स्वीकृत क्षेत्रभित्र आउने सीमा थप

काठमाडौं असार २९ नागरिक
कारोवार स्वीकृती पाएको क्षेत्रभन्दा वाहिर गएर अचल सम्पति धितोमा कर्जा प्रवाह गर्ने क्षेत्रीयस्तरका विकास बैंक तथा फाइनान्स कम्पनीले आफ्नो क्षेत्रभित्र आउने समय केन्द्रिय बैंकले मंगलवार थप गरिदिएको छ ।
आगामी मसान्तसम्म मात्र रहेको यस्तो सीमा बैंक तथा फाइनान्स कम्पनीको आग्रह आएपछि एक बर्षका लागि बढाइएको हो । क्षेत्रभन्दा वाहिरका धितोमा दिइएको कर्जाबाट राम्रै प्रतिफल आइरहेको तथा निस्चित अवधिका लागि त्यस्तो कर्जा प्रवाह गरिएकाले एकैचोटी क्षेत्रभित्र आउन नसकिने गुनासो गर्दै ती संस्थाका अधिकारीले केन्द्रिय बैंकसँग समय वढाउन आग्रह गरेका थिए ।

No comments:

Post a Comment

thanks for comment