आन्तरिक ऋण लक्ष्य अनुसार उठ्यो

सुदर्शन सापकोटा
काठमाडौं असार २७
चालु आर्थिक बर्षमा सरकारले २७ अर्ब ३० करोड रुपैयाँ आन्तरिक ऋण उठाएको छ । चालु बर्षको बजेट बक्तव्यमा ३० अर्ब ९१ करोड रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य लिएको सरकारले यो साताभित्र थप ३ अर्ब ६० करोड रुपैयाँ टे्रजरी विल्समार्फत ऋण उठाउँदै छ । ुयो बर्षको आन्तरिक ऋण उठाउने लThe Heirक्ष्य पुरा हुन्छु राष्ट्र बैंकका एक अधिकारीले आइतवार नागरिकसँग भने ।
ऋण पत्र सरकारका लागि राष्ट्र बैंकले निस्कासन गर्छ । गत बर्ष २२ अर्ब रुपैयाँ बचतमा हुँदा सरकारले लक्ष्यभन्दा ६ अर्ब रुपैयाँ कम आन्तरिक ऋण उठाएको थियो । यो बर्ष ३ अर्बको हाराहारीमा मात्र सरकार बचतमा रहने अनुमान छ ।
राजश्व उठ्तीमा बृद्धि बैशाखपछि पुँजीगत खर्च वढेको र लक्ष्य अुनसार आन्तरिक ऋण उठेकाले सरकार केही बचतमा हुने केन्द्रिय बैंंकका एक अधिकारीले जानकारी दिए । ुगत बर्षजस्तो बचत हुँदैन तर सामान्य बचतमा सरकार रहन्छु ती अधिकारीले भने ।
राष्ट्र बैंकले टे्रजरी विल्स विकास ऋण पत्र नागरिक बचत पत्र र बैदेशिक रोजगार बचत पत्रबाट आन्तरिक ऋण उठाएको हो । आइतवारसम्म केन्द्रिय बैंकले टे्रजरी बिल्सबाट १६ अर्ब ३२ करोड ८ लाख रुपैयाँ ऋण उठाएको छ । विकास ऋण पत्रमार्फत ९ अर्ब ४ करोड ९ लाख नागरिक बचत पत्रबाट ९३ करोड ९३ लाख रुपैयाँ ऋण उठाइसकेको छ । गत वुधबारबाट निस्कसन गरिएको बैदेशिक रोजगार बचत पत्रबाट एक अर्ब रुपैयाँ ऋण उठाउने राष्ट्र बैंकको लक्ष्य छ ।
यो बचत पत्र ढिलो गरी निस्कासन हुँदा पर्याप्त प्रचार प्रसार हुन नसकेको व्याजदर कम भएको र बचत पत्र विक्री गर्ने अधिकार पाएका कम्पनीहरुको कमिसन थोरै भएकाले विक्री हुनेमा भने शंका छ । विदेशमा काम गर्न गएका नेपालीलाई लक्षित गर्दै ल्याइएको यो बचत पत्रको व्याजदर ९।७५ प्रतिशत छ । अहिले वाणिज्य बैंकहरुले निक्षेपमा १२ प्रतिशतसम्म व्याज दिइरहेका छन् ।
सरकारले बजेटमा रोजगार बचत पत्रबाट सात अर्ब रुपैयाँ ऋण उठाउने लक्ष्य लिएको थियो । तर समयमा यसको कार्यनीति बन्न नसक्दा १ अर्ब रुपैयाँ उठाउने भएको हो । ुभर्खरै विक्री थालिएकाले रोजगार बचत पत्रबाट कति रकम उठ्छ भन्न सकिदैनु केन्द्रिय बैंकका अधिकारीले भने ुअन्य शिर्षकबाट उठाइने ऋण भने उठ्छ ।ु उठाउन बाँकी ३ अर्ब ६० करोड रुपैयाँ ऋण केन्द्रिय बैंकले यसै साता उठाउँदैछ ।
नौ प्रतिशत व्याजको विकास ऋण पत्र सर्वसाधारण तथा साजय कोष बिमालगायतका कम्पनीहरुले खरिद गरेका छन् । पि्रमियममा विक्री हुने यो ऋण पत्र वोलकवोलबाट खरिद गर्न सकिन्छ । साढे नौं प्रतिशत व्याज भएको नागरिक बचत पत्र सर्वसाधारणले मात्र खरिद गर्न पाउँछन् ।
राष्ट्र बैंकले जेठ र असारमा मात्र २ अर्ब ५५ करोड रुपैयाँको विकास ऋण पत्र १० अर्बको नागरिक बचत पत्र निस्कासन गर्ने तालिका सार्वजनिक गरेको थियो । तालिका अनुसार दुई महिनामा ४ अर्बको टे्रजरी विल्स निस्कासन गर्ने केन्द्रिय बैंकको योजना थियो ।
तर तोकिएको समयमा तोकिएको परिमाणमा ऋणपत्र विक्री गर्न कठिन भएपछि आकस्मिक निर्णय गर्दै तालिका परिवर्तन गरेको एक अधिकारीले जानकारी दिए । उनका अनुसार बैदेशिक रोजगार बचत पत्र र विकास ऋण पत्रका लागि सार्वजनिक गरिएको रकमबाट केही रकम झिकेर टे्रजरी विल्स नै निस्कासन गरिएको छ ।
निक्षेप १५ अर्बले वढ्ने
बैंकहरुले निक्षेपको व्याजदर तथा सरकारी खर्चमा भएको वृद्धि र रेमिट्यान्समा आएको सुधारले चालु वर्षको अन्त्यसम्ममा बचत संकलन वढ्ने देखिएको छ । ुनिक्षेपको वृद्धिदर ११ प्रतिशतको छु राष्ट्र बैंकका गभर्नर युवराज खतिवडाले गत शुक्रवार आर्थिक पत्रकारसँगको भेटमा भनेका थिए ुनिक्षेपको व्याजमा भएको वृद्धिले बचत संकलन बढेको हो ।
ुबैंकहरुको निक्षेप संकलन आर्थिक बर्षको अन्त्यसम्ममा ६ खर्ब रुपैयाँ पुग्छु राष्ट्र बैंकका एक अधिकारीले भने । असार पहिलो सातासम्म बैंकले ५ खर्ब ९२ अर्ब रुपैयाँ निक्षेप संकलन गरिसकेका छन् । तेस्रो त्रैमास चैत मसान्त सम्म निक्षेप संकलन ५ खर्ब ८५ अर्ब रुपैयाँ थियो ।
तरलता अभाव सुरुभए कात्तिक यता मात्र बैंक तथा वित्तीय कम्पनीहरुले तीन पटकसम्म निक्षेपको व्याजदर वढाएका छन् । राष्ट्र बैंकका अनुसार चैतदेखि असारसम्म निक्षेप संकलन २० अर्बले वढ्नु पथ्र्यो । तरलता अभावको प्रभावले गर्दा तीन महिनायता निक्षेप १५ अर्ब रुपैयाँले मात्र वढ्ने छ ।

No comments:

Post a Comment

thanks for comment