निक्षेप संकलन र कर्जा प्रवाहमा सुधार

सुदर्शन सापकोटा
काठमाडौं असार १२
No Mercy
चैत मसान्तको तुलनामा असार पहिलो सातासम्म आउँदा बैंकहरुको निक्षेप ७ अर्ब रुपैयाँले वढेको छ । बाणिज्य बैंकहरुले यो अवधिमा ५ खर्ब ९२ अर्ब रुपैयाँ निक्षेप संकनल गरेका छन् । ुव्याजदर बृद्धिको असर निक्षेप संकलनमा पर्न थालेको छु राष्ट्र बैंकका प्रवक्ता गोपालप्रसाद काफ्लेले भने ।
गत पुसमा भन्दा चैतमा निक्षेप घटेको थियो । पुसमा यो ५ खर्ब ८७ अर्ब रुपैयाँ थियो भने चैतमा ५ खर्ब ८५ अर्ब रुपैयाँ मात्र बैंकसँग निक्षेप थियो । तरलता अभाव घटेको र बैंकले निक्षेपमा गरेको व्याज बृद्धिले बचत संकलन बढेको हो ।
ुन्युन दरले मात्र निक्षेप बढेको छु लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन जोशीले भने ुग्राहकको आत्मविश्वास बैंकप्रति वढेर वृद्धि भएको हो ।ु उनले सरकारी खर्चमा भएको वृद्धिले पनि बैंकको निक्षेप वढेको जानकारी दिए ।
राष्ट्र बैंकका अनुसार गत मंगलवारसम्मको निक्षेप हेर्दा व्याज वढी दिने बैंकको बचत संकलन वढेको छ । अहिले सिटिजन्स बैंक अफ एसिया नेपाल बैंक अफ काठमाण्डू सिद्धार्थ एनएमबीलगायतका बैंकले वढी व्याज दिइरहेका छन् । यी बैंकको तुलनामा कम व्याज भएका ठूला र पुराना बैंकको निक्षेप संकलनमा भने सुधार आउन नसकेको राष्ट्र बैंकका एक अधिकारीले जानकारी दिए ।
राष्ट्र बैंकका प्रबक्ता काफ्लेले बैंकभन्दा गैरबैंकिङ कारोवार बढेर निक्षेप संकलनको वृद्धिदर घटेको जानकारी दिए । उनले पहिलेको तुलनामा अहिले निक्षेप झिक्ने क्रम घटेको बताए । ुबैंकिङ क्षेत्रमा विश्वासको वातावरण वढाउनु आवश्यक छु उनले भने ुव्याजदर वृद्धिले मात्र निक्षेप वढ्दैन ।ु
बैंकहरुले तरलता अभाव सुरु भएयता तीन पटकसम्म निक्षेपको व्याजदर वढाइसकेका छन् । व्याजदरमा परम्परागत देखिएका नेपाल बैंक स्ट्यान्डर्ड चार्टर्ड राष्ट्रिय वाणिज्य नेपाल इन्भेष्टमेन्ट बैंकले पनि नयाँ आएका बैंकको हाराहारीमा नै व्याज दिन थालेका छन् । तर पनि व्याजदर बृद्धिको हिसावमा निक्षेप बढ्न सकेको छैन ।
ुतीन महिनाको अवधिमा करिव २० अर्व रुपैयाँ निक्षेप वढ्नु पर्नेमा उल्टो घटेको छु राष्ट्र बैंक उच्च स्रोतले भन्यो ुसामान्य अवस्थामा निक्षेप वृद्धि १० देखि १५ प्रतिशतले हुन्थ्यो ।ु बैंकस्र एसोसिएसनका अध्यक्ष सशिन जोशीले व्याज वढाएर मात्र निक्षेप नवढ्ने बताउँदै विगतमा व्याजदर कम हुँदा पनि निक्षेप वढेको जानकारी दिए ।Kindle Wireless Reading Device, Free 3G, 6" Display, White, 3G Works Globally - Latest Generation
दशैं तिहारमा भएको नोट अभावपछि बैंकहरुले सर्वसाधारणको विश्वास गुमाएको तथा १० लाख रुपैयाँभन्दा वढीको बैंक कारोवारमा स्रोत खुलाउनु पर्ने व्यवस्थाले निक्षेप घटेको बैंकरहरुको भनाइ छ । सर्वसाधारणमा पैसा आफैसँग राख्ने प्रवृति दशैमा भएको नोट अभावपछि वढेकाले जति व्याज वढाउँदा पनि त्यसको अनुपातमा निक्षेप वढ्न नसकेको एक बैंकका प्रमुख कार्यकारी अधिकृतले बताए ।
कर्जा प्रवाहमा सामान्य सुधार आएको छ । चैतसम्म प्रवाह भएको कर्जा असार पहिलो सातासम्म आइपुग्दा १० अर्बले कर्जा वढेको छ । चैतमा बैंकले ४ खर्ब ६६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । पुसको तुलनामा यो २ अर्बले मात्र वढी हो ।
ुनिक्षेप नवढी कर्जा प्रवाहमा सुधार आउँदैनु लक्ष्मी बैंकका जोशीले भने । अहिले कर्जाको माग नभएको सनराइज बैंकका महाप्रबन्धक सुमन न्यौपानेले बताए ।

No comments:

Post a Comment

thanks for comment