धितोमा दिइएको कर्जाबाट राम्रै प्रतिफल आइरहेको तथा निस्चित अवधिका लागि त्यस्तो कर्जा प्रवाह गरिएकाले एकैचोटी क्षेत्रभित्र आउन नसकिने गुनासो गर्दै ती संस्थाका अधिकारीले केन्द्रिय बैंकसँग समय वढाउन आग्रह गरेका थिए ।

स्वीकृत क्षेत्रभित्र आउने सीमा थप

काठमाडौं असार २९ नागरिक
कारोवार स्वीकृती पाएको क्षेत्रभन्दा वाहिर गएर अचल सम्पति धितोमा कर्जा प्रवाह गर्ने क्षेत्रीयस्तरका विकास बैंक तथा फाइनान्स कम्पनीले आफ्नो क्षेत्रभित्र आउने समय केन्द्रिय बैंकले मंगलवार थप गरिदिएको छ ।
आगामी मसान्तसम्म मात्र रहेको यस्तो सीमा बैंक तथा फाइनान्स कम्पनीको आग्रह आएपछि एक बर्षका लागि बढाइएको हो । क्षेत्रभन्दा वाहिरका धितोमा दिइएको कर्जाबाट राम्रै प्रतिफल आइरहेको तथा निस्चित अवधिका लागि त्यस्तो कर्जा प्रवाह गरिएकाले एकैचोटी क्षेत्रभित्र आउन नसकिने गुनासो गर्दै ती संस्थाका अधिकारीले केन्द्रिय बैंकसँग समय वढाउन आग्रह गरेका थिए ।

अनुत्पादक क्षेत्रमा लगानी वढी

आर्थिक सर्वेक्षण
सुदर्शन सापकोटा
काठमाडौं असार २७
लामो समय लगानी गर्नुपर्ने उद्योगधन्दामा भन्दा तत्काल प्रतिफल पाइने घरजग्गाजस्तो अनुत्पादक क्षेत्रमा लगानी गर्ने क्रम बढेको छ ।
आर्थिक सर्वेक्षणअनुसार उत्पादनमूलक उद्योगधन्दामा जाने कर्जाको वृद्धिदर यस वर्ष साढे ९ प्रतिशतमा सीमित भएको छ । गत वर्ष १२ प्रतिशत थियो । घरजग्गाजस्तो अनुत्पादक क्षेत्रमा जाने कर्जा भने करिब दोब्बर बढेको छ ।
उत्पादनमूलक क्षेत्रको कर्जाले रोजगार अवसर वृद्धि र वस्तु उत्पादनमा सहयोग पुर् याउँछ । बजार मूल्य नियन्त्रण र कृषिजन्य आयात निरुत्साहित गर्न यसमा बढी लगानी हुनुपर्छ । जबकि घरजग्गामा हुने लगानीले पुँजी निस्क्रिय बसिरहन्छ । नयाँ रोजगारको अवसर सिर्जना हुँदैन । अर्थविद्हरुले अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्नुको कारण यसैलाई बताउँदै आएका छन् ।
सर्वेक्षणअनुसार गत वर्ष साउनदेखि फागुनसम्म ७ अर्ब ७१ करोड रुपैयाँ घरजग्गामा लगानी भएको थियो । यस वर्ष त्यही अवधिमा यस्तो कर्जा १४ करोड ९२ लाख पुगेको छ । लगानी वेपत्तासँग बढेपछि केही महिनाअघि राष्ट्र बैंकले घरजग्गामा जाने कर्जा नियन्त्रण गर्न सीमा तोक्नुपरेको थियो ।
यस वर्ष निजी क्षेत्रलाई जाने कर्जा भने बढेको सर्वेक्षणले देखाउँछ । यसअन्तर्गत थोक तथा खुद्रा व्यापार वित्त बिमा र सेवा क्षेत्रमा हुने लगानी पर्छ ।
बैंकहरुले निजी क्षेत्रमा गर्ने लगानी ६६ अर्ब ७० करोड रुपैयाँ बढेको छ । यो अघिल्लो वर्षको तुलनामा साढे १६ प्रतिशत वृद्धि हो । गत वर्षको वृद्धिदर १६।३ प्रतिशत थियो ।
थोक तथा खुद्रा व्यापारमा हुने लगानी गत वर्षको १० प्रतिशतबाट २३ प्रतिशत नाघेको छ । वित्त बिमा तथा स्थिर सम्पत्तितर्फ २४ बाट ४१ प्रतिशतभन्दा बढी लगानी भएको छ । सेवा क्षेत्रको लगानी पोहोरको १२ बाट २० प्रतिशत पुगेको छ ।
चालू वर्ष बैंकहरुको तरल कोष झन्डै १० प्रतिशत घटेको छ । राष्ट्र बैंक र विदेशमा रहेको मौज्दातमा कमी आएकाले तरल कोष घटेको हो । विदेशी मौज्दात ४ अर्ब २५ करोड केन्द्रीय बैंकमा रहने मौज्दात १० अर्ब ८ करोड र सरकारी ऋणपत्रमाथिको लगानी ८ अर्ब ८२ करोड रुपैयाँ घटेको छ ।
वाणिज्य बैंकहरुको निक्षेप संकलन वृद्धिदरमा पनि १० प्रतिशतभन्दा बढीको कमी आएको छ । गत वर्ष बैंकहरुको निक्षेप संकलन ६० अर्ब १७ करोड रुपैयाँ बढेको थियो । यसपालि २२ अर्ब ९० करोड रुपैयाँ मात्र थपिएको छ ।
चालू वर्ष फागुनसम्म बैकको कर्जा ६९ अर्ब ७७ करोड रुपैयाँ बढेको छ । यो गत वर्षको तुलनामा साढे १५ प्रतिशत वृद्धि हो । गत वर्ष यसै अवधिमा ५३ अर्ब १८ करोड रुपैयाँ कर्जा बढेको थियो ।
निक्षेप संकलन र कर्जा प्रवाहको असन्तुलनले वाणिज्य बैंकको कर्जा-निक्षेप अनुपात फागुनसम्म ९० प्रतिशत पुगेको छ । गत असारसम्म यो अनुपात ८१ प्रतिशत थियो । बैंकहरुले विगतमा जस्तै निक्षेप बढ्ने अनुमानमा कर्जा विस्तार गरेकाले अनुपात बढेको सर्वेक्षणमा उल्लेख छ ।
बैंकहरुले गत असारदेखि पुससम्म आउँदा निस्क्रिय कर्जा ८४ करोड ७० लाख रुपैयाँ घटाएका छन् । असारमा यस्तो कर्जा १४ अर्ब ३७ करोड ३० लाख थियो । पुसमा १३ अर्ब ५२ करोड ६० लाखमा झरेको छ । २०६४ असार मसान्तमा यो अहिलेको भन्दा झन्डै दोब्बर २३ अर्ब ७२ करोड ९० लाख रुपैयाँ थियो ।


बैंकिङ सेवा विस्तार
यस वर्ष बैंकिङ सेवा लिनेहरुको संख्या बढेको आर्थिक सर्वेक्षणले देखाएको छ । वाणिज्य बैंकहरुले एकपछि अर्को नयाँ शाखा खोलेपछि बैंकिङ सेवाको दायरा फराकिलो भएको हो ।
सर्वेक्षणअनुसार अघिल्लो असारसम्म वाणिज्य बैंकका ७ सय ५२ शाखा थिए । चैतसम्म आउँदा यो ८ सय ४५ पुगेको छ । बैंकले एउटा शाखा बराबर ३३ हजार ४ सयलाई सेवा दिँदै आएका छन् ।
शाखासँगै प्रतिव्यक्ति औसत निक्षेप पनि बढेको छ । २०६५ चैतमा प्रतिव्यक्ति औसत निक्षेप संकलन १८ हजार २ सय १७ रुपैयाँ थियो । यसपालि २० हजार २ सय ९३ रुपैयाँ पुगेको छ । कर्जा पनि औसत १५ हजार १ सय ९७ बाट १८ हजार २ सय ९७ रुपैयाँ पुगेको छ ।
ुयसलाई जनसंख्यासँग तुलना गरी हेर्दा उल्लेखनीय प्रगति भएको देखिन्छु सर्वेक्षणमा भनिएको छ ।


पुँजी बजार
चालू वर्ष चैत मसान्तसम्म १९ कम्पनीले साधारण र २० कम्पनीले हकप्रद सेयर निष्कासन गरेका छन् । यी कम्पनीमार्फत् ८ अर्ब ६२ करोड ५३ लाख रुपैयाँ बराबरको सेयर बजारमा आएको छ । यो गत वर्षको यसै अवधिको तुलनामा १८ प्रतिशत बढी हो ।

गत आर्थिक वर्ष चैतको तुलनामा चालू वर्षको चैतसम्म सेयर बजार पुँजीकरणमा १८ प्रतिशतभन्दा बढीको कमी आएको छ । ४ खर्ब २१ अर्ब १५ करोड रुपैयाँ पुगेको बजार पुँजीकरण ३ खर्ब ४४ अर्ब ४५ करोड रुपैयाँमा झरेको छ । आर्थिक वर्ष २०६५÷६६ को अन्त्यतिर यो ५ खर्ब १२ अर्ब ९३ करोडसम्म पुगेको थियो ।

सेयर कारोबार रकममा पनि उल्लेख्य ह्रास आएको छ । गत आर्थिक वर्षको चैतभन्दा चालू वर्ष यसै अवधिमा कारोबार रकम ४२ प्रतिशत घटेको छ । गत वर्ष चैतमा १६ अर्ब ९८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा यो वर्षको चैतसम्म घटेर ९ अर्ब ८६ करोड रुपैयाँ आएको छ ।

आन्तरिक ऋण लक्ष्य अनुसार उठ्यो

सुदर्शन सापकोटा
काठमाडौं असार २७
चालु आर्थिक बर्षमा सरकारले २७ अर्ब ३० करोड रुपैयाँ आन्तरिक ऋण उठाएको छ । चालु बर्षको बजेट बक्तव्यमा ३० अर्ब ९१ करोड रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य लिएको सरकारले यो साताभित्र थप ३ अर्ब ६० करोड रुपैयाँ टे्रजरी विल्समार्फत ऋण उठाउँदै छ । ुयो बर्षको आन्तरिक ऋण उठाउने लThe Heirक्ष्य पुरा हुन्छु राष्ट्र बैंकका एक अधिकारीले आइतवार नागरिकसँग भने ।
ऋण पत्र सरकारका लागि राष्ट्र बैंकले निस्कासन गर्छ । गत बर्ष २२ अर्ब रुपैयाँ बचतमा हुँदा सरकारले लक्ष्यभन्दा ६ अर्ब रुपैयाँ कम आन्तरिक ऋण उठाएको थियो । यो बर्ष ३ अर्बको हाराहारीमा मात्र सरकार बचतमा रहने अनुमान छ ।
राजश्व उठ्तीमा बृद्धि बैशाखपछि पुँजीगत खर्च वढेको र लक्ष्य अुनसार आन्तरिक ऋण उठेकाले सरकार केही बचतमा हुने केन्द्रिय बैंंकका एक अधिकारीले जानकारी दिए । ुगत बर्षजस्तो बचत हुँदैन तर सामान्य बचतमा सरकार रहन्छु ती अधिकारीले भने ।
राष्ट्र बैंकले टे्रजरी विल्स विकास ऋण पत्र नागरिक बचत पत्र र बैदेशिक रोजगार बचत पत्रबाट आन्तरिक ऋण उठाएको हो । आइतवारसम्म केन्द्रिय बैंकले टे्रजरी बिल्सबाट १६ अर्ब ३२ करोड ८ लाख रुपैयाँ ऋण उठाएको छ । विकास ऋण पत्रमार्फत ९ अर्ब ४ करोड ९ लाख नागरिक बचत पत्रबाट ९३ करोड ९३ लाख रुपैयाँ ऋण उठाइसकेको छ । गत वुधबारबाट निस्कसन गरिएको बैदेशिक रोजगार बचत पत्रबाट एक अर्ब रुपैयाँ ऋण उठाउने राष्ट्र बैंकको लक्ष्य छ ।
यो बचत पत्र ढिलो गरी निस्कासन हुँदा पर्याप्त प्रचार प्रसार हुन नसकेको व्याजदर कम भएको र बचत पत्र विक्री गर्ने अधिकार पाएका कम्पनीहरुको कमिसन थोरै भएकाले विक्री हुनेमा भने शंका छ । विदेशमा काम गर्न गएका नेपालीलाई लक्षित गर्दै ल्याइएको यो बचत पत्रको व्याजदर ९।७५ प्रतिशत छ । अहिले वाणिज्य बैंकहरुले निक्षेपमा १२ प्रतिशतसम्म व्याज दिइरहेका छन् ।
सरकारले बजेटमा रोजगार बचत पत्रबाट सात अर्ब रुपैयाँ ऋण उठाउने लक्ष्य लिएको थियो । तर समयमा यसको कार्यनीति बन्न नसक्दा १ अर्ब रुपैयाँ उठाउने भएको हो । ुभर्खरै विक्री थालिएकाले रोजगार बचत पत्रबाट कति रकम उठ्छ भन्न सकिदैनु केन्द्रिय बैंकका अधिकारीले भने ुअन्य शिर्षकबाट उठाइने ऋण भने उठ्छ ।ु उठाउन बाँकी ३ अर्ब ६० करोड रुपैयाँ ऋण केन्द्रिय बैंकले यसै साता उठाउँदैछ ।
नौ प्रतिशत व्याजको विकास ऋण पत्र सर्वसाधारण तथा साजय कोष बिमालगायतका कम्पनीहरुले खरिद गरेका छन् । पि्रमियममा विक्री हुने यो ऋण पत्र वोलकवोलबाट खरिद गर्न सकिन्छ । साढे नौं प्रतिशत व्याज भएको नागरिक बचत पत्र सर्वसाधारणले मात्र खरिद गर्न पाउँछन् ।
राष्ट्र बैंकले जेठ र असारमा मात्र २ अर्ब ५५ करोड रुपैयाँको विकास ऋण पत्र १० अर्बको नागरिक बचत पत्र निस्कासन गर्ने तालिका सार्वजनिक गरेको थियो । तालिका अनुसार दुई महिनामा ४ अर्बको टे्रजरी विल्स निस्कासन गर्ने केन्द्रिय बैंकको योजना थियो ।
तर तोकिएको समयमा तोकिएको परिमाणमा ऋणपत्र विक्री गर्न कठिन भएपछि आकस्मिक निर्णय गर्दै तालिका परिवर्तन गरेको एक अधिकारीले जानकारी दिए । उनका अनुसार बैदेशिक रोजगार बचत पत्र र विकास ऋण पत्रका लागि सार्वजनिक गरिएको रकमबाट केही रकम झिकेर टे्रजरी विल्स नै निस्कासन गरिएको छ ।
निक्षेप १५ अर्बले वढ्ने
बैंकहरुले निक्षेपको व्याजदर तथा सरकारी खर्चमा भएको वृद्धि र रेमिट्यान्समा आएको सुधारले चालु वर्षको अन्त्यसम्ममा बचत संकलन वढ्ने देखिएको छ । ुनिक्षेपको वृद्धिदर ११ प्रतिशतको छु राष्ट्र बैंकका गभर्नर युवराज खतिवडाले गत शुक्रवार आर्थिक पत्रकारसँगको भेटमा भनेका थिए ुनिक्षेपको व्याजमा भएको वृद्धिले बचत संकलन बढेको हो ।
ुबैंकहरुको निक्षेप संकलन आर्थिक बर्षको अन्त्यसम्ममा ६ खर्ब रुपैयाँ पुग्छु राष्ट्र बैंकका एक अधिकारीले भने । असार पहिलो सातासम्म बैंकले ५ खर्ब ९२ अर्ब रुपैयाँ निक्षेप संकलन गरिसकेका छन् । तेस्रो त्रैमास चैत मसान्त सम्म निक्षेप संकलन ५ खर्ब ८५ अर्ब रुपैयाँ थियो ।
तरलता अभाव सुरुभए कात्तिक यता मात्र बैंक तथा वित्तीय कम्पनीहरुले तीन पटकसम्म निक्षेपको व्याजदर वढाएका छन् । राष्ट्र बैंकका अनुसार चैतदेखि असारसम्म निक्षेप संकलन २० अर्बले वढ्नु पथ्र्यो । तरलता अभावको प्रभावले गर्दा तीन महिनायता निक्षेप १५ अर्ब रुपैयाँले मात्र वढ्ने छ ।

बैशाखसम्म बैंक कर्जा ४ खर्ब वढी

औद्योगिक क्षेत्रमा कुल कर्जाको २१।८७ प्रतिशत
कृषिमा ३ प्रतिशत

काठमाडौं असार २२

बाणिज्य बैंकहरुले चालु आर्थिक बर्षको वैशाख मसान्तसम्म उद्योग क्षेत्रमा सबैभन्दा वढी कर्जा लगानी गरेका छन् । साचालनमा रहेकामध्ये २६ बाणिज्य बैंकले यो क्षेत्रमा ९६ अर्ब ७० करोड रुपैयाँ कर्जा प्रवाह गरेका हुन् ।
The Girl With the Dragon Tattoo
ुरियलस्टेट कर्जामा राष्ट्र बैंकले सीमा लगाएपछि औद्योगिक कर्जा बढेको होु उद्योग वाणिज्य महासंघका उपाध्यक्ष कृष्णप्रसाद ताम्राकारले मंगलवार नागरिकसँग भने ।
औद्योगिक क्षेत्रमा पनि सबैभन्दा वढी लगानी खाद्य उत्पादन उद्योगमा भएको छ । बैंकहरुले यसमा १८ अर्ब १८ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । आइरन तथा स्टिल उद्योगमा १७ अर्ब ३५ करोड रुपैयाँ लगानी भएको राष्ट्र बैंकले जनाएको छ । ुऔद्योगिक क्षेत्रमा आएको सबै कर्जा यसैमा प्रयोग भएको छैनु उनले भने ुउद्योगको नाममा लिएर रियलस्टेटमा पनि लगानी भएको छ ।ु उनले उद्योगका लागि लिएको कर्जा सेयर तथा कमोडिटी बजारमा पनि लगानी भएको हुनसक्ने बताए ।
वाणिज्य बैंंकले क्षेत्रगत रुपमा चालु आर्थिक बर्षको बैशाखसम्म ४ खर्ब ७० अर्ब ९९ करोड रुपैयाँ कुल कर्जा प्रवाह गरेका छन् । गत बर्षको यसै अवधिमा कुल कर्जा प्रवाह ४ खर्ब १ अर्ब ७७ करोड रुपैयाँ थियो । औद्योगिक उत्पादनमा कुल कर्जाको २० दशमलव ५३ प्रतिशत प्रवाह भएको हो । गत बर्ष औद्योगिक क्षेत्रमा ८७ अर्ब ८७ करोड रुपैयाँ कर्जा प्रवाह भएको थियो ।
ुअहिले औद्योगिक क्षेत्रम कर्जा वढेको छु ताम्रकारले भने ुव्याज चै धान्नै नसकिने गरी वढेको छ ।ु उनले महंगो व्याजमा लिएकॊ पैसाबाट उद्योगमा लगानी गर्न उपयुक्त नहुने भएकाले त्यो पैसा अन्य क्षेत्रमा लगानी भइरहेको दावी गरे ।
औद्योगिक क्षेत्रमा कर्जा वढ्न थालेपछि अघिल्ला वर्षको तुलनामा औद्योगिक उत्पादन पनि वढेको छ । राष्ट्र बैंकले हालै उत्पादनमूलक क्षेत्रलाई प्रबद्र्धन गर्न बैंकहरुलाई असल कर्जाको धितोमा पुनर्कर्जा पनि उपलब्ध गराउन थालेको छ । यसको व्याज साढे १० प्रतिशत छ ।
निर्माण क्षेत्रमा गएको कुल कर्जामध्ये विकास-निर्माणमा १२ दशमलव १० प्रतिशत प्रवाह भएको देखिन्छ । बैशाखसम्म निर्माण क्षेत्रमा ५० अर्ब २१ करोड रुपैयाँ कर्जा प्रवाह भएकोमा राजमार्ग पुललगायतमा जम्मा ६ अर्ब ८ करोड रुपैयाँ लगानी भएको केन्द्रिय बैंकले जनाएको छ । निर्माण क्षेत्रमा गएको कर्जामध्ये सबैभन्दा वढी आवसिय क्षेत्रमा प्रवाह भएको छ । यस्तोमा बैंकहरुले ३८ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।
कुल ग्रहस्त उत्पादनको ३२।४ प्रतिशत ओगट्ने कृषि क्षेत्रमा कुल कर्जा प्रवाहको ३ दशमलव १५ प्रतिशत बैंकले कर्जा प्रवाह गरेका छन् । वैशाखसम्म कृषिमा १३ अर्ब ३७ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ । यो रकममध्ये कृषि सेवा क्षेत्रमा ११ अर्ब १२ करोड र घरपालुवा जनावर पालनका लागि १ अर्ब ४४ करोड रुपैयाँ लगानी भएको केन्द्रिय बैंकले जनाएको छ । चिनीमा बैंक लगानी ५ अर्ब ३३ करोड रुपैयाँ भएको छ ।
मेटल उत्पादन मसिनरी तथा विद्युतीय उपकरणमा बैंकले ६ अर्ब ६६ करोड रुपैयाँ कर्जा लगानी गरेको केन्द्रिय बैंकले जनाएको छ । सवारी उपकरण उत्पादनमा पनि ९ अर्ब ४१ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ ।
कुल ग्राहस्त उत्पादको ८।३ प्रतिशत ओगट्ने सेवा उद्योगमा बैंक लगानी २९ अर्ब ४ करोड रुपैयाँ भएको छ । यो कुल लगानीको ६ दशमलव १६ प्रतिशत हो । सेवा उद्योग अन्तर्गतको टे्रकिङ माउन्टेनिङ रिसोर्ट राफ्टीङमा १ अर्ब ८६ करोड बैंशाखसम्म कर्जा प्रवाह भएको केन्द्रिय बैंकले जनाएको छ । होटलमा ५ अर्ब ९४ करोड हस्पिटल तथा क्लिनिकमा ६० करोड शिक्षामा ७ अर्ब ३३ करोड र मनोराजनमा १ अर्ब ६० करोड रुपैयाँ बैंकले लगानी गरेका छन् ।
उपभोक्ताका लागि बैंकले २२ अर्ब ७६ करोड रुपैयाँ ऋण लगानी गरेका छन् । विशेष गरी सुन चाँदी सवारी साधनलगायत उपभोग्य सामग्रीका लागि यो कर्जा प्रवाह भएको हो । उपभोक्ताका लागि सुन र चाँदीमा ११ अर्ब १६ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ । बैंकहरुले स्थानीय निकायमा ३ अर्ब १३ करोड रुपैयाँ कर्जा लगानी गरेको केन्द्रिय बैंकले जनाएको छ ।

कसिलो मौदि्रक नीतिको तयारी

सुदर्शन सापकोटा
काठमाडौं असार २१
Recovery
अर्थतन्त्रका अधिकांस सुचकांकले नकारात्मक सन्देश दिइरहेको बेला आगामी आर्थिक बर्षको मौदि्रक नीति बनाउन कस्सिएको राष्ट्र बैंकले कसिलो नीति लिने भएको छ । ु केही समयदेखि विस्तारवादी मौदि्रक नीतिबाट कसिलो नीति लिन थालेकाले यसलाई नै निरन्तरता दिन्छौंु राष्ट्र बैंकका एक उच्च अधिकारीले सोमबार नागरिकसँग भने ।
केन्द्रिय बैंक अहिले मौदि्रक नीतिको मस्यौदा तयार गर्न व्यस्त छ । वित्तीय नीति बजेट मा निर्भर हुने बुँदा वाहेक अन्य मौदि्रक विषयमा केन्द्रिय बैंकले नीति तयार पारिरहेको ती अधिकारीले जानकारी दिए । ुचालु बर्षको मध्यावधि समिक्षाभन्दा फरक भएर मौदि्रक नीति आउँदैनु उनले भने । मध्यावधि समिक्षामा पनि केन्द्रिय बैंकले कसिलो नीतिलाई नै अबलम्बन गरेको छ ।
उनले अहिले तरलता अभाव समाधान भइनसकेकाले विस्तारवादी नीति लिन अनुपयुक्त हुने भन्दै संकुचनकारी नीतिबाट निर्देशित भएर मौदि्रक नीतिको तयारी भइरहेको जानकारी दिए । ुतरलतामा एकदमै थोरै मात्र सुधार आएको छु उनले भने ुतत्काल विस्तारवादी नीति लिँदा यसमा थप दबाव पर्छ ।ु मौदि्रक नीति साउन पहिलो साता ल्याउने तयारी भइरहेको उनले जानकारी दिए ।
देशभित्र आउनेभन्दा वाहिरिने पैसा शोधनान्तर घाटा धेरै भएकाले यसलाई शंवोधन गर्नु मौदि्रक नीतिको प्रमुख उद्देश्यमध्येको एक हुने ती अधिकारीले जानकारी दिए । उनले कृषि क्षेत्रमा लगानी वढाउँदा तत्काल नै शोधनान्तर घाटामा सुधार हुने देखिएकाले कृषिमा लगानी वढाउन मौदि्रक नीतिले संवोधन गर्ने बताए । ुअहिलेसम्म कृषिमा यति उति लगानी गर्नु पर्ने भन्ने थिएनु ती अधिकारीले भने ुतर यसपाली कृषिमा लगानी बढाउन के गर्न सकिन्छ भनेर छलफल भइरहेको छ ।ु
केही समय अघि गभर्नर युवराज खतिवडाले नागरिकलाई अन्तर्वार्ता दिँदै कृषिमा लगानी वढाउँदा शोधनान्तर घाटा कम गर्न सकिने बताएका थिए । उनले कृषिमा लगानी वढाएर यसलाई बजारसँग जोडिदिन सक्यो भने आपुर्ति पक्षबाट हुने असर कम हुने भन्दै यसबाट १५ देखि २० अर्ब रुपैयाँ सम्मको शोधनान्तर शंवोधन गर्न सकिने बताएका थिए । ुकृषिसँगै ग्रामिण क्षेत्रमा लगानी वढाउन सकेमा ४ प्रतिशतको आर्थिक वृद्धि पनि सजिलै हाँसिल गर्न सकिन्छु उनले अन्तर्वार्तामा भनेका थिए ।
केन्द्रिय बैंकले मौदि्रक नीतिबाट व्यापारिक प्रयोजनले हुने गरेको जग्गा खरिद विक्रीलाई निरुत्साहित गर्न शंवोधन गर्ने भएको छ । ुमस्यौदामा यसलाई निरुत्साहित गर्ने बिषयले प्रवेश पाइनसके पनि यसबारेमा छलफल जारी रहेकाले शंवोधन हुने सम्भावना छु राष्ट्र बैंकका ती अधिकारीले भने । उनले जग्गा खरिद विक्री व्यापारिक प्रयोजनले हुँदा यसको मूल्यवृद्धि अस्वभाविक रुपमा भएको तथा बैंकिङ प्रणालीबाट तरलता हराएकाले निरुत्साहित नीति आवश्यक भएको जानकारी दिए ।
आयात निरुत्साहित र निर्यात प्रोत्साहित गर्नका लागि वित्तीय नीतिले वोल्ने भएकाले त्यसलाई सहयोग पुग्ने खालको नीतिको तयारी पनि भइरहेको उनले जानकारी दिए ।
उनले व्यवसायिक प्रयोजनले निर्माण हुने कम्प्लेक्स हाउजिङलगायतलाई केही खुकुलो बनाउनु पर्छ भन्ने सुझव आइरहेकाले केन्द्रिय बैंकभित्र त्यस बारेमा छलफल भइरहेको जानकारी दिए । ुव्यसायिक प्रयोजनको कम्प्लेक्स हाउजिङ उत्पादन मूलक क्षेत्र नै भएकाले केही खुकुल हुन सकिन्छ की भनेर छलफल भएको होु ती अधिकारीले भने ुतर यसबारेमा के गर्ने भनेर टुङ्गो भने लागिसकेको छैन ।ु
अन्य मैदि्रक औजार मध्यावधि समिक्षाको जस्तै हुने जानकारी दिँदै उनले मौदि्रक नीतिका लागि विभिन्न क्षेत्रबाट सुझाव आइरहेकाले अधिकांस विषयमा टुङ्गो लागिनसकेको बताए । बैंकरहरुले अनिवार्य तरलता अनुपात एसएलआर को समय आगामी बर्षसम्म वढाउनु पर्ने सुझवका बारेमा छलफल भइरको जानकारी उनले दिए । ुआएका सुझावका बारेमा छलफल चलिरहेको छु ती अधिकारीले भने ुव्यवहारिक र उपयुक्त भए सुझवहरुमाथि शंवोधन हुन्छ ।ु

बैंदेशिक रोजगार बचत पत्र नेपालबाटै विक्री गर्न माग

काठमाडौं असार १९

Apple iPod touch 32 GB (3rd Generation) NEWEST MODEL
वैदेशिक रोजगारीमा गएका नेपालीलाई लक्षित गर्दै ल्याइएको वैदेशिक रोजगार बचत पत्रको विक्री खुला वुधवारबाट सुरु हुने भएको छ । आवेदनका लागि दुई हप्ताको अवधि दिँदै विक्री खुला गरिएको बचत पत्र असार मसान्तदेखि मात्र निस्कासन हुने छ ।
६ महिनाअघि नै निस्कासन गर्ने गरी बजेटमा राखिएको यो कार्यक्रम समयमा बजेट पारित हुन नसक्दा ढिलाइ भएको थियो । आर्थिक वर्ष सकिन दुई साता मात्र बाँकी हुँदा विक्री खुला गरिएको कार्यक्रमको प्रकृया गत जेठ दोस्रो साताबाट मात्र थालिएको हो ।
दक्षिण कोरिया मलेसिया युएइ साउदी अरेविया र कतारमा गएका नेपालीले बचत पत्र खरिद गर्न पाउँछन् । अद्र्धबार्षिक रुपमा व्याज उपलब्ध हुने बचत पत्रमा ९ दशमलव ७५ प्रतिशतले ब्याज पाइन्छ ।
कामको शिलशिलामा विदेश गएका नेपाली कामदारले आर्जन गरेको रकमबाट राष्ट्र निर्माणका लागि पूँजी परिचालन गरी पुर्वाधार निर्माणमा खर्च गर्ने उद्देश्यले बचत पत्र निस्कासन गरिएको केन्द्रिय बैंकले जनाएको छ । ुरेमिट्यान्सबाट आउने रकममध्ये वढीजसो उपभोगमा खर्च हुने गरेको देखिएको छु केन्द्रिय बंैंक राष्ट्र ऋण विभागका एक अधिकारीले भने ुत्यो रकमलाई एकिकृत गरी विकास निर्माणमा लगाउन बचत पत्र अवधारणा ल्याइएको हो ।ु
चालु बर्षको बजेट वक्तव्यमा विदेशमा काम गर्ने नेपालीहरुलाई लक्षित गरी वैदेशिक रोजगार बचतपत्र मार्फत ७ अर्बको आन्तरिक ऋण उठाउने व्यवस्था गरिएको छ । यसै अनुसार सरकारले तत्कालका लागि एक अर्ब रुपैयाँ वरावरको बचत पत्र निस्कासन गर्न लागेको हो ।
ुसातै अर्ब रुपैयाँको बचत पत्र निस्कान गर्दा सरकारलाई आर्थिक भार पर्ने देखिएकाले तत्कालका लागि एक अर्ब रुपैयाँको मात्र निस्कान गर्न लागिएको छु ती अधिकारीले भने ुएक अर्बको निस्कासन नगर्दा पनि हुन्थ्यो तर बजेटमा राखिएको कार्यक्रम असफल नहोस् भनेर यसो गरिएको हो ।ु
बचत पत्र हिमालयन बैंक इन्टरनेसनल मनि एक्सप्रेस आइएमइ सेवा मनि ट्रान्सफर इन्सेन्टिभ मनि ट्रान्सफर प्रभु मनि ट्रान्सफर श्रमिक रेमिट कम्पनी र प्रभु फाइनान्स कम्पनीमार्फत खरिद गर्न सकिन्छ । रोजगारमा गएका नेपालीले कम्तिमा ५ हजार र वढीमा २ लाख रुपैयाँसम्मको बचत पत्र खरिद गर्न सक्नेछन् ।
खरिद गरेको दिनदेखि नै व्याज उपलब्ध हुने बचत पत्र नेपाली रुपैयाँमा जारी हुने केन्द्रिय बैंकका ती अधिकारीले जानकारी दिए । सरकारले चालु आर्थिक वर्षभित्र कुल ३१ अर्ब ९५ करोड रुपैयाँ वरावरको आन्तरिक ऋण उठाउने योजना अनुसार बचत पत्रमार्फत ७ अर्ब रुपैयाँ उठाउने योजना बनाएको थियो । योजना अन्तर्गत केन्द्रिय बैंकले तत्कालका लागि एक अर्ब रुपैयाँ वरावरको बचत पत्र मात्र जारी गर्न लागेको हो ।
बचत पत्र बैदेशिक रोजगारीमा गएको नेपालीले आफू तथा आफ्नो आमा बाबु श्रीमती तथा छोरा छोरीको नाममा खरिद गर्न सक्ने व्यवस्था गरिएको छ । पाँच बर्ष अवधि भएको बचत पत्र रोजगारीमा गएको व्यक्तिले नाबालकको तर्पुबाट समेत संरक्षक भई खरिद गर्न सक्नेछन् । दुई व्यक्तिले पनि संयुक्त नाममा यो खरिद गर्न सक्ने ती अधिकारीले बताए ।
केन्द्रिय बैंकले बचत पत्रमा सेयर जस्तै सुविध पनि दिइएको छ । ुभुक्तानी अवधि नपुग्दै दोश्रो बजार मार्फत बिक्री गर्न सकिन्छु उनले भने । उनले यसमा गरिएको लगानीबाट आर्जित ब्याजमा कुनै किसिमको कर तथा शुल्क नलाग्ने जानकारी दिए ।
बचतपत्र खरिद गरेकाले यसको धितोमा ऋण पाउने व्यवस्था पनि केन्द्रिय बैंकले मिलाएको छ । ुयसको धितोमा नेपाल स्थित बैंक वा वित्तीय संस्थाबाट ऋण पनि निकाल्न पाइन्छु ती अधिकारीले भने ुसमय नपुग्दै रोजगारमा गएकालाई पैसा चाहिएमा आर्थिक सहयोग पुगोस् भनेर दोस्रो बजार र धितोको व्यवस्था मिलाइएको हो ।ु
बचतपत्र बिक्री गर्ने तथा व्याज भुक्तानी गर्ने संस्थालाई पारिश्रमिक वापत कुल बिक्री रकमको ०।२५ प्रतिशतका दरले कमिशन व्यवस्था गरिएको छ । यसको साँवा भुक्तानी गर्ने संस्थाले भुक्तानी गरेको रकमको ०।१५ प्रतिशतले कमिशन पाउने छन् ।
पाँच मूलुकमा बचत पत्र विक्रीका लागि परराष्ट्र मन्त्रालय विदेश स्थित नेपली दूतावास र अवैतनिक महावाणिज्य दूतहरुले सम्बन्धित मुलुकका निकाय समन्वय गरिदिनु पर्ने हुन्छ । यी निकायले बचतपत्र बिक्रेता रेमिटान्स कम्पनीलाई सम्बन्धित मुलुकमा काम गर्न सहजकर्ताको भूमिका निर्वाह गर्नु पर्ने व्यवस्था पनि केन्द्रिय बंैकले गरेको छ ।

इकाइद्वारा सेयर र बिमा कम्पनीलाई निर्देशन

पनि काठमाडौं असार १७ नागरिक
राष्ट्र बैंक अन्तर्गतको वित्तीय जानकारी इकाइले नेपाल स्टक एक्सचेन्ज सेयर दलाल बिमा कम्पनी अभिकर्ता सर्भेयर र दलालहरुका लागि सम्पति शुद्धीकरण निवारण सम्वन्धि निर्देशन जारी गरेको छ । बिहीबारबाट लागू हुने गरी जारी गरेको निर्देशन अनुसार सम्वन्धि पक्षले आफ्नो ग्राहकको स्पस्ट पहिचान कायम गरी त्यसको विवरण राख्नु पर्ने हुन्छ । Kindle Wireless Reading Device, Free 3G, 6" Display, White, 3G Works Globally - Latest Generation
गैरकानूनी रुपमा आर्जित सम्पत्तिलाई कानूनी सम्पत्तिको रुपमा शुद्धीकरण गर्ने र आतङ्ककारी कार्यमा वित्तीय लगानी गर्ने जस्ता आपराधिक कार्य रोक्न २०६४ मा नेपालमा सम्पत्ति शुद्धीकरण निवारण ऐन आएको थियो । यसै ऐन अनुसार स्थापना भएको इकाइले ग्राहले सूचक संस्थाले मागेको बेला विवरण दिन निर्देशन जारी गरेको हो । निर्देशन अनुसार तोकिएको सीमा वा त्योभन्दा वढी रकमका कारोवारको विवरण कारोवार भएको मितिले सात दिनभित्र इकाइलाई दिनु पर्ने छ ।
सम्वन्धित संस्थाले जति सुकै रकमको भएपनि शंकास्पद कारोवारको विवरण पनि तुरुन्त इकाइलाई दिनु पर्ने छ । साथै यसका लागि सम्वन्धित पक्षले छुट्टै कार्यान्वयन अधिकृतको व्यवस्था विवरण पठाउने पद्धति तयार पार्नु पर्ने हुन्छ । निर्देशनमा सम्वन्धि पक्षले आन्तरिक निर्देशिका तत्काल बनाइ लागू गर्न भनिएको छ ।
सम्पत्ति शुद्धीकरण निवारण ऐन र यो अन्तर्गत जारी भएको नियम विनियम निर्देशन तथा आदेश बमोजिम तोकिएको समयमा जानकारी इकाइलाई उपलब्ध नगराउनेलाई जरिवाना गरिने इकाइले जनाएको छ ।

समितिले भनेको बिमा कम्पनीले नमान्ने

सुदर्शन सापकोटा
काठमाडौं असार १६
Avatar (Two-Disc Blu-ray/DVD Combo) [Blu-ray]
बिमा समितिले माग गरेको पाँच वर्षे व्यवसायिक योजना धेरैजसो बिमा कम्पनीले दिन अस्विकार गरेका छन् । ुबार्षिक रुपमा के के गर्छौ भनेर माग गरिएकाले दिन सकिँदैनु नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार भट्टराईले वुधवार नागरिकसँग भने ।
समितिले आधारभूत रणनीति तथा दिगो विकास हासिल गर्ने आधारसहित पाँच वर्षे व्यवसायिक योजन गत बैशाख मसान्तसम्मको समय दिँदै माग गरेको थियो । आर्थिक वर्ष २०६७÷६८ देखिको पाँच वर्षे योजना माग गरेको सतितिले अन्तर्राष्ट्रिय अभ्यास अनुसार नै योजना माग गरिएको जनाएको छ ।
ुपाँच वर्षपछि कहाँ पुग्ने भन्ने दृष्टिकोणा आओस् भन्ने उद्देश्यले व्यवसायिक योजना माग गरिएको होु समितिका प्रवक्ता शेखरकुमार अर्यालले भने । उनले योजना माग गरिएको समय सकिए पनि केही कम्पनीले समय वढाउन आग्रह गरेको भन्दै आधा दर्जनले वुझाइ सकेको जानकारी दिए । व्यसायिक योजना जीवन र गैरजीवन दुवै बिमा कम्पनीले तयार पार्नु पर्छ ।
उनका अनुसार बिमा कम्पनीहरुले भावी दिनमा व्यवसाय वृद्धि गर्न के कस्ता काम गर्न खोजिरहेका छन् बिमा सम्वन्धि कस्ता सेवा-सुविधा ल्याउँदैछन् भन्ने कुरा योजनाबाट थाहापाउन सकिने छ । अहिले १६ गैरजीवन र ९ जीवन बिमा कम्पनी साचालनमा छन् ।
यसअघि नयाँ आएका चार बिमा कम्पनी एसियन लाइफ प्राइम लाइफ सुर्या लाइफ र गुँरास लाइफ इन्स्योरेन्सलाई कारोवार स्विकृति दिँदा नै समितिले पाँच वर्षे योजना माग गरेको थियो । ुहामीले दिएको योजना चुहिएमा कमजोर कम्पनीले फाइदा उठाउन सक्छन्ु नेपाल लाइफका भट्टराईले भने ुपाँच वर्षमा कुन स्थानमा पुग्छौं भनेर दिन सकिन्छ तर के के गरेर अगाडि वढ्छौं भनेर दिन सकिँदैन ।ु उनले व्यवसायिक योजना समितिलाई दिनमा कुनै समस्या नभएको उल्लेख गर्दै अन्य बिमा कम्पनीसम्म योजना पुगेमा प्रतिस्पर्धि भएर अगाडि वढ्न नसकिने बताए ।
नयाँ निर्देशन अनुसार पुराना कम्पनीसहित नयाँ चारले पनि पुनः योजना तयार पार्नु पर्ने हुन्छ । नयाँ चार कम्पनीलाई अहिलेसम्म के भयो र हुन नसकेको भए त्यसको कारणसमेत माग गरिएको छ । ुकम्पनीहरुलाई योजनावद्धरुपमा नियमन गर्न समितिलाई सहयोग पुग्छु अर्यालले भने ।
अर्यालले कम्पनीहरुले नै तयार पारेको योजनाका आधारमा अनुगमन गर्न तथा केही समस्या आए सुधारको वाटोमा हिँडाउन योजनाबाट सहयोग पुग्ने जानकारी दिए । उनले व्यवसायिक योजना वुझाउने समय नाघेमा सम्वन्धित कम्पनीसँग ताकेता गर्ने कम्पनीको साचालक सदस्यसँग छलफल गर्ने त्यतिले नभएमा अन्तिम विकल्प स्वरुप कारवाही गर्न सकिने जानकारी दिए । ुनियामक निकायले भनेको कम्पनीले मान्नु पर्छु उनले भने ुनमानेमा प्रकृया अनुसार कारवाहीसम्म पुग्न सकिन्छ तर यो अन्तिम विकल्प हो ।ु
कम्पनीहरुले बिमा लेख सम्वन्धि योजना बिमा व्यवसायका किसिम र प्रकार पुनर्बिमा सम्वन्धि योजना शाखा विस्तार नीति तथा संगठनात्मक संरचना र व्यवस्थापन सुचना प्रणालीका बारेमा व्यवसायिक योजनामा उल्लेख गर्नु पर्नेछ ।
समितिले योजनामा प्रविधि हस्तान्तरण सम्वन्धि योजना कारोवारको भौगोलिक क्षेत्र बजार प्रवेस तथा विकास रणनीति लगानी सम्वन्धि योजना र जनशक्ति विकास सम्वन्धि जानकारी उल्लेख गर्न भनेको छ । साथै पुँजीबाट हुने प्रतिफल वासलात नाफा-नोक्सान तथा नगद प्रवाह विवरण व्यवसायिक योजना तथा प्रक्षेपण तयार गर्दाको आधारहरु पनि योजनामा उल्लेख गर्नु पर्ने बिमा समितिले जनाएको छ ।

बैदेशिक रोजगार बचतपत्रको विक्री खुला

तत्काललाई एक अर्बको जारी
बजेटमा ७ अर्बको निस्कासन गर्ने उल्लेख

सुदर्शन सापकोटा
काठमाडौं असार १५
Avatar (Two-Disc Blu-ray/DVD Combo) [Blu-ray]

वैदेशिक रोजगारीमा गएका नेपालीलाई लक्षित गर्दै ल्याइएको वैदेशिक रोजगार बचत पत्रको विक्री खुला वुधवारबाट सुरु हुने भएको छ । आवेदनका लागि दुई हप्ताको अवधि दिँदै विक्री खुला गरिएको बचत पत्र असार मसान्तदेखि मात्र निस्कासन हुने छ ।
६ महिनाअघि नै निस्कासन गर्ने गरी बजेटमा राखिएको यो कार्यक्रम समयमा बजेट पारित हुन नसक्दा ढिलाइ भएको थियो । आर्थिक वर्ष सकिन दुई साता मात्र बाँकी हुँदा विक्री खुला गरिएको कार्यक्रमको प्रकृया गत जेठ दोस्रो साताबाट मात्र थालिएको हो ।
दक्षिण कोरिया मलेसिया युएइ साउदी अरेविया र कतारमा गएका नेपालीले बचत पत्र खरिद गर्न पाउँछन् । अद्र्धबार्षिक रुपमा व्याज उपलब्ध हुने बचत पत्रमा ९ दशमलव ७५ प्रतिशतले ब्याज पाइन्छ ।
कामको शिलशिलामा विदेश गएका नेपाली कामदारले आर्जन गरेको रकमबाट राष्ट्र निर्माणका लागि पूँजी परिचालन गरी पुर्वाधार निर्माणमा खर्च गर्ने उद्देश्यले बचत पत्र निस्कासन गरिएको केन्द्रिय बैंकले जनाएको छ । ुरेमिट्यान्सबाट आउने रकममध्ये वढीजसो उपभोगमा खर्च हुने गरेको देखिएको छु केन्द्रिय बंैंक राष्ट्र ऋण विभागका एक अधिकारीले भने ुत्यो रकमलाई एकिकृत गरी विकास निर्माणमा लगाउन बचत पत्र अवधारणा ल्याइएको हो ।ु
चालु बर्षको बजेट वक्तव्यमा विदेशमा काम गर्ने नेपालीहरुलाई लक्षित गरी वैदेशिक रोजगार बचतपत्र मार्फत ७ अर्बको आन्तरिक ऋण उठाउने व्यवस्था गरिएको छ । यसै अनुसार सरकारले तत्कालका लागि एक अर्ब रुपैयाँ वरावरको बचत पत्र निस्कासन गर्न लागेको हो ।
ुसातै अर्ब रुपैयाँको बचत पत्र निस्कान गर्दा सरकारलाई आर्थिक भार पर्ने देखिएकाले तत्कालका लागि एक अर्ब रुपैयाँको मात्र निस्कान गर्न लागिएको छु ती अधिकारीले भने ुएक अर्बको निस्कासन नगर्दा पनि हुन्थ्यो तर बजेटमा राखिएको कार्यक्रम असफल नहोस् भनेर यसो गरिएको हो ।ु
बचत पत्र हिमालयन बैंक इन्टरनेसनल मनि एक्सप्रेस आइएमइ सेवा मनि ट्रान्सफर इन्सेन्टिभ मनि ट्रान्सफर प्रभु मनि ट्रान्सफर श्रमिक रेमिट कम्पनी र प्रभु फाइनान्स कम्पनीमार्फत खरिद गर्न सकिन्छ । रोजगारमा गएका नेपालीले कम्तिमा ५ हजार र वढीमा २ लाख रुपैयाँसम्मको बचत पत्र खरिद गर्न सक्नेछन् ।
खरिद गरेको दिनदेखि नै व्याज उपलब्ध हुने बचत पत्र नेपाली रुपैयाँमा जारी हुने केन्द्रिय बैंकका ती अधिकारीले जानकारी दिए । सरकारले चालु आर्थिक वर्षभित्र कुल ३१ अर्ब ९५ करोड रुपैयाँ वरावरको आन्तरिक ऋण उठाउने योजना अनुसार बचत पत्रमार्फत ७ अर्ब रुपैयाँ उठाउने योजना बनाएको थियो । योजना अन्तर्गत केन्द्रिय बैंकले तत्कालका लागि एक अर्ब रुपैयाँ वरावरको बचत पत्र मात्र जारी गर्न लागेको हो ।
बचत पत्र बैदेशिक रोजगारीमा गएको नेपालीले आफू तथा आफ्नो आमा बाबु श्रीमती तथा छोरा छोरीको नाममा खरिद गर्न सक्ने व्यवस्था गरिएको छ । पाँच बर्ष अवधि भएको बचत पत्र रोजगारीमा गएको व्यक्तिले नाबालकको तर्पुबाट समेत संरक्षक भई खरिद गर्न सक्नेछन् । दुई व्यक्तिले पनि संयुक्त नाममा यो खरिद गर्न सक्ने ती अधिकारीले बताए ।
केन्द्रिय बैंकले बचत पत्रमा सेयर जस्तै सुविध पनि दिइएको छ । ुभुक्तानी अवधि नपुग्दै दोश्रो बजार मार्फत बिक्री गर्न सकिन्छु उनले भने । उनले यसमा गरिएको लगानीबाट आर्जित ब्याजमा कुनै किसिमको कर तथा शुल्क नलाग्ने जानकारी दिए ।
बचतपत्र खरिद गरेकाले यसको धितोमा ऋण पाउने व्यवस्था पनि केन्द्रिय बैंकले मिलाएको छ । ुयसको धितोमा नेपाल स्थित बैंक वा वित्तीय संस्थाबाट ऋण पनि निकाल्न पाइन्छु ती अधिकारीले भने ुसमय नपुग्दै रोजगारमा गएकालाई पैसा चाहिएमा आर्थिक सहयोग पुगोस् भनेर दोस्रो बजार र धितोको व्यवस्था मिलाइएको हो ।ु
बचतपत्र बिक्री गर्ने तथा व्याज भुक्तानी गर्ने संस्थालाई पारिश्रमिक वापत कुल बिक्री रकमको ०।२५ प्रतिशतका दरले कमिशन व्यवस्था गरिएको छ । यसको साँवा भुक्तानी गर्ने संस्थाले भुक्तानी गरेको रकमको ०।१५ प्रतिशतले कमिशन पाउने छन् ।
पाँच मूलुकमा बचत पत्र विक्रीका लागि परराष्ट्र मन्त्रालय विदेश स्थित नेपली दूतावास र अवैतनिक महावाणिज्य दूतहरुले सम्बन्धित मुलुकका निकाय समन्वय गरिदिनु पर्ने हुन्छ । यी निकायले बचतपत्र बिक्रेता रेमिटान्स कम्पनीलाई सम्बन्धित मुलुकमा काम गर्न सहजकर्ताको भूमिका निर्वाह गर्नु पर्ने व्यवस्था पनि केन्द्रिय बंैकले गरेको छ ।

No Mercy

७५ प्रतिशत नवीकरण गर्न पाइने

रियलस्टेट कर्जा
सुदर्शन सापकोटा
काठमाडौं असार १४
आर्थिक बर्ष सकिन दुई साता मात्र बाँकी हुँदा राष्ट्र बैंकले रियलस्टेट कर्जा नीतिलाई केही खुकुलो बनाएको छ । कुल रियलस्टेट कर्जामध्ये २५ प्रतिशतको सावाँ तथा व्याज तिर्दा वाँकी ७५ प्रतिशत कर्जा नवीकरण गर्न पाउने व्यवस्था सोमवार केन्द्रिय बैंकले गरेको हो ।The Girl With the Dragon Tattoo
केन्द्रिय बैंकले गत पुस २ गते जारी गरेको निर्देशनमा बैंक तथा वित्तीय संस्थालाई रियलस्टेट कर्जा क्रमिक रुपमा घटाउन २ बर्षको अवधि दिएको थियो । निर्देशन अनुसार उनीहरुले यो कर्जा नवीकरण गर्न पाउँदैन थिए । कम्तिमा पनि ५ बर्षका लागि रियलस्टेट कर्जा लिएका ऋणाीले कर्जा नवीकरण नहुने भएपछि एकैचोटी ऋण तिर्न नसक्ने संभावनालाई मूल्यांकन गर्दै केन्द्रिय बैंकले ७५ प्रतिशत कर्जा नवीकरण गर्न पाउने व्यवस्था गरेको एक बैंकरले जानकारी दिए ।
ुअर्वो रुपैयाँ ऋण एकैचोटी तिरभन्दा तिर्न सकिँदैनु एक बैंकका प्रमुख कार्यकारी अधिकृतले भने ुयसले बैंकको खराव कर्जा अप्रत्यासित रुपमा वढ्ने भएकाले केन्द्रिय बैंकले खुकुलो नीति लिएको हो ।ु केन्द्रिय बैंकका अनुसार नयाँ निर्देशनपछि बैंकहरुले रियलस्टेट कर्जा नवीकरण एक वर्षसम्मका लागि मात्र गर्न पाउने छन् । त्यो पनि एक पटक मात्र ।
ुनवीकरण नहुँदा ऋणीले सम्पति बेचेर ऋण तिर्नु पर्ने अवस्था आउँथ्योु ती कार्यकारीले भने ुबजारमा बेच्नेको दवाव वढेपछि रियलस्टेटको मूल्य घटेर अर्को संकट पनि आउन सक्थ्यो ।ु उनले एकचौथाइ ऋण तिरेर बाँकी नवीकरण गर्न पाउँदा ऋणीलाई सहज भएको उल्लेख गर्दै यसबाट बैंकको खराव कर्जा वढ्नबाट पनि जोगिएको जानकारी दिए ।
नेपाल बैंकस्र संघका उपाध्यक्ष तथा सिटिजन्स बैंक इन्टरनेसानलका प्रमुख कार्यकारी अधिकृत राजनिसंह भण्डारीले बैंकर तथा राष्ट्र बैंकका अधिकारी सम्मिलित विभिन्न वैठकमा नवीकरण गर्न पाउन गरिएको आग्रहमा केन्द्रिय बैंकले नीति खुकुलो बनाएको बताए । ुआजको आज तिरभन्दा कसरी तिर्न सकिन्छ भनेका थियौंु उनले भने ुहाम्रो आग्रहलाई राष्ट्र बैंकले शंवोधन गरेको छ ।ु
चालु वर्षको चैत मसान्तसम्म वाणिज्य बैंकहरुले रियलस्टेटमा ६३ अर्ब ६४ करोड रुपैयाँ लगानी गरेका छन् । यो कुल कर्जा प्रवाहको करिव १४ प्रतिशत हो । केन्द्रिय बैंकले गत पुसमा जारी गरेको निर्देशनमा रियलस्टेट कर्जा कुल कर्जाको २५ प्रतिशतमा झार्न भनेको छ । ु२५ प्रतिशतभन्दा वढी रियलस्टेटमा भएका बैंकका लागि यो नीति आएको होु एक बैंकका प्रमुख कार्यकारी अधिकृतले भने । बैंकहरुको चैतसम्मको वित्तीय विवरण अनुसार ५ वाणिज्य बैंकको रियलस्टेट कार्ज २५ प्रतिशतभन्दा माथि छ ।
यो निर्देशनपछि २५ प्रतिशतभन्दा वढी रियलस्टेटमा लगानी गरेका किस्ट कुमारी डिसिबिएल सनराईज र लक्ष्मी बैंकले नवीकरण गर्न पाउने छन् । २५ प्रतिशतभन्दा कम भएका बैंकले निर्देशनअघि पनि नवीकरण गर्न पाउँथे । ुनवीरकण व्यवस्था नगरिएको भए अवस्था असहज हुन्थ्योु ती कार्यकारीले भने ुयो व्यवस्थाले ऋणी तथा बैंक दुवैलाई फाइदा पुगेको छ ।ु
ुनवीकरणको व्यवस्था गर्न जरुरी थियोु डिसिबिएल बैंकका प्रमुख कार्यकारी अधिकृत सुधिर खत्रीले भने ुएकैचोटी कर्जा तिर भन्दा ऋण मर्कामा पथ्र्यो ।ु उनले अन्य असल कर्जा नवीकरण गर्न पाउँदा समयमा व्याज तिर्ने रियलस्टेटले पनि नवीकरण गर्न पाउनु पर्ने बताए ।

बैंकमा साचालन र बजार जोखिम

सुदर्शन सापकोटा
काठमाडौं असार १३
The Girl with the Dragon Tattoo
तरलता अभाव केही मत्थर हुन थालेपछि बैंकिङ क्षेत्रमा साचालन तथा बजार जोखिम वढेको छ । ुबैंकिङ क्षेत्रको अबको चुनौती साचालन जोखिम होु बैंकस्र संघका अध्यक्ष शशिन जोशीले भने ।
उपल्लो र मध्यम तहमा दक्ष कर्मचारी अभाव बैंक व्याजदर भवितव्य असुरक्षाजस्ता कारणले साचालन तथा बजार जोखिम बढेको हो । बैंकिङ क्षेत्रमा साचालन जोखिमलाई वाहिरी घटना आन्तिरिक प्रकृया अवरुद्ध तथा प्रत्यक्ष अप्रत्यक्ष रुपमा बजारका कारणबाट हुने नोक्सानीलाई परिभाषित गरिन्छ ।
मूख्य रुपमा असुरक्षा व्याजदर र कर्मचारी अभावका कारण साचालन जोखिम बढेको लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन जोशीले बताए । बैंकरका अनुसार कर्जा जोखिम पनि वढ्दै गएको छ ।
चालु वर्षको चैत मसान्तसम्मको नाफा नोक्सान हिसाव खातामा पनि बैंकहरुको साचालन जोखिम वढ्दै गएको देखिन्छ । जुन कर्जाको कारणले सृजना भएको छ । बैंकहरुले संभावित नोक्सानी व्यवस्थाका लागि ठूलो रकम चैतमा छुट्याएका छन् । बैंकहरुले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकहरुको व्याज आम्दानीको तुलनामा नाफा घटेको छ । व्याज आम्दानी वढ्ने नाफा घट्ने र संभावित नोक्सानीमा ठूलो रकम खर्च हुनुले बैंकहरुको केही कर्जामा समस्या आएको देखिन्छ ।
नयाँ कर्जा लगानी गर्ना साथ बैंकहरुले संभावित नोक्सानी व्यवस्थामा प्रवाह भएको कर्जाको १ प्रतिशत छुट्याउनु पर्छ । तीन महिनासम्म कर्जाको व्याज नआए २५ प्रतिशत ६ महिनामा ५० र एक वर्ष नाघे १ सय प्रतिशत नोक्सानी व्यवस्थाका लागि छुट्याउनु पर्ने हुन्छ । ुकेही बैंकमा समस्या देखिन थालिसकेको छु एक बैंकिङ जानकारले नागरिकसँग भने ुचालु वर्षको अन्त्यसम्म अरु बैंकका समस्या पनि देखिन थाल्छन् ।ु
साचानमा रहेका २७ बैंकमध्ये २४ ले कर्जाको सुरक्षण गरेका छन् । यसमध्ये १५ बैंकको सम्भावित नोक्सानी व्यवस्था रकम वढेको छ । नेपाल बैंकको यस्तो व्यवस्था ऋणात्मक छ । ुकर्जामा केही समस्या देखिएको छु राष्ट्र बैंकका एक अधिकारीले भने ुअसार मसान्तपछि मात्र यसै हो भन्न सकिन्छ ।ु
बैंकहरुले प्रकाशित गर्ने कम्पनी विश्लेषणमा पनि यस्तो जोखिमका बारेमा उल्लेख गरेका छन् । उनीहरुले यस्तो विश्लेषणमा राजनीतिक अस्थिरता कर्मचारी अभाव असुरक्षाजस्ता कारणलाई मात्र उल्लेख गरेको देखिन्छ ।
राष्ट्र बैंकका अुनसार वाणिज्य बैंकको शाखा ९ सय नाघिसकेको छ । तर त्यसै अनुसार दक्ष जनशक्ति उत्पादन हुन सकेको छैन । ुदुई बर्ष काम गरेको कर्मचारी शाखा व्यवस्थापकमा नियुक्त भइरहेका छन्ु नेसनल बैंकिङ टे्रनिङ इ_िन्स्टच्युटका प्रमुख कार्यकारी अधिकृत सिाजव सुब्बाले भने ुयस्तो अवस्थामा बैंक जोखिममा पनि पर्न सक्छ ।ु
तरलता अभावले गर्दा महंगोमा निक्षेप संकलन गर्न वाध्य बंैंकहरुलाई व्याजदरको दवाव पनि वढेको छ । अहिले बैंकहरुले निस्चित अवधिका लागि महंगोमा निक्षेप संकलन गरिरहेका छन् । ुतरलता अभाव कम हुँदै गएकाले नयाँ निक्षेप र कर्जाको व्याज घट्ने हुँदा अगाडि लिइएको निक्षेपको व्ययभार बैंकलाई पर्छु एक बैंकरले भने ुयो बजारबाट हुने जोखिम हो ।ु अहिले मुद्रा बजार टे्रजरी विल्स अन्तरबैंक व्याजदर रिपो आदि मा व्याजदर घटेको छ ।
बैंक अफ काठमाण्डूका प्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठले कर्जा-निक्षेप अनुपातमा सुधार नआएसम्म तत्काल निक्षेप कर्जाको व्याज घट्ने सम्भावना कम भएको जानकारी दिए । ुव्याजदरमा जोखिम छु उनले भने ुतर तत्काल नै छैन ।ु

निक्षेप संकलन र कर्जा प्रवाहमा सुधार

सुदर्शन सापकोटा
काठमाडौं असार १२
No Mercy
चैत मसान्तको तुलनामा असार पहिलो सातासम्म आउँदा बैंकहरुको निक्षेप ७ अर्ब रुपैयाँले वढेको छ । बाणिज्य बैंकहरुले यो अवधिमा ५ खर्ब ९२ अर्ब रुपैयाँ निक्षेप संकनल गरेका छन् । ुव्याजदर बृद्धिको असर निक्षेप संकलनमा पर्न थालेको छु राष्ट्र बैंकका प्रवक्ता गोपालप्रसाद काफ्लेले भने ।
गत पुसमा भन्दा चैतमा निक्षेप घटेको थियो । पुसमा यो ५ खर्ब ८७ अर्ब रुपैयाँ थियो भने चैतमा ५ खर्ब ८५ अर्ब रुपैयाँ मात्र बैंकसँग निक्षेप थियो । तरलता अभाव घटेको र बैंकले निक्षेपमा गरेको व्याज बृद्धिले बचत संकलन बढेको हो ।
ुन्युन दरले मात्र निक्षेप बढेको छु लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन जोशीले भने ुग्राहकको आत्मविश्वास बैंकप्रति वढेर वृद्धि भएको हो ।ु उनले सरकारी खर्चमा भएको वृद्धिले पनि बैंकको निक्षेप वढेको जानकारी दिए ।
राष्ट्र बैंकका अनुसार गत मंगलवारसम्मको निक्षेप हेर्दा व्याज वढी दिने बैंकको बचत संकलन वढेको छ । अहिले सिटिजन्स बैंक अफ एसिया नेपाल बैंक अफ काठमाण्डू सिद्धार्थ एनएमबीलगायतका बैंकले वढी व्याज दिइरहेका छन् । यी बैंकको तुलनामा कम व्याज भएका ठूला र पुराना बैंकको निक्षेप संकलनमा भने सुधार आउन नसकेको राष्ट्र बैंकका एक अधिकारीले जानकारी दिए ।
राष्ट्र बैंकका प्रबक्ता काफ्लेले बैंकभन्दा गैरबैंकिङ कारोवार बढेर निक्षेप संकलनको वृद्धिदर घटेको जानकारी दिए । उनले पहिलेको तुलनामा अहिले निक्षेप झिक्ने क्रम घटेको बताए । ुबैंकिङ क्षेत्रमा विश्वासको वातावरण वढाउनु आवश्यक छु उनले भने ुव्याजदर वृद्धिले मात्र निक्षेप वढ्दैन ।ु
बैंकहरुले तरलता अभाव सुरु भएयता तीन पटकसम्म निक्षेपको व्याजदर वढाइसकेका छन् । व्याजदरमा परम्परागत देखिएका नेपाल बैंक स्ट्यान्डर्ड चार्टर्ड राष्ट्रिय वाणिज्य नेपाल इन्भेष्टमेन्ट बैंकले पनि नयाँ आएका बैंकको हाराहारीमा नै व्याज दिन थालेका छन् । तर पनि व्याजदर बृद्धिको हिसावमा निक्षेप बढ्न सकेको छैन ।
ुतीन महिनाको अवधिमा करिव २० अर्व रुपैयाँ निक्षेप वढ्नु पर्नेमा उल्टो घटेको छु राष्ट्र बैंक उच्च स्रोतले भन्यो ुसामान्य अवस्थामा निक्षेप वृद्धि १० देखि १५ प्रतिशतले हुन्थ्यो ।ु बैंकस्र एसोसिएसनका अध्यक्ष सशिन जोशीले व्याज वढाएर मात्र निक्षेप नवढ्ने बताउँदै विगतमा व्याजदर कम हुँदा पनि निक्षेप वढेको जानकारी दिए ।Kindle Wireless Reading Device, Free 3G, 6" Display, White, 3G Works Globally - Latest Generation
दशैं तिहारमा भएको नोट अभावपछि बैंकहरुले सर्वसाधारणको विश्वास गुमाएको तथा १० लाख रुपैयाँभन्दा वढीको बैंक कारोवारमा स्रोत खुलाउनु पर्ने व्यवस्थाले निक्षेप घटेको बैंकरहरुको भनाइ छ । सर्वसाधारणमा पैसा आफैसँग राख्ने प्रवृति दशैमा भएको नोट अभावपछि वढेकाले जति व्याज वढाउँदा पनि त्यसको अनुपातमा निक्षेप वढ्न नसकेको एक बैंकका प्रमुख कार्यकारी अधिकृतले बताए ।
कर्जा प्रवाहमा सामान्य सुधार आएको छ । चैतसम्म प्रवाह भएको कर्जा असार पहिलो सातासम्म आइपुग्दा १० अर्बले कर्जा वढेको छ । चैतमा बैंकले ४ खर्ब ६६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । पुसको तुलनामा यो २ अर्बले मात्र वढी हो ।
ुनिक्षेप नवढी कर्जा प्रवाहमा सुधार आउँदैनु लक्ष्मी बैंकका जोशीले भने । अहिले कर्जाको माग नभएको सनराइज बैंकका महाप्रबन्धक सुमन न्यौपानेले बताए ।

निक्षेप बिमा कार्यक्रम असफल

नागरिक संवाददाता
काठमाडौं असार १०
Recovery
सरकारले चालु वर्षको बजेटमा समावेश गरेको निक्षेप बिमा कार्यक्रम असफल हुने भएको छ । दुई लाख रुपैयाँसम्म बैंक तथा वित्तीय संस्थामा राख्दा अनिवार्य गरिएको यो कार्यक्रमका लागि ६ महिनाअघि निक्षेप बिमा अवधारणपत्रको मस्यौदा तयार गर्दा बिमा कुन कम्पनीमार्फत गर्ने भन्ने टुङ्गो लाग्न नसक्दा कार्यक्रम असफल हुने भएको हो । मस्यौदालाई अन्तिम रुप दिनका लागि त्यसपछि समिति सदस्यबिच कुनै पनि औपचारिक वैठक वस्न सकेको छैन ।
चालु आर्थिक वर्षको बजेटमा बैंक तथा वित्तीय संस्थाले साना व्यक्तिगत निक्षेपकर्ताको सुरक्षणका लागि बचत तथा मुद्दति निक्षेपको बिमा अनिवार्य रुपले गर्नका लागि व्यवस्था मिलाइने उल्लेख छ । यसका लागि सुरुका दिनमा केही काम पनि भए तर ६ महिनायता शुन्य छ ।
ुकेही विषयमा अन्यौल भएकाले अवधारणापत्रको मस्यौदाले पूर्णता पाएको छैनु अवधारणपत्र बनाउन गठित समितिका एक सदस्यले भने ुबजेट आउन केही दिन मात्र बाँकी भएकाले कार्यक्रम अगाडि वढ्नेमा शंका छ ।ु उनले केही महिनाअघि दुई लाखसम्म निक्षेप हुनेको तथ्यांक संकलन गर्ने काम आंशिक थालिएको जानकारी दिँदै त्यसले पुर्णता नपाउँदै समितिको बैठक हुन छाडेपछि रोकिएको बताए । ती सदस्यले कार्यक्रम कार्यान्वयनमा आएपछि बिमा गर्ने संस्थाले बैंक तथा वित्तीय संस्थाको अनुगमन गर्न पाउनेमा सहमति भने भइसकेको जानकारी दिए ।
वशुधन बिमालगायतका बिमा गराउने अधिकार पाएको निक्षेप तथा कर्जा सुरक्षण निगमले एक्लैले बीमा गराउने वा बैंकहरुलाई पनि सेयर दिएर संलग्न गराउने परिवारका विभिन्न नाममा खाता हुने वा एकै व्यक्तिको विभिन्न बैंकमा खाता भएमा के गर्नेलगायतका बिषयमा ६ महिनाअघि छलफल भएको थियो ।
राष्ट्र बैंकका कार्यकारी निर्देशक शुसिलराम माथेमाको नेतृत्वमा गठित समितिमा अर्थमन्त्रालय निगम र राष्ट्रिय बाणिज्य बैंकका अधिकारी छन् । राष्ट्र बैंकले अवधारणपत्र बनाएपछि अर्थमन्त्रालयमा बुझाउनु पर्छ । मन्त्रालयले त्यसमा थप अध्ययन गरी नीति बनाएर यसलाई कार्यान्वयनमा ल्याउन राष्ट्र बैंकलाई पुनः जिम्मा दिन्छ ।
ुयो वर्षभित्र लागू गर्ने सरकारी नीति भएपनि बर्ष अन्त्य हुँदासम्म मूख्य काम नै भइनसकेकाले कार्यक्रम लागू गर्न असम्भव छैनु ती अधिकारीले नागरिकसँग भने । आर्थिक वर्ष सकिन अब २० दिन मात्र बाँकी छ ।
अवधारणपत्र बनाउने समितिका एक सदस्यले सरकारी निकाय निगमलाई निक्षेप बिमाको जिम्मा दिनेसम्मको कुरा भएको जानकारी दिए । तर यसमा समिति सदस्यबिच निगमको पुँजीको बारेमा प्रश्न उठेपछि दुई विकल्प अघि सारिएको थियो ।
उनका अनुसार निगमले मात्र बिमा गराउँदा ५० करोड रुपैयाँ चुक्ता पुँजी पुर् याउनु पर्ने तथा बैंकहरु पनि सहभागी गराउने भए पुँजी १ अर्ब पुर् याउनु पर्ने सैद्धान्तिक सहमति भइसकेको छ । सार्वजनिक निजी साझेदारी पिपिपी अन्तर्गत कम्पनी स्थापना गरेर बिमा गर्ने हो की भनेर पनि छलफल भएको थियो । निगमको चुक्ता पुँजी अहिले साढे सात करोड रुपैयाँ मात्र छ ।
कति पि्रमियम तिर्ने तथा कसले तिर्ने बिषयमा पनि मतान्तर रहेको ती अधिकारीले जानकारी दिए । उनका अनुसार निक्षेपकर्ताको रकम बिमा गरिने हुँदा उनीहरुले नै पि्रमियम तिर्नु पर्ने समितिका केही सदस्यको तर्क छ । अर्को समुहले भने निक्षेप संकलन बैंकहरुको व्यवसाय भएकाले पि्रमियम बचतकर्तालाई नभइ बैंकलाई नै तिराउनु पर्ने तर्क गरेको उनले बताए । ुधेरै विषय टुङ्गो लाग्न बाँकी छु ती अधिकारीले भने ुअहिलेसम्म पनि निक्षेप बिमा अवधारणाको मस्यौदासम्म तयार भइसकेको छैन यस्तो अवस्थामा केही दिनमै कार्यक्रम लागू गर्न सकिन्न ।ु
Percy Jackson & The Olympians: The Lightning Thief

सबै निर्देशिकालाई एकिकृत गरिने

काठमाडौं असार ७ नागरिक
The Heir
राष्ट्र बैंकले चालु वर्षमा जारी गरेको सम्पूर्ण निर्देशिकालाई एकिकृत रुप दिने भएको छ । केन्द्रिय बैंक तथा वित्तीय संस्थालाई चालु बर्षभित्र दिएको निर्देशनलाई एउटै पुस्तिकामा राख्दै एकिकृत निर्देशिका २०६७ जारी गर्न लागेको हो ।
राष्ट्र बैंकले बैंक तथा वित्तीय कम्पनीका लागि यो बर्षभित्र २० निर्देशिका जारी गरिसकेको छ । थप एक निर्देशिका जारी गर्ने तयारी गरिरहेको केन्द्रिय बैंकले त्यसलाई पनि समेटेर एकिकृत निर्देशिका तयार पार्न लागेको हो ।
असार मसान्तभित्र जारी गरिने एकिकृत निर्देशिका आगामी आर्थिक बर्षबाट लागू हुने छ । ुछरिएर धेरै नै निर्देशिका आएकाले काम गर्न गाह्रो भएको छु राष्ट्र बैंकका एक अधिकारीले भने ुत्यसको व्यवस्थापनका लागि एकिकृत निर्देशिका ल्याउन लागिएको हो ।ु

सुन कार्टेलिङ हुने शंका

Mojoकाठमाडौं असार ७
आगामी २३ गतेबाट सुन आयात १० किलोमा सिमित हुने भएपछि सुन व्यवसायीले अहिले यसको मौज्दात बढाउन थालेका छन् । नेपाली बजारमा दैनिक माग २० किलोसम्म रहेको सुन दुई सातापछि १० किलोमा सिमित हुँदा मागमा दवाव परेको निहुँ पार्दै मूल्य वढाउनलाई व्यसायीले मौज्दात बढाएका हुन् ।
व्यवसायीले अहिले दैनिक ३० किलो सुन आयात गर्न भनिरहेका छन् । सुन धेरै आयात भएर देशको शोधनान्तर अवस्था ऋणात्मक भएपछि केन्द्रिय बैंकले यसको आयातमा कडाइ गर्ने नीति लिएको छ ।
केन्द्रिय बैंकले असार २३ पछि सुन आयत सम्वन्धि कुनै पनि निर्देशिका जारी नगर्ने भएकाले यसको फाइदा उठाउँदै व्यवसायीले मौज्दात बढाउन थालेका हुन् । ुआर्थिक विधेयक बजेट आएको एक साताभित्रै मौदि्रक नीति सार्वजनिक गर्ने कार्यक्रम भएकाले कुनै निर्देशिका बिचमा ल्याउँदैनौंु केन्द्रिय बैंकका एक अधिकारीले नागरिकसँग भने । उनले मौदि्रक नीतिमार्फत नै नयाँ निर्णय लिने तयरी भइरहेको जानकारी दिए ।
केन्द्रिय बैंकले बाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकस्र संघको सिफारिसमा बैंकहरुले प्रति दिन २० किलो सुन आयात गर्ने व्यवस्था अहिले गरेको छ ।
सुन आयात १० किलोमा सिमित भएको एक सातापछि बजेट आउने तथा मौदि्रक नीति बजेट आएको अर्को साता आउने भएकाले यसको फाइदा उठाउँदै व्यसायीले अहिले सुनको मौज्दात बढाएको उनले दावीसमेत गरे । ुअसार २४ पछिको दुई साताभित्र सुनको मूल्य आन्तरिक बजारमा ह्वात्तै वढ्छु ती अधिकारीले भने ुअहिले पनि आयात भएको सबै सुन विक्री नभएको रिपोर्ट हामी केन्द्रिय बैंक लाई आएको छ ।ु
अहिले एनआइसी स्ट्यान्डर्ड चार्टर्ड एनएमबी माछापुच्छे्र नबिल बैंक अफ काठमाण्डू र प्राइम बैंकले सुन आयात गरिरहेका छन् । थप ४ बैंकले आयात गर्ने्र तयारी गरिरहेका छन् । असार अन्तिम सातापछि सुनको माग त्यति नवढ्ने अनुमानका आधारमा १० किलोमा सिमित हुने गरी पछिल्लो निर्देशिका जारी गरेको जानकारी दिँदै उनले भने ुविवाहको सिजन पनि लगभग सिद्धिने अनुमानका आधारमा निर्देशिका जारी गरिएको हो ।ु
नेपाल सुन चाँदी व्यवसायी संघका अध्यक्ष तेजरत्न शाक्यले भने सुनको मौज्दात नबढाएको बताए । ुविवाहको सिजनले गर्दा माग वढिरहेको छु उनले भने ुयस्तो बेलाम कसरी मौज्दात राख्ने ु उनले असार २४ पछि सुनको कोटा नढाए स्वभाविक रुपमा माग वढेर सुनको मूल्यमा वृद्धि हुनसक्ने बताए । सुनको मूल्यमा अस्वभाविक वृद्धि नहोस् भनेर व्यसायीले राष्ट्र बैंकका गभर्नर युवराज खतिवडालाई कोटाको समय वढाउन आग्रह गरेको जानकारी दिए ।
ुअसार मसान्तसम्म कोटा कटौती नगर्न भनेका छौंु उनले भने ुकोटा कटौती भए स्वभाविक रुपमा माग र आपुर्तिका कारणले मूल्यमा वृद्धि हुन्छ ।ु उनले फेरी एक पटक भेटेर गभर्नरलाई कोटा नघटाउन आग्रह गरिने जानकारी दिए ।

सस्तोमा बैंक तथा वित्तीय कम्पनीको सेयर

सुदर्शन सापकोटा
काठमाडौं असार ३
Avatar (Two-Disc Blu-ray/DVD Combo) [Blu-ray]
सस्तोमा बैंक तथा वित्तीय कम्पनीको सेयर खरिद गर्न चाहनेकालागि अहिले राम्रो मौका छ । एक सय रुपैयाँ अंकित दरका सेयर दोस्रो बजारमा बिना झन्झट सस्तोमा नै पाइन थालेका छन् । प्राथमिक निस्कासनका लागि घण्टौं लाइन बसेर आवेदन हाल्नु पर्छ । त्यसमा पनि पर्छ नै भन्ने छैन । यस्तो बेला दोस्रो बजारमा सेयर खरिद गर्दा भविस्यमा नाफा आर्जन गर्न सकिन्छ ।
नेपाल स्टक एक्सचेन्ज नेप्से मा कारोवार भइरहने कम्पनीमध्ये आधाजसोको सेयर मूल्य ३ सय रुपैयाँभन्दा तल झरेको छ । गत भदौपछि नेप्से परिसुचक निरन्तर ओरालो लागेपछि कम्पनीको सेयर मूल्य पनि तल आएको हो । विकास बैंक र वित्तीय कम्पनीको मूल्यभन्दा कममा ८ बाणिज्य बैंकको सेयर किन्न सकिन्छ ।
माछापुच्छे्र लुम्बिनी एनएमबी बैंक अफ एसिया नेपाल डिसिबिएल ग्लोबल सनराइज र नेपाल बंगलादेश बैंकको सेयर मूल्य ३ सय रुपैयाँ तल आएको छ । ुकेही समय राख्न सक्नेले किन्दा हुन्छु सेयर विश्लेषक कम्पनी ज्याम्ब टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत अशोक महर्जनले भने । उनले अझै बजार घट्ने सम्भावना वलियो भएकाले केही समय पर्खिएर सेयर किन्दा राम्रो हुने बताए ।
भिवोर महाकाली कास्ठमण्डप एनडिइपी पाथीभरालगायतका विकास बैंकको सेयर मूल्य पनि ३ सय रुपैयाँभन्दा तल छ । ुयि कम्पनी मध्यम स्तरका भएकाले लगानीका हिसावले आकर्षक छु महर्जनले भने । उनले यि कम्पनीको सेयर अहिले खरिद गर्दा नाफा आर्जन गर्न सकिने जानकारी दिए ।
अहिले आइसिएफसी वित्तीय संस्था अपी फाइनान्स कास्की नारायणी नेसनल रोयल मर्चेन्ट सगरमाथा मर्चेन्ट शिखर सिभिल मर्चेन्ट गोर्खा वल्र्ड मर्चेन्ट स्टान्डर्ड लर्ड वुद्ध युनिभस्रललगायतका चलेका फाइनान्स कम्पनीको सेयर मूल्य पनि ३ सय तल छ । विगतमा राम्रो नाफा आर्जन गरेका यि कम्पनीले भविस्यमा वोनस सेयर तथा नगद लाभांस दिने सम्भावना वढी छ । यो हिसावले अंकित मूल्यभन्दा केही माथि भएका यि कम्पनीको सेयर खरिदका लागि उपयुक्त हुने एक विश्लेषकले बताए ।
महर्जनले स्थिर सरकार नबनुन्जेल सेयर बजार तत्काल उकालो नलाग्ने बताउँदै केही साता पर्खिएर सेयर खरिद गर्दा राम्रो हुने जानकारी दिए । प्रजातान्त्रिक राजनीतिक दलको नेतृत्वमा सरकार बने नेप्से स्थायी रुपमा उकालो लाग्ने उनले बताए ।
केही साता अघि परिसुचक ४ सयको निजक पुगेको बताउँदै महर्जनले राजनीतिक गतिरोधका कारण पुनः ४ सयको हाराहारीमा झर्ने सम्भावना पनि उत्तिकै रहेको बताए । ुनेप्सेले उल्टो गति पनि पकड्न सक्छु उनले भने ुराजनीतिक गतिरोध अन्त्य नभएसम्म बजारमा सुधार आउँछ भनेर विश्लेषण गर्न सकिन्न ।ु
केही महिनादेखि नेप्से परिसुचक ५ सय अंकको वरीपरी रहेकाले तत्काल नै वढ्छ भन्ने आधार कम भएको उल्लेख गर्दै उनले चालु वर्षको अन्त्यछि कम्पनीहरुले घोषणा गर्ने वोनस सेयर र नगद लाभांसले पनि बजार नउचाल्ने दावी गरे ।
स्ट्यान्डर्ड चार्टर्ड नबिल एभरेष्ट बैंक वाहेक नेप्सेमा सुचिकृत सवै कम्पनीको सेयर मूल्य घटेर नौ सय रुपैयाँभन्दा तल छ । कारोवार भइराख्ने नेपाल श्रीलंका मर्चेन्ट बैंक र नेसनल हाइड्रो पावर कम्पनीको सेयर मूल्य एक सय रुपैयाँभन्दा पनि कम अर्थात क्रमशः ६० र ५१ रुपैयाँ छ । पि्रमियम सहित ६ सय रुपैयाँमा विक्री भएको नेपाल टेलिकमको सेयर मूल्य ४ सय ६४ रुपैयाँ प्रतिकिक्ता छ ।

बाणिज्य बैंकको निक्षेप ३ अर्ब बढ्यो

सुदर्शन सापकोटा
काठमाडौं असार २
No Mercy

चैत मसान्तको तुलनामा जेठ अन्तिम सातासम्म आउँदा बैंकहरुको निक्षेप ३ अर्ब रुपैयाँले वढेको छ । बाणिज्य बैंकहरुले यो अवधिमा ५ खर्ब ८८ अर्ब रुपैयाँ निक्षेप संकनल गरेका छन् । ुव्याजदर बृद्धिको असर निक्षेप संकलनमा पर्न थालेको छु राष्ट्र बैंकका प्रवक्ता गोपालप्रसाद काफ्लेले बुधवार नागरिकसँग भने ।
गत पुसमा भन्दा चैतमा निक्षेप घटेको थियो । पुसमा यो ५ खर्ब ८७ अर्ब रुपैयाँ थियो भने चैतमा ५ खर्ब ८५ अर्ब रुपैयाँ मात्र बैंकसँग निक्षेप थियो । तरलता अभाव कम र बैंकले निक्षेपमा गरेको व्याज बृद्धिले बचत संकलन बढेको हो ।
ुन्युन दरले मात्र निक्षेप बढेको छु बैंकस्र संघका उपाध्यक्ष तथा सिटिजन्स बैंक इन्टरनेसनलका प्रमुख कार्यकारी अधिकृत राजनिसंह भण्डारीले भने ुव्याजदर वृद्धिले निक्षेप बढेको हो ।ु
राष्ट्र बैंकका अनुसार गत शुक्रवारसम्मको निक्षेप हेर्दा व्याज वढी दिने बैंकको बचत संकलन वढेको छ । अहिले सिटिजन्स बैंक अफ एसिया नेपाल बैंक अफ काठमाण्डू सिद्धार्थ एनएमबीलगायतका बैंकले वढी व्याज दिइरहेका छन् । यी बैंकको तुलनामा कम व्याज भएका स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल राष्ट्रिय वाणिज्य नेपाल बैंक कृषि विकास बैंकको निक्षेप संकलनमा कमी आएको छ ।
राष्ट्र बैंकका प्रबक्ता काफ्लेले बैंकभन्दा गैरबैंकिङ कारोवार बढेर निक्षेप संकलनको वृद्धिदर घटेको जानकारी दिए । उनले पहिलेको तुलनामा अहिले निक्षेप झिक्ने क्रम घटेको बताए । ुबैंकिङ क्षेत्रमा विश्वासको वातावरण वढाउनु आवश्यक छु उनले भने ुव्याजदर वृद्धिले मात्र निक्षेप वढ्दैन ।ु
बैंकहरुले तरलता अभाव सुरु भएयता तीन पटकसम्म निक्षेपको व्याजदर वढाइसकेका छन् । व्याजदरमा परम्परागत देखिएका नेपाल बैंक स्ट्यान्डर्ड चार्टर्ड राष्ट्रिय वाणिज्य नेपाल इन्भेष्टमेन्ट बैंकले पनि नयाँ आएका बैंकको हाराहारीमा नै व्याज दिन थालेका छन् । तर पनि व्याजदर बृद्धिको हिसावमा निक्षेप बढ्न सकेको छैन ।
ुतीन महिनाको अवधिमा करिव २० अर्व रुपैयाँ निक्षेप वढ्नु पर्नेमा उल्टो घटेको छु राष्ट्र बैंक उच्च स्रोतले भन्यो ुसामान्य अवस्थामा निक्षेप वृद्धि १० देखि १५ प्रतिशतले हुन्थ्यो ।ु कस्र एसोसिएसनका अध्यक्ष सशिन जोशीले व्याज वढाएर मात्र निक्षेप नवढ्ने बताउँदै विगतमा व्याजदर कम हुँदा पनि निक्षेप वढेको जानकारी दिए ।
दशैं तिहारमा भएको नोट अभावपछि बैंकहरुले सर्वसाधारणको विश्वास गुमाएकाले निक्षेप घटेको बैंकस्र बताउँछन् । सर्वसाधारणमा पैसा आफैसँग राख्ने प्रवृति दशैमा भएको नोट अभावपछि वढेकाले जति व्याज वढाउँदा पनि निक्षेप वढ्न नसकेको एक बैंकका प्रमुख कार्यकारी अधिकृतले बताए । सर्वसाधारणको विश्वास आर्जन नगरेसम्म निक्षेप नबढ्ने उनले दावी गरे ।
कर्जा प्रवाहमा पनि सुधार आउन सकेको छैन । चैतसम्म प्रवाह भएको कर्जा जेठ अन्तिम सातासम्म आइपुग्दासमेत वढ्न सकेको छैन । चैतमा बैंकले ४ खर्ब ६६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । पुसको तुलनामा भने २ अर्बले कर्जा प्रवाह वढेको छ ।
निक्षेप नवढेपछि कर्जा लगानी गर्ने स्रोत अभावले बैंकले कर्जा रोकेका छन् । ुअहिले कर्जा दिने अवस्था पनि छैन र माग पनि घटेको छु एक बैंकका अधिकारीले भने ुनिक्षेपसँगै कर्जाको व्याजदर वढेकाले पनि माग घटेको हो ।ु

ऐन विपरित जारी भएको निर्देशिकाले बैंकले पुनर्कर्जा पाएनन्

सुदर्शन सापकोटा
काठमाडौं असार १
No Mercy
ऐन र निर्देशिकामा क्षेत्रगत कर्जा वर्गिकरण गर्ने व्यवस्था फरक परेपछि ३ बैंक पुनर्कर्जा लिनबाट बिाचत भएका छन् । बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐनमा क्षेत्रगत कर्जा सीमा पुँजी कोषको आधारमा निर्धारण गर्नु पर्ने उल्लेख छ । तर ऐनलाई वेवास्था गर्दै ल्याइएको निर्देशिकामा कुल लगानीका आधारमा क्षेत्रगत कर्जा वर्गिकरण गर्ने व्यवस्था गरिएकाले बैंकहरु प्रभावित भएका हुन् ।
ुऐनमा क्षेत्रगत आधारमा कर्जा सिमा निर्धारण गर्ने कुरा छु एक बैंकका प्रमुख कार्यकारी अधिकृतले नागरिकसँग भने ुतर ऐनको मर्म विपरित निर्देशिका जारी गरेर राष्ट्र बैंकले पुनर्कर्जा रोक्यो ।ु
निर्देशिकामा कुल लगानीका आधारमा रियलस्टेट कर्जाको सीमा निर्धारण गर्दै केन्द्रिय बैंकले डिसिबिएल किस्ट र लक्ष्मी बैंकलाई पुनर्कर्जा नदिने भएको हो । यि बैंकले पुनर्कर्जा नपाउने भएपछि सनराइज् बैंकले पुनर्कर्जाका लागि आवेदन दिन चासो देखाएन । ुऐनलाई निर्देशिकाले जित्योु ती बैंकरले भने ुराष्ट्र बैंकले आफ्नो ऐन एकपल्ट पल्टाएर नहेर्दा निर्देशिका ऐन विपरित आयो ।ु
बैंक तथा वित्तीय कम्पनीमा तरलता समस्याले गर्दा उत्पादन मूलक क्षेत्रमा समेत कर्जा प्रवाह हुन नसकेपछि केन्द्रिय बैंकले लगानी निरन्तरताका लागि पुनर्कर्जा नीति लिएको थियो । तर बैंक तथा वित्तीय कम्पनी यसमा आकर्षित हुन नसकेपछि गभर्नर युवराज खतिवडाले पुनर्कर्जा सुविधाको उपयोग गर्न बैंकरहरुलाई आग्रह गरेका थिए । उनको आग्रह लगत्तै पुनर्कर्जाका लागि बैंकस्र एसोसिएसनले आफ्ना सदस्य बैंकसँग छलफल गरी एकैचोटी यसमा जाने निर्णय गरेको थियो ।
ुकेन्द्रिय बैंकको पुनर्कर्जा तथा रियलस्टेट कर्जा निर्देशिका र ऐन बाझिएकाले असल कर्जाको धितोमा ऋण लिन पाएनौंु एक बैंकका प्रमुख कार्यकारी अधिकृतले भने । केन्द्रिय बैंकले गत फस २ गते जारी गरेको निर्देशनमा ुनिर्देशन जारी मिति पश्चात प्रदान भएका रियल स्टेट÷आवासीय घर कर्जा २०६८ आषाढ मसान्त र २०६९ आषाढ मसान्तका लागि निर्धारण गरिएको सीमाभित्र आउनु पर्नेु उल्लेख छ ।
निर्देशनमा रियल स्टेटमा कुल कर्जाको २५ प्रतिशत र रियल स्टेट एवं आवासीय घर कर्जा दुवैमा गरी कुल कर्जाको ४० प्रतिशतभन्दा बढी हुने गरी कर्जा प्रवाह गर्न नपाइने भनिएको छ । यस्तै २०६८ साउनमा १५ प्रतिशत र २०६९ साउनमा यसलाई १० प्रतिशतको सीमा भित्र राख्नु पर्नेछ । पुनर्कर्जा नीति सम्वन्धि गत चैत २४ गतेको निर्देशनमा रियलस्टेटमा प्रवाहित कर्जा केन्द्रिय बैंकले तोकेको सीमाभित्र हुनु पर्ने भनिएको छ । ुपुनर्कर्जामा जाँदा कहिलेसम्मको रियलस्टेटलाई सीमाभित्र राखेर जानु पर्ने भनिएको छैनु एक बैंकरले भने ुत्यही भएर गएका थियौं तर राष्ट्र बैंकले खाली हात पठायो ।ु
बैंकहरुले पुनर्कर्जा नपाएपछि बैंकस्र एसोसिएनसले केही समयअघि बाझिएको व्यवस्थालाई सहजीकरण गर्दै पुनर्कर्जा दिन केन्द्रिय बैंकलाई लिखित आग्रह गरेको थियो । रियलस्टेटको सीमा केन्द्रिय बैंकले तोकेकोभन्दा वढी भए नाघेजती रकमको कुल जोखिम भारित सम्पत्तिको गणना गर्दा १५० प्रतिशतको जोखिम भार प्रदान गर्नुपर्ने हुन्छ । डिसिबिएल बैंकले १५० प्रतिशतको जिखिम भार गरेपनि पुनर्कर्जा नपाएको बैंक स्रोतले बतायो । लक्ष्मी बैंकले रियलस्टेटमा कुल कर्जा लगानीको २५।१४ प्रतिशत भएकाले कर्जा पाएन । किष्टको पनि चैत मसान्तसम्म रियलस्टेटमा ३१ प्रतिशत लगानी छ । ुअहिले रियलस्टेट कर्जा २५ प्रतिशतभन्दा तल झरिसकेको छु लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन जोशीले भने ुपुनः पुनर्कर्जामा जाने÷नजाने भनेर छलफल भइरहेको छ ।ु
ुहामीले गभर्नरलाई वाझिएको व्यवस्थाका वारेमा कुरा राखेका थियौंु ती बैंकरले भने ुउहाँबाट प्रस्ट जवाफ पाएका छैनौं ।ु बैंकस्र संघका एक अधिकारीका अनुसार केन्द्रिय बैंकका अधिकारीले निर्देशनमा भएको व्यवस्था अनुसार कर्जा दिन नसकेको भन्दै गभर्नरबाट मिलाएर आउन भनेको जानकारी दिए ।
यसबीचमा सिटिजन्स बैंक इन्टरनेसनल र क्लिन इनर्जी डेभलपमेन्ट बैंकले क्रमशः ५४ करोड ८० लाख र १४ करोड रुपैयाँ पुनर्कर्जा माग गरेका थिए । यसमध्ये सिटिजन्सले ४० करोड रुपैयाँ पुनर्कर्जा पाएको छ । ुनयाँ धितो देखाएर थप कर्जा लिने तयारी गरिरहेका छौंु बैंक स्रोतले भन्यो ।

सम्झना फाइनान्सले निक्षेप फिर्ता गरेन

सुदर्शन सापकोटा
काठमाडौं जेठ ३१
Recovery

राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको बनेपास्थित सम्झना फाइनान्स कम्पनीले निक्षेपकर्ताको बचत फिर्ता गर्न सकेको छैन । ुतीन दिनदेखि नियमित पैसा निक्षेप फिर्ता माग्न गएको पाएको छैनु कोटेश्वरका कुमुद भट्टराईले सोमबार नागरिकसँग भने । अधिवक्तासमेत रहेका उनले ४ महिनाअघि सम्झना फाइनान्समा २० लाख रुपैयाँ निक्षेप जम्मा गरेका थिए ।
कम्पनीलाई गत बिहीबार केन्द्रिय बैंकले सुध्रनका लागि ६ महिनाको म्याद दिँदै समस्याग्रस्त घोषणा गरेको थियो । समस्याग्रस्त घोषण गरे लगत्तै आफ्नो रकम डुब्ने डरले उनी पैसा फिर्ता माग्न गएका हुन् । ुअहिले दिन सक्दैनौं केही समय पर्खन भन्छन्ु उनले भने ।
केही समयअघि केन्द्रिय बैंकले नेपाल विकास बैंकलाई खारेज गर्दा साचय कोष र नेपाली सेनाले आफ्नो निक्षेप रकम अझै पाएका छैनन् । सर्वसाधारणले पनि खारेज भएको लामो समयपछि मात्र रकम फिर्ता पाएका थिए ।
कम्पनीलाई समस्याग्रस्त घोषण गरेको तेस्रो दिनसम्म निक्षेपकर्ताले ३ करोड रुपैयाँ फिर्ता लिइसकेका छन् । कम्पनीले एक दिनमा एक जनालाई १० हजार रुपैयाँका दरले निक्षेप फिर्ता गर्ने सुचना कार्यालयमा टाँसेको छ । मुद्दति निक्षेपको अवधि नपुगेका र ठूलो रकम निक्षेप भएकालाई कम्पनीले केही समय पर्खन सुचनामा भनेको छ ।
१० हजार रुपैयाँभन्दा वढी निक्षेप भएका सर्वसाधारणलाई कम्पनी साचालक समिति सदस्यले पैसा आएपछि दिन्छौं भन्ने गरेका छन् । कम्पनीमा सर्वसाधारणको ३१ करोड ३१ लाख रुपैयाँ निक्षेप छ । निक्षेपको तुलनामा वढी कर्जा लगानी गरेको छ । चालु वर्षको चैत मसान्तसम्म फाइनान्सले ३४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको उसको वित्तीय विवरणमा देखिन्छ । २०५२ मा स्थापित कम्पनीको चुक्ता पुँजी ७ करोड २६ लाख रुपैयाँ छ ।
निक्षेपकर्ताले ुतत्काल पैसा फिर्ता नगर्ने हो भने चेकको पछाडि दरपिठ गर्न भन्दा पनि बैंक साचालक नमानेको भट्टराईले जानकारी दिए । ुसाचालकले तत्तका पैसा फिर्ता गर्ने अवस्था छैन तपाईहरु जे गर्न सक्नु हुन्छ गर्नुस भन्छन्ु उनले भने । चेकको पछाडि भुक्तानी गर्न सक्दैनौं भनेर लेखिदिन बैंक कर्मचारीलाई भन्दा जबाफमा केही समयपछि पैसा फिर्ता गर्छौ अहिले चुप लाग्नु भन्ने गरेको भट्टराईले बताए ।
निक्षेपकर्तालाई थामथुम गर्न साचालक समितिका अधिकारीहरु कम्पनीका सबै शाखामा बसेका छन् । केन्द्रिय कार्यालय बनेपा रहेको कम्पनीको ४ शाखा साचालनमा छ । ुआजसम्म पनि निक्षेप फिर्ता नगरेकाले भोली मंगलवार राष्ट्र बैंकमा निवेदन दिने तयारी गरिरहेको छुु भट्टराईले भने ।
कम्पनीलाई ६ महिनाभित्र नसुधि्रए कडा कारवाही गर्ने लिखित चेतावनी केन्द्रिय बैंकले दिएको छ । ५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको १३ करोड रुपैयाँ पुँजी ऋणात्मक छ । फाइनान्सको ४९ प्रतिशत खराव कर्जा छ ।
चालु वर्षको चैत मसान्तसम्म कम्पनीको जगेडा कोष ४ करोड ५२ लाख रुपैयाँले ऋणात्मक छ । गत वर्ष यसै अवधिमा यो ३ करोड ६८ करोड रुपैयाँ ऋणात्मक थियो । चैतपछि करिव डेड करोड रुपैयाँ वरावरको गैरबैंकिङ सम्पति विक्री गरेर कर्जा असुल गरेको कम्पनी स्रोतले बतायो । ुकेही गैरबैंकिङ सम्पति विक्री गर्ने प्रकृयामा छौंु स्रोतले भन्यो । चैतसम्म बैंकको गैरबैंकिङ सम्पति ४ करोड ११ लाख रुपैयाँ थियो । कम्पनी १४ करोड २५ लाख रुपैयाँ साचालन नोक्सानमा छ ।
कम्पनीले कर्जा लगानी गरेको रकमबाट उठाउने व्याजभन्दा निक्षेपमा तिर्ने व्याज वढी छ । यसले गर्दा चालु वर्षको चैतसम्म कम्पनीको खुद व्याज आम्दानी ८४ लाख ९६ हजार रुपैयाँले ऋणात्मक छ । बैंकले चैतसम्म ३४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको उसको नाफा नोक्सान हिसाव खातामा देखिन्छ । खुद व्याज आम्दानी ऋणात्मक हुँदा कम्पनीले चैतसम्म १ करोड १६ लाख रुपैयाँ नोक्सन वेहोरेको छ । गत बर्षको यसै अवधिमा कम्पनी ४६ लाख रुपैयाँ नाफामा थियो ।

पुनर्कर्जाका सर्त खुकुल पार्न केन्द्रिय बैंकद्वारा अस्विकार

तीन बैंकले कर्जा पाएनन्
Avatar (Two-Disc Blu-ray/DVD Combo) [Blu-ray]


काठमाडौं जेठ ३०
बैंकस्र एसोसिएसनले असल कर्जाको धितोमा उपलब्ध गराउने कर्जाका केही सर्तहरु खुकुल बनाउन गरेको आग्रहलाई अस्विकार गर्दै राष्ट्र बैंकले तीन वाणिज्य बैंकलाई पुनर्कर्जा नदिने भएको छ ।
केन्द्रिय बैंकले डिसिबिएल किस्ट र लक्ष्मी बैंकलाई पुनर्कर्जा नदिने भएको हो । यि बैंकले पुनर्कर्जा नपाउने भएपछि सनराइज् बैंकले पुनर्कर्जाका लागि आवेदन दिन चासो देखाएन । राष्ट्र बैंकको पुनर्कर्जा र रियलस्टेट लगानी सम्वन्धि निर्देशिका वाझिएका कारण कर्जा नपाइएको बैंकरले बताए ।
बैंक तथा वित्तीय कम्पनीमा तरलता समस्याले गर्दा उत्पादन मूलक क्षेत्रमा समेत कर्जा प्रवाह हुन नसकेपछि केन्द्रिय बैंकले लगानी निरन्तरताका लागि पुनर्कर्जा नीति लिएको थियो । तर बैंक तथा वित्तीय कम्पनी यसमा आकर्षित हुन नसकेपछि गभर्नर युवराज खतिवडाले पुनर्कर्जा सुविधाको उपयोग गर्न बैंकरहरुलाई आग्रह गरेका थिए । उनको आग्रह लगत्तै पुनर्कर्जाका लागि बैंकस्र एसोसिएसनले आफ्ना सदस्य बैंकसँग छलफल गरी एकैचोटी यसमा जाने निर्णय गरेको थियो ।
ुकेन्द्रिय बैंकको पुनर्कर्जा नीति र रियलस्टेट कर्जा नीति बाझिएकाले असल कर्जाको धितोमा ऋण लिन पाएनौंु एक बैंकका प्रमुख कार्यकारी अधिकृतले भने । केन्द्रिय बैंकले गत फस २ गते जारी गरेको निर्देशनमा ुनिर्देशन जारी मिति पश्चात प्रदान भएका रियल स्टेट÷आवासीय घर कर्जा २०६८ आषाढ मसान्त र २०६९ आषाढ मसान्तका लागि निर्धारण गरिएको सीमाभित्र आउनु पर्नेु उल्लेख छ ।
निर्देशनमा रियल स्टेटमा कुल कर्जाको २५ प्रतिशत र रियल स्टेट एवं आवासीय घर कर्जा दुवैमा गरी कुल कर्जाको ४० प्रतिशतभन्दा बढी हुने गरी कर्जा प्रवाह गर्न नपाइने भनिएको छ । यस्तै २०६८ साउनमा १५ प्रतिशत र २०६९ साउनमा यसलाई १० प्रतिशतको सीमा भित्र राख्नु पर्नेछ । पुनर्कर्जा नीति सम्वन्धि गत चैत २४ गतेको निर्देशनमा रियलस्टेटमा प्रवाहित कर्जा केन्द्रिय बैंकले तोकेको सीमाभित्र हुनु पर्ने भनिएको छ । ुपुनर्कर्जामा जाँदा कहिलेसम्मको रियलस्टेटलाई सीमाभित्र राखेर जानु पर्ने भनिएको छैनु एक बैंकरले भने ुत्यही भएर गएका थियौं तर राष्ट्र बैंकले खाली हात पठायो ।ु
बैंकहरुले पुनर्कर्जा नपाएपछि बैंकस्र एसोसिएनसले केही समयअघि बाझिएको व्यवस्थालाई सहजीकरण गर्दै पुनर्कर्जा दिन केन्द्रिय बैंकलाई लिखित आग्रह गरेको थियो । रियलस्टेटको सीमा केन्द्रिय बैंकले तोकेकोभन्दा वढी भए नाघेजती रकमको कुल जोखिम भारित सम्पत्तिको गणना गर्दा १५० प्रतिशतको जोखिम भार प्रदान गर्नुपर्ने हुन्छ । डिसिबिएल बैंकले १५० प्रतिशतको जिखिम भार गरेपनि पुनर्कर्जा नपाएको बैंक स्रोतले बतायो । लक्ष्मी बैंकले रियलस्टेटमा कुल कर्जा लगानीको २५।१४ प्रतिशत भएकाले कर्जा पाएन । किष्टको पनि चैत मसान्तसम्म रियलस्टेटमा ३१ प्रतिशत लगानी छ । ुअहिले रियलस्टेट कर्जा २५ प्रतिशतभन्दा तल झरिसकेको छु लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन जोशीले भने ुपुनः पुनर्कर्जामा जाने÷नजाने भनेर छलफल भइरहेको छ ।ु
ुहामीले गभर्नरलाई वाझिएको व्यवस्थाका वारेमा कुरा राखेका थियौंु ती बैंकरले भने ुउहाँबाट प्रस्ट जवाफ पाएका छैनौं ।ु बैंकस्र संघका एक अधिकारीका अनुसार केन्द्रिय बैंकका अधिकारीले निर्देशनमा भएको व्यवस्था अनुसार कर्जा दिन नसकेको भन्दै गभर्नरबाट मिलाएर आउन भनेको जानकारी दिए । The Girl with the Dragon Tattoo
यसबीचमा सिटिजन्स बैंक इन्टरनेसनल र क्लिन इनर्जी डेभलपमेन्ट बैंकले क्रमशः ५४ करोड ८० लाख र १४ करोड रुपैयाँ पुनर्कर्जा माग गरेका थिए । यसमध्ये सिटिजन्सले ४० करोड रुपैयाँ पुनर्कर्जा पाएको छ । ुनयाँ धितो देखाएर थप कर्जा लिने तयारी गरिरहेका छौंु बैंक स्रोतले भन्यो ।