निक्षेप संकलन ६ खर्ब नाघ्यो

नागरिक संवाददाता
काठमाडौं साउन २
वाणिज्य बैंकको निक्षेप संकलन वढेको छ । गत असार २५ सम्मको तथ्यांक अनुसार बैंकहरुले ६ खर्ब ४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । बैंकहरुको नपरिस्कृत वित्तीय विवरण आउँदासम्म निक्षेप थप बढ्ने बैंकस्रले बताए ।
असार १८ सम्मको तुलनामा निक्षेप ९ अर्बले बढेको छ । दुई महिनाअघि निक्षेप ५ खर्ब ८५ अर्ब रुपैयाँ संकलन भएको थियो । ुब्याज दर बृद्धिको असर निक्षेप संकलमा परेको होु राष्ट्र बैंकका गभर्नर युवराज खतिवडाले भने ।
ुन्युन दरले मात्र निक्षेप बढेको छु एक बैंकका प्रमुख कार्यकारी अधिकृतले भने ुग्राहकको आत्मविश्वास बैंकप्रति वढेर वृद्धि भएको हो ।ु उनले सरकारी खर्चमा भएको वृद्धिले पनि बैंकको निक्षेप वढेको जानकारी दिए ।
राष्ट्र बैंकका अनुसार असार २५ सम्म संकलन भएको निक्षेप हेर्दा व्याज वढी दिने बैंकको बचत वढेको छ । अहिले सिटिजन्स बैंक अफ एसिया नेपाल बैंक अफ काठमाण्डू सिद्धार्थ एनएमबीलगायतका बैंकले वढी व्याज दिइरहेका छन् । यी बैंकको तुलनामा कम व्याज भएका ठूला र पुराना बैंकको निक्षेप संकलनमा भने सुधार आउन नसकेको राष्ट्र बैंकका एक अधिकारीले जानकारी दिए ।
राष्ट्र बैंकका प्रबक्ता गोपाल काफ्लेले बैंकभन्दा गैरबैंकिङ कारोवार बढेर निक्षेप संकलनको वृद्धिदर घटेको जानकारी दिए । उनले पहिलेको तुलनामा अहिले निक्षेप झिक्ने क्रम घटेको बताए । ुबैंकिङ क्षेत्रमा विश्वासको वातावरण वढाउनु आवश्यक छु उनले भने ुव्याजदर वृद्धिले मात्र निक्षेप वढ्दैन ।ु
बैंकहरुले तरलता अभाव सुरु भएयता तीन पटकसम्म निक्षेपको व्याजदर वढाइसकेका छन् । व्याजदरमा परम्परागत देखिएका नेपाल बैंक स्ट्यान्डर्ड चार्टर्ड राष्ट्रिय वाणिज्य नेपाल इन्भेष्टमेन्ट बैंकले पनि नयाँ आएका बैंकको हाराहारीमा नै व्याज दिन थालेका छन् । तर पनि व्याजदर बृद्धिको हिसावमा निक्षेप बढ्न सकेको छैन ।
दशैं तिहारमा भएको नोट अभावपछि बैंकहरुले सर्वसाधारणको विश्वास गुमाएको तथा १० लाख रुपैयाँभन्दा वढीको बैंक कारोवारमा स्रोत खुलाउनु पर्ने व्यवस्थाले निक्षेप घटेको बैंकरहरुको भनाइ छ । सर्वसाधारणमा पैसा आफैसँग राख्ने प्रवृति दशैमा भएको नोट अभावपछि वढेकाले जति व्याज वढाउँदा पनि त्यसको अनुपातमा निक्षेप वढ्न नसकेको एक बैंकका प्रमुख कार्यकारी अधिकृतले बताए ।
अहिले कर्जा प्रवाहमा सामान्य सुधार आएको छ । चैतसम्म प्रवाह भएको कर्जा असार पहिलो सातासम्म आइपुग्दा १० अर्बले कर्जा वढेको छ । चैतमा बैंकले ४ खर्ब ६६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । पुसको तुलनामा यो २ अर्बले मात्र वढी हो ।
ुनिक्षेप नवढी कर्जा प्रवाहमा सुधार आउँदैनु लक्ष्मी बैंकका जोशीले भने । अहिले कर्जाको माग नभएको सनराइज बैंकका महाप्रबन्धक सुमन न्यौपानेले बताए ।
असार तेस्रो सातासम्म बैंकहरुले ४ खर्ब ६६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यसको एक साताअघिको तुलनामा कर्जा प्रवाह २ अर्बले बढेको हो । बैंकहरुको कर्जा-निक्षेप अनुपात वढेकाले कर्जा अपेक्षकृत रुपमा बढ्न नसकेको हो । दुई महिनाअघिको तुलनामा भने कर्जा प्रवाह ४ अर्ब रुपैयाँले घटेको छ । आर्थिक बर्ष समाप्ति हुँदा बैंकले नयाँ कर्जा प्रवाह बन्द गरेर पुरानो पनि उठाउने भएकाले घटेको हो ।

No comments:

Post a Comment

thanks for comment