७५ प्रतिशत नवीकरण गर्न पाइने

रियलस्टेट कर्जा
सुदर्शन सापकोटा
काठमाडौं असार १४
आर्थिक बर्ष सकिन दुई साता मात्र बाँकी हुँदा राष्ट्र बैंकले रियलस्टेट कर्जा नीतिलाई केही खुकुलो बनाएको छ । कुल रियलस्टेट कर्जामध्ये २५ प्रतिशतको सावाँ तथा व्याज तिर्दा वाँकी ७५ प्रतिशत कर्जा नवीकरण गर्न पाउने व्यवस्था सोमवार केन्द्रिय बैंकले गरेको हो ।The Girl With the Dragon Tattoo
केन्द्रिय बैंकले गत पुस २ गते जारी गरेको निर्देशनमा बैंक तथा वित्तीय संस्थालाई रियलस्टेट कर्जा क्रमिक रुपमा घटाउन २ बर्षको अवधि दिएको थियो । निर्देशन अनुसार उनीहरुले यो कर्जा नवीकरण गर्न पाउँदैन थिए । कम्तिमा पनि ५ बर्षका लागि रियलस्टेट कर्जा लिएका ऋणाीले कर्जा नवीकरण नहुने भएपछि एकैचोटी ऋण तिर्न नसक्ने संभावनालाई मूल्यांकन गर्दै केन्द्रिय बैंकले ७५ प्रतिशत कर्जा नवीकरण गर्न पाउने व्यवस्था गरेको एक बैंकरले जानकारी दिए ।
ुअर्वो रुपैयाँ ऋण एकैचोटी तिरभन्दा तिर्न सकिँदैनु एक बैंकका प्रमुख कार्यकारी अधिकृतले भने ुयसले बैंकको खराव कर्जा अप्रत्यासित रुपमा वढ्ने भएकाले केन्द्रिय बैंकले खुकुलो नीति लिएको हो ।ु केन्द्रिय बैंकका अनुसार नयाँ निर्देशनपछि बैंकहरुले रियलस्टेट कर्जा नवीकरण एक वर्षसम्मका लागि मात्र गर्न पाउने छन् । त्यो पनि एक पटक मात्र ।
ुनवीकरण नहुँदा ऋणीले सम्पति बेचेर ऋण तिर्नु पर्ने अवस्था आउँथ्योु ती कार्यकारीले भने ुबजारमा बेच्नेको दवाव वढेपछि रियलस्टेटको मूल्य घटेर अर्को संकट पनि आउन सक्थ्यो ।ु उनले एकचौथाइ ऋण तिरेर बाँकी नवीकरण गर्न पाउँदा ऋणीलाई सहज भएको उल्लेख गर्दै यसबाट बैंकको खराव कर्जा वढ्नबाट पनि जोगिएको जानकारी दिए ।
नेपाल बैंकस्र संघका उपाध्यक्ष तथा सिटिजन्स बैंक इन्टरनेसानलका प्रमुख कार्यकारी अधिकृत राजनिसंह भण्डारीले बैंकर तथा राष्ट्र बैंकका अधिकारी सम्मिलित विभिन्न वैठकमा नवीकरण गर्न पाउन गरिएको आग्रहमा केन्द्रिय बैंकले नीति खुकुलो बनाएको बताए । ुआजको आज तिरभन्दा कसरी तिर्न सकिन्छ भनेका थियौंु उनले भने ुहाम्रो आग्रहलाई राष्ट्र बैंकले शंवोधन गरेको छ ।ु
चालु वर्षको चैत मसान्तसम्म वाणिज्य बैंकहरुले रियलस्टेटमा ६३ अर्ब ६४ करोड रुपैयाँ लगानी गरेका छन् । यो कुल कर्जा प्रवाहको करिव १४ प्रतिशत हो । केन्द्रिय बैंकले गत पुसमा जारी गरेको निर्देशनमा रियलस्टेट कर्जा कुल कर्जाको २५ प्रतिशतमा झार्न भनेको छ । ु२५ प्रतिशतभन्दा वढी रियलस्टेटमा भएका बैंकका लागि यो नीति आएको होु एक बैंकका प्रमुख कार्यकारी अधिकृतले भने । बैंकहरुको चैतसम्मको वित्तीय विवरण अनुसार ५ वाणिज्य बैंकको रियलस्टेट कार्ज २५ प्रतिशतभन्दा माथि छ ।
यो निर्देशनपछि २५ प्रतिशतभन्दा वढी रियलस्टेटमा लगानी गरेका किस्ट कुमारी डिसिबिएल सनराईज र लक्ष्मी बैंकले नवीकरण गर्न पाउने छन् । २५ प्रतिशतभन्दा कम भएका बैंकले निर्देशनअघि पनि नवीकरण गर्न पाउँथे । ुनवीरकण व्यवस्था नगरिएको भए अवस्था असहज हुन्थ्योु ती कार्यकारीले भने ुयो व्यवस्थाले ऋणी तथा बैंक दुवैलाई फाइदा पुगेको छ ।ु
ुनवीकरणको व्यवस्था गर्न जरुरी थियोु डिसिबिएल बैंकका प्रमुख कार्यकारी अधिकृत सुधिर खत्रीले भने ुएकैचोटी कर्जा तिर भन्दा ऋण मर्कामा पथ्र्यो ।ु उनले अन्य असल कर्जा नवीकरण गर्न पाउँदा समयमा व्याज तिर्ने रियलस्टेटले पनि नवीकरण गर्न पाउनु पर्ने बताए ।

No comments:

Post a Comment

thanks for comment