इकाइद्वारा सेयर र बिमा कम्पनीलाई निर्देशन

पनि काठमाडौं असार १७ नागरिक
राष्ट्र बैंक अन्तर्गतको वित्तीय जानकारी इकाइले नेपाल स्टक एक्सचेन्ज सेयर दलाल बिमा कम्पनी अभिकर्ता सर्भेयर र दलालहरुका लागि सम्पति शुद्धीकरण निवारण सम्वन्धि निर्देशन जारी गरेको छ । बिहीबारबाट लागू हुने गरी जारी गरेको निर्देशन अनुसार सम्वन्धि पक्षले आफ्नो ग्राहकको स्पस्ट पहिचान कायम गरी त्यसको विवरण राख्नु पर्ने हुन्छ । Kindle Wireless Reading Device, Free 3G, 6" Display, White, 3G Works Globally - Latest Generation
गैरकानूनी रुपमा आर्जित सम्पत्तिलाई कानूनी सम्पत्तिको रुपमा शुद्धीकरण गर्ने र आतङ्ककारी कार्यमा वित्तीय लगानी गर्ने जस्ता आपराधिक कार्य रोक्न २०६४ मा नेपालमा सम्पत्ति शुद्धीकरण निवारण ऐन आएको थियो । यसै ऐन अनुसार स्थापना भएको इकाइले ग्राहले सूचक संस्थाले मागेको बेला विवरण दिन निर्देशन जारी गरेको हो । निर्देशन अनुसार तोकिएको सीमा वा त्योभन्दा वढी रकमका कारोवारको विवरण कारोवार भएको मितिले सात दिनभित्र इकाइलाई दिनु पर्ने छ ।
सम्वन्धित संस्थाले जति सुकै रकमको भएपनि शंकास्पद कारोवारको विवरण पनि तुरुन्त इकाइलाई दिनु पर्ने छ । साथै यसका लागि सम्वन्धित पक्षले छुट्टै कार्यान्वयन अधिकृतको व्यवस्था विवरण पठाउने पद्धति तयार पार्नु पर्ने हुन्छ । निर्देशनमा सम्वन्धि पक्षले आन्तरिक निर्देशिका तत्काल बनाइ लागू गर्न भनिएको छ ।
सम्पत्ति शुद्धीकरण निवारण ऐन र यो अन्तर्गत जारी भएको नियम विनियम निर्देशन तथा आदेश बमोजिम तोकिएको समयमा जानकारी इकाइलाई उपलब्ध नगराउनेलाई जरिवाना गरिने इकाइले जनाएको छ ।

No comments:

Post a Comment

thanks for comment