लगानीकर्ताका लागि निरासाजनक बर्ष

सुदर्शन सापकोटा
काठमाडौं असार ३१

लगानीकर्ताका लागि यो बर्ष सेयर बजारले निरास बनाएको छ । ुलगानीकर्ताका लागि यो बर्ष निराशाजनक रह्योु सेयर बजार विश्लेषक कम्पनी ज्याम्ब टेक्नोलोजिज्का प्रमुख कार्यकारी अधिकृत अशोक महर्जनले भने ।
नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचकलाई आधारमान्दा गत आर्थिक बर्षको तुलनामा चालु बर्षमा नेप्से ३७ प्रतिशतले घटेको छ । कारोवारका हिसाबले लगानीकर्ताले करिब ४० प्रतिशतले गुमाएका छन् ।
गत बर्ष ९ सय ८२ अंकबाट सुरु भएको नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक हालसम्मकै उच्च ११ सय ७५ अंकसम्म पुगेको थियो । त्यसयता लगातार घटेर गत बर्ष ७४९ अंकमा बजार बन्द भएको थियो । यो बर्ष ७३५ अंकबाट सुरु भएको नेप्से त्यसको दुई दिनपछि बर्षकै उच्च अंक ७३९ मा पुगेर निरन्तर घट्यो । यो बर्ष नेप्से न्युनतम ४०५ अंकसम्म तल झर् यो । बर्षको अन्त्य बिहीबार परिसूचकमा सामन्य सुधार भएर ४ सय ७७ अंकमा बन्द भएको छ ।
यो बर्ष पुँजीगत लाभकर १५ बाट दश प्रतिशतमा झरेको लगानीकर्ताको आन्दोलनबाट केही माग संवोधन भएको तथा उपत्यका बाहिर सेयर दलाल गएका कारण बढ्ने अपेक्षा गरिएको थियो । ुयसबाट बजार वढ्ने अपेक्षा हुँदा हँुदै पनि सेयर बजारलाई हेरिने कडा नीति र राजनीतिक अस्थिरताले घटाउन सहयोग पुर् यायोु सेयर विश्लेषक कम्पनी बिड इन्भेष्टमेन्टकी अनुसन्धान प्रमुख अदिती श्रेष्ठले बिहीबार नागरिकसँग भनिन् ।
उदाहरणका लागि उच्चतम प्रतिफल दिएको नबिल बैंकको सेयरलाई हेर्न सकिन्छ । बैंकको सेयर ५ हजार २ सय ४० रुपैयाँ पुगेका बेला दुई किक्ता किनेका लगानीकर्ताले ३५ प्रतिशत नगद लाभांस र ५० प्रतिशत वोनस सेयर पाए । यसको अर्थ लगानीकर्ताले भएकोमा थप एक सेयर र ७० रुपैयाँ नगद पायो । यसले उसको आम्दानी ६ हजार ७ सय ३९ रुपैयाँले बढ्यो । तर बजार ओरालो लाग्दा नबिलको सेयर २३ सय ८४ सम्म आएको छ । करसहित लगानीकर्ताले पाएको वोनस सेयर र नगद लाभांससमेतलाई जोड्दा आजको दिनमा उसले करिब ३५ प्रतिशत नोक्सानी व्यहोर्नु परेको छ । यो हिसावले अधिकांस कम्पनीले गुमाएका छन् ।
धितोपत्र दलाल संघका अध्यक्ष नन्दकिशोर मुन्दडाले मागभन्दा आपुर्ति वढी संस्थपकको १९ प्रतिशत साधारणमा परिवर्तन गर्नु पर्ने विषयले सेयर बजार घटाउनमा सहयोग पुगेको बताए । सेयर धितो व्याजको बृद्धि हुँदा पनि ठूला लगानीकर्तामा सेयरको माग नभएकाले बजार घटेको उनले जानकारी दिए ।
बजार निरन्तर ओरालो लागेपछि आन्दोलन थालेका लगानीकर्ताले सेयर धितो कर्जामा केही सहुलियत पाए । कुल कर्जाको २५ प्रतिशत सावाँ र ब्याज भुक्तानी गर्ने लगानीकर्ताले बाँकी ७५ प्रतिशत सेयर कर्जा नविकरण गर्न पाए । बजार घटेको १० दिनमा आउने ुमार्जिन कलु २१ दिनमा सर् यो । सेयरको माग बढाउन व्रोकर जिल्ला पठाइयो । बजार बढाउन गरिएको अरसम्भव प्रयास गर्दा पनि उकालो लाग्न सकेन । ुराजनीतिक अस्थिरताले गर्दा बजार बढ्न नसकेको होु महर्जनले भने ुर तत्काल बढ्ने अवस्था पनि छैन ।ु
उनले सेयर बजारलाई स्वभाविक अवस्थामा फर्काउन नियामक निकायको ुसर्पोटिङु भूमिका राजनीतिक स्थिरता केन्द्रिय निक्षेप प्रणाली सिडिएस लागू र म्युचुअल फण्डको सुरुवात गर्नु पर्ने बताए । १० लाखभन्दा वढीको कारोवार गर्ने लगानीकर्ताले अनिवार्य रुपमा लिनु पर्ने ुप्यानु को व्यवस्थाले पनि बजार घट्नमा सघाउ पुगेको जानकारी दिए ।

No comments:

Post a Comment

thanks for comment