पुनर्बिमाका लागि ९० करोड विदेशमा

सुदर्शन सापकोटा
काठमाडौं साउन ४

नेपालमा पुनर्बिमा कम्पनी नहुँदा यसका लागि बार्षिक करिव ९० करोड रुपैयाँ विदेशीने गरेको छ । ुजीवन र गैरजीवन गरेर बार्षिक ९० करोड रुपैयाँ पुनर्बिमाका लागि वाहिरिने गरेको छु एसियन लाइफ इन्स्योरेन्स कम्पनीका प्रबन्ध निर्देशक तथा बिमक संघका उपाध्यक्ष रमेशकुमार भट्टराईले वुधवार नागरिकसँग भने ।
बिमा कम्पनीले आफूले धारण गर्ने जोखिमभन्दा वढी भएमा यसको पुनर्बिमा गराउनु पर्ने हुन्छ । साचालनमा रहेका २५ बिमा कम्पनीहरुले पि्रमियमका रुपमा यो रकम वाहिर पठाउने गरेका हुन् ।
देशमै पुनर्बिमा कम्पनी साचालनमा आए वाहिर जाने रकममध्ये ६० प्रतिशत रोकिने बिमा क्षेत्रका विज्ञहरुले बताएका छन्् । ुपुनर्बिमाका लागि वाहिरिने ६० प्रतिशत रकम रोकिन्छु राष्ट्रिय बिमा संस्थानका मूख्य प्रशासक विनोद अर्यालले नागरिकसँग भने ।
पुनर्बिमाका लागि ठूलो रकम वाहिरिन थालेकाले नयाँ बिमा ऐनको मस्यौदामा पनि पुनर्बिमाको व्यवस्था गरिएको छ । सरकारी स्वामित्वको राष्ट्रिय बिमा संस्थानले पुनर्बिमा कम्पनी खोल्न सकिने जनाइसकेको छ ।
ुदेशमा नै पुनर्बिमा कम्पनी खोल्ने बेला भइसक्योु बिमा समितिका अध्यक्ष फत्तवहादुर केसीले नागरिकसँग भने ।
राष्ट्रिय बिमा संस्थानका अर्यालले पुनर्बिमाका लागि आवश्यक रकम कम्पनीसँग भएकाले खोल्न सकिने जानकारी दिए । ुयसका लागि कम्पनीको सम्पति पर्याप्त छु उनले भने ुपुनर्बिमा कम्पनीमा जान सकिन्छ ।ु
पुनर्बिमाका लागि गैरजीवन बिमा कम्पनीबाट कुल पि्रमियम संकलनको ९८ प्रतिशत रकम वाहिरिने गरेको छ । जीवन बिमा कम्पनीको पनि २० प्रतिशतको हाराहारीमा पैसा वाहिर जानेगरेको छ । ुपुनर्बिमा कम्पनी देशभित्रै खुलेपनि वाहिर जाने सबै रकम रोकिन्छ भन्ने होइनु केसीले भने ुवाहिर जाने रकममा धेरै कमी आउँछ ।ु
छलफलका लागि अर्थमन्त्रालय पुगेको नयाँ बिमा ऐन लागू भएमा नेपालमा पनि पुनर्बिमा कम्पनी स्थापना गर्न सकिन्छ । ुसम्पतिका हिसावले पुनर्बिमा कम्पनीमा जान सक्ने अवस्था छु अर्यालले भने ुयस्तो कम्पनी खोल्न सकिएमा पुनर्बिमाका लागि वाहिर जाने पैसा मध्ये ६० प्रतिशत रोकिन्छ ।ु पुनर्बिमा कम्पनी हालसम्म नभएकाले ६० प्रतिशत रोक्नसक्नु पनि सफलता हुने उनले बताए । संस्थानको कुल सम्पति १२ अर्ब ४८ करोड रुपैयाँ छ । नेटवर्थ १० अर्ब ६० करोड रुपैयाँ रहेको अर्यालले जानकारी दिए ।
ुसानो आकारमा भएपनि कम्पनी खुलेमा देशभित्रै पुनर्बिमाको थालनी हुन्छु केसीले भने ुदेशभित्रै खुल्नु भनेको पुनर्बिमा विदेशमा गर्नु हुन्न भन्ने पनि होइन ।ु अहिलेसम्म पुनर्बिमा कम्पनी देशभित्र खुल्न नसक्दा भअधिकांसले जोखिम बहनका लागि भारतमा आफ्नो दायित्वको बिमा गराउँदै आएका छन् ।
पुनर्बिमा कम्पनीले जीवन तथा गैरजीवन दुबै किसिमको बिमा गर्न सक्छन् । पुर्निर्बमा गर्ने कम्पनीले अन्य मुलुकमा दर्ता भएका साधारण बिमा कम्पनीको पनि बिमा गर्न सक्छन् । यस्तो बिमा गर्नेले आफ्नो नेट वर्थको आधारमा जोखिम स्वीकार गर्नु पर्ने हुन्छ ।
ुपुनर्बिमा कम्पनी देशभित्रै खुल्नु आवश्यक भइसकेको छु गुँरास लाइफ इन्स्योरेन्स कम्पनीका डेपुटी महाप्रबन्धक रमेश लम्सालले मंगलवार नागरिकसँग भने ुयसका लागि एक्लै दुक्लै जानुभन्दा साझेदारीमा जाँदा ठूलो दायित्व पनि वहन गर्न सकिन्छ ।ु उनले पुनर्बिमा कम्पनी खुलेमा देसबाट वाहिरिने ठूलो रकम रोकिने जानकारी दिँदै यसबाट नेपाली अर्थतन्त्रलाई नै फाइदा पुग्ने बताए ।
एसियन लाइफ इन्स्योरेन्स कम्पनीका प्रबन्ध निर्देशक तथा नेपाल बिमक संघका उपाध्यक्ष रमेशकुमार भट्टराईले ९० करोडका लागि मात्र पुनर्बिमा कम्पनी खोलिए त्यसले दीर्घकालिन व्यवसाय गर्न नसक्ने बताए । उनले बिमा कम्पनी सरकार बैंक तथा वित्तीय कम्पनी र विदेशी साझेदारको संयुक्त लगानीमा कम्पनी खोलेमा स्वदेशी र विदेशी दुवैको पुनर्बिमा गर्न सकिने बताए । ुदेशभित्रको मात्र पुनर्बिमा गरेर कम्पनी अघि वढ्न कठिन हुन्छु उनले भने ुविदेशी कम्पनीको पनि पुनर्बिमा गर्न सकिने गरी कम्पनी खोल्नु पर्छ ।ु
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार भट्टराईले अहिलेकै अवस्थामा पुनर्बिमा कम्पनीमा जान नसकिने बताए । ुसबै कम्पनीको जोखिमभार नेपाली कम्पनीले वहन गर्न सक्दैनन्ु उनले भने ुयसमा सरकारी सहयोग पनि आवश्यक हुन्छ ।ु
पुनर्बिमा सम्वन्धि व्यवस्था जस्ताको त्यस्तै पास भएपनि ठूलो पुँजीमा कम्पनी खोल्नु पर्ने हुँदा निजी क्षेत्र यसका लागि तयार हुन नसक्ने उनले बताए । ुठूलो पुँजी भएका पुनर्बिमा कम्पनी टाँट पल्टेका धेरै उदाहरण छन्ु उनले भने ुथोरै पुँजीमा खुलेको कम्पनीमा एकैचोटी ठूलो दावी भुक्तानी परेमा त्यो राफसाफ गर्न सक्ने अवस्था रहँदैन ।ु

No comments:

Post a Comment

thanks for comment