शोधनान्तर घाटा १४ अर्ब ७९ करोड पुग्यो

चालु वर्ष ९ अर्ब वचत राख्ने लक्ष्य
काठमाडौं जेठ १६
चालु वर्षको चैत मसान्तसम्म शोधनान्तर घाटा १४ अर्ब ७९ करोड रुपैयाँ पुगेको छ । फागुनमा यो ११ अर्ब ३० करोड रुपैयाँ थियो । चालु वर्ष ९ अर्ब रुपैयाँको शोधनान्तर बचत राख्ने लक्ष्य राखेको राष्ट्र बैंकले पछिल्लो तीन महिनादेखि शोधनान्तर घाटा वढ्न थालेको तथ्यांक सार्वजनिक गरिरहेको छ ।
खासगरी विदेशी सहायता परिचालन हुन नसक्दा शोधनान्तर घाटा वढेको राष्ट्र बैंकको स्पष्टीकरण छ । उसले व्यापार तथा सेवा खातामा भएको सुधारका कारण चालू खाता घाटा केही कम रहन गए पनि समग्रमा शोधानान्तर स्थितिमा अपेक्षित सुधार हुन सकेको भन्दै ९९ अर्ब रुपैयाँ वैदेशिक सहायतामध्ये जम्मा २२ अर्ब रुपैयाँ खर्च भएको जनाएको छ । अघिल्लो वर्ष चैतमा शोधनान्तर घाटा १७ अर्ब ९९ करोड रुपैयाँ थियो । राष्ट्र बैंकले चालु वर्षको चैतसम्ममा चालू खाता १४ अर्ब ९९ करोडले घाटामा रहेको जनाएकोछ । अघिल्लो वर्ष यो २८ अर्ब ५६ करोडले घाटामा थियो । खुद सेवा खाता घाटा चैतमा ३३.१ प्रतिशतले घटेर ८ अर्व २२ करोडमा झरेको छ । अघिल्लो वर्ष यो ३६.५ प्रतिशतले वढेर १२ अर्व ३० करोड थियो । राष्ट्र बैंकले खुद ट्रान्सफर आय अघिल्लो वर्षको तुलनामा ८.४ प्रतिशतले वृद्धि भएर २ खर्ब २१ अर्ब २१ करोड पुगेको जनाएको छ । ट्रान्सफर अन्तर्गत अनुदान १३.४ प्रतिशतले घटी १७ अर्ब ९५ करोड र पेन्सन आय ६।७ प्रतिशतले वृद्धि भएर २१ अर्ब ६३ करोड पुगेको छ । रेमिट्यान्स अघिल्लो वर्षको ९.६ प्रतिशत वृद्धिको तुलनामा १०.३ प्रतिशतले बृद्धि भई १ खर्ब ८१ अर्ब ८४ करोड पुगेको छ । मासिकरुपमा हेर्दा भने चालू आर्थिक वर्षको फागुन महिनाको तुलनामा चैत महिनामा रेमिट्यान्स ११ प्रतिशतले घटेको छ । राष्ट्र बैंकले चैतसम्म ५ अर्ब ६० करोडको प्रत्यक्ष वैदेशिक लगानी प्राप्त भएको जनाएको छ ।
राष्ट्र बैंकले चैतसम्म मूल्यवृद्धि १०।६ प्रतिशत पुगेको जनाएको छ । अघिल्लो वर्षको चैतमा यो १४.३ प्रतिशत थियो । चैतमा खाद्य तथा पेय पदार्थ समूहमा पर्ने वस्तुहरुमध्ये तरकारीको मूल्यवृद्धी अत्याधिक वढेको छ । चैतमा यो वढेर ६१।१ प्रतिशत पुगेको छ ।
चैतसम्म नगद प्रवाहमा आधारित सरकारी बजेट ६ अर्व ४७ करोडले बचतमा छ । कुल सरकारी खर्चको तुलनामा साधन परिचालन उच्च रहेको कारण सरकारी बजेट बचतमा रहेको हो । अघिल्लो वर्षको चैतमा सरकारी बजेट १० अर्व ३० करोडले बचतमा थियो । चैतमा नगद प्रवाहमा आधारित कुल सरकारी खर्चमा १२.२ प्रतिशतले वृद्धि भएर १५७ अर्व २६ करोड पुगेको छ । गत वार्षको चैतमा यो ३०.९ प्रतिशतले बढेको थियो । पँूजीगत खर्च १७.७ प्रतिशतले वढेर ३३ अर्व ३७ करोड पुगेको छ । गत वर्ष यो ४७.५ प्रतिशतले वढेको थियो ।
चालु वर्षको चैतसम्म निर्यात ५.७ प्रतिशतले वढेर ४७ अर्ब ९८ करोड पुगेको छ । अघिल्लो वर्ष यो १०.९ प्रतिशतले घटेर ४५ अर्ब ३९ करोडमा सीमित भएको थियो । चैतमा कुल वस्तु आयात २।८ प्रतिशतले बढेर २ खर्ब ८८ अर्ब ६ करोड पुगेको छ । अघिल्लो चैतमा यो ३९.४ प्रतिशतले वढेर २ खर्ब ८० अर्ब २६ करोड पुगेको थियो ।

No comments:

Post a Comment

thanks for comment