राष्ट्र बैंकले ब्याजदर तोक्छ : गभर्नर

काठमाडौं, जेठ २३
बजार अस्वस्थ ढंगबाट 
चल्न थालेकाले 
ब्याज दर तोक्छौं
-गभर्नर 
युवराज खतिवडा
ब्याज दर तोक्ने जिम्मा बैंक तथा वित्तीय संस्थालाई सुम्पिसकेको राष्ट्र बैंकले आगामी मौद्रिक नीतिमार्फत यसमा परिवर्तन गर्दै कर्जाको ब्याज दर कतिसम्म हुनु पर्छ भनेर पुनः सीमा तोक्ने भएको छ। 'बजार स्वस्थ ढंगले चल्छ भनेर हामीले ब्याज दर खुला छाडिदिएको हो, 'बैंक तथा वित्तीय संस्था सम्वन्धि ऐनको छलफलमा संसदको विधायन समिति पुगेका गभर्नरले आइतबार भने, 'बजार अस्वस्थ ढंगबाट चल्न थालेकाले ब्याज दर तोक्छौं।' 
  पछिल्लो समयमा बैंक तथा वित्तीय संस्थाले एसएमएसबाट मनपरी ब्याज वढाएको सुचना दिन थालेको भन्दै विधायन समितिका सभासद्हरुले प्रश्न उठाएपछि गभर्नर युवराज खतिवडाले आगामी मौद्रिक नीतिमार्फत यसलाई संवोधन गर्ने बचन दिएका हुन्।
गभर्नर खतिवडाले मौद्रिक नीतिमार्फत राष्ट्र बैंकलाई ब्याज दर तोक्ने अधिकार भएकाले ब्याज दरका बारेमा शंवोधन गरिने भन्दै सभासदलाई आश्वस्त पारे। 'यति नै ब्याज दर हुनु पर्छ भनेर अंक नतोकिए पनि आधार (वेस रेट) दर दिन्छौं,' गभर्नरले भने।
सभासदहरुले एक वर्षमा नै चार/पाँच पटकसम्म ब्याज दर वढेको भन्दै यो दर राष्ट्र बैंकले तोक्नु पर्ने सभासदले माग गरेका थिए। सभासदले ऐनमा नै ब्याज दरका लागि बैंक र ऋणीबीच हुने सम्झौता ऐनमा नै राख्नु पर्ने प्रस्ताव गरेका थिए। 'कर्जा दिने र लिनेबीच हुने सम्झौता ऐनमा नै राख्नु हुँदैन,' गभर्नरले सभासद्को प्रस्ताव विपक्षममा राय दिँदै भने, 'यो जिम्मा राष्ट्र बैंकलाई छाडिदिँदा राम्रो हुन्छ।'

सभासद् दिवाकर गोल्छाले कर्जाको ब्याज दर पछिल्लो समयमा एकदमै आकासिएको बताए। उनले बैंकले जथाभावी कर्जाको ब्याज बढाएर सर्वसाधारण तथा व्यवसायीलाई अप्ठेरोमा पारेको भन्दै यसलाई रोक्न राष्ट्र बैंक अग्रसर हुनु पर्ने बताए। सभासद हरि रोकाले मनपरी ब्याज वढाउने प्रर्वत्ति रोक्नका लागि पनि ब्याज दरका बारेमा ऐनमा केही न केही व्यवस्था गर्नु पर्ने बताए।

5 comments:

  1. very nice STORY SUDARSHAN.

    ReplyDelete
  2. राष्ट्र बैंकले ब्इाज तोक्नै पर्छ
    बैंकहरुले मनपरी गर्न थाले

    ReplyDelete
  3. सवै कुरा बैंकलाई छुट दिनु हुँदैन
    उपभोक्तालाइ असर पर्ने कुरामा राज्य होसियार हुनु पर्छ राष्ट्र बैंकले ढिलै भएपनि राम्रो गर्ने भयो

    ReplyDelete
  4. यो खुला अर्थतन्त्रको नीति विपरित हो । राष्ट्र बैंकले ब्याज दर तोक्न मिल्दैन । हिजोको दिनमा उदार अर्थनीति विपरित भयो भनेर बैंकलाई छाडेको ब्याज दर तोक्ने जिम्मा पुन आफै तोक्नु पछाडि फर्कनु हो । गभर्नरको कम्युनिष्ट चरित्र देखियो यसमा

    ReplyDelete
  5. governor ko hawa khuskiyeko rai6. j manlagyo tyahi gar6.
    kaam lagne kura eutai gardaina yasle note ma pani jpt garyo hawa governor
    governor murdabad. governor rajinaama de.

    ReplyDelete

thanks for comment