राष्ट्रिय स्तरका तीन फाइनान्स कम्पनी गाभिने तयारीमा

सुदर्शन सापकोटा
काठमाडौं असार १
राष्ट्रिय स्तरका तीन फाइनान्स कम्पनी गाभिने भएका छन् । यसका लागि उनीहरुले असार मसान्त लगत्तै विस्तृत लेखा परीक्षण गरी असोजसम्म मर्ज गरिसक्ने योजना बनाएका छन् । राष्ट्र बंैकले गाभ्ने र गाभिने निर्देशिका ल्याएपछि बैंक तथा वित्तीय संस्थामा मर्जरको माहौल वन्न थालेको हो ।
सिभिल मर्चेन्ट वित्तीय संस्था काठमाण्डु फाइनान्स र युनिभस्रल फाइनान्स मर्ज हुन लागेका हुन् । 'साचालक समितिहरुबाट मर्जरका लागि स्वीकृति लिइसकेका छौं । यि वाहेकपनि अन्य संस्थासँग कुराकानी भइरहेको छ,' काठमाण्डु फाइनान्सका प्रमुख कार्यकारी अधिकृत हरिकृष्ण श्रेष्ठले बुधबार नागरिकसँग भने, 'ती कम्पनीसँग कुरा मिलेन भने पनि हामी तीन चै मर्जरमा जान्छौं ।' मर्जरका लागि अन्य कम्पनीलाई असार मसान्तसम्म पर्खिने उनले जानकारी दिए ।
मर्जरमा जानका लागि कम्पनीहरुले असार लगत्तै विस्तृत लेखा परीक्षण गर्दै सकेसम्म नियमित साधारणसभाबाट मर्जरको औपचारिक घोषणा गर्ने छ । त्यसमा समय लागे विशेष साधाणसभा डाकिने छ । 'लखा परीक्षकलाई पनि चाँडो परीक्षण गर्न भनेका छौं,' सिभिल मर्चेन्टका प्रमुख कार्यकारी अधिकृत जयन्द्रलाल श्रेष्ठले नागरिकसँग भने, 'लेखा परीक्षणको प्रतिवेदन आउएपछि औपचारिक सम्झौता गरेर मर्ज गर्छौं ।'
वित्तीय अवस्था लगभग एकै भएकाले मर्जर गर्ने तयारी गरिएको युनिभस्रल फाइनान्सका प्रबन्ध निर्देशक नरेन्द्रमान राजभन्डारीले जानकारी दिए । उनले धेरै संस्था एकैचोटी मर्जर गर्न सम्भव भए वाणिज्य बैंकका रुपमा कारोबार गर्ने भन्दै असार मसान्तसम्म अन्य संस्था यसका लागि नआए तीन वटा मात्रै मिलेर फाइनान्स कम्पनीका रुपमै साचालन हुने जानकारी दिए ।
मर्जरका लागि तीन संस्थाले लुम्बिनी नवदुर्गा रोयल मर्चेन्टलगायत आधा दर्जन कम्पनीसँग पनि कुराकानी गरिरहेका छन् । 'सकेसम्म धेरै संस्था एकैचोटी मर्ज हुने योजना छ,' सिभिल मर्चेन्टका श्रेष्ठले नागरिकसँग भने, 'यसका लागि केही कम्पनीसँग नियमित कुराकानी भइरहेको छ ।' तीन वटै कम्पनीको केन्द्रिय कार्यालय काठमाडौंमै छ । मर्जरमा गएपछि कम्पनीहरुको साजाल धरान र वनेपामा पनि पुग्ने छ ।
राष्ट्र बैंकले कम्पनीहरु एक आपसमा गाभिनका लागि विशेष सुविधासहित गत बैशाख अन्तिम साता मर्जर निर्देशिका ल्याएपछि यसका लागि कम्पनीहरुको चहल पहल वढेको हो । मर्जर निर्देशिका आएपछि हिमचुली विकास बैंक र वीरगाज फाइनान्स मर्ज भइ मंगलबारबाट एच एन्ड वी डेभलपमेन्ट बैंकका रुपमा कारोबार साचालन सुरु गरिसकेका छन् । यसअघि नारायणी र नेसनल फाइनान्स मर्ज भइ नारायणी नेसनल फाइनान्सका रुपमा कारोबार गरिरहेको छ ।
सिभिल मर्चेन्टका श्रेष्ठका अनुसार चुक्ता पुँजी वढाउनु पर्ने दवावले संस्थापक सेयरधनीलाई वोनस सेयर मात्रै दिन सकिएको छ । 'सेयरधनीको चाहना नगद लाभांस लाई पुरा गर्न नसकिएकाले मर्जरमा जान लागेका हौं,' श्रेष्ठले भने । तीन कम्पनी मर्ज भएपछि नयाँ कम्पनीको चुक्ता पुँजी ४५ करोड रुपैयाँ पुग्छ । राष्ट्रिय स्तरको फाइनान्स कम्पनीलाई २० करोड पुँजी भए पुग्छ ।
मर्जरमा जाने पक्का भइसकेकाले पद र अन्य सुविधामा विवाद नहुने कम्पनीका प्रमुखहरुले बताएका छन् । 'मर्जर गर्नुको उद्देश्य संस्था वलियो पार्न हो । राम्रो प्रतिफल हासिल गर्न हो,' काठमाण्डू फाइनान्सका श्रेष्ठले भने, 'पद र सुविधा भन्ने कुराले महत्व राख्दैन ।' उनले कर्मचारीहरुलाई खुसी तुल्याएर नै मर्जर हुने जानकारी दिए । तीन वटै कम्पनीमा गरेर करिव ७५ जना कर्मचारी कार्यरत छन् ।
२०७० सालसम्म फाइनान्स कम्पनीको २० करोड चुक्तापुँजी हुनुपर्ने व्यवस्था बमोजिम पुँजी बढाउन नसकेपछि अधिकांश फाइनान्स कम्पनी मर्जरमा जान चाहेको राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् ।
केहीअघि मर्जरका लागि एनएमबी बैंक र क्लिन इनर्जी डेभलपमेन्ट बैंक बीच सम्झौता भइसकेको छ । एभरेष्ट बैंकले मर्जरका लागि आफ्ना पूर्वप्रमुख कार्यकारी अधिकृत सुरेन्द्रिसंह एसएस भन्डारीलाई मरामर्शदाता नियुक्त गरिसकेको छ । उसले कुमारी बैंकसँग मर्जरका लागि कुरा अगाडि वढाइरहेको छ ।
एनसिसी बैंक र नेपाल बंगलादेश बैंक मर्जरका लागि पनि प्रकृया अगाडि वढिसकेको छ । काष्ठमण्डप डेपलपमन्ट बैंक र शिखर फाइनान्स बीच मर्जरका लागि सम्झौता नै भइसकेको छ । भिवोर बंैकले आगामी तीन महिनाभित्र उपयुक्त पार्टनर खोजी मर्जरका लागि सम्झौता गरिसक्ने राष्ट्र बैंकसँग लिखित प्रतिवद्धता जनाइसकेको छ ।
वित्तीय अवस्था
चैत मसान्तसम्म सिभिल युनिभस्रल र काठमाण्डु फाइनान्सको चुक्ता पुँजी क्रमशः १३ करोड १५ करोड १८ लाख र १३ करोड ५६ लाख रुपैयाँ छ । जगेडा कोषमा पनि पर्याप्त रकम छ । सिभिलको जगेडा कोषमा तीन करोड युनिभस्रलको ५ करोड ५६ लाख र काठमाण्डु फाइनान्सको ४ करोड रुपैयाँ छ ।
चैतसम्म सिभिलले १ करोड ५० लाख युनिभस्रल १ करोड ७९ लाख र काठमाण्डु फाइनान्स ६५ लाख रुपैयाँ नाफा कमाएका छन् । खराव कुल कर्जामा खराव कर्जाको अवस्था सिभिलमा ०.४१ प्रतिशत युनिभस्रलमा १.११ र काठमाण्डु फाइनान्स ३.६४ प्रतिशत छ । यो राष्ट्र बैंकले तोकेको ५ प्रतिशतको सीमाभन्दा थोरै हो ।
पुँजी पर्याप्तता अनुपात सिभिलमा ३४.६२ युनिभस्रलमा १७.७३ र काठमाण्डु फाइनान्समा २९.५२ प्रतिशत छ । राष्ट्र बैंकले यस्तो अनुपात कम्तिमा ११ प्रतिशत हुनु पर्ने व्यवस्था गरेको छ ।




No comments:

Post a Comment

thanks for comment