सस्तोमा बैंक तथा वित्तीय कम्पनीको सेयर

सुदर्शन सापकोटा
काठमाडौं असार ३
Avatar (Two-Disc Blu-ray/DVD Combo) [Blu-ray]
सस्तोमा बैंक तथा वित्तीय कम्पनीको सेयर खरिद गर्न चाहनेकालागि अहिले राम्रो मौका छ । एक सय रुपैयाँ अंकित दरका सेयर दोस्रो बजारमा बिना झन्झट सस्तोमा नै पाइन थालेका छन् । प्राथमिक निस्कासनका लागि घण्टौं लाइन बसेर आवेदन हाल्नु पर्छ । त्यसमा पनि पर्छ नै भन्ने छैन । यस्तो बेला दोस्रो बजारमा सेयर खरिद गर्दा भविस्यमा नाफा आर्जन गर्न सकिन्छ ।
नेपाल स्टक एक्सचेन्ज नेप्से मा कारोवार भइरहने कम्पनीमध्ये आधाजसोको सेयर मूल्य ३ सय रुपैयाँभन्दा तल झरेको छ । गत भदौपछि नेप्से परिसुचक निरन्तर ओरालो लागेपछि कम्पनीको सेयर मूल्य पनि तल आएको हो । विकास बैंक र वित्तीय कम्पनीको मूल्यभन्दा कममा ८ बाणिज्य बैंकको सेयर किन्न सकिन्छ ।
माछापुच्छे्र लुम्बिनी एनएमबी बैंक अफ एसिया नेपाल डिसिबिएल ग्लोबल सनराइज र नेपाल बंगलादेश बैंकको सेयर मूल्य ३ सय रुपैयाँ तल आएको छ । ुकेही समय राख्न सक्नेले किन्दा हुन्छु सेयर विश्लेषक कम्पनी ज्याम्ब टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत अशोक महर्जनले भने । उनले अझै बजार घट्ने सम्भावना वलियो भएकाले केही समय पर्खिएर सेयर किन्दा राम्रो हुने बताए ।
भिवोर महाकाली कास्ठमण्डप एनडिइपी पाथीभरालगायतका विकास बैंकको सेयर मूल्य पनि ३ सय रुपैयाँभन्दा तल छ । ुयि कम्पनी मध्यम स्तरका भएकाले लगानीका हिसावले आकर्षक छु महर्जनले भने । उनले यि कम्पनीको सेयर अहिले खरिद गर्दा नाफा आर्जन गर्न सकिने जानकारी दिए ।
अहिले आइसिएफसी वित्तीय संस्था अपी फाइनान्स कास्की नारायणी नेसनल रोयल मर्चेन्ट सगरमाथा मर्चेन्ट शिखर सिभिल मर्चेन्ट गोर्खा वल्र्ड मर्चेन्ट स्टान्डर्ड लर्ड वुद्ध युनिभस्रललगायतका चलेका फाइनान्स कम्पनीको सेयर मूल्य पनि ३ सय तल छ । विगतमा राम्रो नाफा आर्जन गरेका यि कम्पनीले भविस्यमा वोनस सेयर तथा नगद लाभांस दिने सम्भावना वढी छ । यो हिसावले अंकित मूल्यभन्दा केही माथि भएका यि कम्पनीको सेयर खरिदका लागि उपयुक्त हुने एक विश्लेषकले बताए ।
महर्जनले स्थिर सरकार नबनुन्जेल सेयर बजार तत्काल उकालो नलाग्ने बताउँदै केही साता पर्खिएर सेयर खरिद गर्दा राम्रो हुने जानकारी दिए । प्रजातान्त्रिक राजनीतिक दलको नेतृत्वमा सरकार बने नेप्से स्थायी रुपमा उकालो लाग्ने उनले बताए ।
केही साता अघि परिसुचक ४ सयको निजक पुगेको बताउँदै महर्जनले राजनीतिक गतिरोधका कारण पुनः ४ सयको हाराहारीमा झर्ने सम्भावना पनि उत्तिकै रहेको बताए । ुनेप्सेले उल्टो गति पनि पकड्न सक्छु उनले भने ुराजनीतिक गतिरोध अन्त्य नभएसम्म बजारमा सुधार आउँछ भनेर विश्लेषण गर्न सकिन्न ।ु
केही महिनादेखि नेप्से परिसुचक ५ सय अंकको वरीपरी रहेकाले तत्काल नै वढ्छ भन्ने आधार कम भएको उल्लेख गर्दै उनले चालु वर्षको अन्त्यछि कम्पनीहरुले घोषणा गर्ने वोनस सेयर र नगद लाभांसले पनि बजार नउचाल्ने दावी गरे ।
स्ट्यान्डर्ड चार्टर्ड नबिल एभरेष्ट बैंक वाहेक नेप्सेमा सुचिकृत सवै कम्पनीको सेयर मूल्य घटेर नौ सय रुपैयाँभन्दा तल छ । कारोवार भइराख्ने नेपाल श्रीलंका मर्चेन्ट बैंक र नेसनल हाइड्रो पावर कम्पनीको सेयर मूल्य एक सय रुपैयाँभन्दा पनि कम अर्थात क्रमशः ६० र ५१ रुपैयाँ छ । पि्रमियम सहित ६ सय रुपैयाँमा विक्री भएको नेपाल टेलिकमको सेयर मूल्य ४ सय ६४ रुपैयाँ प्रतिकिक्ता छ ।

No comments:

Post a Comment

thanks for comment