सुन कार्टेलिङ हुने शंका

Mojoकाठमाडौं असार ७
आगामी २३ गतेबाट सुन आयात १० किलोमा सिमित हुने भएपछि सुन व्यवसायीले अहिले यसको मौज्दात बढाउन थालेका छन् । नेपाली बजारमा दैनिक माग २० किलोसम्म रहेको सुन दुई सातापछि १० किलोमा सिमित हुँदा मागमा दवाव परेको निहुँ पार्दै मूल्य वढाउनलाई व्यसायीले मौज्दात बढाएका हुन् ।
व्यवसायीले अहिले दैनिक ३० किलो सुन आयात गर्न भनिरहेका छन् । सुन धेरै आयात भएर देशको शोधनान्तर अवस्था ऋणात्मक भएपछि केन्द्रिय बैंकले यसको आयातमा कडाइ गर्ने नीति लिएको छ ।
केन्द्रिय बैंकले असार २३ पछि सुन आयत सम्वन्धि कुनै पनि निर्देशिका जारी नगर्ने भएकाले यसको फाइदा उठाउँदै व्यवसायीले मौज्दात बढाउन थालेका हुन् । ुआर्थिक विधेयक बजेट आएको एक साताभित्रै मौदि्रक नीति सार्वजनिक गर्ने कार्यक्रम भएकाले कुनै निर्देशिका बिचमा ल्याउँदैनौंु केन्द्रिय बैंकका एक अधिकारीले नागरिकसँग भने । उनले मौदि्रक नीतिमार्फत नै नयाँ निर्णय लिने तयरी भइरहेको जानकारी दिए ।
केन्द्रिय बैंकले बाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकस्र संघको सिफारिसमा बैंकहरुले प्रति दिन २० किलो सुन आयात गर्ने व्यवस्था अहिले गरेको छ ।
सुन आयात १० किलोमा सिमित भएको एक सातापछि बजेट आउने तथा मौदि्रक नीति बजेट आएको अर्को साता आउने भएकाले यसको फाइदा उठाउँदै व्यसायीले अहिले सुनको मौज्दात बढाएको उनले दावीसमेत गरे । ुअसार २४ पछिको दुई साताभित्र सुनको मूल्य आन्तरिक बजारमा ह्वात्तै वढ्छु ती अधिकारीले भने ुअहिले पनि आयात भएको सबै सुन विक्री नभएको रिपोर्ट हामी केन्द्रिय बैंक लाई आएको छ ।ु
अहिले एनआइसी स्ट्यान्डर्ड चार्टर्ड एनएमबी माछापुच्छे्र नबिल बैंक अफ काठमाण्डू र प्राइम बैंकले सुन आयात गरिरहेका छन् । थप ४ बैंकले आयात गर्ने्र तयारी गरिरहेका छन् । असार अन्तिम सातापछि सुनको माग त्यति नवढ्ने अनुमानका आधारमा १० किलोमा सिमित हुने गरी पछिल्लो निर्देशिका जारी गरेको जानकारी दिँदै उनले भने ुविवाहको सिजन पनि लगभग सिद्धिने अनुमानका आधारमा निर्देशिका जारी गरिएको हो ।ु
नेपाल सुन चाँदी व्यवसायी संघका अध्यक्ष तेजरत्न शाक्यले भने सुनको मौज्दात नबढाएको बताए । ुविवाहको सिजनले गर्दा माग वढिरहेको छु उनले भने ुयस्तो बेलाम कसरी मौज्दात राख्ने ु उनले असार २४ पछि सुनको कोटा नढाए स्वभाविक रुपमा माग वढेर सुनको मूल्यमा वृद्धि हुनसक्ने बताए । सुनको मूल्यमा अस्वभाविक वृद्धि नहोस् भनेर व्यसायीले राष्ट्र बैंकका गभर्नर युवराज खतिवडालाई कोटाको समय वढाउन आग्रह गरेको जानकारी दिए ।
ुअसार मसान्तसम्म कोटा कटौती नगर्न भनेका छौंु उनले भने ुकोटा कटौती भए स्वभाविक रुपमा माग र आपुर्तिका कारणले मूल्यमा वृद्धि हुन्छ ।ु उनले फेरी एक पटक भेटेर गभर्नरलाई कोटा नघटाउन आग्रह गरिने जानकारी दिए ।

No comments:

Post a Comment

thanks for comment