पुँजी नपुर् याएका बैंकलाई वोनस सेयरको विकल्प

काठमाडौं जेठ १८
प्रकि्रयागत ढिलाइका कारण पुँजी वृद्धि गर्न नसकेका वाणिज्य बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकले वोनस सेयर जारी गरेर पुँजी वृद्धि गर्ने विकल्प दिने भएको छ । राष्ट्र बैंकले डिसिबिएल एनएमबी बैंक अफ एसिया नेपाल सनराइज र सिटिजन्स बैंकलगायत आधा दर्जन फाइनान्स कम्पनीलाई पुँजी वृद्धिका लागि वोनस सेयरको विकल्प दिन लागेको हो ।
'एक दुई दिनमा नै वोनस सेयरबाट पनि पुँजी वृद्धि गर्न सकिने विकल्प सहित निर्देशन दिन्छौं,' राष्ट्र बैंकका एक उच्च अधिकारीले भने, 'नाफाबाट वोनस सेयर दिएर पुँजी वृद्धि गर्नु बैंक लगानीकर्ता सबैका लागि राम्रो पनि हो ।' राष्ट्र बैंकले २०६८ चैतसम्मको समय दिएर पुँजी वृद्धि गर्नु पर्ने यि बैंकलाई निर्देशन दिएको थियो । तर प्रकृयागत ढिलाइका कारण भने यि बैंकले पुँजी वढाउन सकेका थिएनन् । सिटिजनले चैतसम्म पुँजी वढाउन नसकेपनि पछिल्लो समय हकप्रद निस्कासनबाट २ अर्ब पुर् याइसकॆको छ ।
'बैंकका कारणले पुँजी वृद्धि हुन नसकेको होइन,' एक वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतले नागरिकसँग भने, 'यसमा राष्ट्र बैंकले विकल्प दिएर सहयोग गरेको छ ।' उनले वोनस सेयरले बैकको पैसा बैंकभित्रै रहने भन्दै यसबाट सेयरधनीलाई पनि राम्रो फाइदा हुने जानकारी दिए । राष्ट्र बैंकले नाफाबाट वोनस सेयर जारी गरी पुँजी वृद्धि नहुन्जेलसम्मका लागि भने शाखा विस्तार र नगद लाभांस वितरणमा भने रोक लगाउने छ । 'यो पनि दीर्घकालिन रोक होइन आर्थिक वर्ष सकिए लगत्तै साधारणसभा गरेर वोनस सेयर वितरण सुरु गरुन् भन्ने हिसावले रोक्न खोजिएको हो,' राष्ट्र बैंकका ती अधिकारीले भने, 'साधारणसभाबाट पारित गरेर वोनस सेयर दिएपछि यो कारवाही पनि फुकुवा भइहाल्छ ।'

No comments:

Post a Comment

thanks for comment