तरलता सहज वनाइदेउ

काठमाडौं जेठ १८
बैंकरले बैंकिङ क्षेत्रमा तरलता अभाव चर्किको भन्दै यसलाई सहज परिदिन अर्थमन्त्रीसँग आग्रह गरेका छन् । उनीहरुले अर्थमन्त्री भरतमोहन अधिकारीसँग भेट्दै बजेट खर्च गरेर तरलता प्रवाह गर्न आग्रह गरेका हुन् ।
बैंकरले घरजग्गा कारोबार हुन छाडेर यस क्षेत्रमा गएको कर्जा उठ्नमा समस्या भएको भन्दै यसमा नीतिगत सुधार गरिदिन आग्रह गरे । तरलताका कारण नै घरजग्गा र सेयर कारोबारमा सुस्तता आएको भन्दै बैंकरले बजार सुधारका लागि सरकार र राष्ट्र बैंकले नै पहल गर्नु पर्ने बताए ।
बैंकस्र संघका उपाध्यक्ष राजनिसंह भन्डारीको नेतृत्वमा अर्थमन्त्रालय पुगेका बैंकर टोलीले गैरआवसिय नेपालीलाई फ्ल्याट खरिदका लागि वाटो खुला गरिदिए केही राहत पुग्ने भन्दै बैंक तथा वित्तीय संस्था गाभिने प्रकृयालाई थप सरल गर्नु पर्ने माग राखेका थिए । बैंकरले पुनर्कर्जामा पनि सुधार गर्नु पर्ने बताए । उनीहरुले असल कर्जाको धितोमा बैंकलाई कर्जा दिइने भएकाले यसमा समय लगाउन नहुने बताए ।
कार्यक्रममा अर्थमन्त्री अधिकारीले आर्थिक क्षेत्रलाई सवैले महत्व दिनु पर्ने भन्दै सरकार आएपिच्चे आर्थिक नीतिमा परिवर्तन हुर्दा अर्थतन्त्र अस्थिर भएको बताए । 'अर्थमन्त्री जोसुकै आएपनि साझा आर्थिक कार्यक्रम हुनु पर्छ,' उनले भने, 'यसका लागि मैले सवै दलका नेतासँग छलफल गरिरहेको छु ।'
गभर्नर युवराज खतिवडाले पछिल्लो समयमा वित्तीय संस्थामा भएको कारवाही उपयुक्त भएको भन्दै पहिले बद्मासी हुँदा पनि कारवाही नभएकाले अहिले सवैलाई कारवाही गरिदा धेरै देखिएको स्पष्टीकरण दिए । उनले वित्तीय क्षेत्रमा आइपर्ने समस्यालाई समन्वयात्मक ढंगबाट समाधान खोजिने बताए । 'वित्तीय अनुसाशन पालना नगर्ने माथि गरिएको कारवाहीबाट देशको अर्थतन्त्र र संस्थागत सुशासनमा सकारात्मक प्रभाव पर्नेछ,'  उनले भने । भेटमा अर्थसचिव कृष्णहरि वाँस्कोटाले सरकारी खर्चका कारण तरलता समस्या आउन नदिने बताए ।

No comments:

Post a Comment

thanks for comment