सबै निर्देशिकालाई एकिकृत गरिने

काठमाडौं असार ७ नागरिक
The Heir
राष्ट्र बैंकले चालु वर्षमा जारी गरेको सम्पूर्ण निर्देशिकालाई एकिकृत रुप दिने भएको छ । केन्द्रिय बैंक तथा वित्तीय संस्थालाई चालु बर्षभित्र दिएको निर्देशनलाई एउटै पुस्तिकामा राख्दै एकिकृत निर्देशिका २०६७ जारी गर्न लागेको हो ।
राष्ट्र बैंकले बैंक तथा वित्तीय कम्पनीका लागि यो बर्षभित्र २० निर्देशिका जारी गरिसकेको छ । थप एक निर्देशिका जारी गर्ने तयारी गरिरहेको केन्द्रिय बैंकले त्यसलाई पनि समेटेर एकिकृत निर्देशिका तयार पार्न लागेको हो ।
असार मसान्तभित्र जारी गरिने एकिकृत निर्देशिका आगामी आर्थिक बर्षबाट लागू हुने छ । ुछरिएर धेरै नै निर्देशिका आएकाले काम गर्न गाह्रो भएको छु राष्ट्र बैंकका एक अधिकारीले भने ुत्यसको व्यवस्थापनका लागि एकिकृत निर्देशिका ल्याउन लागिएको हो ।ु

No comments:

Post a Comment

thanks for comment