कसिलो मौदि्रक नीतिको तयारी

सुदर्शन सापकोटा
काठमाडौं असार २१
Recovery
अर्थतन्त्रका अधिकांस सुचकांकले नकारात्मक सन्देश दिइरहेको बेला आगामी आर्थिक बर्षको मौदि्रक नीति बनाउन कस्सिएको राष्ट्र बैंकले कसिलो नीति लिने भएको छ । ु केही समयदेखि विस्तारवादी मौदि्रक नीतिबाट कसिलो नीति लिन थालेकाले यसलाई नै निरन्तरता दिन्छौंु राष्ट्र बैंकका एक उच्च अधिकारीले सोमबार नागरिकसँग भने ।
केन्द्रिय बैंक अहिले मौदि्रक नीतिको मस्यौदा तयार गर्न व्यस्त छ । वित्तीय नीति बजेट मा निर्भर हुने बुँदा वाहेक अन्य मौदि्रक विषयमा केन्द्रिय बैंकले नीति तयार पारिरहेको ती अधिकारीले जानकारी दिए । ुचालु बर्षको मध्यावधि समिक्षाभन्दा फरक भएर मौदि्रक नीति आउँदैनु उनले भने । मध्यावधि समिक्षामा पनि केन्द्रिय बैंकले कसिलो नीतिलाई नै अबलम्बन गरेको छ ।
उनले अहिले तरलता अभाव समाधान भइनसकेकाले विस्तारवादी नीति लिन अनुपयुक्त हुने भन्दै संकुचनकारी नीतिबाट निर्देशित भएर मौदि्रक नीतिको तयारी भइरहेको जानकारी दिए । ुतरलतामा एकदमै थोरै मात्र सुधार आएको छु उनले भने ुतत्काल विस्तारवादी नीति लिँदा यसमा थप दबाव पर्छ ।ु मौदि्रक नीति साउन पहिलो साता ल्याउने तयारी भइरहेको उनले जानकारी दिए ।
देशभित्र आउनेभन्दा वाहिरिने पैसा शोधनान्तर घाटा धेरै भएकाले यसलाई शंवोधन गर्नु मौदि्रक नीतिको प्रमुख उद्देश्यमध्येको एक हुने ती अधिकारीले जानकारी दिए । उनले कृषि क्षेत्रमा लगानी वढाउँदा तत्काल नै शोधनान्तर घाटामा सुधार हुने देखिएकाले कृषिमा लगानी वढाउन मौदि्रक नीतिले संवोधन गर्ने बताए । ुअहिलेसम्म कृषिमा यति उति लगानी गर्नु पर्ने भन्ने थिएनु ती अधिकारीले भने ुतर यसपाली कृषिमा लगानी बढाउन के गर्न सकिन्छ भनेर छलफल भइरहेको छ ।ु
केही समय अघि गभर्नर युवराज खतिवडाले नागरिकलाई अन्तर्वार्ता दिँदै कृषिमा लगानी वढाउँदा शोधनान्तर घाटा कम गर्न सकिने बताएका थिए । उनले कृषिमा लगानी वढाएर यसलाई बजारसँग जोडिदिन सक्यो भने आपुर्ति पक्षबाट हुने असर कम हुने भन्दै यसबाट १५ देखि २० अर्ब रुपैयाँ सम्मको शोधनान्तर शंवोधन गर्न सकिने बताएका थिए । ुकृषिसँगै ग्रामिण क्षेत्रमा लगानी वढाउन सकेमा ४ प्रतिशतको आर्थिक वृद्धि पनि सजिलै हाँसिल गर्न सकिन्छु उनले अन्तर्वार्तामा भनेका थिए ।
केन्द्रिय बैंकले मौदि्रक नीतिबाट व्यापारिक प्रयोजनले हुने गरेको जग्गा खरिद विक्रीलाई निरुत्साहित गर्न शंवोधन गर्ने भएको छ । ुमस्यौदामा यसलाई निरुत्साहित गर्ने बिषयले प्रवेश पाइनसके पनि यसबारेमा छलफल जारी रहेकाले शंवोधन हुने सम्भावना छु राष्ट्र बैंकका ती अधिकारीले भने । उनले जग्गा खरिद विक्री व्यापारिक प्रयोजनले हुँदा यसको मूल्यवृद्धि अस्वभाविक रुपमा भएको तथा बैंकिङ प्रणालीबाट तरलता हराएकाले निरुत्साहित नीति आवश्यक भएको जानकारी दिए ।
आयात निरुत्साहित र निर्यात प्रोत्साहित गर्नका लागि वित्तीय नीतिले वोल्ने भएकाले त्यसलाई सहयोग पुग्ने खालको नीतिको तयारी पनि भइरहेको उनले जानकारी दिए ।
उनले व्यवसायिक प्रयोजनले निर्माण हुने कम्प्लेक्स हाउजिङलगायतलाई केही खुकुलो बनाउनु पर्छ भन्ने सुझव आइरहेकाले केन्द्रिय बैंकभित्र त्यस बारेमा छलफल भइरहेको जानकारी दिए । ुव्यसायिक प्रयोजनको कम्प्लेक्स हाउजिङ उत्पादन मूलक क्षेत्र नै भएकाले केही खुकुल हुन सकिन्छ की भनेर छलफल भएको होु ती अधिकारीले भने ुतर यसबारेमा के गर्ने भनेर टुङ्गो भने लागिसकेको छैन ।ु
अन्य मैदि्रक औजार मध्यावधि समिक्षाको जस्तै हुने जानकारी दिँदै उनले मौदि्रक नीतिका लागि विभिन्न क्षेत्रबाट सुझाव आइरहेकाले अधिकांस विषयमा टुङ्गो लागिनसकेको बताए । बैंकरहरुले अनिवार्य तरलता अनुपात एसएलआर को समय आगामी बर्षसम्म वढाउनु पर्ने सुझवका बारेमा छलफल भइरको जानकारी उनले दिए । ुआएका सुझावका बारेमा छलफल चलिरहेको छु ती अधिकारीले भने ुव्यवहारिक र उपयुक्त भए सुझवहरुमाथि शंवोधन हुन्छ ।ु

No comments:

Post a Comment

thanks for comment