सेयरधितो कर्जाको सिमा हटाउने निर्णय

काठमाडौं, असार १
सेयर बजार लगातार घटेपछि अर्थमन्त्री भरतमोहन अधिकारीको संयोजकत्वमा रहेको उच्चस्तरिय वित्तीय क्षेत्र समन्वय समितिले सेेयरधितो कर्जामा राष्ट्र बैंकले सिमा नलगाउने निर्णय गरेको छ। यो निर्णयसँग राष्ट्र बैंकले बजार मूल्यको ६० प्रतिशत मात्र सेयर धितो कर्जा दिन पाउने व्यवस्था हटाउँदै बैंकहरुलाई नै आवश्यकता अनुरुप कर्जा दिन सक्ने व्यवस्था गर्ने भएको छ। 'बैंकहरुले नै सेयर धितो कर्जा कति सम्म दिने भन्ने निर्णय गर्नेछन्' धितोपत्र बोर्डका अध्यक्ष शुरविर पौड्यालले भने।
बैंकहरुलाई नै आवश्यकता 
अनुरुप कर्जा दिन 
सक्ने व्यवस्था गर्ने
 राष्ट्र बैंकले सेयर धितो कर्जाको अधिकार बैंकहरुलाई नै दिने लगायतका विषयमा निर्णय गर्न अध्ययन सुरु गरेको छ। सेयरको मूल्य घटेपछि त्यहि अनुरुप कर्जा बुझाउनुपर्ने व्यवस्था लगायतका सम्वन्धमा अध्ययन थालिएको छ। 'सेयर बजारलाई सहयोग पुर्‍याउने विषयमा अध्ययन सुरु भएको छ' राष्ट्र बैंक प्रवत्ता भास्कर ज्ञवालीले भने।
असार सम्म बैंक तथा वित्तीय संस्थाले एक अर्काको सेयर बिक्री गरिसक्नुपर्ने व्यवस्थालाई पनि लचिलो बनाउने निर्णय उच्चस्तरिय समितिले गरेको छ। मंगलबार संस्थागत लगानीकर्तालाई संस्थागत नभै दोस्रो बजारबाट सेयर किन्नका लागि अर्थमन्त्रालयले निर्देशन दिएको छ। अर्थसचिव कृष्णहरि बाँस्कोटाको कार्यकक्षमा भएको बैठकमा नेपाल टेलिकमका प्रतिनिधिलाई समेत सेयरमा लगानी गर्न निर्देशन दिईएको छ।
बैठकमा कर्मचारी संचयकोष, नागरिक लगानी कोष र राष्ट्रिय विमा संस्थानलाई बजारमा लगानीका लागि आग्रह गरिएको थियो।

सेयर किन्न आग्रह
बोर्डका अध्यक्ष पौड्यालले समग्र वित्तीय क्षेत्र संकटमा नरहेको जनाउँदै सेयर खरिद गर्न लगानीकर्तासँग आग्रह गरेका छन्। 'केही वित्तीय संस्थामा समस्या भएपनि धेरैमा समस्या छैन' उनले भने।
प्राविधिक विश्लेषणका आधारमा अहिले सेयर किन्न उपयुक्त भएको पौड्यालले बताए। उनले बोर्ड र स्टक एक्सचेन्जका कर्मचारीलाई समेत सेयर किन्न दिनुपर्ने प्रस्ताव गरेका छन्।'पदमा रहुन्जेल बिक्री गर्न नपाउने गरि नेप्से र बोर्डका कर्मचारीलाई समेत सेयर किन्न दिने प्रस्ताव सञ्चालक समितिमा लग्दैछु' उनले भने।
सेयर विश्लेषक भट्टराईले सरकारले सेयर बजारमा लगानी गर्न संस्थालाई लगाउनुपर्ने सुझाव दिंदै बजारमा अहिले किन्ने समय आएको बताए। 'अब सेयरको मूल्य हेर्दा बैंकको व्याज भन्दा यसमा लगानी गर्दा फाइदा हुन्छ' उनले भने।

No comments:

Post a Comment

thanks for comment