चिलिमेको सेयर विक्री खुला

काठमाडौं जेठ १७
चिलिमे जलविद्युत कम्पनीले मंगलबारबाट सर्वसाधारणका लागि सेयर निस्कासन गरेको छ । कम्पनीले १३ करोड ४४ लाख रुपैयाँ बराबरको सेयर पि्रमियम मूल्यमा निस्कासन गरेको हो । एक सय रुपैयाँ अंकित दरका सेयरमा पि्रमियम मूल्य ३०८ रुपैंया ३६ पैसा थपिएको छ ।
प्रति सेयर नेटवर्थ प्रति सेयर आम्दानी मूल्य आम्दानी अनुपात र कम्पनीले वाँड्दै आएको लाभांसका कारण कम्पनीको सेयमा आकर्षित मानिन्छ । यसको प्रति सेयर नेटवर्थ ४ सय ६९ रुपैयाँ छ । नेटवर्थमा औषत प्रतिफल १३ प्रतिशत छ । आगामी वर्ष प्रति सेयर नेटवर्थ ५ सय ७८ रुपैयाँ र नेटवर्थमा औषत प्रतिफल १६ प्रतिशत पुग्ने कम्पनीले जनाएको छ । चैत मसान्तसम्म प्रति सेयर आम्दानी करिव ७० रुपैयाँ छ ।

आयोजना प्रभावित क्षेत्रका वासिन्दाका लागि १० प्रतिशत सेयर जारी गरिसकेको कम्पनीको अहिलेको चुक्ता पुँजी ७२ करोड ९६ लाख रुपैयाँ छ । थप निस्कासनपछि पुँजी ९६ करोड रुपैयाँ पुग्ने छ । २२।१ मेगावाट क्षमताको आयोजनाको अधिकृत पुँजी भने १ अर्ब ५० करोड रुपैयाँ छ ।

नेपाल विद्युत प्राधिकरण मूख्य साचालक रहेको कम्पनीमा प्राधिकरणका वहालवाला र पूर्वकर्मचारीको २५ प्रतिशत सेयर छ । प्राधिकरणको ५१ प्रतिशत छ । वाँकी २४ प्रतिशत सेयरमध्ये कम्पनीले आयोजना प्रभावित रसुवावाशीलाई १० प्रतिशत अर्थात ९ लाख ६० हजार कित्ता वितरण गरिसकेको छ । अहिले १४ प्रतिशत जारी गर्न लागेको हो ।

साचालनमा आएदेखि नै सेयरधनीलाई लाभांस दिन थालेको कम्पनीले गत बर्ष मात्रै नाफाबाट सेयर धनीलाई ६० प्रतिशत नगद लाभांस वितरण गरेको थियो । १० प्रतिशत तरलता अनुपात रहेको कम्पनीको मूल्य आम्दानी अनुपात १३ प्रतिशतको हाराहारीमा छ । १० देखि १५ प्रतिशत मूल्य आम्दानी अनुपात भएको सेयरलाई खरिद गर्नका लागि उत्तम मानिन्छ । यसको जगेडा कोषमा ३ अर्ब १८ करोड रुपैयाँ छ ।

कम्पनीका अधिकारीहरु पनि सेयर सबै विक्री हुनेमा ढुक्क छन् । कम्पनीका प्रबन्ध निर्देशक कुलमानिसंह घिसिङले वित्तीय अवस्था एकदमै राम्रो भएकाले मागिएभन्दा वढी सेयरका लागि आवेदन पर्ने दावी गरे । कम्पनीले चिलिमेबाट उठेको पैसा अन्य चार आयोजनामा पैसा लगानी गर्ने योजना बनाएको छ । कम्पनीले १४।६ मेगावाटको माथिल्लो सान्जेन ४२।५ मेगावाटको सान्जेन १ सय मेगावाटको रसुवागढी र १०२ मेगावाटको मध्यभोटेकोशीमा लगानी गर्ने छ ।
एनसिएम मर्चेन्ट बैकिङ लिमिटेड र नागरिक लगानी कोष निष्कासन तथा बिकि्र प्ा्रबन्धक रहेको कम्पनीको सेयर कम्तिमा ३० र वढीमा एक हजार कित्ता खरिदका लागि आवेदन दिन सकिन्छ ।

No comments:

Post a Comment

thanks for comment