बैशाखसम्म बैंक कर्जा ४ खर्ब वढी

औद्योगिक क्षेत्रमा कुल कर्जाको २१।८७ प्रतिशत
कृषिमा ३ प्रतिशत

काठमाडौं असार २२

बाणिज्य बैंकहरुले चालु आर्थिक बर्षको वैशाख मसान्तसम्म उद्योग क्षेत्रमा सबैभन्दा वढी कर्जा लगानी गरेका छन् । साचालनमा रहेकामध्ये २६ बाणिज्य बैंकले यो क्षेत्रमा ९६ अर्ब ७० करोड रुपैयाँ कर्जा प्रवाह गरेका हुन् ।
The Girl With the Dragon Tattoo
ुरियलस्टेट कर्जामा राष्ट्र बैंकले सीमा लगाएपछि औद्योगिक कर्जा बढेको होु उद्योग वाणिज्य महासंघका उपाध्यक्ष कृष्णप्रसाद ताम्राकारले मंगलवार नागरिकसँग भने ।
औद्योगिक क्षेत्रमा पनि सबैभन्दा वढी लगानी खाद्य उत्पादन उद्योगमा भएको छ । बैंकहरुले यसमा १८ अर्ब १८ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । आइरन तथा स्टिल उद्योगमा १७ अर्ब ३५ करोड रुपैयाँ लगानी भएको राष्ट्र बैंकले जनाएको छ । ुऔद्योगिक क्षेत्रमा आएको सबै कर्जा यसैमा प्रयोग भएको छैनु उनले भने ुउद्योगको नाममा लिएर रियलस्टेटमा पनि लगानी भएको छ ।ु उनले उद्योगका लागि लिएको कर्जा सेयर तथा कमोडिटी बजारमा पनि लगानी भएको हुनसक्ने बताए ।
वाणिज्य बैंंकले क्षेत्रगत रुपमा चालु आर्थिक बर्षको बैशाखसम्म ४ खर्ब ७० अर्ब ९९ करोड रुपैयाँ कुल कर्जा प्रवाह गरेका छन् । गत बर्षको यसै अवधिमा कुल कर्जा प्रवाह ४ खर्ब १ अर्ब ७७ करोड रुपैयाँ थियो । औद्योगिक उत्पादनमा कुल कर्जाको २० दशमलव ५३ प्रतिशत प्रवाह भएको हो । गत बर्ष औद्योगिक क्षेत्रमा ८७ अर्ब ८७ करोड रुपैयाँ कर्जा प्रवाह भएको थियो ।
ुअहिले औद्योगिक क्षेत्रम कर्जा वढेको छु ताम्रकारले भने ुव्याज चै धान्नै नसकिने गरी वढेको छ ।ु उनले महंगो व्याजमा लिएकॊ पैसाबाट उद्योगमा लगानी गर्न उपयुक्त नहुने भएकाले त्यो पैसा अन्य क्षेत्रमा लगानी भइरहेको दावी गरे ।
औद्योगिक क्षेत्रमा कर्जा वढ्न थालेपछि अघिल्ला वर्षको तुलनामा औद्योगिक उत्पादन पनि वढेको छ । राष्ट्र बैंकले हालै उत्पादनमूलक क्षेत्रलाई प्रबद्र्धन गर्न बैंकहरुलाई असल कर्जाको धितोमा पुनर्कर्जा पनि उपलब्ध गराउन थालेको छ । यसको व्याज साढे १० प्रतिशत छ ।
निर्माण क्षेत्रमा गएको कुल कर्जामध्ये विकास-निर्माणमा १२ दशमलव १० प्रतिशत प्रवाह भएको देखिन्छ । बैशाखसम्म निर्माण क्षेत्रमा ५० अर्ब २१ करोड रुपैयाँ कर्जा प्रवाह भएकोमा राजमार्ग पुललगायतमा जम्मा ६ अर्ब ८ करोड रुपैयाँ लगानी भएको केन्द्रिय बैंकले जनाएको छ । निर्माण क्षेत्रमा गएको कर्जामध्ये सबैभन्दा वढी आवसिय क्षेत्रमा प्रवाह भएको छ । यस्तोमा बैंकहरुले ३८ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।
कुल ग्रहस्त उत्पादनको ३२।४ प्रतिशत ओगट्ने कृषि क्षेत्रमा कुल कर्जा प्रवाहको ३ दशमलव १५ प्रतिशत बैंकले कर्जा प्रवाह गरेका छन् । वैशाखसम्म कृषिमा १३ अर्ब ३७ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ । यो रकममध्ये कृषि सेवा क्षेत्रमा ११ अर्ब १२ करोड र घरपालुवा जनावर पालनका लागि १ अर्ब ४४ करोड रुपैयाँ लगानी भएको केन्द्रिय बैंकले जनाएको छ । चिनीमा बैंक लगानी ५ अर्ब ३३ करोड रुपैयाँ भएको छ ।
मेटल उत्पादन मसिनरी तथा विद्युतीय उपकरणमा बैंकले ६ अर्ब ६६ करोड रुपैयाँ कर्जा लगानी गरेको केन्द्रिय बैंकले जनाएको छ । सवारी उपकरण उत्पादनमा पनि ९ अर्ब ४१ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ ।
कुल ग्राहस्त उत्पादको ८।३ प्रतिशत ओगट्ने सेवा उद्योगमा बैंक लगानी २९ अर्ब ४ करोड रुपैयाँ भएको छ । यो कुल लगानीको ६ दशमलव १६ प्रतिशत हो । सेवा उद्योग अन्तर्गतको टे्रकिङ माउन्टेनिङ रिसोर्ट राफ्टीङमा १ अर्ब ८६ करोड बैंशाखसम्म कर्जा प्रवाह भएको केन्द्रिय बैंकले जनाएको छ । होटलमा ५ अर्ब ९४ करोड हस्पिटल तथा क्लिनिकमा ६० करोड शिक्षामा ७ अर्ब ३३ करोड र मनोराजनमा १ अर्ब ६० करोड रुपैयाँ बैंकले लगानी गरेका छन् ।
उपभोक्ताका लागि बैंकले २२ अर्ब ७६ करोड रुपैयाँ ऋण लगानी गरेका छन् । विशेष गरी सुन चाँदी सवारी साधनलगायत उपभोग्य सामग्रीका लागि यो कर्जा प्रवाह भएको हो । उपभोक्ताका लागि सुन र चाँदीमा ११ अर्ब १६ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ । बैंकहरुले स्थानीय निकायमा ३ अर्ब १३ करोड रुपैयाँ कर्जा लगानी गरेको केन्द्रिय बैंकले जनाएको छ ।

1 comment:

thanks for comment