गोर्खा बैंकका सल्लाहकार र प्रमुख कार्यकारी राख्न स्वीकृित

काठमाडौं जेठ २३
राष्ट्र बैंकले समस्याग्रस्त गोर्खा डेभलपमेन्ट बैंकलाई प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार भट्टराई र विशेषज्ञ सल्लाहकारमा तुलसीप्रसाद उप्रेतिलाई नियुक्त गर्न स्वीकृति दिएको छ । राष्ट्र बैंकको सोमबार बसेको साचालक समितिको वैठकले स्वीकृति दिएको हो ।
कृष्णकुमार भट्टराई
कर्जा अनियमिता भएर बैंकको वित्तीय अवस्था विगि्रएपछि राष्ट्र बेंकले गत चैत ११ गते गोर्खालाई समस्याग्रस्त घोषणा गरेको थियो । चैत २८ गते नयाँ साचालक समिति आएपछि बैंक सुधार गर्न भट्टराई र उप्रेतिलाई नियुक्तिका लागि स्वीकृति दिन आग्रह गरेको थियो । राष्ट्र बैंकले बैंकलाई पहिलेकै अवस्थामा फर्काउन ६ महिनाको समय दिएको छ ।
बैंकबाट अब्दुल कवाडीले १२ करोड ४१ लाख रुपैयाँ कर्जा दुरुपयोग भएको र कमलादीको जग्गा खरिद गर्नका लागि ३० करोड रुपैयाँ निक्षेपकर्ताको खाताबाट वैना भुक्तानी भएपछि राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको हो । लामो समयदेखि बन्द रहेको बैंक थत बिहीबारबाट साचालमा आएको थियो । बैंकमा निक्षेपकर्ताको ३ अर्ब ५२ करोड रुपैयाँ बचत छ । ४ अर्ब ९ करोड रुपैयाँ कर्जा छ । बैंकमा २१ हजार निक्षेपकर्ता छन् । चैतसम्म बैंकको पुँजीकोष २ दशमलव १ प्रतिशत छ । राष्ट्र बैंकले यो ११ प्रतिशत तोकेको छ । बैंकको खराव कर्जा १७ प्रतिशत पुगेको छ । यो पाँच प्रतिशतभन्दा वढी हुन हुँदैन ।

No comments:

Post a Comment

thanks for comment