बाणिज्य बैंकको निक्षेप ३ अर्ब बढ्यो

सुदर्शन सापकोटा
काठमाडौं असार २
No Mercy

चैत मसान्तको तुलनामा जेठ अन्तिम सातासम्म आउँदा बैंकहरुको निक्षेप ३ अर्ब रुपैयाँले वढेको छ । बाणिज्य बैंकहरुले यो अवधिमा ५ खर्ब ८८ अर्ब रुपैयाँ निक्षेप संकनल गरेका छन् । ुव्याजदर बृद्धिको असर निक्षेप संकलनमा पर्न थालेको छु राष्ट्र बैंकका प्रवक्ता गोपालप्रसाद काफ्लेले बुधवार नागरिकसँग भने ।
गत पुसमा भन्दा चैतमा निक्षेप घटेको थियो । पुसमा यो ५ खर्ब ८७ अर्ब रुपैयाँ थियो भने चैतमा ५ खर्ब ८५ अर्ब रुपैयाँ मात्र बैंकसँग निक्षेप थियो । तरलता अभाव कम र बैंकले निक्षेपमा गरेको व्याज बृद्धिले बचत संकलन बढेको हो ।
ुन्युन दरले मात्र निक्षेप बढेको छु बैंकस्र संघका उपाध्यक्ष तथा सिटिजन्स बैंक इन्टरनेसनलका प्रमुख कार्यकारी अधिकृत राजनिसंह भण्डारीले भने ुव्याजदर वृद्धिले निक्षेप बढेको हो ।ु
राष्ट्र बैंकका अनुसार गत शुक्रवारसम्मको निक्षेप हेर्दा व्याज वढी दिने बैंकको बचत संकलन वढेको छ । अहिले सिटिजन्स बैंक अफ एसिया नेपाल बैंक अफ काठमाण्डू सिद्धार्थ एनएमबीलगायतका बैंकले वढी व्याज दिइरहेका छन् । यी बैंकको तुलनामा कम व्याज भएका स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल राष्ट्रिय वाणिज्य नेपाल बैंक कृषि विकास बैंकको निक्षेप संकलनमा कमी आएको छ ।
राष्ट्र बैंकका प्रबक्ता काफ्लेले बैंकभन्दा गैरबैंकिङ कारोवार बढेर निक्षेप संकलनको वृद्धिदर घटेको जानकारी दिए । उनले पहिलेको तुलनामा अहिले निक्षेप झिक्ने क्रम घटेको बताए । ुबैंकिङ क्षेत्रमा विश्वासको वातावरण वढाउनु आवश्यक छु उनले भने ुव्याजदर वृद्धिले मात्र निक्षेप वढ्दैन ।ु
बैंकहरुले तरलता अभाव सुरु भएयता तीन पटकसम्म निक्षेपको व्याजदर वढाइसकेका छन् । व्याजदरमा परम्परागत देखिएका नेपाल बैंक स्ट्यान्डर्ड चार्टर्ड राष्ट्रिय वाणिज्य नेपाल इन्भेष्टमेन्ट बैंकले पनि नयाँ आएका बैंकको हाराहारीमा नै व्याज दिन थालेका छन् । तर पनि व्याजदर बृद्धिको हिसावमा निक्षेप बढ्न सकेको छैन ।
ुतीन महिनाको अवधिमा करिव २० अर्व रुपैयाँ निक्षेप वढ्नु पर्नेमा उल्टो घटेको छु राष्ट्र बैंक उच्च स्रोतले भन्यो ुसामान्य अवस्थामा निक्षेप वृद्धि १० देखि १५ प्रतिशतले हुन्थ्यो ।ु कस्र एसोसिएसनका अध्यक्ष सशिन जोशीले व्याज वढाएर मात्र निक्षेप नवढ्ने बताउँदै विगतमा व्याजदर कम हुँदा पनि निक्षेप वढेको जानकारी दिए ।
दशैं तिहारमा भएको नोट अभावपछि बैंकहरुले सर्वसाधारणको विश्वास गुमाएकाले निक्षेप घटेको बैंकस्र बताउँछन् । सर्वसाधारणमा पैसा आफैसँग राख्ने प्रवृति दशैमा भएको नोट अभावपछि वढेकाले जति व्याज वढाउँदा पनि निक्षेप वढ्न नसकेको एक बैंकका प्रमुख कार्यकारी अधिकृतले बताए । सर्वसाधारणको विश्वास आर्जन नगरेसम्म निक्षेप नबढ्ने उनले दावी गरे ।
कर्जा प्रवाहमा पनि सुधार आउन सकेको छैन । चैतसम्म प्रवाह भएको कर्जा जेठ अन्तिम सातासम्म आइपुग्दासमेत वढ्न सकेको छैन । चैतमा बैंकले ४ खर्ब ६६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । पुसको तुलनामा भने २ अर्बले कर्जा प्रवाह वढेको छ ।
निक्षेप नवढेपछि कर्जा लगानी गर्ने स्रोत अभावले बैंकले कर्जा रोकेका छन् । ुअहिले कर्जा दिने अवस्था पनि छैन र माग पनि घटेको छु एक बैंकका अधिकारीले भने ुनिक्षेपसँगै कर्जाको व्याजदर वढेकाले पनि माग घटेको हो ।ु

No comments:

Post a Comment

thanks for comment