सम्झना फाइनान्सले निक्षेप फिर्ता गरेन

सुदर्शन सापकोटा
काठमाडौं जेठ ३१
Recovery

राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको बनेपास्थित सम्झना फाइनान्स कम्पनीले निक्षेपकर्ताको बचत फिर्ता गर्न सकेको छैन । ुतीन दिनदेखि नियमित पैसा निक्षेप फिर्ता माग्न गएको पाएको छैनु कोटेश्वरका कुमुद भट्टराईले सोमबार नागरिकसँग भने । अधिवक्तासमेत रहेका उनले ४ महिनाअघि सम्झना फाइनान्समा २० लाख रुपैयाँ निक्षेप जम्मा गरेका थिए ।
कम्पनीलाई गत बिहीबार केन्द्रिय बैंकले सुध्रनका लागि ६ महिनाको म्याद दिँदै समस्याग्रस्त घोषणा गरेको थियो । समस्याग्रस्त घोषण गरे लगत्तै आफ्नो रकम डुब्ने डरले उनी पैसा फिर्ता माग्न गएका हुन् । ुअहिले दिन सक्दैनौं केही समय पर्खन भन्छन्ु उनले भने ।
केही समयअघि केन्द्रिय बैंकले नेपाल विकास बैंकलाई खारेज गर्दा साचय कोष र नेपाली सेनाले आफ्नो निक्षेप रकम अझै पाएका छैनन् । सर्वसाधारणले पनि खारेज भएको लामो समयपछि मात्र रकम फिर्ता पाएका थिए ।
कम्पनीलाई समस्याग्रस्त घोषण गरेको तेस्रो दिनसम्म निक्षेपकर्ताले ३ करोड रुपैयाँ फिर्ता लिइसकेका छन् । कम्पनीले एक दिनमा एक जनालाई १० हजार रुपैयाँका दरले निक्षेप फिर्ता गर्ने सुचना कार्यालयमा टाँसेको छ । मुद्दति निक्षेपको अवधि नपुगेका र ठूलो रकम निक्षेप भएकालाई कम्पनीले केही समय पर्खन सुचनामा भनेको छ ।
१० हजार रुपैयाँभन्दा वढी निक्षेप भएका सर्वसाधारणलाई कम्पनी साचालक समिति सदस्यले पैसा आएपछि दिन्छौं भन्ने गरेका छन् । कम्पनीमा सर्वसाधारणको ३१ करोड ३१ लाख रुपैयाँ निक्षेप छ । निक्षेपको तुलनामा वढी कर्जा लगानी गरेको छ । चालु वर्षको चैत मसान्तसम्म फाइनान्सले ३४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको उसको वित्तीय विवरणमा देखिन्छ । २०५२ मा स्थापित कम्पनीको चुक्ता पुँजी ७ करोड २६ लाख रुपैयाँ छ ।
निक्षेपकर्ताले ुतत्काल पैसा फिर्ता नगर्ने हो भने चेकको पछाडि दरपिठ गर्न भन्दा पनि बैंक साचालक नमानेको भट्टराईले जानकारी दिए । ुसाचालकले तत्तका पैसा फिर्ता गर्ने अवस्था छैन तपाईहरु जे गर्न सक्नु हुन्छ गर्नुस भन्छन्ु उनले भने । चेकको पछाडि भुक्तानी गर्न सक्दैनौं भनेर लेखिदिन बैंक कर्मचारीलाई भन्दा जबाफमा केही समयपछि पैसा फिर्ता गर्छौ अहिले चुप लाग्नु भन्ने गरेको भट्टराईले बताए ।
निक्षेपकर्तालाई थामथुम गर्न साचालक समितिका अधिकारीहरु कम्पनीका सबै शाखामा बसेका छन् । केन्द्रिय कार्यालय बनेपा रहेको कम्पनीको ४ शाखा साचालनमा छ । ुआजसम्म पनि निक्षेप फिर्ता नगरेकाले भोली मंगलवार राष्ट्र बैंकमा निवेदन दिने तयारी गरिरहेको छुु भट्टराईले भने ।
कम्पनीलाई ६ महिनाभित्र नसुधि्रए कडा कारवाही गर्ने लिखित चेतावनी केन्द्रिय बैंकले दिएको छ । ५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको १३ करोड रुपैयाँ पुँजी ऋणात्मक छ । फाइनान्सको ४९ प्रतिशत खराव कर्जा छ ।
चालु वर्षको चैत मसान्तसम्म कम्पनीको जगेडा कोष ४ करोड ५२ लाख रुपैयाँले ऋणात्मक छ । गत वर्ष यसै अवधिमा यो ३ करोड ६८ करोड रुपैयाँ ऋणात्मक थियो । चैतपछि करिव डेड करोड रुपैयाँ वरावरको गैरबैंकिङ सम्पति विक्री गरेर कर्जा असुल गरेको कम्पनी स्रोतले बतायो । ुकेही गैरबैंकिङ सम्पति विक्री गर्ने प्रकृयामा छौंु स्रोतले भन्यो । चैतसम्म बैंकको गैरबैंकिङ सम्पति ४ करोड ११ लाख रुपैयाँ थियो । कम्पनी १४ करोड २५ लाख रुपैयाँ साचालन नोक्सानमा छ ।
कम्पनीले कर्जा लगानी गरेको रकमबाट उठाउने व्याजभन्दा निक्षेपमा तिर्ने व्याज वढी छ । यसले गर्दा चालु वर्षको चैतसम्म कम्पनीको खुद व्याज आम्दानी ८४ लाख ९६ हजार रुपैयाँले ऋणात्मक छ । बैंकले चैतसम्म ३४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको उसको नाफा नोक्सान हिसाव खातामा देखिन्छ । खुद व्याज आम्दानी ऋणात्मक हुँदा कम्पनीले चैतसम्म १ करोड १६ लाख रुपैयाँ नोक्सन वेहोरेको छ । गत बर्षको यसै अवधिमा कम्पनी ४६ लाख रुपैयाँ नाफामा थियो ।

No comments:

Post a Comment

thanks for comment