बैंदेशिक रोजगार बचत पत्र नेपालबाटै विक्री गर्न माग

काठमाडौं असार १९

Apple iPod touch 32 GB (3rd Generation) NEWEST MODEL
वैदेशिक रोजगारीमा गएका नेपालीलाई लक्षित गर्दै ल्याइएको वैदेशिक रोजगार बचत पत्रको विक्री खुला वुधवारबाट सुरु हुने भएको छ । आवेदनका लागि दुई हप्ताको अवधि दिँदै विक्री खुला गरिएको बचत पत्र असार मसान्तदेखि मात्र निस्कासन हुने छ ।
६ महिनाअघि नै निस्कासन गर्ने गरी बजेटमा राखिएको यो कार्यक्रम समयमा बजेट पारित हुन नसक्दा ढिलाइ भएको थियो । आर्थिक वर्ष सकिन दुई साता मात्र बाँकी हुँदा विक्री खुला गरिएको कार्यक्रमको प्रकृया गत जेठ दोस्रो साताबाट मात्र थालिएको हो ।
दक्षिण कोरिया मलेसिया युएइ साउदी अरेविया र कतारमा गएका नेपालीले बचत पत्र खरिद गर्न पाउँछन् । अद्र्धबार्षिक रुपमा व्याज उपलब्ध हुने बचत पत्रमा ९ दशमलव ७५ प्रतिशतले ब्याज पाइन्छ ।
कामको शिलशिलामा विदेश गएका नेपाली कामदारले आर्जन गरेको रकमबाट राष्ट्र निर्माणका लागि पूँजी परिचालन गरी पुर्वाधार निर्माणमा खर्च गर्ने उद्देश्यले बचत पत्र निस्कासन गरिएको केन्द्रिय बैंकले जनाएको छ । ुरेमिट्यान्सबाट आउने रकममध्ये वढीजसो उपभोगमा खर्च हुने गरेको देखिएको छु केन्द्रिय बंैंक राष्ट्र ऋण विभागका एक अधिकारीले भने ुत्यो रकमलाई एकिकृत गरी विकास निर्माणमा लगाउन बचत पत्र अवधारणा ल्याइएको हो ।ु
चालु बर्षको बजेट वक्तव्यमा विदेशमा काम गर्ने नेपालीहरुलाई लक्षित गरी वैदेशिक रोजगार बचतपत्र मार्फत ७ अर्बको आन्तरिक ऋण उठाउने व्यवस्था गरिएको छ । यसै अनुसार सरकारले तत्कालका लागि एक अर्ब रुपैयाँ वरावरको बचत पत्र निस्कासन गर्न लागेको हो ।
ुसातै अर्ब रुपैयाँको बचत पत्र निस्कान गर्दा सरकारलाई आर्थिक भार पर्ने देखिएकाले तत्कालका लागि एक अर्ब रुपैयाँको मात्र निस्कान गर्न लागिएको छु ती अधिकारीले भने ुएक अर्बको निस्कासन नगर्दा पनि हुन्थ्यो तर बजेटमा राखिएको कार्यक्रम असफल नहोस् भनेर यसो गरिएको हो ।ु
बचत पत्र हिमालयन बैंक इन्टरनेसनल मनि एक्सप्रेस आइएमइ सेवा मनि ट्रान्सफर इन्सेन्टिभ मनि ट्रान्सफर प्रभु मनि ट्रान्सफर श्रमिक रेमिट कम्पनी र प्रभु फाइनान्स कम्पनीमार्फत खरिद गर्न सकिन्छ । रोजगारमा गएका नेपालीले कम्तिमा ५ हजार र वढीमा २ लाख रुपैयाँसम्मको बचत पत्र खरिद गर्न सक्नेछन् ।
खरिद गरेको दिनदेखि नै व्याज उपलब्ध हुने बचत पत्र नेपाली रुपैयाँमा जारी हुने केन्द्रिय बैंकका ती अधिकारीले जानकारी दिए । सरकारले चालु आर्थिक वर्षभित्र कुल ३१ अर्ब ९५ करोड रुपैयाँ वरावरको आन्तरिक ऋण उठाउने योजना अनुसार बचत पत्रमार्फत ७ अर्ब रुपैयाँ उठाउने योजना बनाएको थियो । योजना अन्तर्गत केन्द्रिय बैंकले तत्कालका लागि एक अर्ब रुपैयाँ वरावरको बचत पत्र मात्र जारी गर्न लागेको हो ।
बचत पत्र बैदेशिक रोजगारीमा गएको नेपालीले आफू तथा आफ्नो आमा बाबु श्रीमती तथा छोरा छोरीको नाममा खरिद गर्न सक्ने व्यवस्था गरिएको छ । पाँच बर्ष अवधि भएको बचत पत्र रोजगारीमा गएको व्यक्तिले नाबालकको तर्पुबाट समेत संरक्षक भई खरिद गर्न सक्नेछन् । दुई व्यक्तिले पनि संयुक्त नाममा यो खरिद गर्न सक्ने ती अधिकारीले बताए ।
केन्द्रिय बैंकले बचत पत्रमा सेयर जस्तै सुविध पनि दिइएको छ । ुभुक्तानी अवधि नपुग्दै दोश्रो बजार मार्फत बिक्री गर्न सकिन्छु उनले भने । उनले यसमा गरिएको लगानीबाट आर्जित ब्याजमा कुनै किसिमको कर तथा शुल्क नलाग्ने जानकारी दिए ।
बचतपत्र खरिद गरेकाले यसको धितोमा ऋण पाउने व्यवस्था पनि केन्द्रिय बैंकले मिलाएको छ । ुयसको धितोमा नेपाल स्थित बैंक वा वित्तीय संस्थाबाट ऋण पनि निकाल्न पाइन्छु ती अधिकारीले भने ुसमय नपुग्दै रोजगारमा गएकालाई पैसा चाहिएमा आर्थिक सहयोग पुगोस् भनेर दोस्रो बजार र धितोको व्यवस्था मिलाइएको हो ।ु
बचतपत्र बिक्री गर्ने तथा व्याज भुक्तानी गर्ने संस्थालाई पारिश्रमिक वापत कुल बिक्री रकमको ०।२५ प्रतिशतका दरले कमिशन व्यवस्था गरिएको छ । यसको साँवा भुक्तानी गर्ने संस्थाले भुक्तानी गरेको रकमको ०।१५ प्रतिशतले कमिशन पाउने छन् ।
पाँच मूलुकमा बचत पत्र विक्रीका लागि परराष्ट्र मन्त्रालय विदेश स्थित नेपली दूतावास र अवैतनिक महावाणिज्य दूतहरुले सम्बन्धित मुलुकका निकाय समन्वय गरिदिनु पर्ने हुन्छ । यी निकायले बचतपत्र बिक्रेता रेमिटान्स कम्पनीलाई सम्बन्धित मुलुकमा काम गर्न सहजकर्ताको भूमिका निर्वाह गर्नु पर्ने व्यवस्था पनि केन्द्रिय बंैकले गरेको छ ।

No comments:

Post a Comment

thanks for comment